सुनकोशीमा बेपत्ता सिटिइभिटीका कर्मचारी अझै भेटिएनन्
सिन्धुली | जेठ २०, २०८०
सिन्धुली: सिन्धुलीको गोलन्जोर गाउँपालिकास्थित लौकुन नभघाटमा जिपसहित सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीन जनाको खोजी कार्यका लागि शनिबार बिहानदेखि गोताखोर टोली परिचालन गरिएको छ ।
भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को बा १ झ ७४६७ नं स्कार्पियो जिप शुक्रबार मध्येपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत उक्त ठाउँमा दुर्घटना भई सुनकोसी नदीमा खस्दा गाडीमा सबार चारमध्ये तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका–९ घर भई सिटिइभिटीको सानोठिमीस्थित कार्यालयका प्रशासन शाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, पूर्वी नवलपरासी प्रगति नगरपालिका–७ का घर भई हाल योजना महाशाखाका निर्देशक ५६ वर्षीय यमप्रसाद घुर्तेल र इलाम फुयतया नगरपालिका–५ घर भई हाल विद्युत प्रशिक्षकका रूपमा कार्यरत ३२ वर्षीय भानु पौडेल छन् ।
चालक दाङ राप्ती गाउँपालिका –६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेली बाहिर निस्कन सफल भएका थिए भने उनको शुभ जीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । बाँकी तीन जना अझै बेपत्ता छन् ।
प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार सशस्त्र प्रहरीको गोताखोर टोलीले शुक्रबार साँझ खोजी गरेको थियो । सुनकोसीमा जिप झरेको स्थानको सय मिटर आसपासमा खोजी गर्दा पनि फेला नपरेको प्रहरी उपरीक्षक सिलकालले जानकारी दिए ।
उनले भने, ‘‘सुनकोसी नदीमा खसेको उक्त जिप अहिलेसम्म भेटिएको छैन । पानीको बहाव धेरै भएकाले दुई वटा एक्स्काभेटर लगाई पानी थोरै डाईभट गर्दै काम गर्न लागेको छ । आर्मीको टोलीसँग पनि समन्वय भइरहेको छ ।’’
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

