पोखरा: पोखराका फोटोपत्रकार सुुरेश कुमार श्रेष्ठ (सुुरज श्रेष्ठ) अन्तराष्ट्रिय फोटो पत्रकारिता पुुरस्कारबाट पुुरस्कृत हुने भएका छन् । अमेरिकाबाट संचालित नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल “इन्जा” ले यस वर्ष देखि सुरु गरेको इन्जा फोटो पत्रकारिता पुरस्कारबाट श्रेष्ठ पुरस्कृत हुने भएका हुन् । यही फागुनको १६ गते काठमाडौंमा आयोजना गरिने कार्यक्रममा ५०० अमेरिकी डलर राशि सहित उनलाई पुुरस्कृत गर्न लागिएको हो । पोखरालाई आफ्नो कार्यक्षेत्र बनाएर फोटो पत्रकारितालाई निरन्तरता दिँदै आएका श्रेष्ठ २०६२ सालबाट पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । पोखरा सिटीडकम र ठीकठाक डटकमबाट फोटो पत्रकारिता शुुरु गरेका श्रेष्ठले कान्तिपुर, कान्तिपुर साप्ताहिक, नागरिक म्याग्जिनमा फोटो पत्रकारको रुपमा काम गरे । श्रेष्ठले खिचेका फोटो पोखराबाट संचालित पत्रिकाहरुमा पनि प्रकाशित भएका छन् । हाल श्रेष्ठको आफ्नै मिडिया एस टु प्रोडक्सन, ह्याप्पी पोखरा डटकम संचालनमा छ । २०७० सालमा आफ्नै प्रोडक्सन हाउस एस टु प्रोडक्सन संचालनमा ल्याई थुप्रै म्युजिक भिडियो, विज्ञापन,डकुुमेन्ट्री र प्रोमो निर्माण गर्दै आएका छन् । फोटो पत्रकारिता सँगै उनको अर्को परिचय भनेको गायन हो । २०५८ सालमा गायक बन्छु भनेर हिँडेका श्रेष्ठले ‘अन्जान मायालुु’ गीति एल्बम निकाले । उक्त एल्बमको ‘सम्झना छ छोडी जानेलाई, माया छ बिर्सी जानेलाई’ बोलको गीतले प्रसिद्धि कमायो । जुन गीत अहिले पनि उत्तिकै रुचाइन्छ । श्रेष्ठले नेपालको चर्चित ¥यालिटी शो हिमालयन रोडीजमा सिनेमेटोग्राफीको काम समेत गरेका छन् । सगरमाथा क्याम्पमा आयोजना गरिएको वल्र्ड भ्लग च्यालेन्जमा पनि उनले सिनेमेटोग्राफीको काम गरिसकेका छन् । अनुभवले खारिएका श्रेष्ठले राष्ट्रिय फोटो पत्रकार संघले २०७० सालमा आयोजना गरेको राष्ट्रिय स्तरको ‘नेपाल फोटो कन्टेस्ट’ बाट समेत सम्मान प्राप्त गरेका छन् । उक्त कार्यक्रममा उनले खिचेको फोटो उत्कृष्ट भएको थियो । नेपालका तत्कालिन उपराष्ट्रपति बाट उनले सम्मान र पुरस्कार पाएका थिए । २०७५ सालमा पोखरामा ट्रेनर नेपालले आयोजना गरेको फेशन अवार्ड नेपालमा श्रेष्ठले बेष्ट फेशन फोटोग्राफरको अवार्ड हात पारे । पोखरामा भएका सौन्दर्य प्रतियोगिताहरुमा निणार्यकको भुमिका समेत उनले निर्वाह गर्दै आएका छन् । सुरजको सक्रियता समाजसेवामा पनि देखिन्छ । श्रेष्ठ नेपाल पत्रकार महासंघ कास्कीमा पनि आबद्ध छन् । नेपाल फोटो पत्रकार संघ कास्कीको कोषाध्यक्षको जिम्मेबारी सम्हालेका श्रेष्ठको दैनिकी भनेकै फोटोग्राफी हो । सुरेश कुमार श्रेष्ठ (सुुरज श्रेष्ठ) सँगै फोटो पत्रकारिताको माध्यमद्वारा नेपाली समाज तथा आम नागरिकलाई सुसूचित गराउँदै आएका वरिष्ठ फोटो पत्रकार नरेन्द्र श्रेष्ठलाई समेत अन्तर्राष्ट्रिय फोटो पत्रकारिता पुुरस्कारबाट पुुरस्कृत गर्न लागिएको इन्जा ग्लोवलका अध्यक्ष गुणराज लुइटेलले बताए । वि.सं. २०५२ सालदेखि नेपाल समाचारपत्रबाट फोटो पत्रकारिता सुरु गर्नु भएका नरेन्द्र श्रेष्ठले कान्तिपुर पव्लिकेस, लस एन्जलस टाइम्स, न्यूर्योक टाइम्स, टाइम्स म्यागजिन,गार्डियन डेली, टेलिग्राफ युके, इन्डिपेन्डेन्ट युके, फाइनान्सियल टाइम्स, वालस्ट्रीट जर्नल,द टाइम्स लण्डन,डाइ वेल्ट,नेशनल ज्योग्राफी, वाशिंगटन पोष्ट लगायतका संचार माध्यममा काम गरिसकेका छन् ।
पोखरा: पोखरा महानगरपालिका २७ लेखनाथको डाडानाक प्रहरी चौकी अगाडि माईक्रो बस दुर्घटना भएको छ । बेगनासतालबाट पोखरा आउँदै गरेको ग १ ख ६७४७ नम्बरको बस दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ । बसमा अधिकांस पोखरा विश्वविद्यालयका विद्यार्थीहरु रहेको खुल्न आएको छ । अहिले बस दुर्घटना स्थलमा उद्धार कार्य चलिरहेको छ । थप विवरण आउँदै ।
