कर छली र विनिमय अपचलनमा २८१ विरुद्ध मुद्दा
काठमाडाैं | जेठ ३१, २०७९
काठमाण्डौँ : राजस्व अनुसन्धान विभागले पछिल्लो आठ महिनाको अवधिमा राजस्व चुहावट र विदेशी विनिमय अपचलनमा २८१ जनाविरुद्ध ११३ मुद्दा दर्ता गरेको छ ।
उनीहरुमाथि जरिवानासहित रु २१ अर्ब ७१ करोड बिगो कायम गरी मुद्दा चलाइएको विभागले जानकारी दिएको छ । राजस्व चुहावटतर्फ मात्रै जरिवानासहित रु २० अर्ब ६१ करोड ३० लाख ८६ हजार बिगो कायम गरी २०३ जनाविरुद्ध राजस्व चुहावटमा ६९ मुद्दा दर्ता भएको छ । जसमा सात राष्ट्रसेवक कर्मचारीसमेत छन् ।
यस्तै विदेशी विनिमय अपचलनतर्फ रु एक अर्ब १० करोड २१ लाख बराबरको बिगो कायम गरी ७८ जनाविरुद्ध ४६ मुद्दा दर्ता गरिएको छ । विभागले सर्वसाधारणको नागरिकता र आर्थिक अवस्थाको फाइदा उठाइ कारोबार गर्ने र वास्तविक कारोबारी पर्दा पछाडि रहनसक्नेतर्फ सचेत हुँदै त्यस्ता कारोबारबाट प्रयोग भएका कम्युटर र मोबाइलमा रहेका विवरणलाई डिजिटल फरेन्सिक ल्याबसमेतको सहयोगमा अनुसन्धानमार्फत वास्तविक धनीको पहिचान गर्ने पद्धतिको विकास गर्दै लगिएको सूचनामार्फत जनाएको छ ।
विभागमाथि राजस्व चुहावटका विविध क्षेत्रमा संलग्न व्यवसाय, फार्म र व्यक्तिका कारोबारस्थलमा अनुगमन बढाउने, कारोबारस्थलबाट कागजात नियन्त्रणमा लिने अनुसन्धान गर्ने र कानुनले तोकेको सीमाभित्र रही अभियोजन गर्ने वा कर निर्धारणका साथै सरोकारवाला निकायमा लेखी पठाउने जिम्मेवारी छ ।
चालु अर्थिक वर्षमा बहुर्राष्ट्रिय कम्पनीले कारोबार गरेको पुँजीगत लाभकर छली, नक्कली अन्तःशुल्क स्टिकरको प्रयोग, क्रिप्टोकरेन्सीजस्ता जटिल तथा केही नयाँ विषयमा समेत अभियोजन र अनुसन्धान केन्द्रित गरेको विभागले जानकारी दिएको छ । यस्तै महालेखा परीक्षकका विभिन्न वर्षका वार्षिक प्रतिवेदनमा उल्लेख भएका कर छलीका कतिपय गम्भीर विषयमा पनि विभागले अनुसन्धानलाई निरन्तरता दिएको छ ।
पछिल्लो समयमा भएको कडाइका कारण चिनी, लत्ताकपडा, मदिरा र विद्युतीय सामानको चोरी पैठारी बढ्न सक्ने र नियमित भन्सार बिन्दु प्रयोग नगरी एकै पटक गोदाममा स्रोत नखुलेका वस्तुको भण्डारण र कारोबारको सूचनाका आधारमा व्यवसायीलाई थुनामा राखी अनुसन्धान र अभियोजनलाई समेत तीव्रता दिएको विभागले जनाएको छ । कानुन
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...
कञ्चनपुरः बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

