काठमाण्डौँ : चालु आर्थिक वर्ष २०७८र७९ को एघार महिनामा (साउनदेखि जेठसम्म) नेपालले करिब १६ खर्बको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको जेठसम्मको तथ्याङ्कअनुसार एघार महिनाको अवधिमा नेपालको व्यापार घाटा रु १५ खर्ब ७७ अर्ब ३८ करोड पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिमा रु १२ खर्ब ६२ अर्ब ११ करोड बराबर व्यापार घाटा रहेको थियो । गत आवको सोही अवधिको तुलनामा चालु आवमा २५ प्रतिशतले व्यापार घाटा बढेको हो । विभागको तथ्याङ्क अनुसार एघार महिनाको अवधिमा नेपालले रु १९ खर्ब ४९ अर्ब बराबरको वैदेशिक व्यापार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कुल वैदेशिक व्यापार २९ दशमलव ५ प्रतिशतले बढको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले रु १५ खर्ब ४ अर्ब ६१ करोड १८ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो । साढे १७ खर्बको आयात चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो ११ महिनामा नेपालमा साढे १७ खर्ब बढीको विदेशी वस्तुको आयात भएको छ । विभागको तथ्याङ्क अनुसार एघार महिनाको अवधिमा रु १७ खर्ब ६३ अर्ब २२ करोड बराबरको विदेशी वस्तुको आयात भएको हो । गत आर्थिक वर्षकोे सोही अवधिमा नेपालले रु १३ खर्ब ८३ अर्ब ३६ करोड बराबरको आयात गरेको थियो । गत आवको तुलनामा चालु आवमा २७.५ प्रतिशतले आयातमा वृद्धि भएको छ । यसैगरी, नेपालले चालु आर्थिक वर्षको ११ महिनामा रु एक खर्ब ८५ अर्ब ८३ करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आवको सोही अवधिमा रु एक खर्ब २१ अर्ब २५ करोड बराबरको निर्यात भएको थियो । गत आवको तुलनामा चालु आवमा ५३.३ प्रतिशतले निर्यातमा वृद्धि भएको हो । साढे २ खर्बको पेट्रोलियम पदार्थको आयात चालु आर्थिक वर्षको एघार महिनाको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै साढे दुई खर्ब बढीको नेपाली रुपैयाँ बाहिरिएको छ । भन्सारको तथ्याङ्क अनुसार डिजेल, पेट्रोल तथा खाना पकाउने एलपी ग्यासको आयातमा रु दुई खर्ब ६७ अर्ब २९ करोड ९८ लाख ४३ हजार नेपाली रुपैयाँ बहिरिएको हो । जसमा सबैभन्दा धेरै डिजेल आयातमा रु एक खर्ब ४५ अर्ब २१ करोड ९३ लाख ५० हजार, पेट्रोलमा रु ६२ अर्ब ९१ करोड ९८ लाख ४६ हजार र एलपी ग्यासको आयातमा रु ५९ अर्ब १६ करोड ६ लाख ४७ हजार बढी बाहिरिएको छ । एघार महिनाको अवधिमा नेपालमा रु ५३ अर्ब २५ करोड ५१ लाख ६२ हजार बराबरको पाम आयल, रु ४८ अर्ब ७८ करोड ४६ लाख ८७ हजार बराबरको स्टिल आइरन र रु ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार बढीको मोबाइल आयात भएको छ । यस्तै, एघार महिनाको अवधिमा नेपालबाट रु एक खर्ब ९० अर्ब २३ करोड ८६ लाख ३२ हजार बढीको सोयाबिन तेल, रु ६६ अर्ब ८६ करोड ८९ लाख ७२ हजार बढीको पाम आयलको निर्यात भएको छ ।
काठमाण्डौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक उकालो लाग्दा खडेरीमा पानी परे जस्तै भएको लगानीकर्ताको टिप्पणी छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ३९.९३ अङ्कले उकालो लागेर एक हजार ९२४.७४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ८.९० अंकले उकालो लागेर ३७५.०९ मा पुगेको छ । कूल २३१ कम्पनीको ३७ लाख ६५ हजार ५१६ कित्ता शेयर रु एक अर्ब २५ करोड ३७ लाख ५७ हजार ७१५ बराबरको कारोबार भयो । कारोबार भएका १३ उपसमूहकै शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ १७.