पोखरामा १ सय ४७ जनालाई ह्विल चियर वितरण
पाेखरा | जेठ २८, २०८०
पोखरा: इन्टरनेशनल नेपाल फेलोशिप(आइएनएफ) ,जोन्नी एण्ड फ्रेरेण्ड,सुन्दरढोका साथि सेवाको सहयोगमा ह्विल चियर वितरण गरिएको छ ।
जेठ २१ देखि २६ गते सम्म पोखराको हरिर्योखक अस्पताल परिसर बाट १ सय ४७ जना लाई उक्त सामग्री वितरण गरिएको आईएनएफ नेपाल हरियोखर्क अस्पताल पोखराका कार्यक्रम संयोजक तारा हाङ्गतावाले जानकारी दिनुभयो ।
ह्विल चियर खरिद गर्न आर्थिक अवस्था कमजोर भएकाहरु र पुराना भएकाहरुको लागि लक्षित गरेर वितरण गरिएको तावाले बताउनुभयो ।
ह्विल चियर लिनको लागि पहिला सुचना प्रवाह गरेर मात्रै बितरण शुरु गरिएको हो । उक्त ह्विल चियर लिनको लागि गण्डकी ,कर्णाली,लुम्विनी र सुदूरपश्चिम प्रदेशबाट मानिसहरुको सहभागिता भएको हो ।
कार्यक्रममा ह्विल चियर वितरणसँगै जोन्नी एण्ड फ्रेरेण्ड र आइएनएफको ५ वटा टिमले काउनसिल, सुझाव र तालिम दिएर गुडाउन समेत सिकाइएको हो । नेपालका लागि गतिशिलताको उपहार प्रदान भन्ने नाराका साथ उक्त सामग्री वितरण गरिएको हो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

