फ्रान्स पठाउने भन्दै ४० लाख असुल्ने पाख्रिन पक्राउ

काठमाडाैं | जेठ १७, २०८०

फ्रान्स पठाउने भन्दै ४० लाख असुल्ने पाख्रिन पक्राउ

काठमाडौं:   वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा दोलखा बैतेश्वर नगरपालिका–३ मिर्गे घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–१३ सल्लाघारी बस्ने ५० वर्षीय सुरेश कुमार पाख्रिन रहेका छन् ।

 

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो ।

 

पक्राउ परेका पाख्रिनले ४ जना पीडितलाई वैदेशिक रोजगारका लागि फ्रान्स पठाई प्रतिष्ठित कम्पनीमा काम लगाइलिने भन्दै रकम असुले प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताइएको छ । प्रहरीका अनुसार ति पीडितहरुबाट

 

उनले पटक- पटक गरी ४० लाख असुलेका थिए । 

 

पीडितहरुले वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि पक्राउ गर्न प्रहरीलाई पत्र काटेको थियो ।

 

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्