पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

बाग्लुङ: राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर १७ घण्टादेखि अवरुद्ध भएको छ । करिडोरको बाग्लुङ खण्डमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा बिहीवार हिजो बेलुका साढे ५ बजे माथिबाट झरेको पहिरोका कारण सडक अवरुद्ध भएको छ।   सडक खुलाउने प्रयास भइरहे पनि कहिलेबाट सञ्चालनमा आउँछ भन्ने यकिन नभएको प्रहरीले जनाएको छ । लेदोसहितको पहिरोले सडकमा ठूलो क्षति पुर्‍याएको हुँदा सफाइ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।    सडक अवरुद्ध हुँदा यातायात ठप्प भएको छ। करिडोर अवरुद्ध भएपछि  बाग्लुङको कुश्मिसेरा, बलेवा, बरेङ लगायतका ठाउँबाट बाग्लुङ, पोखरा, काठमाण्डौ जाने गाडी सडकमै अलपत्र परेका छन् ।   

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा दलीय आधारमा सांसदहरूले धारणा राखेका छन्।   बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दलीय आधारमा सांसदहरूलाई बोल्न समय दिएका हुन्। सुरूमा गंगाकुमारी बेल्वासे बोलेकी छन्। उनले सरकारले गरेका राम्रा कामलाई समर्थन गर्न आग्रह गरेकी छन्।   ‘सरकारमा हुँदा विघटन गर्ने, विपक्षमा हुँदा अवरोध गर्ने के तरिका हो योरु,’ माओवादीकी सांसद बेल्वासेले एमालेतर्फ लक्षित गर्दै भनिन्। नेकपा एमालेका सांसदहरूले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गर्दै राष्ट्रिय सभा बैठक पनि पटकपटक अवरोध गर्दै आएका थिए। एमाले सांसद भगवती न्यौपानेले सदन अवरोधबारे विभिन्न ढंगले कुरा उठ्ने गरेको बताइन्।   ‘विगतमा कुर्सी उचालेको इतिहास पनि देखिएकै हो, हामी त्यो ढंगले प्रस्तुत भएको छैन,’ उनले भनिन्, ‘कहिले राष्ट्रियतामाथि धावा बोलिँदै गर्दा त्यसका विरूद्ध सदन अवरोध गरियो, कानूनमाथि धावा बोल्दा आवाज उठाइएको छ। हाम्रा आवाज बेवास्ता गर्दा बाध्य भएर सदन अवरूद्ध गरिन्छ। यो रमाइलोका निम्ति गरिरहेको छैन, रहरका लागि पनि अवरोध गरेको होइन।’   उनले देशलाई तस्करीको अखडा बनाउन नहुने बताइन्। विभिन्न प्रकरणमा सरकारका मन्त्रीहरू संलग्न छन् भन्ने कुरा आइरहेको पनि उनले बताइन्। ‘प्रश्नहरूका चाङमा मन्त्रीहरू उभिइरहनुभएको छ,’ उनले भनिन्। 

त्रिभुवन विमानस्थल परिसरबाट बरामद गरिएको सय किलो सुन प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।   पक्राउ पर्नेमा चिनियाँ नागरिकहरू ली जियालिङ र लिउ फुयान छन्। उनीहरूलाई शुक्रबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए। उनीहरू हिमालय एअरको फ्लाइटबाट बिहान ९ बजे चीन जाँदै थिए। सिआइबीले यी दुई व्यक्तिहरूलाई कालोसूचीमा राख्न यसअघि नै अध्यागमनलाई पत्राचार गरेको थियो।   उनीहरू चीन जान लागेको सूचना अध्यागमनबाट प्राप्त भएपछि सिआइबीले विमानस्थलबाटै पक्राउ गरेको हो। सय किलो सुन प्रकरणमा उनीहरूको भूमिकाको विषयमा भने खुलाइएको छैन। योसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २० पुगेको छ। तीमध्ये १ जना धरौटीमा छुटिसकेका छन्।   भन्सार एजेन्ट रुक्मिना सुब्बा स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा रिहा भएकी थिइन्। विभागले पछिल्लो समय साउन १४ गते बेल्जियन नागरिक दावा छिरिङलाई पक्राउ गरेको थियो। त्यसअघि साउन १० गते नरेश भन्ने सुरेन्द्र तामाङ पक्राउ परेका थिए।   पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ  छन्। उनीहरूको कार्य(सम्पादनमा लापरबाही देखिएको भन्दै भन्सार विभागले निलम्बन गरेको थियो। पछि उनीहरूलाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको हो।   त्‍यस्तै, भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम, ग्लोबल प्रालिका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, राजन श्रेष्ठ, ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल, हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ र चिनियाँ नागरिक लिन जेछियाङ पक्राउ परेका छन्।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट साउन २ गते छुटेको अन्दाजी १०० किलो सुन विभाग टोलीले बरामद गरेको थियो। हङकङबाट क्याथे प्यासिफिक एयरवेजको जहाजबाट ल्याइएको ब्रेक(शुमा लुकाएर सुन भित्र्याइएको थियो। रेडी ट्रेड प्रालिले उक्त सामान मगाएको थियो।

काठमाण्डौ: नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना  पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले उनीहरुलाई पक्राउ गरेको हो ।    पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाण्डौमा रहेको इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेका सीआईबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।   उहाँका अनुसार चौधरीलाई आज बिहान मोरङबाट र शिल्पकारलाई गएराति काठमाण्डौबाट पक्राउ गरिएको हो ।   नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्युरोले अपरेसन थालेको छ । बिहीवार हिजो पनि ब्युरोले पाँच जनालाई पक्राउ गरेको थियो ।

काठमाण्डौ: झण्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।   गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई चिनियाँ नागरिक ली जिएलिन र लुइ फुयान पक्राउ परेका त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ । उनीहरुलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको कार्यालयका सूचना अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो । उनीहरुबारे  थप विवरण आउन बाँकी छ ।  यसअघि विमानस्थलबाट छेन्दु भाग्न लागेका एक चिनियाँ, तिब्बती मूलका बेल्जियमका नागरिक र भारतीय नागरिकसहित १८ जना पक्राउ परेका थिए ।   विमानस्थल अध्यागमन कार्यालयले प्रहरीबाट अपराधमा संलग्न केही व्यक्तिको नाम कालोसूचीमा राख्न अनुरोध भइ आएको र त्यसमध्येका दुई चिनियाँ कालोसूचीमा रहेको खुलेपछि पक्राउ गरिएको जनाएको छ । क्विन्टल सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।   राजस्व अनुसन्धान विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ’ब्रेक शु’ मा हालेर ल्याइएको झण्डै एक सय किलो सुन बरामद गरेको थियो । सुन बरामद पछि राजस्व अनुसन्धान विभागले नै अनुसन्धान गरिरहेकोमा गएको २२ गतेदेखि सीआईबीले अनुसन्धान गरिरहेको छ ।  

पोखरा:    पोखरा महानगरपालिका वडा नं.३२ लामेआहाल स्थित अस्थायी ल्याण्डफिल साइटमा देखिएको समस्या सुल्झिएको छ । पोखरा महानगरपालिकाको पूर्वाधार विकास समितिका संयोजक समेत रहेका वडा नं.२६ का वडा अध्यक्ष नरेन्द्र थापा र फोहोरमैला व्यवस्थापन समितिका संयोजक समेत रहेका वडा नं. ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीको पहलमा समस्या समाधान गरिएको हो ।  महानगरपालिकाका प्रमुख धनराज आचार्यले अध्यक्षद्धय थापा र अधिकारीलाई फोहोर व्यवस्थापनको अवरोध हटाई समाधान गर्ने जिम्मेवारी दिनुभएको थियो । सोही जिम्मेवारी अनुरूप वडाध्यक्षद्वयको पहलमा स्थानीय, सङ्घर्ष समिति र महानगरका बिच १८ महिना फोहोर विसर्जन गर्ने सहमति भएको छ । १८ महिनाका लागि पोखरा महानगरपालिका र लामेआहालमा फोहोर विसर्जनका विरुद्ध गठित सङ्घर्ष समिति, राजनीतिक पार्टीका वडास्तरिय प्रतिनिधि एवं प्रभावित क्षेत्रका टोल विकास संस्थाका प्रतिनिधिका बिच सहमति भएको छ । सहमति अनुसार यस अवधिमा पनि खाडल नपुरिए स्थानीयवासी र महानगरपालिका बिच पुनः सहमति गर्न सकिने छ । फोहोर बोकेका गाडीहरू विर्सजनस्थलमा बिहान ६ बजेदेखि बेलुका ४ बजेसम्म प्रवेश गरिसक्नुपर्ने छ भने, तत्कालै माटोले फोहोर पुर्ने कार्य आवश्यकताअनुसार गर्नु पर्नेछ । विर्सजनस्थलबाट कुनै पनि कबाडीजन्य सामग्री सङ्कलन गरिने छैन । सहमति अनुसार क्षेत्रीय बसपार्क निर्माण सुनिश्चित गर्ने कार्य अगाडि बढाइनेछ । फोहोरमैला विर्सजनस्थलका प्रभावित नागरिकको स्वास्थ्य बिमा गरिनेछ । फोहोर मैला विर्सजनस्थलमा दुर्गन्ध नआउने गरी कीटनाशक विषादी छरिनेछ । स्थानीयहरूलाई सिपका आधारमा रोजगारीमा पहिलो प्राथमिकता दिइने लगायतका विषयहरू सहमतिमा उल्लेख छन् । सहमतिका लागि महानगरको तर्फबाट वडाध्यक्ष द्वय थापा र अधिकारीको अग्रसरता र स्थानीयको तर्फबाट लामेआहालमा फोहोर विसर्जनका विरुद्ध गठित सङ्घर्ष समिति, राजनीतिक पार्टीका वडा स्तरीय प्रतिनिधि, प्रभावित क्षेत्रका टोल विकास संस्थाका प्रतिनिधिका रोहबरमा सहमति पत्र तयार गरिएको हो । सहमति पत्रको साक्षी भने वडा नं.३२ का जनप्रतिनिधिहरू बस्नुभएको छ ।

गोरखा:    गोरखा नगरपालिका–७, सतिपीपलबाट बरामद गरी विशेष सुरक्षाका साथ जिल्ला प्रहरी कार्यालयमा राखिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ भएको खानी तथा भूगर्भ विभागले पुष्टि गरेको छ ।  विभागबाट गोरखा आएको भूगर्भविद्को टोलीले दुई दिन लगाएर गरेको परीक्षणबाट उक्त टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ नै भएको पुष्टि गरेको हो । ढुङ्गाको परीक्षण गरी विभागको टोलीले जिल्ला प्रशासन कार्यालय गोरखालाई परीक्षण प्रतिवदेन बुझाएको भूगर्भविद् डा। सुस्मिता भण्डारीले जानकारी दिनुभयो । “परीक्षणबाट उक्त ढुङ्गा महत्वपूर्ण र बहुमूल्य रत्नपत्थर (क्वार्ज क्रिष्टल) भएको पाइयो, उहाँले भन्नुभयो, “संसारभरका धातुलाई कडापनका आधारमा १० भागमा वर्गीकरण गरिन्छ, सोही आधारमा बरामद गरिएको ढुङ्गा सातौँ नम्बरमा पर्छ ।” भूगर्भविद्को टोलीले टल्कने ढुङ्गाको नापतौल लिनुका साथै अन्य विभिन्न प्राविधिक पक्षबारे पनि परीक्षण गरेको भूगर्भविद् डा। भण्डारीले जानकारी दिनुभयो । कडापनका आधारमा हीरा १० औँ नम्बरमा पर्ने उहाँको भनाइ छ । टोलीले गरेको परीक्षणका क्रममा उक्त ढुङ्गाको तौल ५२ किलो तीन सय ३० ग्राम रहेको पाइएको छ । यति ठूलो तौलको भएको एउटै चट्टान भेट्टाउनसमेत गाह्रो पर्ने भूगर्भविद् डा. भण्डारीले जानकारी दिनुभयो ।  ‘क्वार्ज क्रिष्टल’ मुख्यरुपमा सजावटका सामग्री तथा गरगहना बनाउन प्रयोग हुने गरेको भूगर्भविद् डा। भण्डारीको भनाइ छ । त्यस्तै रेडियो ट्रान्समिटर, कम्प्युटर, घडीलगायतका अन्य विद्युतीय उपकरणमा पनि क्वार्ज क्रिष्टलको आंशिकरुपमा प्रयोग हुने उहाँले जानकारी दिनुभयो । टल्कने ढुङ्गाको परीक्षण सम्पन्न गरेपछि विभागको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालयमा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल र प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठलाई परीक्षणपछिको अध्ययन प्रतिवेदन बुझाएको हो । जिल्ला प्रशासन कार्यालय गोरखाले टल्कने ढुङ्गाको नमुना परीक्षणका लागि खानी तथा भूगर्भ विभागलाई पत्राचार गरेपछि विभागले भूगर्भविद् डा. भण्डारी र दुर्गा बोलाखेको टोली गोरखा पठाएको थियो । अध्ययन टोलीले बरामद गरिएको ‘क्वार्ज क्रिष्टल’ खानी तथा भूगर्भ विभागलाई उपलब्ध गराउन पनि प्रतिवेदनमार्फत सुझाव दिएको छ ।  खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्य गर्ने अनुमति नलिई उत्खनन तथा सङ्कलन गरिएकाले उक्त पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पत्रमार्फत आग्रह गरिएको छ । गएको असार १४ गते प्रहरीले उक्त टल्कने ढुङ्गा सतिपीपलस्थित स्थानीयवासी राममाया शाहीको घरबाट बरामद गरेको थियो । टल्कने ढुङ्गा वर्षौंदेखि शाही परिवारले घरमा राखेर पूजा गर्दै आएको पाइएकाले उक्त ढुङ्गा गोरखकाली मन्दिर या गोरखनाथ मन्दिर परिसरमा राख्न गोरखाका विभिन्न सङ्घसंस्थाले प्रशासनसँग माग गर्दै आएका छन् । टल्कने ढुङ्गा ऐतिहासिक महत्वको भएको हुनसक्ने भन्दै गोरखा दरबार परिसरमा प्राणप्रतिष्ठा गरी व्यवस्थापन गनुपर्नेमा सङ्घसंस्थाको जोड छ । पूजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको बल्ने शिला कुनै पनि बहानामा गोरखा जिल्ला बाहिर नपठाई मूलधनीको इच्छाअनुसार गोरखकाली र गोरखनाथको पवित्र भूमिमा राख्नुपर्ने स्थानीयवासीको पनि भनाइ छ । गोरखा नगरपालिका प्रमुख कृष्णबहादुर रानामगरले विभागको टोलीसँगको भेटमा ऐतिहासिक र धार्मिक हिसाबले उक्त पत्थरलाई गोरखामै राख्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । उहाँले टल्कने ढुङ्गा गोरखामा राख्नका लागि नगरपालिकाले सरकारलगायतका अन्य सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने बताउनुभएको छ ।

