पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

काठमाडौं:  नेपाल खेलकुद पत्रकार मञ्चले १९ औं संस्करणको एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड २०७८ को लागि विश्व प्रसिद्ध स्पोर्ट्स ब्रान्ड एडिडाससँग सहकार्य गरेको छ । नेपालका लागि एडिडासको आधिकारिक बिक्रेता रुट्स फेसन प्रालि र मञ्चबीच बिहीबार सम्झौता भएको छ । मञ्चका तर्फबाट अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र रुट्स फेसनको तर्फबाट प्रबन्ध निर्देशक सन्जिव तुलाधरले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । दुई पक्षबीच तीन वर्षका लागि सम्झौता भएको हो । सम्झौताअनुसार एडिडासले हरेक वर्ष अवार्डमा १० लाख रुपैयाँ बराबरको सामग्री प्रदान गर्नेछ । एडिडासले यसअघि पनि स्पोर्ट्स अवार्डमा सहकार्य गरेको थियो । सम्झौतापछि रुट्स फेसनका प्रवन्ध निर्देशक तुलाधरले भन्नुभयो, ‘नेपालकै प्रतिष्ठित एनएसजेएस पल्सर स्पोटर्स अवार्डसँग पुनः जोडिन पाउँदा हामी धेरै खुसी छौं । खेलाडी र खेलकर्मी सम्मानमा जोडिन पाउँदा हामीले आफुलाई गौरवान्वित ठानेका छौं । यसअघि पनि हामीले मञ्चसँग सहकार्य गरेका थियौं । तर विविध कारण बीचमा सहकार्य निरन्तर हुन सकेन । आगामी वर्षहरूमा पनि हाम्रो सहकार्यले निरन्तरता पाउने विश्वास छ ।” त्यस्तै मञ्चका अध्यक्ष सुवेदीले एडिडास जस्तो विश्वस्तरीय ब्रान्डको साथ पाउनुले स्पोर्ट्स अवार्डको उचाई अझ वढेको बताउनुभयो । ‘करिब १० वर्षपछि एडिडास र मञ्चबीच पुनः सहकार्य भएको छ । एडिडासको आधिकारिक बिक्रेता रुट्स फेसन प्रालिसँग धेरै समयपछि जोडिन पाउँदा हामी धेरै खुसी छौं । यो तीन वर्षको सहकार्यले बाँकी वर्षहरूमा पनि निरन्तरता पाउने हामीले विश्वास लिएका छौं,’ सुवेदीले भन्नुभयो । एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड यही फागुन २३ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठनमा हँुदै छ । अवार्डमा यसपटक वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष प्रशिक्षक, वर्ष युवा खेलाडी, पिपल्स च्वाइस, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोट्स जर्नालिस्ट अवार्ड गरी ९ विधा समावेश छ ।   जसमा पाँच विधाका विजेताहरूले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेताहरूले नगद पुरस्कार प्राप्त गर्नेछन् ।   अवार्डको चर्चित विधा पिपल्स च्वाइस अवार्डको मनोनित खेलाडीहरू सार्वजनिक भइसकेका छन् । यस विधामा क्रिकेटका आसिफ शेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट, पौडीकी डुवाना लामा, भलिबलकी उषा भण्डारी मनोनयनमा परेका छन् । पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीलाई समर्थकहरूले विद्युतीय भुक्तानीको सेवाप्रदायक कम्पनी ई–सेवामार्फत मतदान गर्न सक्नेछन् । त्यसको मतभार ५० प्रतिशत हुनेछ । त्यस्तै एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको आधिकारिक फेसबुक पेजमा गएर आफूलाई मनपर्ने खेलाडीको फोटोमा लाइक गरेर पनि मतदान गर्न सकिनेछ । यसको मतभार २५ प्रतिशत हुनेछ । त्यसबाहेक खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकहरूले पनि मतदान गर्नेछन् । खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकले गर्ने मतदानको मतभार समान १२।