करण केसीले एकै ओभरमा २ विकेट लिए
काठमाडाैं | असार ५, २०८०
तस्बिर फाइल
काठमाडौं: नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा अमेरिकाका प्रमुख दुई विकेट लिएको छ । जिम्बावेको ताकशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका २ ओभरमा ६-२ को अवस्थामा छ ।
करण केसीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर स्टिभ टेलरलाई ४ रनमा एलबीडब्लू आउट गरे । लगत्तै अर्को बलमा युवा ब्याटर साइतेजा मुकामल्ला आरिफ शेखबाट क्याच आउट भएका हुन् । अमेरिकाका आरोन जोन्स र सुशान्त मोदानी क्रिजमा छन् ।
अमेरिका नियमित कप्तान मोनांक पटेल बिरामीको कारण आजको खेल गुमाउने भएका छन् । त्यसैको कारण अमेरिकाको कप्तानी आरोन जोन्सले गर्ने छन् । मोनांकको स्थानमा अमेरिकाले स्पिन अलराउन्डर निसर्ग पटेललाई मैदान उतारेको छ ।
यता नेपालले टोलीमा एक परिवर्तन गरेको छ । घाइते सोमपाल कामीको स्थानमा बायाँ हाते स्पिनर ललितनारायण राजवंशी टोलीमा फर्किएका छन् । आइतबार जिम्बावेसँगको खेलको क्रममा घाइते भएका सोमपाल अमेरिकासँगको खेलमा फिट नभएका हुन् ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

