गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा पर्वत र बागलुङ क्वाटरफाइनल प्रवेश
लिग चरणका तीन खेल भोलि हुने
पाेखरा | असार १४, २०८०

पोखरा: प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा आयोजना गरेको प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितमा समूह ‘डी’ तर्फको विजेता र उपविजेता बन्दै पर्वत र बागलुङ क्वाटरफाइलन प्रवेश गरेको छन् ।
गण्डकी प्रदेशको ११ जिल्लाको सहभागिता रहेको प्रतियोगितामा ११ जिल्लालाई चार समूहमा विभाजन गरिएको छ । चारसमूह मध्ये समूह ‘डि’ तर्फको खेलमा जिल्ला भलिबल संघ पर्वतले बागलुङलाई २–० सोझो सेटमा पराजित गर्दै पर्वत समूह विजेता बन्दै क्वाटरफाइनल स्थान पक्का गरेको हो । पर्वतसँग पराजित भएको बागलुङ समूह उपविजेता बन्दै क्वाटरफाइलन प्रवेश गरेको छ ।
पर्वतले पहिलो सेट २५–२० र दोस्रो सेट २५–१५ को सेटमा बागलुङलाई पराजित गरेको हो ।
समूह ‘ए’ को पहिलो खेलमा जिल्ला भलिबल संघ म्याग्दीले कास्कीलाई सोझो सेटमा पराजित गरेको छ । म्याग्दीले पहिलो सेट २५–०६ र दोस्रो सेट २५–१० ले जिल्ला भलिबल संघ कास्कीलाई पराजित गरेको हो ।
यस्तै समूह ‘बी’को पहिलो खेलमा जिल्ला भलिबल गोरखाले तनहुँलाई २–० को सोझो सेटमा पराजित गरेको छ । गोरखाले पहिलो सेट २५–१९ ले तनहुँलाई पराजित गरेको थियो । दोस्रो सेटमा १५–२० ले पछाडि परेको गोरखाले उत्कृष्ट पूनरागमन गर्दै २५–२१ ले तनहुँलाई पराजित गरेको थियो ।
समूह ‘सी’ तर्फको पहिलो खेलमा जिल्ला भलिबल संघ स्याङ्जाले मुस्ताङलाई २–० को सोझो सेटमा पराजित गरेको छ । स्याङ्जाले पहिलो सेट २५–०४ र दोस्रो सेट २५–१४ ले मुस्ताङलाई पराजित गरेको हो ।
यस्तै समूह ‘ए’ तर्फको दोस्रो खेलमा जिल्ला भलिबल कास्कीले लमजुङलाई २–० को सोझो सेटमा पराजित गरेको छ । कास्कीले पहिलो र दोस्रो सेट क्रमशः २५–१९, २५–१९ ले पराजित गरेको हो । पहिलो खेलमा म्याग्दीसँग २–० को सोझो सेटमा पराजित भएको कास्कीले दोस्रो सेटमा लमजुङलाई पराजित गर्दै क्वाटरफाइलनमा पुग्ने सम्भावना कायमै राखेको छ ।
यस्तै समूह ‘बी’ तर्फको दोस्रो खेलमा जिल्ला भलिबल संघ नवलपुरले गोरखालाई २–१ को सेटमा पराजित गरेको छ । नवलपुरले पहिलो सेट ०९–२५ ले गुमाएको नवलपुरले दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २५–२२ र तेस्रो सेट २५–१६ले गोरखालाई पराजित गरेको हो ।
यस्तै समूह ‘सी’ तर्फको दोस्रो खेलमा जिल्ला भलिबल मनाङले मुस्ताङलाई २–० सेटमा पराजित गरेको छ । प्रतिस्पर्धात्मक रुपमा भएको पहिलो सेट मनाङले २६–२४ दोस्रो सेट २५–२० ले जितेको हो । समूह चरणको दुवै खेलमा पराजित भएको मुस्ताङ खेलबाट बाहिरिएको छ । समूह ‘सी’ बाट समूह विजेता र उपविजेता बन्दै क्वाटरफाइलन प्रवेशका लागि जिल्ला भलिबल संघ स्याङ्जा र मनाङबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ ।
११ जिल्लालाई चार समूहमा विभाजन गराएर सञ्चालन भएको प्रतियोगिता लिगकम नकआउटको आधारमा सञ्चालन भएको छ । शुक्रबार लिग चरणका तीन खेल र क्वाटरफाइनलका खेल सञ्चालन हुनेछ । लिग चरणतर्फ समूह ‘ए’ तर्फ जिल्ला भलिबल संघ म्याग्दी र लमजुङ, समूह ‘बी’ तर्फ जिल्ला भलिबल तनहुुँ र नवलपुर र तेस्रो खेल जिल्ला भलिबल संघ स्याङ्जा र मनाङबीच प्रतिस्पर्धा हुनेछ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको व्यवस्थापनमा आजदेखि सुरु भएको गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता असार १६ गते सम्म सञ्चालन हुने प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए ।
प्रतियोगितामा पहिलो हुने समूहले नगद १ लाख, दोस्रो हुने समूहले ७० हजार र तेस्रो हुने समूहले नगद ४० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटरलाई जनही नगद ५÷५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका खेलाडीहरुको सहभागिता रहेको छ ।
काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो । यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर ...
पोखरा: कास्कीको मादी गाउँपालिका–६ का स्थानीय बामदेव बरालका १९ वर्षीय विजय बराल करेन्ट लागेर गम्घिर घाइते भएका छन् । शनिबार बिहान करिव १०ः५० बजेको समयमा बारीमा मकैको ढोडको भारी बोक्दा सुुप...
काठमाडौं: संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन स्पेनको सेभियास्थित फेबिस प्रदर्शनी केन्द्रमा आजेदखि सुरू भएको छ । सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी ...