प्रथम एमेच्युअर फुटसल प्रतियोगिताको उपाधि स्टार कफीलाई
पाेखरा | असार ३१, २०८०
पोखरा: खेलकुद विकास मञ्च पोखराको आयोजनामा भएको स्व. याम(राम) बहादुर थापा स्मृति प्रथम एमेच्युअर फुटसल रनिङ शिल्ड प्रतियोगिताको उपाधि स्टार कफीले जितेको छ ।
पोखरा ४ गणेशटोल स्थित स्पोट्र्स क्यासलको फुटसल कोर्टमा शनिबार राती सम्पन्न फाइनल खेलमा बाइलेज एफसी लेकसाइडलाई २–१ गोलअन्तरले हराउँदै स्टार कफिले उपाधि चुम्दै नगद ५० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पा¥यो । उपविजेता बाइलेजले २५ हजार रुपैयाँको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
बाइलेज एफसीका नकुल तामाङ उत्कृष्ट खेलाडी घोषित भए । बाइलेजकै गोलरक्षक मुमिन तामाङ उत्कृष्ट गोलरक्षक घोषित भए । स्टार कफिका शन्दिप तामाङले सर्वाधिक गोलगर्दै उच्च गोलकर्ताको ट्रफि हात पारे । उनले कुल ८ गोल गरे । सनराइज एफसीका विरेन पुलामी मगर उदयीमान खेलाडी घोषित भए । उत्कृष्ट सबैले ट्रफि हात पारे । ३६ टिमको सहभागिता रहेको प्रतियोगितामा सनराइज एफसी काठमाडौं अनुसाशित टिम घोषित भयो । प्रतियोगिता दुई दिनसम्म संचालन भएको थियो ।
पाेखरा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ । तस्बिरहरू:- ...
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

