मादी गाउँपालिकाको नीति: कृषि एम्बुलेन्स सञ्चालनदेखि, भूमि बैङ्क स्थापना गर्ने (पूर्णपाठसहित)
पाेखरा | असार ८, २०८०
पोखरा: कास्कीको मादी गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन देखि भूमि बैङ्क स्थापना गर्ने नीति लिएको छ ।
आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष देवीजंग गुरुङले पालिकामा कृषि एम्बुलेन्सदेखि सञ्चालन देखि, भूमि बैङ्क स्थापना गर्ने बताएका छन् ।
‘पालिका भित्र उत्पादन भएको कृषि उत्पादनलाई खेर जान नदिन तथा नजिकको बजार क्षेत्रमा विक्री वितरणको व्यवस्था मिलाउन कृषि एम्बुलेन्स खरिद तथा सञ्चालनको आवश्यक व्यवस्था मिलाइने छ’ अध्यक्ष गुरुङले भने ।
पालिकाले भूमि बैङ्क स्थापना गरी बाझो जग्गा गाउँपालिकाले लिजमा लिई वास्तविक किसानलाई जग्गा लिजमा दिई उत्पादनशिल क्षेत्रमा लगानी केन्द्रित गर्ने नीति लिइएको छ । यस्तै पालिकाले जग्गा चक्ला बन्दी गरी उत्पादन वृद्धि गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
मादी गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमको (पूर्णपाठ)
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले आफूहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँगको एकतामा सामेल नहुने घोषणा गर्नुभएको छ। आज यहाँ पत्रकार सम्मेलनको आयोजना...
म्याग्दी: म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको वराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ । म्याग्दीको अर्मन र बागलुङ...
तनहुँ: तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

