काठमाडौँ:  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन शाहको डेरा कोठामा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा काठमाडौँ १६ बालाजु हाईट घर भई...

काठमाण्डौ:  विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्ट जनाउँदै आएको नेपाल शिक्षक महासङ्घले आज काठमाण्डौमा मार्च पास गर्दैछ । आज माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन गर्ने महासंघले जनाएको छ । प्रदर्शनमा सहभागी हुन देशका ७७ वटै जिल्लाबाट शिक्षकहरु काठमाण्डौ आएका छन् ।   नेपाल शिक्षक महासङ्घको आह्वानमा राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाण्डौँ आएका हुन् । उनीहरूले आज ११ बजेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने महासंघले जनाएको छ । विद्यालय शिक्षा विधेयकप्रति महासङ्घले विभिन्न १८ बुँदे असहमति राखेको छ । सरुवा बढुवा, दरबन्दी, पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् ।    महासङ्घको आन्दोलनका कारण देशभरको पठनपाठन प्रभावित हुने भएको छ । अहिले प्रभावित भएको पठनपाठन पछि अतिरिक्त समयमा पढाएर पूरा गर्ने महासंघले जनाएको छ । विद्यालय बन्द गर्नु आफूहरूको रहर नभएर बाध्यता भएको भन्दै अभिभावक तथा विद्यार्थीहरूलाई आफ्नो मर्का बुझिदिन महासंघकी अध्यक्ष कमला तुलाधरको आग्रह छ ।   हिजो शिक्षा मन्त्रालयले आन्दोलनरत महासंघलाई वार्ताका लागि बोलाएको थियो । तर, शिक्षा मन्त्रालयसँग यस अघि पनि पटक पटक वार्तामा बसे पनि निकास नस्किएको भन्दै महासंघले वार्तामा सरकार प्रमुखसहित सरोकारवाला अन्य निकाय पनि हुनु पर्ने माग गरेको छ । 

सप्तरी: सप्तरीमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ ।   शम्भुनाथ नगरपालिका–३ ट्राफिक चोक निवासी वीरेन्द्र मण्डलका ५ वर्षीय छोरा हार्दिक कुमार मण्डलको पोखरीमा डुबेर ज्यान गएको हो ।   जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता नरेशकुमार सिंहका अनुसार पोखरीमा डुबेर घाइते भएका बालकको उपचारका क्रममा युनिक अस्पताल रुपनीमा ज्यान गएको हो ।

म्याग्दी: म्याग्दी सदरमुकाम बेनीमा दुई सय वर्ष पुरानो बर्खेनाच देखाइएको छ । दुई सय वर्षअघि बेनीमा बस्ती बसेदेखि नै घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तीजको दिनसम्म एक महिनाको अवधिमा विभिन्न मौलिक नाच देखाइएको हो । बेनीको सङ्गमचोकमा सोमबार साँझ बर्खेनाचको समापन गरिएको हो ।   बर्खेनाचअन्तर्गत तीजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित बर्खेनाच समापन गरिएको नेपाल भाषा मंकाखलः म्याग्दीका पूर्वअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । “लाखे र श्रीकृष्णको लडाइँ झल्काउने नाच अवलोकन गर्न सङ्गमचोकमा बजारवासीको भीड लागेको थियो”, उहाँले भन्नुभयो, “यस वर्ष बर्खेनाचअन्तर्गत लाखे, हनुमान, घोडा, गोरु, रोपाइँ, नागानागिनी, धानको बाला र जोगीनाच देखाइएको थियो ।”   बर्खेनाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई देखाउने गरिन्छ । जनैपूर्णिमा र त्यसको भोलिपल्ट दुई दिन वर्षभरि दिवङ्गत भएका व्यक्तिहरूको सम्झनामा  नागानागिनी नाच देखाइएको थियो ।    