पाल्पाका ३४ स्वास्थ्यसंस्थाले प्रयोग गर्ने पानीमा भेटियो दिसामा पाइने ‘कोलीफर्म’

पाल्पा | असार ३१, २०८०

पाल्पाका ३४ स्वास्थ्यसंस्थाले प्रयोग गर्ने पानीमा भेटियो दिसामा पाइने ‘कोलीफर्म’

पाल्पा:    पाल्पाका ८९ स्वास्थ्य संस्थामध्ये ३४ वटाले दूषित पानी प्रयोग गरिरहेको भेटिएको छ । ८९ स्वास्थ्य संस्थामा बिरामी तथा कुरुवाहरुले प्रयोग गर्ने पानीको परीक्षण गर्दा ३४ वटाको पानीमा दिसामा पाइने कोलीफर्म भेटिएको हो ।


कोलीफर्म तातो रगत भएका जीवजन्तु तथा मानिसको दिसामा पाइने एक प्रकारको जीवाणु हो ।  जिल्लाका दुई वटा नगरपालिकासहित आठ वटा गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा पानीको शुद्धता परीक्षण गरिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।


रिब्दीकोट, माथागढी  र बगनासकाली गाउँपालिकाका ६र६ वटा गरी १८ वटा स्वास्थ्य संस्थाको पानीमा कोलीफर्म भेटिएको छ । त्यस्तै, रैनादेवी छहरा र तिनाउँ गाउँपालिकाका तीन÷तीन वटा, रम्भा गाउँपालिकाका दुई वटा तथा निस्दी गाउँपालिकाका तीन वटा स्वास्थ्य संस्थाको पानी दूषित भेटिएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार रामपुर नगरपालिकामा तीन वटा र तानसेन नगरपालिकाको एउटा स्वास्थ्य संस्थाको पानीमा कोलीफर्म जीवाणु फेला परेको छ । 


स्वास्थ्य कार्यालयले पानीको गुणस्तर सुधार तथा सचेतना अभिवृद्धि गर्न र महामारीबाट बच्न पानीको जाँच गरिएको जनाएको छ । जाँच गरिएकामध्ये ४० प्रतिशत स्वास्थ्य कार्यालयको पानी दूषित रहेको पाइएको कार्यालय प्रमुख डा. गिरीले जानकारी दिए । दुषित भेटिएको पानीको गुणस्तर सुधार गर्न पालिकाको स्वास्थ्य शाखालाई सुझाव दिइएको उनले बताए । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्