युक्रेनमा एउटा प्रमुख बाँध भत्किएपछि जोखिम क्षेत्रमा उद्धारको काम चल्दै

काठमाडाैं | जेठ २४, २०८०

युक्रेनमा एउटा प्रमुख बाँध भत्किएपछि जोखिम क्षेत्रमा उद्धारको काम चल्दै

 रुसको नियन्त्रणमा रहेको युक्रेनी भूभागमा एउटा प्रमुख बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढेको छ ।

 

त्यहाँका नागरिकलाई सुरक्षित ठाउँमा जान आग्रह गरिएको छ भने अहिले पनि उद्धारको काम भैरहेको छ ।

 

युक्रेनका आन्तरिक मामिला मन्त्रीले झन्डै एक हजार मानिसलाई उद्धार गरिएको र विभिन्न २४ वटा बस्तीमा बाढी पसेको बताउनुभएको छ ।  कतिपय मानिस बस र रेल चढेर सुरक्षित ठाउँमा जान बाध्य छन् । ड्नीप्रो नदीमा तीव्र रूपमा पानीको बहाव बढिरहेको छ ।

 

खेअर्सन सहरमा बाढीको उच्च जोखिम छ । बाँध रहेकोभन्दा ५० किलोमिटरभन्दा कम दुरीमा तल्लो तटीय क्षेत्रमा खेअर्सन सहर पर्छ । बीबीसीका अनुसार ड्नीप्रोको पश्चिममा युक्रेनी भूभागबाट १७ हजार र पूर्वमा रुसी नियन्त्रण क्षेत्रबाट २५ हजार गरी झण्डै ४२ हजार मानिसको उद्धार गर्नुपर्ने अवस्था छ ।

 

राष्ट्रपति भोलोदिमिर जेलकेन्स्कीले नोभा कखोभ्का बाँधमा रुसले क्षति पुर्‍याएकाे आरोप लगाउनुभएको छ । रुसले आरोप अस्वीकार गरेको छ 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्