पोखरामा सम्साँझै १० तोला सुनसहित डलर चोरी

पाेखरा | जेठ २८, २०८०

पोखरामा सम्साँझै १० तोला सुनसहित डलर चोरी सांकेतिक तस्बिर

पोखरा:  पोखरामा सम्साँझै सुनका गरगहनासहित नगद चोरी भएको छ ।

 

पोखरा महानगरपालिका ५ धारापानीस्थित दुइवटा घरबाट गत १८ गते सुनका गरगहना, डलरसहित करिब ५० हजार बढी नगद चोरी भएको हो ।

 

वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक बेद जोशीका अनुसार जेठ १८ गते बेलुकी ६ बजेदेखि ८ बजेको समयमा चोरी भएको थियो । 
 

डिएसपी जोशीले शिब कुमारी गुरुङकोबाट औँठी, ब्रास्लेट, ४० हजार रुपैयाँ, आइप्याड र मोवाइल चोरी भएको बताए । 

 

उनका अनुसार अनिता गुरुङको कोठाबाट दुई तोलाको सुनका गरगहना र १३ हजार रुपैयाँ,  रेखा गुरुङकोबाट औँठीहरु र यूएस डलर, यस्तै मनमाया गुरुङकोबाट नौगेडी माला,  माइली तिलहरी र औँठी चोरी भएको थियो ।
 

डिएसपी जोशीले ४ वटाकोठाबाट करिब १० तोला सुन र ५० हजारबढी नगद चोरी भएको जानकारी दिए ।

 

उनले सो घटनामा संलग्न हुन सक्ने संभावित व्यक्तिहरुलाई निगरानीमा राखको बताए ।

‘यही गको १८ गते बेलुकी ६ बजेदेखि ८ बजे भित्र भएको घटना हो । घरधनीहरु त्यो समयमा पार्टीमा गएका रहेछन्, उनले सुनगाभा न्यूजसँग भने, ‘हामीले सुक्ष्म तरिबाले घटनाको अनुसन्धान गरिरहेका छौं । छिटै अपराधी समक्ष पुग्छौ ।’

 

उनले सो प्रकृतिको घटनामा संलग्न पहिलेका व्यक्तिहरुलाई निगरानीमा राखेको दोहोर्याए । ‘हामीले विभिन्न कोणबाट अप्रेशन थालेका छौं, डिएसपी जोशीले भने, ‘क्लु नजिक नजिकै छौ । संकास्पद व्यक्तिहरुलाई केरकार पनि गरिरहेका छौ ।’

 

चोरी भएको समयमा घरधनीहरु पार्टीमा गएको बताइएको छ ।  


 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्