५ प्रतिशत हुनेछ । मनोनयनमा परेका खेलाडीलाई फागुन २१ गते राति १२ बजेसम्म मतदान गर्न सकिनेछ । उत्कृष्ट वर्ष पुरुष खेलाडी, उत्कृष्ट वर्ष महिला खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक, उत्कृष्ट वर्ष युवा खेलाडीको मनोनयन केही दिनमा सार्वजनिक हुनेछ । 

पोखरा:  माछापुच्छ्र्रे हिमालको काखमा रहेको कास्की जिल्लाको उत्तर भेगमा रहेको माछापुच्छ्रे गाउपालिका वडा नं. ४ को रमणीय गाउँ लाहाचोक गाउँको प्रवद्र्धन गर्ने उद्धेश्यले हाइकर्स क्लब नेपालको समुह शनिबार उक्त गाउँ पुगेको छ । स्वस्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मुल नाराका साथ हरेक महिनाको अन्तिम शनिबार संचालन हुँदै आएको एक दिने छोटो पदयात्रा (हाइकिङ) को ३१ औं श्रृङखला लाहाचोक गाउँमा गरेको थियो । पोखरा महानगरपालिका वडा नं. २५ हेम्जाको मिलन चोकमा भेला भई पैदल यात्रा सुरु गरेका उक्त समुहलाई क्लबका संयोजक कृष्ण रानाभाटले हाइकिङले स्वास्थ्य र पर्यटन प्रवद्र्धनमा सहयोग पुगेकोले छिट्टै विधिवत रुपमा दर्ता गरिने जानकारी गराएका थिए । २०७६ साल देखि नियमित रुपमा हुँदै आएको हाईकिङ कोरोना भाइरसका कारण केही महिना स्थगित भएको र कोरोना भाइरसको असर कम भए पश्चात पुनः नियमित रुपमा संचालन भइरहेको क्लबका सदस्य तथा कानुनी सल्लाहकार अधिवक्ता नोज घर्तिमगरले वताए । विद्यार्थीदेखि गृहणीसम्म सहभागी भई रमाईलो गर्दै पैदल हिडेर स्थानिय वस्ती, खोलानाला, वनजंगल, विभिन्न विकास निर्माणका कार्यलाई प्रत्यक्ष रुपमा अवलोकन गर्दै ४ देखि ५ घण्टा संगै हिड्नु नै हाइकिङको उद्धेश्य रहेको रेडियो सफलताका स्टेसन म्यानेजर मधु अधिकारीले वताए । लाहाचोकका व्यवसायी राजेन्द्र अधिकारीले हाइकर्स क्लबका सदस्यहरुलाई लाहाचोकमा स्वागत गर्दै रहेका विभिन्न देवी देवताका मन्दिरहरु, प्रचारप्रसारको पर्खाइमा रहेको पर्यटकीय पातीखोला गुफा, काल भैरब मन्दिर, नवनिर्मित माछापुच्छ्रे गाउँपालिकाको प्रशासनिक भवन, व्यवसायीक रुपमा गरिएका कृषि तथा पशु पालनको अवलोकन गराएका भएको आइटि व्यवसायी पितम सेन ठकुरीले वताए । यस अगाडि कास्की, स्याङ्जा र तनहुँका विभिन्न गाउँहरुमा हाइकर्स समुह पुगेको र फागुन महिनाको अन्तिम शनिबार स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका वडा नं. ५ स्थित बाँगे गाउँमा जाने तयारी गरिएको छ । पोखराको पृथ्वीचोकलाई केन्द्रमा राखेर वेलुकी ५÷६ वजेभित्र फर्किनु पर्ने भएको कारण जाँदा वसमा जाने र फर्किदा बाँगेदेखि फेदीखोलासम्म ३ देखि ४ घण्टा हिडेर आउने तयारी रहेको पनि क्बलले जानकारी दिएको छ ।

