गण्डकीमा सुरुङ सपना: पाँच स्थानमा सम्भाव्यता अध्ययन गरिने
पाेखरा | जेठ २१, २०८०
सांकेतिक तस्बिर
पोखरा: गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको नीति तथा कार्यक्रममा सुरुङमार्गको सपनालाई अघि सारेको छ ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रस्तुत गरेका नीति तथा कार्यक्रम अनुसार गण्डकी प्रदेशको विभिन्न पाँच स्थानको सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने भएको हो ।
प्रदेश प्रमुख गुरुङका अनुसार तनहुँ जिल्लाको भिमाददेखि नवलपुरको डेढगाउँ, डेढगाउँ– झ्यालबास सडकखण्ड, बागलुङको काठेखोलादेखि गलकोट नरेठाँटीसम्म, म्याग्दीको दानादेखि मुस्ताङको घाँसासम्म र लमजुङको शीतरपाटीदेखि नाल्माफेदीसम्म सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिनेछ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

