पोखरामा सवारीको ठक्करबाट एकजनाको मृत्यु, शवको सनाखत हुन सकेन
पाेखरा | जेठ १४, २०८०

पोखरा: पोखरा महानगरपालिका २५ हेम्जामा सवारीको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका २५ हेम्जा सुन्दरपुरी चोकमा हिजो (शनिबार) राति लु ३ च ५१२ नम्बरको जिपले अन्दाजी ३० वर्षीय पुरुषलाई ठक्कर दिदा गम्भिर घाइते भएका थिए ।
घाइते पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
सवारीको ठक्करबाट घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएपछि शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । ठक्कर दिने जिप र चालकलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुर्खेत: जाजरकोटको कुशे गाउँपालिका-३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी नौ बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको...
पोखराः पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्कील नवलपुरलाई हराउँदा पर्वत र स्याङ्जाले अंक बाडेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको दोस्रो...
पोखरा: जनप्रकाश बहुमुुखी क्याम्पस अल्मुनाइ एशोसिएसनद्वारा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आया्ेजना गरेक...