मंका खलः अन्तर्गतको ल्याम्ह पुचःको अगुवाइ र मैजु खलःको व्यवस्थापनमा बर्खेनाच देखाइएको हो ।  परम्परागतरूपमा देखाइँदै आइएको बर्खेनाचलाई संरक्षण गर्दै हराएर जाने अवस्थामा पुगेका नाचलाई समेत बर्खेनाचमा निरन्तरता दिइएको छ । यस वर्षको बर्खेनाचमा करिब दश वर्षपछि धानको बाला नाच देखाइएको हो ।    मंका खलःले दुई सय वर्ष पुरानो बर्खेनाचको निरन्तरताका लागि नयाँ कलाकारलाई तालिम दिएको छ । विभिन्न नाचमा ४० जनासम्म कलाकार सहभागी हुने गर्छन् । आधुनिकताको प्रभावले मौलिक र रैथाने संस्कृति लोप हुँदै गइरहेको सन्दर्भमा बेनीको बर्खेनाचलाई जीवन्त राखिएको नेपाल भाषा मंका खलः म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।     बेनी नगरपालिकाको आर्थिक सहयोगमा युवा–युवतीलाई बर्खेनाचसम्बन्धी तालिम दिइएको छ । गत भदौ १८ गतेदेखि सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो ।  बर्खेनाच यहाँका नेवार समुदायको सांस्कृतिक पहिचानका रूपमा रहे पनि पछिल्लो समय यसको निरन्तरता र संरक्षणका लागि अन्य समुदायको समेत सहभागिता हुन थालेको छ ।   बर्खेनाचमा मृढृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । सबैजसो नाचमा परम्परागत समाजको चित्रण गरिएको हुन्छ । रासस

गण्डकी:    तीज आयो कि नाच्नेडाँडाको रौनक फेरिइहाल्छ । तीज पर्वसँग यसको पुरानो साइनो छ । तीजमा नाचगान हुन थालेपछि ठाउँको नामै नाच्नेडाँडा रहन गएको हो । बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित नाच्नेडाँडामा बर्सेनि तीज मेला लाग्छ । स्वतःस्र्फूत ढङ्गले चल्दै आएको मेला अहिले संस्थागत भइसकेको छ । यसपालिको तीजमा पनि नाच्नेडाँडामा दुई दिन मेला चल्यो । आइतबार गाउँका छोरीचेली भेला भएर सामूहिक दर खाए । तीजका गीतमा छमछमी नाचे । घैँटोफोडलगायत खेलमा रमाए । सोमबार तीज गीत तथा नृत्य प्रतियोगितासहित सांस्कृतिक कार्यक्रम भए । कलाकारले प्रस्तुति दिए ।  प्रतियोगितामा सात समूहले भाग लिएको नाच्नेडाँडा संरक्षण समाजका अध्यक्ष सविता मरासिनीले जानकारी दिनुभयो । मेलाका अवसरमा ज्येष्ठ, समाजसेवी महिला र आगन्तुक चेलीलाई अभिनन्दन गरिएको उहाँले बताउनुभयो । “सँधैझैँ यो वर्ष पनि नाच्नेडाँडामा भेला भई दिदीबहिनीहरुले उल्लासपूर्वक तीज पर्व मनाउनुभयो”, अध्यक्ष मरासिनीले भन्नुभयो । मेलामा गण्डकी प्रदेशसभाका उपसभामुख बीना थापा मगर, नेत्र चिकित्सक प्राडा सल्मा केसी राईलगायत विशिष्ट व्यक्तिले सहभागिता जनाएका थिए । सोही ठाउँमा अवस्थित दुई सय ७० वर्ष पुरानो सिद्देश्वर शिवालय मन्दिरले पनि तीज पर्व र नाच्नेडाँडाको महिमा बढाएको छ ।  तीजमा महादेवको ब्रत बस्ने र पूजाआजा गर्ने महिलाको त्यहाँ उत्तिकै भीड लाग्छ । तीज लगत्तै पर्ने ऋषिपञ्चमीमा पनि शिवालयमा चहलपहल हुन्छ । स्थानीयवासी तिलकुमारी थापाले आफू सानै हुँदादेखि नाच्नेडाँडामा तीज मेला लाग्ने गरेको सुनाउनुभयो ।  “टाढा–टाढाबाट माइतीघर आएका चेलीबेटी भेट हुने, दुःख–सुख साट्ने, रमाउने ठाउँ नै यहीँ नाच्नेडाँडा हुन्थ्यो”, ८० वर्षीया उहाँले भन्नुभयो, “गलकोट क्षेत्रकै पुरानो शिवालय पनि यहीँ भएकाले यो ठाउँको विशेष महत्व छ ।” अहिलेको पुस्ताले नयाँ स्वरुपमा भएपनि तीज मेलालाई निरन्तरता दिएकामा उहाँले खुसी व्यक्त गर्नुभयो । गलकोट–७ का वडाध्यक्ष राजबहादुर थापाले विसं २०५० देखि तीज गीत तथा नृत्यलाई प्रतियोगितात्मक रुपमा सञ्चालन गर्न थालिएको बताउनुभयो ।  “त्योभन्दा पहिले स्वतःस्र्फूत रुपमा तीज मेला लाग्थ्यो, परम्परागत रुपमा त्यो चलेको थियो, विसं २०५० पछि मेला व्यवस्थित र संस्थागत गरिएको हो”, उहाँले भन्नुभयो, “नाच्नेडाँडा गलकोट क्षेत्रकै ऐतिहासिक थलो हो, यसको संरक्षण र विकासमा स्थानीय समुदायको ठूलो योगदान छ ।” दशकौँ पुरानो नाच्नेडाँडाको तीज मेला हेर्न गलकोट र बाहिरबाटसमेत आगन्तुक आउने गरेको समाजका अध्यक्ष मरासिनीले बताउनुभयो । “परापूर्वकालदेखि नै नाच्ने डाँडामा तीजको कार्यक्रम हुँदै आएको हो, पछिल्लो समय मेलाको रुपमा निरन्तरता दिएका छौँ”, अध्यक्ष मरासिनीले भन्नुभयो । बर्सेनि मेलामा खुला तीज गीत तथा नृत्य प्रतियोगिता, सामूहिक दर खाने कार्यक्रम, महिला घैँटोफोडलगायतका कार्यक्रम आयोजना गर्ने गरिएको छ । मेलाले तीजको पुरानो परम्परालाई जोगाउन मद्दत पुगेको समाजले जनाएको छ । मौलिक तीज गीत, नृत्य, दर खाने कार्यक्रम आदिले नयाँ संस्कृतिको पुस्तान्तरणमा पनि सघाउने विश्वास लिइएको छ । तीजमा आउने ब्रतालु महिला र अरु भक्तजनका लागि सिद्धेश्वर शिवालयमा पूजाआजाका लागि पनि विशेष प्रबन्ध मिलाउने गरिएको छ । शिवालय सेवा समितिका अध्यक्ष ज्ञानबहादुर थापाले श्रद्धालुलाई लक्ष्य गरी मन्दिर परिसरमा १०८ शिवलिङ्ग मण्डप निर्माण गरिएको बताउनुभयो । भक्तजन र दाताको सहयोगमा झण्डै रु. ४० लाख खर्चेर सो मण्डप तयार गरिएको हो ।  त्यस क्षेत्रमै पहिलोपटक शिवलिङ्ग मण्डप बनेपछि पछिल्लो समय शिवालय मन्दिरमा भक्तजनको आकर्षण बढेको हो । विसं १८१० मा मन्दिर निर्माण भएको अध्यक्ष थापाले जानकारी दिनुभयो । पाण्डवखानी भन्ने ठाउँबाट एक साधु आई त्यहाँ बस्न थालेपछि शिवालय स्थापना गरिएको गाउँका अगुवा बताउँछन् । उक्त मन्दिर अहिले जीर्ण अवस्थामा छ । समितिले मन्दिरको पुनःनिर्माणसहित वृहत्तर विकास योजना अघि बढाएको छ । पुरातात्विक कलाकौशल झल्कने गरी मन्दिर पुनःनिर्माण गरिने जनाइएको छ । मन्दिरसहित धर्मशाला, सभाकक्षलगायतका संरचना त्यहाँ बन्नेछन् । झण्डै चार रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरमा शिवरात्रि र बालाचर्तुदर्शी पर्वमा विशेष मेला लाग्ने गर्छ । शिवालयमा नित्य पूजाआजासमेत हुने गरेको छ ।   

पोखरा:    स्वागत टोल बिकास संस्थाको अध्यक्षमा पुनः देवी बहादुर केसी निर्वाचित भएका छन । पोखरा १४ चाउथेमा रहेको स्वागत टोल बिकास संस्थाको छैठौ साधारणसभा तथा तेश्रो अधिवेशनबाट सर्वसम्मत रुपमा देवी बहादुर केसी अध्यक्षमा  निर्वाचित भएका हुन ।   