मगर संघको आपत्ती: दायाँबायाँ जान्दैनौ, गलत तथ्याङ्क मान्दैनौ

काठमाडाैं | जेठ २९, २०८०

मगर संघको आपत्ती: दायाँबायाँ जान्दैनौ, गलत तथ्याङ्क मान्दैनौ

काठमाडौं:   राष्ट्रिय तथ्यांक कार्यालयले मगर थर ‘पुन’लाई छुट्टै जातको रूपमा राखेर तथ्यांक सार्वजनिक गरेपछि नेपाल मगर संघले आपत्ति जनाउदै विरोध प्रदर्शन गरेको छ ।
 

तथ्यांक कार्यालयले जारी गरेको २०७८ को जनगणना अनुसार पुन’ थरको ०.०३ प्रतिशत जनसँख्या छुट्टै सार्वजनिक गरेको थियो ।

 

नेपाल मगर संघले ‘पुन’ मगर जातिको थर रहेको बताउदै फेरि तथ्याङ्क सच्याएर सार्वजनिक गर्नुपर्ने माग राखेको छ ।

 

नेपालको जातजाति, भाषा तथा धर्मसम्बन्धी तथ्यांकमा ‘पुन’लाई छुट्टै जात नभई मगर जातिको थर रहेको मगर संघको स्पष्टोक्ति छ ।

 

मगर संघले ‘पुन’ थर ‘मगर’ जातभित्र पर्ने भन्दै संघले राष्ट्रिय तथ्यांक कार्यालय परिसर पुगेरै सच्याउन माग गरेको महासचिव टेक बहादुर नाम्जाली मगरले जानकारी दिए ।

 

सो विरोध कार्यक्रममा आदिवासी जनजनति घटकका विभिन्न संगठनहरुकोसमेत ऐक्यबद्धता रहेको थियो । 
 

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्

पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ ।    कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...

थप पढ्नुहोस्

लेखनाथ:    एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित  सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ ।    संस्थागत सामाजि...

थप पढ्नुहोस्