श्रीमानकाे कुटाइबाट वडा सदस्यको ज्यान गयाे

काभ्रेपलाञ्चोक | जेठ ३२, २०८०

श्रीमानकाे कुटाइबाट वडा सदस्यको ज्यान गयाे

काभ्रेपलाञ्चोक:  काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ श्यामपाटी सिमलचौरका वडा सदस्य ज्ञानी विकको कुटपिटबाट ज्यान गएको छ । 

 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ९डीएसपी० ढुण्डीराज न्यौपानेका अनुसार श्रीमानको कुटाइबाट गम्भीर घाइते हुनुभएकी उहाँको धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहीवार बिहान ज्यान गएको हो ।

 

श्रीमान् शम्भु विकले जेठ २९ गते राति १० बजे जाँड–रक्सी खाएर कुटपिट गरेका थिए । विकको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको छ । 

 

कुटपिट गर्ने उहाँका श्रीमान् शम्भु विकलाई पक्राउ गरेर घटनाबारे थप अुनसन्धान भइरहेको डीएसपी न्यौपानेले जानकारी दिनुभयो ।

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्