पोखरा:   राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका प्रवक्ता अरुण गिरीले पार्टी छोडेका घोषणा गरेका छन् ।  राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका प्रवक्ता एवम् कास्की क्षेत्र नम्बर २ (ख)का गण्डकी प्रदेश उम्मेदवार गिरीले बिहीबार फेसबुकमा स्टाटस लेख्दै पार्टी र सक्रिय राजनीतिबाट अलग भएको लेखेको छन् ।  उनले लेखेका छन्, ‘म अरुण गिरी, आजका दिनदेखि अनिश्चित कालका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदिय जिम्मेवारी र सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गर्दछु ।’ गिरी सक्रिय राजनीतिमा लाग्न अगाडि चलचित्र पत्रकार संघमा आवद्ध थिए ।   

पोखरा:   पोखरामा पौडी खेल्ने क्रममा नहरमा बगेर बेपत्ता भएका बालक मृत फेला परेका छन् ।  पोखरा महानगरपालिका १७ पावर हावस नजिक नहर कुलोमा पौडी खेल्ने क्रममा नहरमा बगेर बेपत्ता भएका १० वर्षीय सम्बोधन अधिकारी मृत फेला परेको प्रहरीले जनाएको छ ।  पोखरा घारीपाटन बस्ने डिल्लीराम अधिकारीको छोरा सम्बोधन अधिकारी आज (बिहीबार) पावर हाउस नजिक नहर कुलोमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।  नहरमा पौडी खेल्ने क्रममा बेपत्ता भएका अधिकारीलाई शसस्त्र प्रहरी बल कालिका गण मालेपाटनबाट खटिएको टोलीले झण्डै एकसय मिटर तल मृत अवस्थामा फेला पारेको कास्की प्रहरीले जनाएको छ ।    बालकको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।