पोखरामा शनिबार मुवाथाईको क्लबस्तरीय च्याम्पियनसीप हुने
पाेखरा | असार १४, २०८०

पोखरा: नेपाल पहिलो पटक मुवाथार्ई खेलको डोजो क्लबस्तरीय च्याम्पियनसीप पोखरामा असार १६गते आयोजना हुने भएको छ ।
मुवाथाई खेलको विकास एवं प्रवर्द्धन तथा व्यवसायिक खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था स्ट्रोङ्गेष्ट मुवाथाई नेपालले जनाएको हो । उक्त प्रतियोगिता यहि असार १६ गते शनिबार पोखरा रंगशालास्थित बक्सिङ प्रशिक्षण केन्द्रमा आयोजना गरिने स्ट्रोङ्गेष्ट मुवाथाईका डाइरेक्टर रुपक नेपालीले जनाएका छन् ।
प्रतियोगितामा कूल ३० जना खेलाडीहरुको सहभागिता रहने छ जस मध्ये २ जना काठमाडौं र ५ जना स्याङजा जिल्लाबाट सहभागिता हुने डाइरेक्टर नेपालीले जनाए । प्रतियोगितामा कुल ३० प्रतिस्पर्धा (फाइट) हुने छ । विजेता खेलाडीहरुलाई मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता नेपाल राष्ट्रिय मुवाँथाई र नेपाल मुवाथाई अर्गनाइजेशनको विशेष सहयोगमा हुने नेपाल मुवाथाई अर्गनाइजेशनका अध्यक्ष खगेन्द्र क्षेत्रीले जनाएका छन् । “यो प्रतियोगिताले नेपालमा मुवाथाई खेलको विकास एवं प्रवर्द्धनका लागि ठूलो सहयोग पुग्नेछ” अध्यक्ष क्षेत्रीले भने–“यसले मुवाथाइको ‘फाइट कल्चर’ स्थापित गर्न समेत उत्तिकै महत्वपूर्ण भूमिका खेल्नेछ ।”
काठमाडौं: एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत आज नेपाल र श्रीलङ्काबीच स्पर्धा हुँदैछ । उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा नेपाली समयानुसार साँझ ६ः१५ मा खेल हुने...
सिरहा: सिरहाको अर्नमा गाउँपालिका–१ स्थित बुढियाचाप गाउँमा शनिबार भएको एक पुरूषको शंकास्पद मृत्यु भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शनिबार स्थानीय ३५ वर्षीय अजय महरा मृत अवस्थ...
ताप्लेजुङ: सिदिङ्वा गाउँपालिका–३ मा गए राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् । स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उहाँसहित उहाँकी श्रीमती ठगमाया, छोरा जगत् र छो...