‘फुटबलर श्रेष्ठ’ थिंकस्मार्ट कन्सल्टेन्सीको ब्राण्ड एम्बेस्टर
पाेखरा | जेठ १०, २०८०
पोखरा: थिंकस्मार्ट इन्टरनेसनल कन्सल्टेन्सी एण्ड भिसा सर्भिसेसले राष्ट्रिय फुटबल खेलाडी सुमित श्रेष्ठलाई ब्राण्ड एम्बेस्टर बनाएको छ ।
आगामी एक वर्षका लागि फुटबलर श्रेष्ठसँग थिङ्क स्मार्टल इन्टरनेसनल कन्सल्टेन्सीले एम्बेस्टरका रुपमा सहकार्य सम्झौता गरेको हो ।
कन्सल्टेन्सीको तर्फबाट फुटबलर श्रेष्ठसँगको सम्झौता पत्रमा सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राजेश गुरुङ राजुले हस्ताक्षर गरेका थिए ।
सम्झौतापत्र हस्तान्तरणपश्चात बोल्दै कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत गुरुङले सुमित श्रेष्ठ पोखरेलीको सान मात्र नभएर राष्ट्रकै गौरव भएको बताए । उनले फुटबलर श्रेष्ठसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै बाँकी खेलजीवनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
यस्तै ब्राण्ड एम्बेस्टर बनेका श्रेष्ठले आफ्नो तर्फबाट एिम्बेस्टरको भूमिका निभाउन कटिबद्ध रहेको धारणा व्यक्त गरेका थिए ।
थिंकस्मार्टको एम्बेस्टर बनेका फुटबलर श्रेष्ठले सम्झौतापत्र अनुसार ४ किस्तामा १ लाख प्राप्त गर्नेछन् ।
फुटबलर श्रेष्ठ नेपाली फुटबल जगतका उदीयमान खेलाडी हुन् । उनी हाल जारी शहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबबाट खेलिरहेका छन् ।
थिंकस्मार्ट कन्सल्टेन्सीले उच्च शिक्षा हाँसिल गर्न विदेश जान चाहने विद्यार्थीहरुका लागि क्यानडा, बेलायत, अष्ट्रेलिया र न्यूजिल्याण्ड लगायतका देशमा सेवा प्रदान गर्दै आएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

