गाेली प्रहारबाट एक जना घाइते
महोत्तरी | असार २०, २०८०
महोत्तरी: गोली प्रहारबाट महोत्तरीमा एक जना घाइते भएका छन् ।
महोत्तरीको रामगोपालपुर नगरपालिका–१ बसबिट्टीमा मङ्गलवार बेलुकी आपसी विवाद हुँदा लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डलले चलाएको गोली लागेर ४४ वर्षीय श्रवण यादव घाइते हुनुभएको हो । घाइते यादवको जनकपुरमा रहेको जानकी हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बसबिट्टी घर भएका यादवमाथि मण्डलले दुई राउन्ड गोली प्रहार गरेका इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी नायब निरीक्षक ९सई० सुमन सिंहले जानकारी दिनुभयो । घाइते यादवको कन्चट नजिक र दाहिने कुममाथिको भागमा गोली लागेको छ ।
गोली प्रहार गर्ने मण्डललाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । स्थानीयको कुटपिटबाट घाइते भएका मण्डललाई जलेश्वर प्रादेशिक अस्पतालमा उपचार गराई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याइएको छ ।
घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल र तीन थान गोलीको खोका बरामद गरेको छ ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