पोखरा:   नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुन ६ गते शनिबार हुने १७ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ ।  नेपाली अग्रज खेलाडीहरुको संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार हुने सो प्रतियोगिताको तयारी पूरा भएको मञ्चले आज (बिहीबार) पोखरामा पत्रकार सम्मेलन गरि जनाएको हो ।  आगमी शनिबार पोखरा रंगशालामा बिहान ६ बजेबाट हुने कार्यक्रममा सहभागिताका लागि विभिन्न विद्यामा हालसम्म झण्डै ८ हजार जनाले नाम दर्ता गराएको मञ्चले जनाएको छ ।  यस वर्षको खुल्ला म्यारथनमा १५० जना धावकहरु सहभागि हुने भएका छन् भने महिलातर्फको हाफ म्याराथनमा ३५ जना धावहरुले नाम दर्ता गराएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए ।   यस्तै १० किलोमिटर पुरुषतर्फ एक हजार पाँच सय र महिलातर्फ छ सय जनाले नाम दर्ता गराएका छन् । ५ किलोमिटर दौडमा ७० वटा विद्यालयका छात्र र छात्रतर्फ क्रमश एक हजार छ सय र छ सय जनाले नाम दर्ता गराएका छन् । ह्विलचेयरतर्फ ४७ जना , दृष्टिविहिन दौडतर्फ ९० जना र ‘रन फर फन’तर्फ सबैभन्दा धेरै ५ हजार जनाले नाम दर्ता गराएको आयोजक मञ्चले जनाएको छ ।  प्रतियोगितामा विदेशी १६ देशका धावक सहित नेपालका सात वटै प्रदेशबाट ३७ जिल्लाका धावकहरुले सहभागिता जनाउने छन् ।  ४२.१९५ किलोमिटर दौड (म्याराथन)का विजेताले  ५ लाख, दोस्रो हुनेले ३ लाख र तेस्रो हुनेले २ लाख र चौथो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । मञ्चले गण्डकी प्रदेशका धावकहरुका लागि छुट्टै पुरस्कारको व्यवस्था गरेको छ । जसमा प्रदेशबाट सहभागि धावकहरुलाई प्रथम, द्वितिय र तृतिय पुरस्कार स्वरुप क्रमश ५० हजार, ३० हजार, २० हजार रुपैयाँ प्रदान गरिने छ ।  यस्तै महिलातर्फको हाफ म्याराथनमा पहिलो हुनेलाई एक लाख ५० हजार, दोश्रो हुनेलाई एक लाख, तेस्रो हुनेलाई ७५ हजार र सान्तवना पुरस्कार स्वरुप १५ हजार प्रदान गरिने जनाइएको छ ।  १० किलोमिटर महिला तथा पुरुष दौडका विजेतालाई प्रथम, द्वितिय र तृतिय  पुरस्कार स्वरुप क्रमश ३० हजार, २० हजार र १५ हजार, ५ किलोमिटर छात्र छात्रा दौडतर्फ १५ हजार १० हजार र ७ हजार रुपैयाँ क्रमश प्रथम, द्वितिय, तृतिय हुनेले प्राप्त गर्ने छन् ।  यसैगरि मञ्चले ह्विलचेयर र दृष्टिविहिन महिला÷पुरुष दौडतर्फ प्रथम, द्वितिय र  तृतिय हुनेले १० हजार ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।  यस वर्षदेखि पोखरा म्याराथनले म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स) को मान्यता प्राप्त गरेको छ । प्रतियोगितालाई सुजल डेरी प्रा.लि.ले २०७२ देखि मुख्य प्रायोजन गर्दै आइरहेको छ । प्रतियोगिता सम्पन्न गर्न ९३ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । यसै विच पोखरा म्याराथनका लागि विभिन्न देशका नेपाली संघ–संस्थाहरुले संस्थागत तथा व्यक्तिगत रुपमा सहयोग गरेका छन् । यस्तो सहयोग गर्नेहरुमा पोखरा अन्तर्राष्ट्रिय म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर संस्था पोखरेली मञ्च यूकेले ४ लाख, न्यू ह्याम्पशायर वोष्टन अमेरीका निवासी नेपाली समाजले १ लाख १० हजार,  एनआरएनए एनसिसी अस्ट्रेलियाले ५२ हजार, मञ्चका अस्ट्रेलियास्थित डर्विन संयोजक चन्द्र प्रकाश गुरुङलगायत सहकर्मीहरुले एक मुष्ट ५१ हजार, समाजसेवी भोज बहादुर गुरुङले २५ हजार, तारा गुरुङ अस्ट्रेलियाबाट २५ हजार सहयोग गरेका छन् ।  