लेदो र गेग्रानले सिद्धार्थ राजमार्ग अवरुद्ध
पाल्पा | असार १९, २०८०
पाल्पा: अविरल वर्षासँगै माथिल्लो भागबाट खसेको लेदो र गेग्रानले सिद्धार्थ राजमार्ग मंगलबार बिहानैदेखि अवरुद्ध भएको छ ।
राजमार्गको माथिल्लो भागमा स्थानीय तहले जथाभावी सडक स्तरोन्नति गर्दा फालेको गेग्रान र लेदो बगेर माथागढी गाउँपालिका–१, चिदीपानी धैरेनीमा लेदोहितको पहिरो खस्दा सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।
सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण गेग्रानसहितको पहिरोले राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले बताए । पहिरो र लेदो पन्छाउन पानी परिरहेकाले मुस्किल परेको र खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
आर्यभन्ज्याङ–राम्दी सडकको बगनासकाली गाउँपालिका–४, सेरामा पनि माथिल्लो भागबाट गेग्रान र लेदो हितको पहिरो खसेर यात्रुले सास्ती खेप्नु परेको छ ।
कालीगण्डकी करिडोर निर्माणका क्रममा जथाभावी फालेका गेग्रानले तल्लो भागमा पर्ने सिद्धार्थ राजमार्गको राम्दी नजिकै सेरामा माथिल्लो भागबाट बगेर आएको लेदोका कारण पानी पर्नासाथ समस्या पर्ने गरेको हो । दोभान प्रहरी चौकीका अनुसार राजमार्गको तिनाउ–३, भूतखोलामा रुख ढलेर अवरुद्ध भएको सडक सुरु गरिएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

