कास्कीमा चर्पी बनाउँदा भ्रष्टाचार गरेको भन्दै प्रअ पौडेलविरुद्ध मुद्धा
पाेखरा | जेठ २९, २०८०
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ स्थित कैलाश टेत्सुओ प्राथमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद पौडेलविरुद्ध मुदा दर्ता भएको छ ।
पौडेलले चर्पी निर्माण गर्दा भ्रष्ट्राचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको हो ।
आर्थिक वर्ष २०६७/०६८ मा विद्यालयको चर्पी निर्माण गर्न रकम निकासा भएको रकम हिनामिना गरेको भन्दै तत्कालीन प्रधानाध्यापक पौडेलविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा विज्ञप्तीमा उल्लेख छ ।
‘रकम बैंकबाट झिकेको तर शौचालय निर्माणका लागि कुनै पहल नगरेको, जिल्ला शिक्षा कार्यालयबाट कार्य सम्पन्न हुन नसकेको भए उक्त रकम बेरुजु खातामा दाखिला गर्न पटक पटक निर्देशन दिइएकोमा प्रधानाध्यापक नारायणप्रसाद पौडेलले रकम दाखिलासमेत नगरी शौचालय निर्माणको लागि आएको २ लाख र विद्यालयको नाममा रहेको अक्षय कोषको १ लाख १२ हजार गरी जम्मा ३ लाख १२ लाख हिनामिना गरी सार्वजनिक सम्पतिको हानिनोक्सानी गरेको कार्य भएको बिगो रकम निजबाट असुल उपर हुनसमेत मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’ अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...
पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...
लेखनाथ: एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ । संस्थागत सामाजि...