सो रकम पत्रकार सम्मेलनमा हस्तान्तरण गरिएको थियो । सो अवसरमा पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङ, ओलम्पियन नारायण गुरुङ, फेदी खोला समाज यूकेका अध्यक्ष हरि गुरुङ, मञ्चका अस्ट्रेलिया संयोजक चन्द्र प्रकाश गुरुङलगायतले आफ्ना भनाई राख्दै पोखरा म्याराथनले विश्वमा छरिएर रहेका नेपालीहरुलाई एक ठाउँमा ल्याउन सहयोग गरेको बताए ।  पोखरा म्याराथनलाई प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, कृषि विकास बैंक, केल्मी, एक्स टेप, नेपाल टुरिजम वोर्ड, हिमा असलगायतले सहयोग तथा प्रायोजन गरेक छन् ।     

कास्की:   गण्डकी प्रदेश सरकारले पाँचौ स्थापना दिवस –२०७९ मनाएको छ ।   गण्डकी प्रदेश सरकार स्थापनाको पाँचौ वर्ष पूरा भई छैटौं वर्षमा प्रवेश गरेको अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको व्यवस्थापनमा आज (बिहीबार) स्थापना दिवस मनाएको हो ।    सो अवसरमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकारको पाँच वर्षको गतिविधि समेटिएको पुस्तक विमोचन गरेका थिए ।    विमोचन पश्चात सभालाई सम्बोधन गर्दै प्रदेश प्रमुख गुरुङले आम नागरिक र राजनीतिक व्यत्तित्वहरुको समन्वयमा प्रदेश सरकारले कदम चाल्नुपर्ने धारणा राखे ।  उनले यसअघिका सरकारले आधारशीला तयार गरिसकेको बताउदै वर्तमान सरकारले कार्यान्वयनको पक्षमा लाग्नुपर्ने बताएका थिए ।    यस्तै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेतृत्व पङ्तिमा रहेका व्यक्तिहरुले चुनौतीमा अवसर देख्नुपर्ने तर्क राखे ।    उनले चुनौती भित्र समस्या देख्ने व्यक्तिहरु सफल हुन नसक्ने भन्दै चुनौतीमा अवसर खोज्नुपर्ने दोहोर्याए । ‘नेतृत्वमा बस्ने र रहनेहरुले चुनौतीमा अवसर देख्नुपर्छ र चुनौतीमा समस्या देख्नेहरु नेता  हुन सक्दैनन् । त्यसैले चुनौतीलाई अवसरमा बदल्न सक्नुपर्छ ।’ उनले भने ।   उनले आफु नेतृत्वको सरकारले संघीय सरकारसँग स्वायत्तताका लागि संघर्ष गरेको स्मरणसमेत गरेका थिए ।    सो कार्यक्रममा निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सभामुख कृष्ण प्रसाद धिताल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।    सो कार्यक्रमकाबीच उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै विभिन्न ३ विधामा १० जना निजामती कर्मचारीलाई पुरस्कृत गर्ने घोषणा गरिएको थियो ।   सहिदपार्कस्थित सहिद स्तम्भमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री हरि बहादुर चुमान, आर्थिक मामिलामन्त्री सीता सुन्दास, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ, आन्तरिक मामिला तथा कानूनमत्री रोशन बहादुर गाहा थापा, उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री बेद बहादुर गुरुङ, उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री रेशम जुग्जाली लगायतले माल्र्यापण गरि प्रभातफेरि कार्यक्रम शुभारम्भ गरिएको थियो । सो र्याली पोखरा सभागृहमा आएर  मुल समारोहमा परिणत भएको थियो ।   प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।  

