सवारी दुर्घटनामा तीन जनाको मृत्यु
मकवानपुर | असार २३, २०८०
मकवानपुर: पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुर मनहरी गाउँपालिका ६ स्थित नय बस्ती डिपाट सडक खण्डमा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नं.को ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नं.को ट्रक शनिवार बिहान एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै ट्रकमा आगलागी भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा ना ६ ख ६६६७ नं।को ट्रक चालक चितवन जिल्ला राप्ती नगरपालिका ८ का वर्ष २८ को रिहान रुम्बा तामाङ, सोही ट्रकका सहचालक गोरखा जिल्ला गण्डकी गाउँपालिका २ गोर्दीटारका वर्ष २१ को सुमन चेपाङ र ना ६ ख ६३१ नं।को ट्रक सहचालक मकवानपुर जिल्ला मनहरी गाउँपालिका ३ का वर्ष २० को अमृत प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरमा प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले घाइतेहरू तीन जना सवारी साधनमा च्यापिएको अवस्थामा रहेको बताउनुभयो । साथै दुर्घटनामा परी ना ६ ख ६६६७ नं.को ट्रकमा सवार जिल्ला राप्ती नगरपालिका ३ का वर्ष ३५ को विवेक तामाङ र ना ६ ख ६३१ नं.को ट्रक चालक मनहरी गाउँपालिका ३ का वर्ष ३२ को अर्जुनकुमार प्रजा घाइते भएको र उनीहरूको अवस्था मध्यम रहेको छ । घाइतेहरूको उपचारको लागि भरतपुर पठाइएको जनाइएको छ । ट्रकमा लागेको आगो नियन्त्रणमा लिएर दुवैतर्फ बाटो सुचारु गरिएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

