मुस्ताङमा जुवातास खेलिरहेको अवस्थामा स्याङ्जा र तनहुँका ६ जना प्रकाउ
मुस्ताङ | जेठ १७, २०८०
मुस्ताङ: मुस्ताङको घरपझोङ गाउँपालिकामा जुवातास खेलिरहेको अवस्थामा स्याङ्जा र तनहुँका ६ जनालाई मुस्ताङ प्रहरीले प्रकाउ गरेको छ ।
घरपझोङ गाउँपालिका ४ स्थित स्याङ्जाको विरुवा गाउँपालिका घर भएका कुलमानसिँह थापाले सञ्चालन गरेको होटलबाट जुवातास खेलिरहेका ६ जनालाई ३ बुक तास र ७३ हजार ५० रुपैयाँसहित प्रकाउ गरिएका जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपीकृष्ण सुवेदीले जानकारी दिए ।
उनका अनुसार प्रकाउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका घर भएका कृष्ण गुरुङ, म्याग्दे गाउँपालिका घर भएका राजेन्द्र थापा, रामबहादुर थापा, स्याङ्जाको विरुवा गाउँपालिका घर भएका टापबहादुर थापा, पुतलिबजार नगरपालिका घर भएका धनबहादुर गुरुङ र जुवातास खेलाएको आरोपमा होटल सञ्चालक कुलमान सिँह थापालाई प्रकाउ गरिएको हो ।

जुवातास खेलिरहेको अवस्थामा प्रकाउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट प्रहरी हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान भइरहेको मुस्ताङ प्रहरीले जनाएको छ ।
रुकुम पूर्व: रुकुम पूर्वको भुमे गाउँपालिका १ लुगुमको पञ्चासेमा अटो दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । हिजो बेलुका भुमे १ स्यावालस्थित मध्यपहाडी लोक मार्गको लुगुम(पाटी हाल्ने सडक खण्डमा लुगु...
गुल्मी: गुल्मीस्थित मालिका गाउँपालिकामा छोराले बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । मालिका– ३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार ५२ वर्षीय धनबहादुरको हत्या गरेको जिल्ला प्र...
मुस्ताङ: यहाँस्थित कागबेनी–कोरला सडक अन्तर्गत विभिन्न १० स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सो सडकका विभिन्न स्थानमा लेदोसहितको बाढीले सडक संरचन...