पोखरा:    पोखरा महानगरपालिका १७ स्थित विरौटा–छोरेपाटन सडकखण्ड निर्माणाधिन छ, दिनहु कति सवारी आउँछन् जान्छन, सडक खण्डबाट निस्कने धुलो र धुवाबाट विरौटाका स्थानीय आजित छन् ।    हिजोदेखि विरौटा–छोरेपाटन सडकखण्ड धुलो र धुवाले ढाक्न थालेपछि स्थानीयले सडकमा पानी हाल्न माग गर्न थालेका छन् । केहीदिन अगाडी निर्माण कम्पनीले काममा ढिलाईसुस्ती गरेको भन्दै स्थानीयले प्रर्दशन समेत गरेका थिए ।  सडकमा ठेकेदारले हिजोदेखि पानी नहाल्दा सवारी आवतजावत गर्दा धुलोका कारण यात्रामा सास्ती भएको स्थानीय चन्द्र भण्डारीले जानकारी दिए ।  सिद्धार्थ राजमार्गसँग जोडिने यो सडकखण्ड निर्माणाधिन रहेको छ । निर्माणाधिन सडकखण्डमा दैनिक पानी हाल्नुपर्ने भएपनि निर्माण कम्पनीले हिजोदेखि पानी नहाल्दा धुलोका कारण प्रदुषण फैलिएको छ ।   

काठमाडौं : ग्यास सिलिण्डर विस्फोबाट घाइते भएका नेपाली कांग्रेस सांसद डा.चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि मुम्बइ लगिएको छ।   श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् भारतको मुम्बईस्थित नेसनल स्किन वर्न अस्पताल उपचारका लागि लगिएको हो। उनको नेपालमा यथोचित उपचार  सम्भव नभएपछि कृतिम स्वासप्रश्वास दिएर त्यसतर्फ लगिएको हो। उनीसँगै ६ जनाको मेडिकल टिम पनि गएको छ।   क्रिटिकल केयर हेड डा.प्रदीप तिवारी,एनेस्थेसिया क्रिटिकल केयर डा.वृहस्पति,फ्लाइट डाक्टर इएमएस रोसन शर्मा,प्यारामेडिक्स इआर दिनेश राई,सागर महर्जन र राज तामाङ गएका हुन्।   बुधबार राती आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए।  घाइते आमा छोरा दुवैजनालाई कीर्तिपुरस्थित कीर्तिपुर वर्न अस्पताल भर्ना गरिएको  थियो।    अस्पतालले उपलब्ध साधन र स्रोतबाट  यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लैजान सिफारिस गरेको थियो।   आमा हरिकलाको भने उपचारका क्रममा आज बिहान निधन भएको छ। भण्डारीको स्वास्थ्य अवस्था जटिल रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।   नेता भण्डारीको २५-३० प्रतिशत शरीर जलेको अस्पतालले जनाएको छ। 

मनाङ:  हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन् । हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन् ।   मनाङको तल्लो क्षेत्रमा विद्यालय खुलेका छन् भने माथिल्लो क्षेत्रमा फागुन १५ गतेदेखि खुल्ने शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंले जानकारी दिनुभयो । उहाँका अनुसार केही विद्यालयका विद्यार्थी तथा शिक्षक मङ्सिरको अन्तिम साता अर्धवार्षिक परीक्षा सकेर चिसो छल्न बेँसी झरेका थिए ।   यस वर्ष हिमपात नहुँदा विद्यालय अलि छिट्टै सञ्चालन गरिएको उहाँले बताउनुभयो । “यस वर्ष यहाँ हिमपात भएन, जसले गर्दा मनाङवासी छिट्टै फर्किए र अभिभावकसँगै बालबालिका आएपछि नियमित कक्षा सञ्चालन गरेका हौँ”, प्रमुख चपाईंले भन्नुभयो ।   विगतका वर्षमा जिल्लामा मङ्सिरमा वार्षिक परीक्षा सकेर हिउँदमा चिसो छल्न बेँसी झर्ने प्रचलन थियो । गत वर्षदेखि अन्य जिल्लासँग पठनपाठनको समानताका लागि चैतमा वार्षिक परीक्षा गर्न थालिएको उहाँले बताउनुभयो ।   