काठमाडौं: राज्यको आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) को ६२औँ वार्षिकोत्सव समारोह भद्रकालीप्लाजास्थित राससको केन्द्रीय कार्यालयमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राससको ६२औँ वार्षिकोत्सव मूल समारोहको दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको छ । वार्षिकोत्सवको अवसरमा आज सात वटै प्रदेश कार्यालयमा पनि कार्यक्रम आयोजना गरिएका छन् । राससले वार्षिकोत्सवको अवसर पारेर आजै उत्कृष्ट समाचारदाता, सम्पादक र कर्मचारीलगायतलाई पुरस्कार तथा सम्मान प्रदान गर्दैछ भने राससका बारेमा प्रकाशित पुस्तक पनि विमोचन हुने भएको छ । निजी क्षेत्रका दुई समाचार समिति एकापसमा गाभिएर विसं २०१८ फागुन ७ गते स्थापना भएको रासस आजदेखि ६२ वर्ष प्रवेश गरेको हो । संस्थापक अध्यक्ष रामराज पौड्याल रहनुभएको राससमा नेपाल संवाद समितिका गोविन्द वियोगी र सगरमाथा संवाद समितिका मणिन्द्रराज श्रेष्ठ यसका संस्थापक सदस्य हुनुहुन्थ्यो । विसं २०१८ फागुन ७ गते (१८ फेब्रुअरी १९६२) निजी क्षेत्रका ‘नेपाल संवाद समिति’ र ‘सगरमाथा संवाद समिति’ गाभिएर सरकारी स्वामित्वमा राष्ट्रिय संवाद समिति स्थापना भएको हो । ‘विकासका लागि सञ्चार’ भन्ने मूल मर्मलाई आत्मसात् गरेको राससले स्थापनाकालदेखि आधिकारिक, विश्वसनीय र सत्यतथ्य समाचार सङ्कलन एवं वितरण गर्दै आएको छ । राससले देशभर सञ्चालित रेडियो, पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमलाई हरेक दिन बिहान ६ देखि राति ११ बजेसम्म न्यूजलाइनमार्फत निरन्तर समाचार सम्प्रेषण गर्दै आएको छ । राससले गत साउन १ गतेदेखि ‘श्रव्यदृश्य’ सेवा पनि सुरु गरेको छ । यसले नेपाली, अंग्रेजी, अन्तर्राष्ट्रिय समाचार, आलेख, श्रव्य, तस्वीरलगायतका सामग्री प्रदान गरिरहेको छ ।
पोखरा: नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमि बाहिरको राष्ट्रपति अस्वीकार्य हुने बताएका छन् । पोखरामा आज (आइतबार) पत्रकारसँग बोल्दै महासचिव गुरुङले ‘ राजनीतिक पृष्ठभूमि भन्दा बाहिरको स्वीकार्य गर्दैनौ, राष्ट्रपति राज्यसँग जोडिएको विषय हो, राजनैतिक पृष्ठभूमिबाट आएको व्यक्ति राष्ट्रपति हुन्छ, राजनीतिक पृष्ठभूमि भन्दा बाहिरको परिकल्पना गरेका छैनौं ।’ महासचिव गुरुङले जुनसुकै राजनीतिक दलले प्रस्ताव गरेपनि सबै दलले समर्थन गर्ने व्यक्ति राष्ट्रपति हुने दावी गरे । ‘राष्ट्रिय अस्मितामाथि खतरा हुनसक्ने, अराजकता र अस्थिरता निम्तिने र त्यसले गर्दा संविधान र राष्ट्रियतामाथि जोखिम पर्ने भएकोले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्ने छौं, सबै राजनीतिक दलले समर्थन गर्ने व्यक्ति नै राष्ट्रपति हुन्छ ।’ उनले भने ।
दार्चुला : दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मार्मा गाउँपालिका-३ नलबगडस्थित सडकमा माटो फाल्ने टिप्परको ढालाले नांगो बिजुलीको तारमा छुँदा टिप्पर चालकको मृत्यु भएको हो। टिप्परको ढाला बिजुलीको तारमा लागेर गम्भीर घाइते भएका कैलालीको लम्किचुहा नगरपालिकाको चिसापानीका २३ वर्षीय लिला थापाको उपचारका लागि अस्पताल लैजाने बेला बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताए। उनका अनुसार टिप्पर सहचालक मार्मा गाउँपालिका-६ का अन्दाजी १९ वर्षीय प्रकाश सिहं ठगुन्ना सामान्य घाइते भएका छन्
