ढोरपाटन:  सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा निहुरो र अम्रिसोखेती गरिएको छ । वडा कार्यालय र स्थानीयले तीनवटा सामुदायिक वनमा झाडी फाँडेर करिब ३०० रोपनी क्षेत्र...

काठमाडौं : सुनको मूल्य घटेको छ। आज सुन तोलामा ५०० सयले घटेको हो। मूल्य घटेसँगै प्रतितोला सुनको मूल्य १ लाख २ हजार ५०० रूपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।   महासंघका अनुसार तेजाबी सुनको मूल्य १ ला २ हजार रूपैयाँ तोकिएको छ। बिहीबार सुन तोलामा ६०० रूपैयाँले घटेर प्रतितोला १  लाख ३ हजार रूपैयाँले खरिदबिक्री भएको थियो।   सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार २७५ रूपैयाँले किनबेच भइरहेको छ।   अघिल्लो कारोबार दिन बिहीबार प्रतितोला एक हजार २८५ रुपैयाँ तोकिएको थियो।

 काठमाडौं:  बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । १३.९० अंकले घटेको बजार २०९१.५६ बिन्दुमा आएर रोकिएको हो ।   यो ०.६६ प्रतिशतको गिरावट हो । बुधबार २५६ वटा धितोपत्रको ३३ हजार ४८३ वटा कारोबारबाट ४८ लाख १५ हजार १२० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २०२ रुपैयाँ बराबरको कारोबार भएको छ ।   बुधबार उत्पादन तथा प्रशोधनबाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै होटल तथा पर्यटन उपसमूहका लगानीकर्ताले गुमाएका छन् ।   बुधबार युनिलिभर नेपाल लिमिटेडको मूल्य सबैभन्दा धेरै ८.५४ प्रतिशतले बढेको छ । यसको मूल्य २२ हजार रुपैयाँ पुगेको छ । बाराही हाइड्रो, कर्पोरेट विकास बैंक, अरु भ्याली हाइड्रोसहितका कम्पनीको मूल्य बढेको छ ।   गरिमा डिभेन्चरको मूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले घट्यो । विजय लघुवित्त, माहुली लघुवित्त, पञ्चकन्यामाई हाइड्रोसहितका कम्पनीको मूल्य धेरैले घट्नेमा परेको छ ।

काठमाडौं:  नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।   नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ।   त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ९ पैसा र बिक्रीमा १४२ रुपैयाँ ७३ पैसा पाइन्छ।    बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ ९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ८२ पैसा तोकिएको छ।    त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९२ रुपैयाँ ४ पैसा र बिक्रीमा ९२ रुपैयाँ ४६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९९ रुपैयाँ ५ पैसा र बिक्रीमा ९९ रुपैयाँ ५० पैसा पाइन्छ।   यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा तोकेको छ।   युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार ३० रुपैयाँ ३८ पैसा र बिक्रीमा ३० रुपैयाँ ५२ पैसा पाइन्छ।   बुधबार कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ ९२ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ८८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३५२ रुपैयाँ १२ पैसा तोकिएको छ।

