गण्डकीमा प्रतिपक्ष सांसदको गुनासो, सत्तापक्षले मगन्ते बनायो

पाेखरा | असार १२, २०८०

गण्डकीमा प्रतिपक्ष सांसदको गुनासो, सत्तापक्षले मगन्ते बनायो

पोखरा:    गण्डकी प्रदेश सभा सदस्य लक्ष्मण बहादुर पाण्डेले सत्तापक्षले प्रतिपक्षलाई मगन्ते बनाएको बताएका छन् । 


गण्डकी प्रदेश  सभामा आज देखि सुरु भएको मन्त्रालयतर्फको बजेटको छलफलको क्रममा सांसद पाण्डेले प्रदेश सभाको कठघरामा बसेर सत्तापक्षले दिने र प्रतिपक्षले लिने गर्दा भिक्षा माग्ने मगन्ते भएको बताए । 


‘सत्तापक्षका माननीय ज्यूहरुले आफुहरु मात्र चुनाव जितेर आएको जस्तो व्यवहार गर्नुभयो, हामी पनि चुनाव जितेर आएको हो’, सांसद पाण्डेले भने, ‘प्रदेश सभाको कठघरामा बसेर सत्तापक्षका मुख्यमन्त्री मन्त्रीहरुले योजना दिने र हामीले लिने मगन्तेको रुपमा प्रस्तुत गराइएको छ ।’


अहिले प्रदेश सरकारले ५/१० लाखको बजेट बनाएर कार्यकर्ता खुशी बनाउन यो बजेट ल्याएको उनले दावी गरे ।  


सांसद पाण्डेले आफ्नो क्षेत्रमा योजना माग गर्न मन्त्रालयदेखि मन्त्री क्वाटरसम्म पुगेको बताए । 


‘आफ्नो क्षेत्रमा योजना माग गर्न मन्त्रीको क्वाटर देखि मन्त्रालयसम्म गयौं, हामी भन्दा पहिला नै गाउँबाट योजना माग गर्न सयौंको संख्यामा जनताहरु आउनुभएको रहेछ, उनले भने, ‘योजना त माग्नुप¥यो, मन्त्रालयमा नाम टिपायौं केही मन्त्रालयले फोन गरेर भएपनि केही योजनामा बजेट दिए केहीले दिएन ।’

 

उनले प्रदेशको औचित्यको पुष्टि गर्न ७ प्रदेशमध्ये गण्डकीलाई उत्कृष्ठ बनाउन सत्तापक्ष र प्रतिपक्ष नभनेर योजनाबद्ध ढङ्गबाट कहाँ कुन योजना बनाएर अगाडि बढ्न सकिन्छ भनेर अगाडि बढ्न समेत सुझाव दिए । 


आज देखि गण्डकी प्रदेश सभामा उर्जा,जलस्रोत तथा खानेपानी मन्त्रालय र उद्योग, पर्यटन,वन वातावरण मन्त्रालयको बजेटमाथि छलफल भइरहेको छ । 


 

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्

पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ ।    कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...

थप पढ्नुहोस्

लेखनाथ:    एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित  सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ ।    संस्थागत सामाजि...

थप पढ्नुहोस्