जाजरकोट: जिल्लाको शिवालय गाउँपालिकाको एक सरकारी विद्यालयका शिक्षकले विद्यार्थीलाई कुटपिट गरेपछि विद्यार्थी बेहोस भएका छन् । गाउँपालिका–१ स्याप्रीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक दीपक खत्रीले कक्षा ९ मा अध्ययनरत जानकी विकलाई कुटपिट गर्नुभएको हो । शिक्षक खत्रीको कुटपिटबाट विक बेहोस हुनुभएको हो । साथीहरू सँग झगडा गरेको विषयलाई लिएर शिक्षकले छोरीलाई बेहोस हुने गरी कुटेको जानकीका बुवा वीरबहादुर लुहारको भनाइ छ । उहाँका अनुसार शिक्षकले कुटपिट गरेपछि स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि बाँकेको नेपालगञ्जमा रहेको नर्सिङ्ग होममा उपचार भइरहेको छ । विद्यार्थी पिट्ने शिक्षक नचाहिने भन्दै विद्यार्थी तथा अभिभावकहरूले तत्काल विद्यालयबाट हटाउनु पर्ने माग राखेका छन् । शिक्षक खत्रीले विद्यालयमा गणित र विज्ञान विषय पठाउँदै आउनुभएको छ ।
इस्तानबुल: टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गते गएको भूकम्पमा परी ४६ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । टर्कीको कहरामनमारसलाई केन्द्रबिन्दु बनाएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ । विपद् तथा आपत्कालीन व्यवस्थापन प्राधिकरण आज साँझदेखि खोजी तथा उद्धार स्थगन गरिने जनाउँदै चार लाख ३० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताएको छ । साथै खोज तथा उद्धारमा १३ हजार स्वयंसेवक एवम् अन्य सहायताकर्मी परिचालन गरिएको जनाइएको छ । हालसम्म टर्कीमा ४० हजार ६४२ जना तथा सिरियामा पाँच हजार आठ सयले ज्यान गुमाएका दुवै देशका सरकारी अधिकारीले बताएका छन् । उनीहरूले मृतकको सङ्ख्या बढ्नसक्ने जनाएका छन् । टर्कीमा तीन लाख ४५ हजार भवन भत्केका छन् भने भग्नावशेषमा धेरै हराइरहेका छन् । विश्व खाद्य कार्यक्रमले सिरियामा मानवीय सहायता सामग्री परिचालनमा कठिनाइ भएको जनाउँदै अवरोध नगर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ । उत्तरपश्चिम सिरियामा मानवीय सहायता उपलब्ध गराउन कठिन भएको उक्त संस्थाले बताएको छ । सिरियाली अधिकारीहरूले भूकम्प प्रभावित क्षेत्रमा आफ्नो पहुँचमा अवरोध खडा गरेको आरोप उक्त संस्थाले लगाएको छ ।
काठमाडौंं: राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा कायम गरिएको छ। शुक्रबार डलर एकको खरिददर १३२ रूपैयाँ ६ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६६ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १८ पैसा बढेको हो। त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ ६६ पैसा र बिक्रीमा १४१ रुपैयाँ ३० पैसा पाइन्छ। त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५८ रुपैयाँ ६२ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रुपैयाँ २३ पैसा र बिक्रीमा ९० रुपैयाँ ६४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ८९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३३ पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४२ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ र बिक्रीमा ३६ रुपैयाँ १७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २९ रुपैयाँ ८४ पैसा र बिक्रीमा २९ रुपैयाँ ९७ पैसा पाइन्छ। आइतबार कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ १४ पैसा र बिक्रीमा ४३३ रुपैयाँ १० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ८५ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ४४ पैसा तोकिएको छ।
काठमाडौंं: साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा पाँच सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला सात सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