काठमाडौं: नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ।   अघिल्लो कारोबार दिन प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज पनि प्रतितोला दुई सय रुपैयाँ नै घटेको हो।    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।   मंगलबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।     त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।    मंगलबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा किनबेच भएको थियो।   मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो।   आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

काठमाडौं: स्थानीय बजारमा मंगलबार सुनको मूल्य सामान्य अंकले घटेको छ।   सोमबार स्थिर रहेको सुनको मूल्य आज भने प्रतितोला दुई सय रुपैयाँले घटेको हो।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।    सोमबार छापावाल सुन प्रतितोला एक लाख चार हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।    त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।    सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।   आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

काठमाडौं: मंगलबार अमेरिकी डलरको भाउ बढेको छ।   नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ।   सोमबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३६ पैसा बढेको हो।   त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ५ पैसा र बिक्रीमा १४१ रुपैयाँ ६९ पैसा पाइन्छ।    बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७१ पैसा तोकिएको छ।    त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रुपैयाँ ३९ पैसा र बिक्रीमा ९१ रुपैयाँ ८१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ८० पैसा र बिक्रीमा ९९ रुपैयाँ २४ पैसा पाइन्छ।   यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २ पैसा र बिक्रीमा ३६ रुपैयाँ १८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३५ पैसा तोकेको छ।   युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार ३० रुपैयाँ २७ पैसा र बिक्रीमा ३० रुपैयाँ ४१ पैसा पाइन्छ।   मंगलबार कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ २४ पैसा र बिक्रीमा ४३३ रुपैयाँ २० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ३० पैसा र बिक्रीदर ३५१ रुपैयाँ ८९ पैसा तोकिएको छ।

काठमाडौं :सुनको मूल्य ४ सयले बढेको छ। नेपाल सुन चाँदी महासंघका अनुसार आइतबार ४ सयले बढेर प्रतितोला सुनको मूल्य १ लाख ४ हजार कायम भएको छ।   साताको अन्तिम कारोबार दिन शुक्रबार तोलामा १३ रूपैयाँले  घटेर प्रतितोला १ लाख ३ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।   महास‌ंघका अनुसार तेजावी सुन प्रतितोला १ लाख ३ हजार ५०० मा कारोबार भइरहेको छ। सुन बढेसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज तोलामा ५ रूपैयाँले बढेर प्रतितोलाको १२९५ रूपैयाँ पुगेको छ।   