संस्थाको उपाध्यक्षमा सुवेदार मेजर देव बहादुर राना, सचिवमा क्याप्टेन कृष्ण थापा, कोषाध्यक्षमा सूर्य बहादुर थापा र सह सचिवमा संगीता पौडेल अधिकारी निर्वाचित भएका छन । त्यसैगरी कार्यसमिति सदस्यहरुमा भरत लामिछाने, सुवेदार मेजर नन्द बहादुर घले, योगेन्द्र पूर्जा, ममता श्रेष्ठ, माया बराल क्षेत्री र दीपा छिमाल निर्वाचित भएका छन । साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष बोधराज कार्कीले स्वागत टोल बिकास संस्था वडा नम्बर १४ को नमुना संस्था रहेको बताए । स्वागत टोल बिकास संस्थाले वडामै उत्कृष्ट काम गरेको बताउदै संस्था आफैले आफ्नो क्षेत्रमा सडक निर्माण, खानेपानीको पाइप बिस्तार तथा सुरक्षालाई मध्यनजर गरी सिसिटिभी क्यामेरा जडान गरी वडाले गर्नुपर्ने काम टोल बिकास संस्था स्वयं आफैले गरेकोमा आभार प्रकट गरे । आगामी दिनमा संस्थामा रहेका महिला दिदीबहिनीहरुलाई लक्षित गरी ब्यवशायीक सीपमुलक तालिमहरु प्रदान गर्न आफु अग्रसर भएर लाग्ने समेत कार्कीले बताए । त्यस्तै वडा सदस्य कृष्णहरि काफ्लेले वडामा उत्कृष्ट संस्था स्वागत टोल बिकास संस्था भएको वताउदै टोलभित्रका बिकास निर्माणका गतिविधीमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । त्यस्तै महिला नेतृ माया बराल क्षेत्रीले स्वागत टोल बिकास संस्थामा रहेको महिला दिदीबहिनीहरुलाई नेतृत्व बिकासका लागी वडाले तालिमहरु प्रदान गर्न आवश्यक रहेको बताइन । पत्रकार एमबी आस्था मगरले स्वागत टोल बिकास संस्थाले महानगरले गर्नुपर्ने काम आफै गरेको वताउदै अन्या संघ संस्थाहरुले पनि स्वागत टोल बिकासको अनुसरण गर्नुपर्नेमा जोड दिए । संस्थाका अध्यक्ष देवी बहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव क्याप्टेन कृष्ण बहाुदर थापा र कोषाध्यक्ष मन्जु गुरुङ्गले सचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका सह सचिव संगीता पौडेल अधिकारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य सचिव क्याप्टेन कृष्ण बहादुर थापाले स्वागत मन्तब्य राखेका थिएभने किड्स होम मन्टेश्वरीका प्रिन्सिपल सुर्जु थापा, रुपक थनेत, थान बहादुर खड्का लगायतले मन्तब्य राखेका थिए । सो अवसरमा विभिन्न ब्याक्तिहरुलाई सम्मान समेत गरिएको थियो भने नेपाली नारीहरुको महान चाड तीजको अवसर पारी दिदीबहिनीहरुले नाचगान समेत गरेका थिए  ।

काठमाडौं:     आज हरितालिका तीज पर्व मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ ।  हिजो दर खाएपछि औपचारिक रुपमा शुरु भएको तीज पर्व भोलि ऋषि पञ्चमीसम्म मनाइन्छ । यसपालि तिथि घटबढ भएका कारण ऋषिपञ्चमी भोलि नै परेको छ । तीजको अवसरमा काठमाण्डौको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवमन्दिरमा बिहानैदेखि भक्तजनको घुईंचो लागेको छ । हिजो दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ । तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरले सुझाव दिएका छन् । शरीरले थेग्ने भएमात्रै निराहार व्रत बस्न नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र फलफूलका जुस खान उनीहरुको सुझाव छ । निराहार व्रत बस्दा शरीरमा पानीको कमी भइ बेहोशसमेत हुन सक्ने भएकाले आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरले आग्रह गरेका छन् । सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत गर्न सकिने धर्मशास्त्रमा पनि उल्लेख छ । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिन्छ ।

