मिटरब्याजको लफडा: कारोबार पोखरामा, ठेगाना अन्तै
पाेखरा | साउन २, २०८०
फाइल तस्विर
पोखराः पोखरामा अनुचित लेनदेन (मिटर ब्याज)मार्फत कारोबार बढेपछि सहजीकरणमा जुटेको जिल्ला प्रशासन कार्यालय कास्कीले आंशिक सफलता हात पारेको छ ।
मिटरब्याजको समस्या सल्टाउन गृह मन्त्रालयबाटै परिपत्र भएयता कास्कीमा हालसम्म १ सय ३ वटा निवेदन परेको छ । जसमध्ये प्रशासनको सहजीकरण सहायता कक्षले ३३ वटामात्रै मुद्धा फछर्याैट गर्न सफल भएको छ ।
३३ मुद्धामा पनि पीडक र निवेदक आफै मिल्ने सहमति गरेका छन् । तर उनीहरुबीच कसरी लेनदेन टुंगियो भन्ने विषयमा सहायता कक्ष बेखबर छ । अन्य मुद्धा मिल्ने, मिलाउने प्रक्रियामा छन् भने केही मुद्धा जिल्ला बाहिर पठाइएको छ ।
यता सहायता कक्ष भने फछर्याैट भएको संख्यालाई ‘अत्यधिक सफल’ भनिरहेको छ । कक्षका नायब सुब्बा रमेशप्रकाश बरालका अनुसार देशैभर मिटरब्याजमा परेको निवेदन र फछर्याैटको तुलना गर्दा कास्की प्रशासन सबैभन्दा बढी सफल भएको दाबी गर्छन् ।
‘मिटरब्याजसम्बन्धी १ हजार निवेदन परेको जिल्लामा मुस्किलले ३० वटामात्र किनारा लागेको खबर छ’ नासु बराल भन्छन् ‘कास्कीमा हामीले १ सय हाराहारीका निवेदनमा ३३ वटा टुंग्याइदियौ ।’
बाँकी निवेदनउपर छलफल भइरहेको बताउँदै उनले अब उप्रान्त पीडित र पीडकसँगै थप एकजनामात्र राखेर सम्वाद गर्ने जनाए । त्यस्तै केही निवेदनउपर कुनैपनि हालतमा मिलाउन नसकेपछि उनीहरुलाई अदालत पठाइएको बराल बताउँछन् ।
पोखरामा भएका यस्ता अनुचित लेनदेनका घटनामा घरजग्गासमेत जोडिएको छ भने केहीको स्थायी ठेगाना कास्कीबाहिर देखिएकाले समस्या समाधान गर्न कठिनाई देखिएको कक्षको अनुभव छ ।
‘घरजग्गा राखेर लेनदेन भएको छ तर पीडितले बसाई सराई नगर्दा उनीहरुको निवेदनउपर छलफल गर्न सकिएन’ बरालले भने ‘त्यस्ता उजुरी, निवेदन आयोगकै प्रक्रिया अनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालय पठाइएको छ ।’
यस्तैमध्येको एक पीडित हुन् सरस्वती पुर्जा । कास्कीको लेखनाथमा बसोबास गर्दै आएकी पुर्जाको ठेगाना हो म्याग्दी । उनले स्थानीय शुभदेवि देवकोटासँग लेनदेन गरेकी छिन् । पुर्जाले लिएको रिनको ब्याज चर्काे भएको भन्दै कास्की प्रशासनमा निवेदन दिइन् ।
निवेदनपछि प्रशासनले ३ पटकसम्म छलफल चलायो तर पार लगाउन सकेन । हाल उक्त ्निवेदन म्याग्दी पुगेको छ । अब म्याग्दीमै प्रक्रिया अघि बढ्ने पुर्जा बताउँछिन् ।
त्यस्तै १ दर्जन बढी लेनदेनका घटनामा स्थायी ठेगाना स्याङ्जा भएका पीडित छन् । कतिपय पीडित स्थायीरुपमै पोखरा बसोबास गर्दै आएपनि उनीहरुले बसाइसराइ नगरेका कारण मुद्धा यहाँ चलिरहेपनि अन्त्यमा सम्बन्धित जिल्ला नै पठाइएको छ ।
यस्तै मध्ये एक लेनेदेनको घटनामा पीडकले उल्टै अदालतमा मुद्धा दायर गरी थप दुख दिएको पाइएको छ । नाम नबताउने शर्तमा पीडित भन्छिन् ‘१ करोड ७० लाख रिन लिएकी हुँ, अहिले २ करोड ९२ लाख रुपैयाँ तिर्नुपर्ने हिसाब देखाउँछ’ पीडित भन्छिन् ‘अहिले उल्टै मलाई मुद्धा हालिदिएको छ, म पीडित नै पीडक बनाइएको छु ।’
पहिले चिनजानको आधारमा सामान्य कागज गरेर लेनदेन गर्ने र पछि हिसाब बिग्रदै गएपछि मुद्धामामिला गर्दा नागकिरताको आधारमा कारवाही प्रक्रिया अघि बढ्ने भएपछि सहायताकक्षले सोचेजस्तो काम गर्न गाह्रो भएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी गुरुदत्त ढकाल बताउँछन् ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