पुस र माघमा यहाँ बढी चिसो हुने भएकाले दुई महिना विद्यालय बन्द गर्नुपर्ने बाध्यता नै छ । फागुन १ गतेदेखि सदरमुकाम चामे र नासो गाउँपालिकाका विद्यालयमा नियमित पढाइ सञ्चालन भएको चपाईंले बताउनुभयो । उहाँका अनुसार जिल्लास्थित कार्यालयले विद्यालय खोल्न सूचना प्रकाशित गरे पनि अधिकांश विद्यालय फागुन १ गतेदेखि नियमितरुपमा सञ्चालन भएका छन् ।   माथिल्लो मनाङमा भने अझै विद्यालय खुलाउनसक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । माथिल्लो मनाङमा बढी चिसो हुने हुँदा यस क्षेत्रका बासिन्दा जिल्ला नफर्किँदा केही ढिलो गरी कक्षा सञ्चालन हुने उहाँले बताउनुभयो ।   सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय आवासीयरुपमा सञ्चालन भएको छ । हिमाली क्षेत्रमा विद्यालय टाढाटाढा हुँदा समस्या हुनाका साथै विद्यार्थीलाई जिल्लामा नै टिकाउन आवासीयरुपमा सञ्चालन गरिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताउनुभयो ।   “विद्यार्थीलाई विद्यालय आवतजावतमा समस्या हुँदा विद्यार्थी घट्न थाले, जिल्ला बाहिर अभिभावकले बालबालिका राखेर पठनपाठन गराउनुपर्ने अवस्था सिर्जना हुँदा यस समस्याको समाधानका लागि आवासीय बनाएका हौँ, आवासीय बनाएपछि विद्यालयमा विद्यार्थी राम्रै छन्”, अध्यक्ष घलेले भन्नुभयो ।   सङ्घीयता कायम भएपश्चात् चामेका पाँच विद्यालयलाई एकीकृत गरी आवासीय बनाइएको उहाँले बताउनुभयो । जिल्लाका लोकप्रिय माध्यमिक विद्यालय र तिमाङस्थित गौरीशङ्कर आधारभूत विद्यालयमा आवासीयरुपमा पठनपाठन भइरहेको छ । चिसो बढी भए पनि विद्यार्थीलाई वार्षिक परीक्षामा सकस हुन्छ भनेर पठनपाठन सुरु गरिएको गौरीशङ्कर आधारभूत विद्यालयका प्रधानाध्यापक कमलजङ्ग गुरुङले बताउनुभयो ।   त्यस्तै थोंचेको प्रकाशज्योति माध्यमिक विद्यालय र तालगाउँस्थित भानु माध्यमिक विद्यालयमा नियमितरुपमा पठनपाठन सुरु भएको छ । भानु माध्यमिक विद्यालयमा बाढीका कारण जोखिम बढ्दा विद्यार्थी घटेका नासो–१ का वडाध्यक्ष मिनरासी गुरुङले बताउनुभयो ।   “गत वर्ष विद्यालयमा बाढी पस्दा यहाँ विद्यार्थी घटेका छन्, बाढीको जोखिम भएपछि विद्यार्थी पढ्न बाहिरी जिल्लातर्फ गएको पाइएको छ”, अध्यक्ष गुरुङले भन्नुभयो । जोखिम न्यूनीकरणका लागि तटबन्ध निर्माण गरिएको उहाँले बताउनुभयो । तालगाउँमा जोखिम न्यूनीकरणका लागि तटबन्ध निर्माण गरिएपछि यहाँका स्थानीयले आवास निर्माण तथा मर्मत गरेपछि बसोबास गर्न थालिएको उहाँले बताउनुभयो ।   यस वर्ष हिमपात नभए पनि चिसो बढी नै छ । फागुन लागे पनि चिसो अझैँ घटिसकेको छैन । यसले गर्दा माथिल्लो मनाङका विद्यार्थी, शिक्षक तथा कर्मचारी कार्यक्षेत्रमा पुग्न सकेका छैनन् । चिसोका कारण अधिकांश स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधिसमेत जिल्ला बाहिर नै छन् । माथिल्लो मनाङ क्षेत्रका शिक्षक, विद्यार्थी जिल्ला भित्रिने क्रम रहेका चपाईंले बताउनुभयो ।   माथिल्लो मनाङका बासिन्दा जिल्ला आउन ढिला गर्दा शिक्षक तथा कर्मचारीसमेत चैतमा मात्रै विद्यालय आउने गरेका स्थानीय बताउँछन् । विद्यार्थी र अभिभावकसँगै कर्मचारी तथा शिक्षक समयमै गाउँ आएर सेवा दिनुपर्ने स्थानीयको भनाइ छ ।

