राष्ट्रपतिबाट ३ वटा विधेयक प्रमाणीकरण
काठमाडाैं | असार ३१, २०८०
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीनवटा विधेयकलाई आज प्रमाणीकरण गर्नुभएको छ । ती विधेयकमा विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० छन् ।
सङ्घीय संसदबाट पारित भई नेपालको संविधान अनुसार प्रमाणीकरणका लागि पेश हुन आएका विधेयकलाई प्रमाणीकरण गर्नुभएको जानकारी प्रवक्ता शैलजा रेग्मी भट्टराईले दिनुभयो ।
यी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि साउन १ गतेबाट नयाँ आर्थिक वर्षको बजेटबाट खर्च गर्नका लागि बाटो खुलेको छ ।

पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