शुक्रबार चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौं:   सुनको मूल्य आज १ हजार ३ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलामा १ लाख ३ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मूल्य तोलामा १ लाख ४ हजार ९ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि मूल्य घटेको छ । चाँदी  तोलामा ३० रुपैयाँले घटेर १ हजार २ सय ९० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

पोखरा गुल्जार छ । विभिन्न व्यवसाय चलेकै देखिन्छ । झट्ट हेर्दा सबै ठिकठाकै देखिएपनि पोखराका प्राय: व्यापारीहरु मर्कामा छन् । कारण हो, ‘उधारो ।’   उधारो दिएपनि नहुने, नदिएपनि नहुने असमञ्जस्यतामा कतिपय व्यापारीहरु बिस्तारै व्यवसाय त्याग्ने संघारमा पुगेका छन् । सुन्दा अचम्म लाग्ला, यहाँ आलुदेखि सुनसम्म उधारोमा कारोबार भइरहेको छ ।    ‘भोली हिसाब मिलाउँछु’ भनेर सामान लैजानेहरु कसैले वर्षाैपछि भुक्तान गर्छन् भने कतिपयको अनुहार त्यसपछि देख्न छाडेको तीतो अनुभव सुनाउछन् स्थानीय व्यापारीहरु ।    एउटै व्यापारीको ७ करोड !   पोखरामा लामो समयदेखि हार्डवेयर र मेशिनरीको व्यवसायमा संलग्न एक व्यापारीको भोगाई साह्रै नमिठो छ । भन्छन्, ‘मलाई पोखराको बजारमा टाइकुन भन्छन् तर मैले उठाउने उधारोको बहिखाता हेर्दा म स्वयं झस्कन्छु ।’   अब बहिखाता हेर्ने र पैसा उठोस् भन्ने कामना गर्नु बाहेकको विकल्प नरहेको उनले सुनाए । ‘लगभग ७ करोड रुपैयाँ उठाउन बाँकी छ’ उनी भन्छन् ‘तर उठाउने कसरी भन्ने आइडिया छैन ।’     कोभिडपछि मान्छेसँग भेटघाटै हुन छाडेको सुनाउँदै उनले भने, ‘फोन गर्दा रिसिभ नहुनु सामान्य हो, फोन रिसिभ भएपनि उल्टै धम्की सुन्नुपर्छ ।’ फोनमा ‘म खाएर भाग्ने मान्छे हैन’, ‘पैसा भएपछि तिरिहाल्छु, मलाई फोन गरिराख्ने हैन’ जस्ता कुरा सुन्नुपरेको उनको भोगाइ छ ।    बजारबाट उधारो उठाउन नसकेपछि केही अघि पोखराको हार्डवयर एशोसियशनले सूचना नै निकालेर भुक्तान गरिदिन अपील गरिसकेको छ ।    ‘फोन गर्दा उल्टै धम्की दिन्छन्’ पोखराको न्यूरोडस्थित एक हार्डवेयरका सञ्चालक भन्छन् ‘रिजर्भमा पैसा हुने बाहेक अन्य व्यापारीलाई व्यवसाय धान्न कठिन छ ।’ त्यसो त एशोसियशनको भनाइलाई मान्ने हो भने सहरबाहिर रहेका बाहेक सबै हार्डवेयरको हालत समान छ ।   त्यस्तै, बजारमा एउटै हार्डवेयरको ७ करोड रुपैयाँ उधारो रहेको भएपनि यो नै ठूलो रकम भने होइन । उनै व्यवसायी भन्छन् ‘मेरो भन्दा दुई गूणा बढी उधारो दिएका पसल पनि छन्, झन् उनीहरुको हालत कस्तो होला ?’   उधारो त छ नै तर यससँगै विचित्रका घटनासमेत घटेका छन् हार्डवेयर व्यवसायीसँग । रिपोर्टिङ्काक्रममा एकजनाले यस्तो पनि सुनाएः ‘नाम चलेकै मान्छे पसलमा आएर ८ लाख मूल्यबराबरको सामान अर्डर गरे । उनले भने अनुसारै सबै सामान गाडीमा लोड गरिदिए । त्यसपछि उनले १० लाखको चेक देखाएर २ लाख माग्दै चेक साटेर आइहाल्छु भने । सामान लोड छ, नदिनै कुरै भएन । त्यसपछि त्यो मान्छे फर्किएन, उल्टै २ लाख नगद स्वाह भयो ।’   