ढोरपाटन:    दशक अगाडिसम्म बागलुङको पश्चिम भुजीखोला क्षेत्रमा अधिकांशले मगर भाषा बोल्ने गदर्थे । पछिल्लो समय यहाँ मगर भाषा बोल्न छोडिएको छ । बुढापाकाले कहीँकतै बोल्ने गरेको सुनिए पनि युवापुस्तामा भाषको ज्ञान नभएकाले भाषा नै लोप हुने अवस्थामा पुगेको स्थानीय बताउँछन् ।  पुर्खौंदेखि बोल्दै आएको भाषा हराउँदै गएपछि स्थानीयले संरक्षण गर्न सरकारसँग माग गरेका छन् । अहिले बागलुङको निसीखोला गाउँपालिका–५ र ६ मा मात्रै ‘मगर खाम भाषा’ बोल्ने गरिन्छ । त्यसबाहेक अन्य क्षेत्रमा मगर भाषा बोलेको पाइँदैन । भुजीखोलामा मगर भाषा बोल्न छोडेपछि परम्परागत मौलिक संस्कृति पनि हराउने जोखिम बढेको छ । ढोरपाटन नगरपालिका–९ का ८० वर्षीय भैरम बुढामगरले आफूहरूको भाषा हराउने अवस्थामा पुगेको भन्दै यसको संरक्षणमा स्थानीय र सरकारले ध्यान दिनुपर्ने बताए। बालबालिका विद्यालयमा जान थालेपछि भुजीखोला क्षेत्रमा बोलिने गर भाषा हराउँदै गएको उनको  बुझाइ थियो ।  ‘हाम्रो पालमा स्कूल जाने, पढ्ने, लेख्ने जमाना थिएन, हामीहरू सानैदेखि गाई गोरु पाल्ने, गोठमा बस्ने र आफ्नै भाषामा बोल्ने गरियो, केही वर्षअघिसम्म गाउँमा धेरै जनाले मगर भाषा बोल्थ्यौँ, यहीँ भाषामा गीत गाउँथ्यौँ, अहिले मगर बोल्ने कोही पनि छैनन्, नयाँ पुस्ताले त झन सिक्दै सिकेनन्’, बुढामगरले भने, ‘१२/१५ वर्षअघिसम्म धैरै मानिसले मगर भाषा बोल्थे तर अहिले धेरैले बुझ्दैनन्न् । केटाकेटी विद्यालय जान थालेपछि भाषा पनि हराउँदै गयो, सरकारले भाषा संरक्षण गर्नतर्फ ध्यान दिन जरुरी छ ।’ ढोरपाटन नगरपालिका–४ देखि ९ सम्म बाक्लो मगर बस्ती छ । आधुनिक प्रविधिको विकास र अरुको देखासिकीका कारण आफ्नो मौलिक भाषा हराउँदै गएको बुढामगरको भनाइ छ । उहाँका अनुसार यस क्षेत्रमा बोलिने मगर भाषालाई स्थानीयले ‘भुजेल भाषा’ भन्ने गर्दथे ।  ढोरपाटन नगरपालिका–६ कि खिमकुमारी बुढामगरले भाषासँगै यहाँ मगर संस्कृति पनि हराउँदै गएकामा चिन्ता व्यक्ति गर्नुभयो । मगर जातिको भाषा र संस्कृति संरक्षणका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो । अघिल्लो पुस्ताबाट अब नयाँ पुस्तालाई भाषा सिकाउनका लागि नगरपालिका र अन्य सरोकारवाला निकायले ध्यान दिनुपर्ने खिमकुमारीले बताए । भाषा एउटा समुदायको पहिचान भएकाले यसको संरक्षणमा सबैको पहल आवश्यक पर्नेमा उनले जोड दिए। ‘पहिला सानोमा अरुले बोलेको सुनेर हामीले पनि मगर बोल्थयौँ । अहिले कहीँकतै अरुले बोलेको सुनिँदैन, हामीले बोल्ने भाषा हराउँदै गएको छ, बुढापाका बाहेक अरुले बुझ्दैनन्, केटाकेटीलाई सिकाउन पाए भाषा संरक्षण हुने थियो’, खिमकुमारीले भने, ‘भाषा सिक्नका लागि नगरपालिकाले सहयोग गर्नुपर्छ, विदेश जान भाषा सिक्न हुने आफ्नै भाषा सिक्न नहुने भन्ने हुन्छ र ?’ पश्चिम बागलुङको निसीखोला, तमानखोला र भुजीखोलामा दुई दशकअघिसम्म मगर भाषा बोलिने गरिए पनि पछिल्लो समय तमानखोला र भुजीखोलामा यो भाष लोप भइसकेको छ । यस क्षेत्रमा बोलिने भाषालाई निसेल, भुजेल र भल्कोटे भाषा भनिन्छ ।  निसीखोला गाउँपालिकाले भाषा संरक्षणका लागि ‘मगर खाम भाषा’को पाठ्यक्रम बनाएर पठनपाठन सुरु गरेकाले यहाँ भने लोप हुने अवस्था नआएको स्थानीयको भनाइ थियो । ढोरपाटनमा पनि विद्यालय तहदेखि नै पाठ्यक्रम बनाउनुपर्ने स्थानीयको माग छ । ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण) ले मगर भाषासँगै अन्य मौलिक संस्कृति पनि हराउँदै गएको भन्दै यसको संरक्षणका लागि पालिकाले योजना बनाएर अघि बढ्ने बताए। अहिले गाउँमा बुढापाकाले मौलिक भाष बोल्ने गरे पनि युवापुस्ताले नबुझ्ने उनको भनाइ थियो ।  भाषा जान्नेहरुबाट युवा र बालबालिकालाई सिकाउने वातावरण तयार गरिने  उपप्रमुख कायतले बताए । ‘अहिलेका नयाँ पुस्ता कसैले पनि मगर भाषा बुझ्दैनन्, हामीले यो भाषाको संरक्षण गर्न जरुरी छ’, उनले भने, ‘यसको संरक्षणका लागि विभिन्न समुदायसँग छलफल गरेर नयाँपुस्तालाई पनि मगर भाषा सिकाउने गरी योजना बनाएका छौँ, भाषा संरक्षणसँगै हराउन थालेका अन्य संस्कार तथा संस्कृतिको पनि जगेर्ना गर्ने तयारीमा छौँ ।’

पोखरा: तमु साँस्कृतिक प्रतिष्ठान नेपालले पोखरामा बिहिवारदेखि एक महिने तमु जातिको लोपोन्मुख नृत्य छ्याँडु प्रशिक्षण शुरु गरेको छ।   उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ क्रियाशिल तमु साँस्कृतिक प्रतिष्ठानले गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा प्रशिक्षक प्रशिक्षण शुरु गरेको हो।   पोखरा ११ शक्तिघाटस्थित तमु प्ये ल्हु संघमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्यबहादुर खड्का विखर्चीले त्हुँदु र प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङले छ्ेँले बजाएर प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।   कार्यक्रमका प्रमुख अतिथि कुलपति विखर्चीले गण्डकीको कला, सँस्कृति संरक्षण र विकासका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानले सक्दो पहल र समुदायहरुसँग सक्दो सहकार्य गर्ने बताउनुभयो। उहाँले गण्डकी प्रदेश तमु जातिको आदिम थलो भएकाले तमु समुदायका कला, सँस्कृति, साहित्य संरक्षण, विकासका लागि प्रतिष्ठानले विशेष प्राथमिकता दिने बताउनुभयो। तमु समुदायको लोपोन्मुख छ्याँडु नृत्यको संरक्षणका लागि प्रशिक्षण उत्पादन गर्ने उद्धेश्यका साथ एक महिने प्रशिक्षक प्रशिक्षण र्काक्रममा प्रतिष्ठानले सहकार्य गरेको बताउनुभयो।   शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमुले प्रशिक्षण कार्यक्रम उपलब्धिमुलक हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले गण्डकी प्रज्ञा प्रतिष्ठानले गण्डकी प्रदेशको विशेष जनसमुदाय तमु जातिको कला, सँस्कृति, साहित्य, गीत संगीत क्षेत्रलाई प्रथामिकताका साथ योजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो।   तमु प्ये ल्हु संघ केन्द्रिय अध्यक्ष हितकाजी तमुले एक महिने प्रशिक्षणले तमुहरुको लोपोन्मुख छ्याँडु नृत्य संरक्षणमा विशेष योगदान पुर्याउने भन्नुहुदै गण्डकी प्रज्ञा प्रतिष्ठानले तमु समुदायका लोपोन्मुख सँस्कृति संरक्षणमा निरन्तर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।   तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रथम उपाध्यक्ष श्रीजंग तमुले प्रशिक्षण कार्यक्रमको उद्धेश्यको बारेमा जानकारी गराउनुहुदै स्वागत र सचिव कञ्चन तमुले संचालन गर्नुभएको थियो। कार्यक्रममा विभिन्न समाजहरुबाट उपस्थित छ्याँडु गुरुले छ्याँडु प्रस्तुत गर्नुभएको थियो।   शुक्रवार विहानदेखि नियमित एक महिने प्रशिक्षक प्रशिक्षणमा तीस भन्दा बढी प्रशिक्षार्थीहरुको सहभागीता रहने प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमुले जानकारी दिनुभयो।      

