कुटपिटको आरोपछि वडाध्यक्ष गुरुङ आफै पुगे जिप्रका

पाेखरा | असार २१, २०८०

कुटपिटको आरोपछि वडाध्यक्ष गुरुङ आफै पुगे जिप्रका

पोखरा:  उपभोक्ता समितिका अध्यक्षलाई हातपात गरेको आरोप लागेका कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ का वडाध्यक्ष रामबहादुर गुरुङ प्रहरी नियन्त्रणमा पुगेका छन् ।

 

उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीले आफुलाई हातपात गरेको भन्दै वडा प्रहरी कार्यालय बगरमा मंगलबार जाहेरी दिएको आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । 

 

त्यसपछि प्रहरीले वडाध्यक्ष गुरुङलाई सम्पर्क गरेपछि आफै प्रहरी कार्यालय आएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार बिकले बताए ।

 

उनका अुनसार अभद्र व्यवहार कसुरमा मुद्धा दर्ता भइ घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

 

खोरामुख–इदीखोला सडक (नाली बनाउने र जाली भर्ने काम) का लागि पूर्वाधार विकास कार्यालय कास्कीले २१ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो । 

 

सोही उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीले आफुलाई हातपात गरेको भन्दै प्रहरीकहाँ उजरी दिएका थिए ।

 

यद्यपी वडाध्यक्ष गुरुङले भने आफुले हातपान नगरेको बताउदै आएका छन् । ‘मलाई स्थानीयस्तरबाट काम भएन भन्ने भएपछि अनुगमनको क्रममा सामान्य भनाभन भएको हो, हातपात गरेको होइन,’ वडाध्यक्ष गुरुङले सुनगाभा न्यूजसँग भनेका थिए ।
 

पीडित पक्षले वडाध्यक्षलाई कारवाहीको माग गर्दै वडा कार्यालयमा नेकपा एमालेका कार्यकर्ताहरुले तालाबन्दी गरेका थिए । वडाध्यक्ष गुरुङ आफै प्रहरी नियन्त्रणमा पुगेपछि ताला खोलिएको छ । 

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्