काठमाडौँ: नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एकै दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यतोक्दै गत साताको शुक्रबारको तुलनामा ह्वात्तै घटेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मुल्य तोलामा १ लाख ६हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ६०० रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ घटेको जानकारी दिएको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १३ सय २० रुपैयाँ कायम छ । जुन, गत साताको शुक्रबार यसको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ कायम थियो ।
अन्य दिनमा भन्दा शुक्रबारको साँझ लेकसाइडले मादक शैलीमा निम्ता दिन्छ पोखरेली र बाह्य पर्यटकलाई । यद्यपि, लाउञ्ज र बारहरुमा स्थानीय किशोर किशोरीको जमघट बढी हुन्छ । त्यसो त सबै उमेर समूहका ‘पार्टी गोएर्स’ भेटिन्छन् ताल किनारमा तर युवावस्थामा पाइँला राख्दै गरेका समूहको मस्ती लोभलाग्दो अनि ‘घातक’ छ । देशभर चल्तीमा रहेका रेष्टुरेन्ट, बार र लाउन्जहरुले किशोर उमेरका केटाकेटी र युवा युवतीमाझ खुल्लमखुल्ला मदिराजन्य पेय पदार्थ र सुर्तीजन्य चुरोट एवं हुक्काको प्रचार प्रसार गरिरहेछ । सम्बन्धित व्यापारिक संस्थाले आफ्नो फेसबुक पेज र प्रायोजित पेजमार्फत देशैभर आकर्षक विज्ञापन र तस्बिरका माध्यमबाट गर्ने प्रचारले अचेल बार र लाउञ्जमा युवायुवती झुम्मिएको देखिनु सामान्य भएको छ । आयमूलक कर्ममा लाग्नु अगावै ‘पार्टी एनिमल’ बन्ने बाटोमा लाग्न यस्तै पेजहरुले उत्प्रेरक भूमिका खेलेका छन् । पोखराको लेकसाइड र पामे क्षेत्रमा खुलेका रेष्टुरेन्ट र बारहरुले सामाजिक सञ्जालमा छरपस्ट फिँजाएको तस्बिर हेर्दा त्यहाँ यस्तै उमेर समूहको बाहुल्यता देखिन्छ । यस्तै तस्बिरले उनीहरुको व्यापार, व्यवसायको प्रचारमात्र गर्दैन भर्खर युवावस्थामा लाग्दै गरेका समूहलाई पनि ‘लत’ बसाइरहेको छ । जुनसुकै व्यापार/व्यवसायलाई प्रवद्र्धन गर्न बिना विज्ञापन सम्भव छैन । विज्ञापनको संसारमा अहिले सामाजिक सञ्जाल अगाडी छ । यही सञ्जालको मुख्य प्रयोगकर्तामा युवा वर्गको बाहुल्यता छ । यही सञ्जालमार्फत आउने गर्छन् धुवाँ र मदिरामा लट्ठिएका युवा/युवतीहरुको तस्बिर । कपिलनाथ कोइराला अध्यक्ष, उपभोक्ता मञ्च गण्डकी प्रदेश सामाजिक सञ्जालमा प्रायोजितरुपमा आउने विज्ञापन र तस्बिरलाई निश्चित स्थान र उमेर समूहलाई लक्षित गरी प्रचारप्रसार गर्न मिल्ने हुँदा नचाहँदैमा कसैले त्यसलाई हेर्नबाट रोक्न मिल्दैन । सोही कारण यस्ता पेजहरु बढी प्रभावकारी भएका छन् । रेष्टुरेन्ट एवं बारका यस्ता प्रचारमूलक सामग्री आफुले पनि सामाजिक सञ्जालमा निरन्तर देखेको बताउँदै उपभोक्ता मञ्च गण्डकी प्रदेश अध्यक्ष कपिलनाथ कोइरालाले यसलाई ‘जटिल विषय’को संज्ञा दिए । इन्टरनेटको माध्यमबाट आउने प्रायोजित विज्ञापनले एकातिर देशको पैसा बाहिरिने र अर्काेतिर सामाजिक क्षति बढ्ने उनको चेतावनी छ । ‘व्यवसायीले नाफा कमाउँदा सामाजिक र व्यक्तिगत घाटा बढेको छ’ कोइराला भन्छन् ‘विज्ञापनदाताले उपभोक्ताको स्वास्थ्यमा पारेको असरको क्षतिपुर्ति भर्नुपर्छ ।’ तस्बिर र भिडियोको प्रभावले उपभोक्ता कालान्तरमा दुव्र्यसनी भएको प्रशस्तै उदाहरण यही समाजमा भएको उनले दाबी गरे । सम्बन्धित निकायले विज्ञापन र व्यवसायको प्रकार र उसले गर्ने बजारीकरणको स्पष्ट मापदण्ड बनाउँन नसक्दा उपभोक्ताको स्वास्थ्यमा असर परेको बताउँदै उनले यस विषयमा जिल्लास्थित सरोकारवाला नियकासँग छिट्टै छलफल गर्ने बताए । बजार अनुगमन र नियमनलेमात्रै यस्ता प्रायोजित सामग्रीलाई रोक्न सकिने उनको ठहर छ । सामाजिक सञ्जालको प्रभाव सबैभन्दा बढी भएको स्वीकार्छन् वरिष्ठ मनोचिकित्सक निर्मल लामिछाने । ‘पहिले पहिले सञ्चारमाध्यममा रक्सी, चुरोटको विज्ञापन आउथ्यो’ लामिछानेले भने ‘सामाजिक र व्यक्तिगतरुपमा त्यसको दूरगामी असर परेको भएर नै रोकिएको हो ।’ निर्मल लामिछाने वरिष्ठ मनोचिकित्सक विश्वमै रोकिएको त्यस्तो विज्ञापन अहिले सामाजिक सञ्जालमा छरपस्ट हुनु चिन्ताको विषय भएको उनको ठम्याई छ । ‘सोसल मिडियालाई अनुशरण गर्ने, त्यहीबाट सिक्नेको संख्या ठूलो छ’ उनले भने ‘यही मिडियामा रक्सी र चुरोट सेवनको तस्बिरले युवावर्गलाई ध्वस्त बनाउँदैछ । ‘यस्ता पेज र विज्ञापन बन्द गर्नुपर्छ’ लामिछानेको सटिक भनाई छ । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रजिअ गुरुदत्त ढकाल भने यसमा नियमन गर्न आवश्यक भएको बताउँछन् । तर कसरी नियमन गर्ने भन्ने प्रश्नमा उनी लाचार सुनिए । प्रजिअ ढकाल भन्छन् ‘कम्पनी रजिष्ट्रार कार्यालय, कर कार्यालयले ठोस नीति बनाए सजिलो हुन्थ्यो, हामी शान्ति सुरक्षा दिने विषयमामात्र गम्भीर छौं ।’ प्रायोजित र लक्षित विज्ञापन सरकारी मापदण्ड विपरित भएपनि कुनै उजुरी नपरी एक्सनमा जान नमिल्ने ढकालको धारणा छ । व्यवसायीले कमसेकम मदिरा र सुर्तिजस्ता पदार्थको बिक्रीमा ‘वैधानिका प्रावधान’ उल्लेख गरेमात्रै पनि स्थिति भयावह नहुने केही अभिभावकाे धारणा छ ।
काठमाडौँ: हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्यमा शुक्रवार एकै दिन १४ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घट्दै १ लाख ६ हजार एक सय रुपैयाँमा झरेको हो । यस्तै आज यता तेजाबी सुनको मूल्य समेत तोलामा १४ सय रुपैयाँले नै घट्दै १ लाख ५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ३० रुपैयाँले घट्दै आज प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