पोखरा:  भक्तिगोविन्द भागवत श्री अध्ययन प्रतिष्ठानको आयोजनामा पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिरमा यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ (सप्ताह) हुने भएको छ ।   प्रतिष्ठानद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बैदिक सनातन भागवत धर्म र संस्कृतिको संरक्षणार्थ भागवत जयन्तीको अवसर पारी ख्यातीप्राप्त कथावाचक ईश्वरकृष्ण महाराजबाट भागवत कथा वाचन गरिने प्रष्ठिानका उपाध्यक्ष विष्णुुप्रसाद पौडेलले जानकारी दिनुुभयो ।    भावगत जयन्तीकै अवसरमा असोज ६ गते प्रतिष्ठानद्वारा    गुरुकुल संस्कृत मा.वि. तह(कक्षा ९–१२) गण्डकी प्रदेशस्तरीय भागवत वाचन प्रतियोगिता समेत गर्न लागिएको सल्लाहकार माधवशरण उपाध्यायाले जानकारी दिनुुभयो । प्रतियोगितामा स्तुतिप्रकरण, गद्यप्रकरण र शलाका माध्यमद्वारा सम्पूर्ण भागवत अन्तर्गत वाचन गर्नुपर्ने व्यवस्था गरिएको छ । उहाँका अनुसार स्तुतिप्रकरणमा वेदस्तुति दशमस्कन्धको ८७ अध्याय, भीष्मस्तुति प्रथमस्कन्धको ९ अध्याय र रासपञ्चाध्यायी दशमस्कन्धको २९, ३०, ३१, ३२ र ३३ अध्याय निर्धारण गरिएको छ । त्यस्तै गद्यप्रकरणमा भरतोपाख्यान पञ्मस्कन्धको ७, ८ र ९ अध्याय तोकिएको छ ।   भागवत वाचनको यति, गति, लय, शुद्धाशुद्धी र स्पष्टतालाई आधार मानिएको जानकारी गराउँदै उहाँले प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ११ हजार, सात हजार ५००, पाँच हजार र तीन हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको बताउनुुभयो । प्रतिष्ठानका सल्लाहकार एवम् राधाकृष्ण मन्दिरका पीठाधिश प्राज्ञ मुकुन्दशरण उपाध्यायले बेद, गीता जस्ता धार्मिक ग्रन्थहरू नेपालमा नै लेखिएको कुरालाई हामीले प्रचारप्रसार गर्न नसकेको बताउनुुभयो । हाम्रा मौलिक संस्कार र संस्कृतिको जगेर्ना गर्नु अपरिहार्य भएको बताउँदै उहाँले ज्ञानमहायज्ञमा कथा श्रवण गरी लाभान्वित बन्न सबैलाई आग्रह गर्नुभयो ।  प्रतिष्ठानका सल्लाहकार एवम् राधाकृष्ण मन्दिरका सह अध्यक्ष गणेशबहादुर खत्रीले प्रतिष्ठानले गर्न लागेको श्रीमद्भागवत् महापुुराण ज्ञानमहायज्ञ (सप्ताह) कुनै आर्थिक संकलनको उद्देश्यका साथ नभएको स्पष्ट पार्नुुभयो । महायज्ञका क्रममा भक्तजनबाट स्वतस्फुर्त प्राप्त भएको दान तथा सहयोग भने राधाकृष्ण मन्दिर, गुरुकुल आदिका लागि खर्च गरिने उहाँले जानकारी दिनुुभयो । प्रतिष्ठानका अध्यक्ष भक्ति अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामचन्द्र सिग्देलले गर्नुुभएको थियो भने स्वागत उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गर्नुभएको थियो ।   ज्ञान महायज्ञका लागि गठित उपसमितिमा अतिथि तथा मञ्च व्यवस्थापनतर्फ विष्णुुप्रसाद पौडेल, प्रचारप्रसारतर्फ रामचन्द्र सिग्देल, आवाश तथा प्रसाद व्यवस्थापनतर्फ घनश्याम खनाल र अर्थ व्यवस्थापनतर्फ शिशुकला पौडेल संयोजक रहनुुभएको छ ।