मिलेनियम ट्रेकको प्रवद्र्धन टोली सादीखोलामा
पाेखरा | जेठ २८, २०८०
पोखरा: सहश्राव्दी पदमार्ग(मिलेनियम ट्रेक) को पुन: प्रवद्र्धन एवम् बजारीकरणको लक्ष्यका साथ शुक्रबारदेखि हिडेको टोली आज पदमार्ग क्षेत्रको सादीखोलामा पुगेको छ ।
मिलेनियम ट्रेक व्यवस्थापन समितिको आयोजना एवम् नेपाल पर्यटन बोर्डको सह आयोजना एवम् प्रवद्र्धनमा सात दिने कार्यक्रमका साथ हिडेको टोलीले शुक्रबार तनहुँको दुलेगौडाबाट आफ्नो यात्रा सुरु गरेको थियो ।
शुक्रबार पदमार्ग क्षेत्रका धार्मिक पर्यटकीय स्थल ढोरबराह मन्दिर, ऐतिहासिक ढोरमूलकोट दरबार क्षेत्रको स्थलगत अवलोकन गरेको टोली साँझ रजस्थल सामुदायिक होमस्टेमा बसी होमस्टे सञ्चालक एवम् सरोकारवालासँग अन्तरक्रिया गरेको थियो ।
शनिबार बिहान रजस्थलबाट दोस्रो दिनको यात्रा थालेको टोलीले शुक्लागण्डकी नगरपालिका वडा नं १२मा निर्माणाधिन तमु हिल पार्कको अवलोकनसँगै सरोकारवालासँग अन्तरक्रिया गरेको थियो । उक्त अवसरमा तमु हिल पार्क निर्माण समितिका सचिव डम्बरसिंह गुरुङ, गजबहादुर गुरुङ लगायतसँग छलफल एवम् अन्तरक्रिया गरिएको थियो ।
टोलीले ढोर लामागाउँ सामुदायिक होमस्टेमा पुगी उक्त होमस्टेकी अध्यक्ष उमा गुरुङ, शुक्लागण्डकी नगरपालिका वडा नं १२ का वडा अध्यक्ष इन्द्रबहादुर गुरुङ लगायतसँग अन्तरक्रिया गरेको थियो । टोलीले उक्त वडाकै मिलेनियम होमस्टेका अध्यक्ष कोपिला गुरुङ र घरेडी होस्टेका अध्यक्ष ठूलमाया गुरुङसँग पनि अन्तरक्रिया गरेको थियो । टोलीले आजै पदमार्ग क्षेत्रको मिलेनियम गुफा अवलोकन एवम् पुतलीबजार नगरपालिका वडा नं ७ स्थित सादी खोलामा त्यहाँका स्थानीयसँग पनि अन्तरक्रिया गरेको छ ।
अन्तरक्रियामा पुतलीबजार नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्णबहादुर आले, टोल विकास संस्थाका अध्यक्ष सुकबहादुर थापा, आमा समुहका अध्यक्ष रेममाया थापा लगायतसँग अन्त्रक्रिया गरेको छ ।
कार्यक्रममा मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले सुस्ताएको मिलेनियम टे«कको पुनः जागरण एवम् प्रवद्र्धनको लक्ष्यका साथ आँफूहरू आइपुगेको बताउनुभयो ।
सहप्रा.डा.रामजी पोखरेलले होमस्टे सञ्चालनले रोजगारी समेत सिर्जना गर्ने बताउँदै मिलेनियम ट्रेकमा अधिकतम पर्यटक ल्याउने वातावरण सिर्जना गर्नु जरुरी रहेकोमा जोड दिनुभयो ।
टान गण्डकीका सदस्य दीपकप्रसाद सापकोटाले मिलेनियम ट्रेकको प्रवद्र्धनमा टानले सहयोग गर्ने बताउँदै मोटरबाटोका नाममा जथाभावी बाटो खोल्ने प्रवृत्तिलाई निरुत्साहन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरेले पदमार्ग क्षेत्रमा रहने चराहरू, यहाँको जैविक विविधता बारे अध्ययन भैरहेको बताउँदै ती विषयलाई पुस्तकमा समेट्ने प्रयास भएको धारणा राख्नुभयो ।
चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो । गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...
काठमाडौं। प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको सबैलाई धन्यवाद द...
गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछाडी पार्दै ...