काठमाडौं: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीबार) दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २२ दशमलव १२ अङ्कले ओरालो लागेर दुई हजार ९४ दशमलव ५४ मा सीमित भएको छ । आजको कारोबारपछि ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ८० अङ्कले ओरालो लागेर तीन सय ९८ दशमलव ३७ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य घटेको छ । नेप्सेका अनुसार कारोबार भएकामध्ये १९ कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ९४ कम्पनीको शेयर मूल्य घटेको छ । साथै तीन वटा कम्पनीको शेयर मूल्य स्थिर छ । आजको कारोबारमा कूल ५८ लाख ०८ हजार नौ सय तीन कित्ता शेयर रु दुई अर्ब नौ करोड ६४ लाख १९ हजार एक सय ६१ मूल्यमा कारोबार भएका छन् । कारोबारपछि बजार पुँजीकरण रु ३० खर्ब २२ अर्ब ५२ करोड ७६ लाख ८६ हजार ३१ पुगेको छ । नेप्सेका अनुसार कारोबार रकमका आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैङ्क शीर्ष स्थानमा छ । कम्पनीको रु १० करोड १३ लाख ९१ हजार दुई सय ५२ बराबरको कारोबार भयो । एनआइसी एसिया बैङ्कको रु पाँच करोड ५० लाख ४० हजार एक सय ८३, आइएमई जनरल इन्स्योरेन्स कम्पनीको रु चार करोड ९० लाख ९९ हजार सात सय ५१, अपि पावर कम्पनीको रु चार करोड ८४ लाख पाँच हजार तीन सय ९६ र चिलिमे जलविद्युत् कम्पनीको रु चार करोड ५८ लाख ३६ हजार पाँच सय पाँचमा शेयर कारोबार भई शीर्ष पाँचमा परेका छन् । नेप्सेका अनुसार आदर्श लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । सानिमा इक्विटी फण्ड तीन दशमलव १७, मल्टिपर्पोज फाइनान्स कम्पनी दुई दशमलव ९६, ग्लोबल आइएमई ब्यालेन्स फण्ड एक दुई दशमलव ४४ र नविल ब्यालेन्स फण्ड तेस्रोको दुई दशमलव २० प्रतिशतले मूल्य बढेको । त्यस्तै, सर्पोट माइक्रोफाइनान्स पाँच दशमलव ८०, सिद्धार्थ इन्स्योरन्स पाँच दशमलव २९, रिडी पावर कम्पनी पाँच १३, आइएमई जनरल इन्स्योरेन्स चार दशमलव ५५ र नाडेप लघुवित्तको शेयर मूल्य चार दशमलव ५३ प्रतिशतले घटेको छ ।
काठमाडौँ: सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । बिहीबार तोलामा १२ सय रुपैयाँ बढ्दै छापावाला सुनको मूल्य १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १२ सय रुपैयाँले नै बढ्दै १ लाख ७ हजार रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा २५ रुपैयाँले बढ्दै आज प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं: बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज परिसूचक चार दशमलव ९७ अङ्कले बढेर दुई हजार एक सय १६ दशमलव ६५ अङ्कमा कायम भएको हो । नेप्सेका अनुसार आज दुई सय ६१ वटा कम्पनीको ५० लाख २४ हजार तीन सय ८१ कित्ता सेयर ३६ हजार आठ सय ७९ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ७६ करोड ७० लाख ५१ हजार नौ सय १६ बराबरको कारोबार भएको छ । आज लगानी, लघुवित्त, म्युचुअल फन्ड, व्यापार र अन्य समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । लगानी समूह शून्य दशमलव ३५, लघुवित्त समूह १५ दशमलव ४८, म्युचुअल फन्ड शून्य दशमलव ०५, अन्य समूह एक दशमलव २७ र व्यापार समूह तीन दशमलव ६३ अङ्कले घटेको नेप्सेले जनाएको छ । आज सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचकमा ८८ दशमलव ०५ र होटल तथा पर्यटन समूहको उपसूचकमा ५० दशमलव ४८ अङ्कको वृद्धि देखिएको छ । त्यस्तै, बैंकिङ समूह शून्य दशमलव ६२, वित्त समूह नौ दशमलव ५४, जलविद्युत् समूह तीन दशमलव ७७, उत्पादन समूह २८ र निर्जीवन बीमा २० दशमलव ०५ अङ्कले बढेको छ । आज आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एनआइबीएल समृद्धि फन्ड–२ का लगानीकर्ताले प्रतिकित्ता तीन दशमलव ७४ प्रतिशतका दरले गुमाएका छन् । आज सबैभन्दा धेरै नेपाल बैङ्क लिमिटेडको रू पाँच करोड ९३ लाख ३९ हजार चार सय ४४ बराबरको दुई लाख २२ हजार ५५ कित्ता सेयर कारोबार भएको छ ।
काठमाडौं: भारतबाट इन्धनको नयाँ मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मंगलबार बेलुकी निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसबाहेक सबै प्रकारका इन्धनको मूल्य बढेर आएको छ । पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले थप महँगो भएको निगम स्रोतले बतायो । यस्तै मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँ ८० पैसाले बढेको छ भने हवाइ इन्धन लिटरमै ७ रुपैयाँ ५० पैसाले बढेर आएको छ । भारतबाट बढेर नयाँ मूल्य पाए पनि निगमले आफ्नो उपभोक्ताका लागि नयाँ मूल्य भने निर्धारण गरेको छैन । नयाँ मूल्यपछि निगम १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ नोक्सानीमा जाने देखिएको स्रोतको दाबी छ । यसअघि नै निगमलाई भारतीय आयल कर्पोरेसनलाई तिर्नु पर्ने ९ अर्ब र सरकारी ऋण ७ अर्ब गरी १६ अर्ब भन्दा धेरै बक्यौता बाँकी रहेको पनि निगमले जनाएको छ । भारतबाट नयाँ मूल्य आए पनि उपभोक्ता मूल्य तोक्नेबारे भने निगम बोर्ड बैठक वा निगमले निर्णय गर्नु पर्नेछ ।
काठमाडौं: छापावाल सुनको मूल्य ५०० ले बढेको छ। आज ५०० सयले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६ हजार ३०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन मंगलबार प्रतितोला १ लाख ५ हजार ८०० रूपैयाँमा कारोबार भएका थियो। यसदिन ५०० सयले बढेर १ लाख ६ हजार ३०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ५ रूपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ७० पुगेको छ । महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।
काठमाडौँ: चालू आर्थिक वर्ष २०७९र८० को ६ महिनाको अवधिमा नेपालले १ अर्ब ७ करोडको डाइपर आयात गरेको छ । यस्तै ११ करोडको निर्यात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालले अर्बौको सामान आयात गर्दा निर्यात करोडमा सिमित बनेको हो । यस अवधिमा विदेशबाट नेपालतर्फ १ अर्ब ७ करोड ३६ लाख रुपैयाँको डाइपर आयात भएको छ । यस अवधिमा उक्त मूल्य बराबरको ६ करोड ४४ लाख पिस डाइपर आयात भएको हो । यस्तै, साउनदेखि पुससम्मको अवधिमा नेपालबाट विदेशतर्फ ११ करोड ८५ लाख रुपैयाँ बराबरको डाइपर निर्यात भएको छ । यस अवधिमा १ करोड ८० लाख पिस डाइपर निर्यात भएको छ । यसैगरी, नेपालबाट ४ करोड ८२ लाख रुपैयाँभन्दा बढीको स्यानिटरी प्याड निर्यात हुँदा ४५ करोड २६ लाख रुपैयाँ बराबरको स्यानिटरी प्याड आयात भएको छ ।