पोखरा:    नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखराबाट अन्र्तराष्ट्रिय उडान कहिले हुुन्छ पात्रो हेरेर भन्न नसक्ने बताएका छन् ।  प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री किरातीले यस्तो बताएका हुन् ।  ‘पोखराबाट अन्र्तराष्ट्रिय उडान कहिले हुन्छ भन्ने प्रश्न समर्ग पोखरेली र गण्डकी प्रदेशका जनताको प्रश्न हो, मन्त्री किराँतीले भने, ‘आजको मितिदेखि अझ तिव्र रुपले नागरिक उड्डयन प्राधिकरणसँग छलफल र परामर्श गरेर यो विषयमा अगाडी बढ्छौं, पोखराबाट अन्र्तराष्ट्रिय उडान कहिले हुन्छ पात्रो हेरेर भन्न सक्दिन  ।’  पोखरा विमानस्थलबाट कहिले अन्र्तराष्ट्रिय उडान हुन्छ भन्ने पत्रकारको प्रश्नमा आफुले पात्रो हेरेर भन्न नसक्ने प्रतिक्रिया दिएका छन् । ‘पोखरा विमानस्थलबाट अन्र्तराष्ट्रिय उडान गर्न अत्याधिक प्रयास भएको छ, यथासक्य छिटो हुनुपर्छ भन्ने हाम्रो धारणा छ ।’ उनले भने ।  माघ १ गते पोखराको सेती खोँचमा भएको यती विमान दुर्घटनाले देश र मन्त्रालय शोकमा भएको समयमा आफुले खादा र माला लगाएर नबस्ने घोषणा गरेको हो मन्त्री किराँतीले बताए ।  ‘देश र मन्त्रालय यती विमान दुर्घटनाबाट शोकमा थियो , शोकमा खाँदा र माला लगाएर मन्त्रालय नबस्ने घोषणा गरे लगाएन, उनले भने, ‘खाँदामाला प्रति सम्मान छ, एउटै व्यक्तिलाई ५ सय केजीसम्मको माला पहिराएको पनि देखिन्छ यो राम्रो होइन, यो संस्कृतिको नाममा विकृति हो ।’ मन्त्री किरातीले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट पोखरा पृथ्वीचोकसम्म विमानस्थलकै मातहतमा सवारी संचालन गर्ने आश्वासन समेत दिएका छन् ।‘पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा यात्रु आएपछि ट्याक्सी लगायत अन्य सवारी प्रयोग गरेर जाने प्रचलन रहेछ, सम्बन्धित निकायसँग कुराकानी गरेर विमानस्थलकै पक्षबाट पृथ्वीचोकसम्म सेवा दिन छलफल अगाडी बढाउछु ।’ उनले भने ।    मन्त्री किराँतीले आज (बिहीबार) पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको अनुगमन समेत गरेका छन् ।   

काठमाडौं : ग्यास सिलण्डरबाट घाइते भएकी नेपाली कांग्रेस सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ। बुधबार राती ग्यास सिलिण्डर विष्फोटबाट घाइते भएकी भण्डारीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।   अस्पतालका कार्यकारी निर्देशक डा.निजिना ताम्राकारले हरिकला भण्डारीको निधन भएको पुष्टि गरिन्।   कांग्रेस नेता भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ। थप उपचारका लागि उनीहरूलाई भारत लैजान अस्पतालले  सिफारिस गरेको थियो।   काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार बेलुकी खाना पकाउने क्रममा ग्यास सिलिण्डर विष्फोट हुँदा आमा छोरा जलेर घाइते भएका थिए।   प्रतिनिधि सभाका सदस्यसमेत रहेका भण्डारी र उनकी ८६ वर्षीया आमालाई सिभिल अस्पतालहुँदै कीर्तिपुर अस्पताल लगेर आइसीयूमा उपचार थालिएको थियो।