पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

पाेखरा | जेठ १४, २०८०

पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

पोखरा:    अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा सञ्चालित यसवर्षको अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार-२०८० पत्रकारद्वय रूपनारायण ढकाल र सन्तोष पोखरेललाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । 


पुरस्कारको राशी २५ हजार नगद, दोसल्ला र सम्मानपत्र छ । यो दोस्रो पुरस्कार हो । छनौट भएका प्रतिभामध्ये पत्रकार रुपनाराण ढकाल विगत २५ वर्षदेखि पोखरालाई कार्यक्षेत्र बनाएर पर्यटनका क्षेत्रमा कलम चलाउँदै आएका छन् । हाल उनी आदर्श समाज र रिसेन्टफ्यूजन नामक अंग्रेजी संस्करणको अनलाईन पत्रिकामा आवद्ध छन् । त्यस्तै अर्का प्रतिभा पत्रकार सन्तोष पोखरेल विगत १६ वर्षदेखि पत्रकारिता सक्रिय छन् । हाल उनी नागरिक दैनिकका लागि गण्डकी प्रदेशको व्यूरोको कमाण्ड सम्हाल्दै आएका छन् ।

 

 प्रत्येक वर्ष वितरण गरिने भनिएको सो पुरस्कार कोभिड–१९ का कारण गत ३ वर्षदेख़ि स्थगित गरिएको थियो । दोस्रो पटक प्रदान गरिने यो पुरस्कार अन्नपूर्ण दिवसको अवसर पारी यही जेठ २० गतेका दिन वितरण गरिनेछ। 


यस अघि सो पुरस्कारबाट पत्रकारद्वय बासुदेव पौडेल र दीपक परियार पुरस्कृत भएका थिए । यसअघि नेपाल पत्रकार महासंघ कास्कीका पूर्वउपाध्यक्ष राजबहादुर गुरुङको संयोजकत्वमा पाँच सदस्यीय प्रतिभा छनोट समिति गठन भएको थियो । समितिको सदस्यमा पत्रकार एवं पर्यटन समितिका कानुनी सल्लाहाकार अधिवक्ता हरिप्रसाद भट्टराई, समितिका मिडिया संयोजक टंकराज अधिकारी भएको प्रतिभा छनौट समिति गठन भएको थियो । छनौट समितिमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ र महासचिव दिलीप गुरूङ पदेन सदस्य रहने व्यवस्था छ । 


समितिको आइतबार बसेको बैठकले प्रतिभा छनोट समितिको सिफारिस अनुमोदन गर्दै पत्रकारद्वय ढकाल र पोखरेललाई सो पुरस्कार प्रदान गर्ने निर्णण गरेको हो । समितिले प्रतिभा छनौटका लागि तयार पारेको कार्यविधि बमोजिम प्रतिभा छनौट गरिएको संयोजक राज बहादुर गुरूङले बताए ।


अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवर्धन गर्न सञ्चारमाध्यममार्फत समाचार प्रकाशन तथा प्रसारणमा महत्वपूर्ण भूमिका खेल्ने एक जना सञ्चारकर्मीलाई सो पुरस्कारबाट पुरस्कृत गरिदै आएको समितिका अध्यक्ष ललित गुरुङले बताए।


पुरस्कार अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा आउँदो जेठ १७ देखि २० सम्म घान्द्रुकमा आयोजना हुने दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको समापन समारोहमा वितरण गरिने समितिका मिडिया संयोजक टंकराज अधिकारीले जानकारी दिए ।


महोत्सवको मुख्य आकर्षणको रूपमा रहेको अन्नपूर्ण म्याराथन जेठ २० गते अन्नपूर्ण आधारशिविरबाट आरम्भ हुने म्याराथन माछापुच्छ्रे आधारशिविर, वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुक आई समापन हुने गरी म्याराथन रुट कायम गरिएको छ । महोत्सवमा विविधि खेलकूद तथा मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम समावेश गरिएको छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । 


नेपाल पर्यटन बोर्डको प्रवर्द्धक रहेको सो कार्यक्रममा अन्नपूर्ण गाउँपालिका कास्की, घान्द्रुक पर्यटन व्यवस्थापन समिति, छोम्रोङ पर्यटन व्यवस्थापन समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र राष्ट्रिय प्रकृति संरक्षण कोष, टाँडापानी पर्यटन व्यवस्थापन समिति, खेलकूद मन्त्रालय, अन्नपूर्ण काठमाडौं समाज नेपाल, गुरु आनन्द फाउण्डेशन सहितका अन्य पर्यटनसँग सम्बन्धित संघसंस्थाले सहयोग गर्ने भएका छन् ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्