जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, एकजना घाइते
कालीकोट | जेठ २५, २०८०

कालीकोट: कालीकोटमा रोकिराखेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएकी छिन् ।
रास्कोट नगरपालिका वडा नम्बर-२ सेराबजारमा स्टार्ट गरी छोडेको बा १ च ४६४१ नम्बरको जीप सडकबाट भिरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा रास्कोट नगरपालिका–१ लहरेलाका ४३ वर्षका मनबहादुर शाही र उनकी श्रीमती मैना शाहीको ज्यान गएको हो।
दुर्घटनामा जीपमै रहेका त्यही ठाउँका रितु सिंह घाइते भएकी छिन। घाइतेलाई उपचारका लागि रास्कोट अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालले जानकारी दिए।
स्थानीयका अनुसार चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी ब्याक सरेर खोलामा खस्दा दुर्घटना भएको थियो ।
पोखरा: नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...
काठमाडौं: सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...
पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...