उल्टै २ लाख रुपैयाँ गुमाएका उनले हालसम्म फिर्ता पाएका छैनन् ।    बजारमा ‘गिनेचुने’का व्यापारीहरुसँग कुरा गर्दा १ देखि डेढ करोड रुपैयाँसम्म उधारो उठाउन बाँकी रहेको पाइएको छ । जसमध्ये अधिकांशसँग उधारो रकम उठ्ने वा नउठ्ने निश्चित छैन । उनीहरु भन्छन् ‘सास हुञ्जेल आस ।’   भातदेखि ओच्छ्यान पनि उधारो   लेकसाइडमा बाहिरबाट हेर्दा जति चमक–धमक देखिन्छ, वास्तविकता भने ठिक विपरित छ । यहाँका नाम चलेका होटलहरुसँग रिजर्भेसनका पाना जति बाक्लो छ त्यसको आकारभन्दा मोटो छ उधारोको ठेली ।    ‘९० प्रतिशत क्रेडिट छ, अब आफै बुझ्नुहोस्’ सुरुवातमै खुलस्त पारे एक व्यवसायीले ।’   ‘किन यति धेरै उधारो दिनुहुन्छ ?’ उनको जवाफ छ ‘उधारो नदिए मान्छे आउँदैनन्, दिए उठाउन सकिँदैन ।’     सामान्यतयः लेकसाइडको होटलमा काठमाण्डौंबाट रिजर्भेशनमा पठाएका पर्यटक हुन्छन् । उनीहरुलाई ब्रेकफास्टदेखि डिनरमात्र हैन साइटसिइङ्देखि पदयात्राको समेत जोहो गर्नुपर्ने हुन्छ ।    पर्यटकले काठमाण्डौैमा सबै रकम तिरेका हुन्छन् । तर त्यसको भुक्तानी ढिलो हुन्छ वा भनौं गर्दैनन् । भुक्तानी गर्न ताकेता गरेपछि उक्त एजेन्सीले पर्यटक पठाउन छाडिदिन्छ । यहि कारण उधारो उठ्नु÷नउठ्नु ‘भगवान भरोसा’ हुन्छ ।   अर्का व्यवसायीको अनुभवले भन्छ, ‘जब होटलमा पाहुना आउने फोन आउँछ अनि हामी रिन खोज्न हिँड्छौं ।’   पैसा खोजेर बसपार्क वा विमानस्थलदेखि ट्याक्सीमा होटल ल्याउन र थप सेवा दिन रिनै खोज्ने अवस्था आउनु नियमितजस्तै भएको उनी सुनाउँछन् । ‘ट्राभल एजेन्ट्स मोटाउने हो, करौडौं रिन बोकेर हामी उनीहरुको कारिन्दा भएका छौं ।’   अधिकांश पर्यटन व्यवसायीले आफै होटल खोज्दै आउने र नगद बुझाउने (एफआइटी) पर्यटकबाट मात्रै पैसा देख्न पाइने बताए । काठमाण्डौंबाट बुकिङ् गर्ने पर्यटकमात्र हैन पोखराकै विभिन्न संघ–संस्थाले तिर्नुपर्ने रकम पनि ‘उधारो’को खातामा बाक्लो भएर बसेको छ ।    पैसा माग्यो भने उल्टै त्यही कार्यक्रम पनि रोकिने त्रास व्यवसायीसँग छ । मागेन भने दिन बिर्सने त परम्परा नै भइहाल्यो । अझ, आयोजकले पैसा पछि दिने शर्त राखेपनि भ्याट बिल भने पहिल्यै माग्ने गरेका छन् ।    यसरी भुक्तानबिनै बिल दिँदा हिसाबकिताबमा आय देखिन्छ तर खल्ती भने रित्तो । ‘भ्याट बिल बनाएपछि रेकर्डमा सेल देखिन्छ, पछि अडिटअनुसार कर तिर्छौ, तर हाम्रो हात र गोजी रित्तै हुन्छ’ एक भुक्तभोगीले सुनाए । जसकारण व्यवसायीहरु दोहोरो मर्कामा परेको सुनाउछन् ।      उनीहरुकै भोगाइ र तथ्यलाई मान्ने हो भने लेकसाइडका नाम चलेका व्यवसायीमध्ये प्रति होटलसँग अनुमानित २५ लाख रुपैयाँका दरले उधारो उठाउन छ ।    आफ्नै होटलको बारमा भेटिएका व्यवसायीले ठट्टामिश्रित लवजमा भने ‘बारमा इन्ज्वय गर्‍यो भन्लान्, पीडामा पिएको हो ।’   सबै–सबै उधारो   बजारमा उधारोको अचानोमा परेका व्यापारीहरु ‘असिमित’ छन् । दाल, चामलदेखि रायोको साग र किताब–कापीदेखि कम्प्युटरसम्म उधारोमा चलिरहेको छ बजार ।    ‘साग पनि उधारो लान्छन् र ?’ लेकसाइड नजकि सञ्चालित डिपार्टमेन्ट स्टोरका साझेदार भन्छन् ‘मलाइ यस्तो थाहा थिएन, स्टोर खोलेपछि थाहा भयो, सबै उधारोमा चल्नुपर्ने रहेछ ।’ कसले लान्छ ? भनेर सोध्दा उनले नाम किटान गर्न चाहेनन् । नाम खोल्दा स्टोर बन्द हुने त्रास उनमा छ ।      लेजर खातादेखि कम्प्युटरसम्म बेच्ने व्यापारीको पीडा पनि समान रहेको भेटिएको छ । ‘व्यक्तिदेखि निकायसम्म मेरा ग्राहक हुन्, सबैसँग उधारो उठाउन बाँकी छ’ एक व्यवसायीले भने । तर अन्य व्यवसायीजस्तो उठाउनै नसकिने उधारो भने नरहेको उनी बताउँछन् ।    ‘अलि ढिलो हुन्छ तर उठ्छ’ उनले भने ‘ताकेता गरे भने मलाई नै घाटा छ ।’ उनका अनुसार वार्षिकरुपमा हुने कारोबारमा पैसा उठाउन लागिपरे अर्काे वर्ष त्यहाँबाट व्यापार नपाइने डर उनको मनमा छ । बजारमा चर्काे प्रतिष्पर्धा हुँदा उल्लेख्य मुनाफा नहुने र पैसा ढिलो आउने कारण व्यापार नाफामूलक नभई सन्तोषजनक भएको उनको धारणा छ ।    सुन पनि उधारो !   ‘अत्यावश्यक’ वस्तु वा सामग्रीको कारोबारमा उधारो हुने स्वभाविक भएपनि पोखरामा ग्राहकलाई सुनसमेत उधारोमा बेचिने गरिएको छ ।    पोखराको बजार क्षेत्रमा सञ्चालित सुन पसलेहरुको भनाइ अनुसार २–४ लाइ छाडेर सबैले उधारोमा पनि सुन बेचिरहेका/दिइरहेका छन् । जसमध्ये धेरै ठगिइरहेका छन् ।    मुख्य बजारमा ज्वेलरी सप चलाइरहेका एक युवा व्यवसायीका अनुसार ५० लाख रुपैयाँ हाराहारीमा उधारो उठाउने पसलेको संख्या अधिक छ । ‘मेरै ४० लाख रुपैयाँ उठाउन छ’ उनले सुनाए ।   ‘चाडवाडमा, बिहेको सिजनमा आफन्त र चिनजानको साथीहरु गाह्रो पर्‍यो भन्दै आउछन्’ उनले भने ‘दिनै प¥यो, त्यसपछि हिसाबकिताब जीरो ।’ त्यस्तै, विश्वासमा चेक लिँदा पछि रकम नपाइएको गुनासो पनि अधिक व्यापारीसँग छ ।    कतिपयले सुन किनबेच गर्दा उपभोक्ता ठगिने गरेको सुनाउँदै आएका छन् । तर खोजकाक्रममा सुन व्यापारी पनि नमज्जाले ठगिएको घटना भेटिएको छ ।    एक व्यापारी भन्छन् – ‘चिनेको साथीले केही दिनमा पैसा दिन्छु भनेपछि ४ तोला सुनको गहना दिए, लगेपछि बेचेर काम चलाएछ । अहिले सम्पर्कमा छैन ।’ हालसम्म उनले त्यसको पैसा पाएका रहेनछन् । ‘त्यतिबेला सुनको बजार भाउँ ६० हजार रुपैयाँ थियो, अब माया मार्ने त होला’ उनले दुखेसो सुनाए ।      कतिपयले उधारोमा सुन लगेर बैंकमा राखेर पैसा लिने र पछि तिर्ने गरेको पाइयो । केहीले भने बेचेर काम चलाउने र नतिर्ने वा तिर्दै गर्ने उदाहरण बग्रेल्ती भेटिए ।    ‘बजारमा नगद छैन, साथीहरु लौन आफन्तको बिहे छ भन्दै आउँछन्, अर्काे पसलमा गएर बेचिहाल्छन्’ उनी भन्छन् ‘यस्तो त सबैले भोगेका छन् ।’ एकपटक चिनजानकै व्यक्तिले उधारोमा सुन मागेपछि उनी तुरुन्तै सहकारीमा पुगेको सूचना पाएको समेत उनले सुनाए ।    अर्का व्यवसायीले अझ रोचक तर डरलाग्दो घटना सुनाए, ‘मेरै आडको फेन्सी पसलको दिदिले विदेशमा पठाउन प¥यो भनेर १० तोला सुनको गहना मागिन् । अहिले ३ लाख रुपैयाँ दिने र बाँकी एक महिनापछि तिर्ने भनिन् । कसरी विश्वास नगर्नु । गहना प्याकिङ् गरेपछि त्यही ३ लाख पनि १ घण्टामा दिन्छु भनेर ट्याक्सी चढिन् । विदेशमा पठाउने गहना भनेपनि उनले डिजाइन नदेखाइ मोटो हार र मंगलसुत्रलगायत लिएकी थिइन् । विदेशबाट अर्डर गर्नेले डिजाइन देखाउनु पर्ने, उधारो माग्न नपर्ने सोचेर मैले तुरुन्तै ट्याक्सीलाई पच्छ्याए । उनी पृथ्वीचोक झरेर नजिकैको सुन पसलमा छिरिन् । झन् शंका लाग्यो । त्यहाँ उनले मेरै पसलको सुन निकालेर बेच्न खोजेकी रहिछन्, त्यहीबाट मेरो सामान लिएर आए ।’   