‘लिन्न’ भन्दै राष्ट्रपतिले उपचार खर्च मागेपछि चन्दा उठाउँदै अखिल र युवा संघ
पाेखरा | असार २०, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च लिन्न भनेर पनि अहिले लिन खोजेपछि अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल, गण्डकी प्रदेश सांकेतिक विरोधमा उत्रिएको छ ।
अनेरास्ववियू र युवा संघले संयुक्तरुपमा आज पोखराको नदीपुरस्थित प्रदेशको सभा भवन अगाडी राष्ट्रपतिलाई सहयोग गर्न भन्दै १ रुपैयाँका दरले चन्दा उठाउँदै छन् ।
उनीहरुले राष्ट्रपतिले सुरुमा उपचार खर्च नलिने बताएपनि हाल पराराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा रकम निकासा गर्न ताकेता गरेपछि पौडेललाई थप सहयोग जुटाइदिन चन्दा उठाउन सुरु गरेको बताए ।
‘राष्ट्रपतिज्यूले आफ्नो अडान र बोली फेर्नुभयो’ अनेरास्ववियु गण्डकीका सहसंयोजक सुशन घिमिरेले भने ‘उहाँलाई सहयोग गर्न १ रुपैयाँ उठाएर हामीले व्यंग्यात्मक विरोध गरेका हौं ।’ घिमिरेले देशभित्रै उपचार गर्न लायकको अस्पताल निर्माणमा ध्यान दिन आग्रह गर्दै उपचारकै नाममा राष्ट्रिय ढुकुटीमा आँखा गाड्ने प्रवृत्ति गलत भएको जनाए ।
विरोधस्वरुप गरिएको कार्यक्रम प्रदेशका सबै जिल्लामा एकसाथ सुरु गरेको उनले बताए । ‘संकलित रकम मुख्यमन्त्रीमार्फत राष्ट्रपतिलाई दिइनेछ’ घिमिरेले भने ।
राष्ट्रपति पौडेलले भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा पेटको उपचार गर्दा ५५ लाख २ हजार २७९ रुपैयाँ खर्च भएको भन्दै भर्पाई गरिदिन अर्थमा पत्राचार गरेका छन् ।
पौडेल बैशाख ६ गते उपचारका लागि दिल्ली गएर बैशाख १७ मा फर्किएका थिए ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