उनका अनुसार महिना दिनमै उनी पसल बेचेर हिँडिन् । सुन पसलमा उधारो लिनेहरु आफन्त नै बढी भएको र रकम उठाउन गाह्रो भएको उनको अनुभव छ । केहीले भने सस्तो हुँदा सुन उधारो लिएर महंगो भएको बेला पुरानो रिन तिर्न आउने गरेका छन् ।    किन हुन्छ उधारो कारोबार ?   पोखरामा उधारो नदिइ व्यापार गर्ने नसकिने बुझाइ छ व्यापारीहरुको । पोखरा उद्योग वाणिज्य संघमा जिम्मेवार भूमिका निर्वाह गरेका पूर्वपदाधिकारीका अनुसार यहाँको बजार उधारो बजार हो । उधारो नदिए व्यापार सुरुवात नै गर्न नसकिने उनी बताउँछन् ।    ‘सबै क्रेडिटमा चल्छ’ उनी भन्छन् ‘क्रेडिटमा दिँदा मूल्य केही बढी राखिन्छ, जुन अनिवार्य हो ।’ यही क्रेडिट र मार्जिनले उधारो उठाउन समस्या हुने गरेको छ । पोखरामा रहेका पसलहरुले सिँधै फ्याक्ट्री वा भारतदेखि उधारोमै सामान ल्याउने गरेका छन् । यहाँ बेचेर उता बुझाउनु पर्ने हुन्छ ।    यही मेसोमा कोरोनाले बजार धर्मराएपछि उधारो उठ्ने प्रक्रिया सूस्त भयो । सूस्तमात्रै हैन केही व्यपारिक संस्थाबाट उठनै छाड्यो । जसकारण लेनदेनको चक्र खल्बलियो । उनले भने ‘अहिले पर्यटन व्यवसायीलाई उधारो दिने काम बन्द छ नी ।’     अर्थबजारको विश्लेषण गर्दै उनै पदाधिकारी भन्छन्, ‘नेपाली बजार क्रयास भइसक्यो, सरकारले पनि बाहिर भन्न नसकेर हो, आन्तरिकरुपमा बजार ध्वस्त छ ।’   केही अघि सरकारले बाह्य मुलुकबाट सामान झिकाउन एलसी खोल्नुपर्ने नियम बनाएपछि धेरै व्यवसायीहरु सडकमा आइसकेका छन् । बजारबाट उधारो नउठ्ने र एलसी खोल्न भुक्तानी गर्नुपर्ने भएपछि बजार र अर्थतन्त्र धर्मराएको छ ।    पहिले उद्योगबाट व्यापारीलाई बिना भुक्तानी सामान दिइन्थ्यो । तर अहिले साठी प्रतिशतसम्म पैसा बुझाउनुपर्ने अनिवार्यजस्तै भएको छ भने बजारमा उधारो नदिइ व्यापार गर्न असम्भव छ ।      मुलतः मारवाडी समुदायको पैसा र बजार रणनीतिसामु नेपाली व्यापारीहरु कमजोर देखिन्छन् । देश रेमिट्यान्सबाट चल्नु र बजारमा मारवाडी समुदायको नियन्त्रण हुनुले देशको अर्थतन्त्र टाट पल्टिएको बताइन्छ ।      उनै पूर्वपदाधिकारीको विश्लेषण अनुसार सरकारले देशमा भित्रिएको पैसाको हिसाबकिताबमात्र गरिहेको छ । तर मारवाडी र भारतीय व्यापारीहरुले देश बाहिर लगेको पैसाको कुनै जाँच, अनुगमन गरेको छैन । उनीहरुले   निरन्तर बाहिर लगिरहेको पैसाले नेपाली अर्थतन्त्र कमजोर भइरहेको प्रमाण पेश गर्न आफु तयार भएको उनले सुनाए ।    ‘तर सरकारलाई चासो छैन’ उनी भन्छन् ‘१० जना माडेले देशको सबै सम्पत्ति कुम्ल्याइँसके ।’   (नोटः रिपोर्टिङका दौरान भुक्तभोगी व्यवसायीसँग गरिएको कुराकानीपश्चात् उहाँहरुकै आग्रहमा नाम र व्यवसाय  खुलाइएको छैन ।)