१४, व्यापार ४२.०३, होटल तथा पर्यटन ५०.५७, विकास बैंक ११५.७७, जलविद्युत् ६१.८१, वित्त ४८.९८, निर्जीवन बीमा १५४, उत्पादन ९१.८४, अन्य ३८.२७, लघुवित्त ९१.८८, जीवन बीमा २०३.१८, सामूहिक लगानी कोष ०.१४ र लगानी १.८५ अङ्कले उकालो लागेका छन् । नेप्सेका अनुसार आँधीखोला लघुवित्त, सिवाइसी नेपाल लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्त ८.९८ र रिभर फल्स पावरका लगानीकर्ताले ८.८८ प्रतिशतले कमाए । नबिल ब्यालेन्सफ फण्ड २.९३, तेह्रथुम पावर कम्पनी २.८७, एनआइसी एशिया ब्यालेन्स फण्ड २.५९, लक्ष्मी इक्विटी फण्ड २.५० र एनएमबी–५० का लगानीकर्ताले २.०४ प्रतिशतले गुमाए ।
काठमाण्डौँ ः शेयर कारोबार उत्पादनमूलक नभएको भन्दै प्रतिनिधिसभाको आजको बैठकमा सरकारको ध्यानाकर्षण भएको छ । सांसद प्रेम सुवालले शेयर बजार उत्पादनमूलक नभएको भन्दै किन त्यस्तो भएको होला भनेर जिज्ञासा राख्नुभएको हो । उहाँले नेपाल धितोपत्र बोर्ड परिसरमा शेयर बजार सुधारको माग राख्दै भइरहेको आमरण अनशनका बारेमा पनि अर्थमन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । सांसद सुवालले लिखित परीक्षाविना नै शेयर ब्रोकरहरु थप्ने काम भएको भन्दै त्यसमासमेत सुधारको माग गर्नुभयो ।
काठमाण्डोँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको आज दोस्रो दिन नेप्से परिसूचक ४९.३१ अङ्कले ओरालो लागेर एक हजार ८८४.८१ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.६६ अङ्कले ओरालो लागेर ३६६.१९ मा ओर्लिएको छ । नेप्सेकाअनुसार कूल २३० कम्पनीका ६१ लाख ८६ हजार ९४१ कित्ता शेयर रु एक अर्ब ७५ करोड छ लाख १७१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहकै आज शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ २१.५६, व्यापार २२.८७, होटल तथा पर्यटन ५२.०३, विकास बैंक १३५.०८, जलविद्युत् ९३.६४, वित्त ४८.१५, निर्जीवन बीमा २३९.२२, उत्पादन ९१.४१, अन्य ४९.९४, लघुवित्त ११०.५३, जीवन बीमा २३४.६२, सामूहिक लगानी कोष ०.२९ र लगानी १.६९ अङ्कले ओरालो लागेको छ । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु २६ खर्ब ८७ अर्ब २६ करोड २५ लाख ८२ हजार ४९३ बराबर रहेको छ । कारोबारका आधारमा प्रभु बैंकको संस्थापक शेयरको कारोबार शीर्ष स्थानमा छ । सो बैंकको रु ११ करोड ८३ लाख २० हजार बराबरको कारोबार भयो । नेपाल दूरसञ्चार कम्पनी रु १० करोड ९२ लाख २६ हजार ७२२, हिमालयन डिस्टिलरी रु पाँच करोड ७३ लाख ५५ हजार ३९९, एनआइसी एशिया बैंक रु चार करोड ३५ लाख ७३ हजार ८४४ र नबिल बैंक रु चार करोड सात लाख ४४ हजार २५५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार आँधीखोला लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लाग्यो । सिवाइसी नेपाल लघुवित्त ९.९८, ओरियन्टल होटल १.४१, सिद्धार्थ इक्विटी फण्ड ०.४१ र नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्रका लगानीकर्ताले ०.१५ प्रतिशतले कमाए । त्यस्तै तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लाग्यो । कालिका पावर कम्पनी ९.३७, रिभर फल्स पावर ९.२३, कर्णाली डेभलपमेन्ट ८.७९ र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ८.७० प्रतिशतले गुमाए ।
काठमाण्डौँ ः नेपाल धितोपत्र बोर्ड सम्बद्ध कर्मचारी युनियनले लगानीकर्ताका तर्फबाट राखिएका कतिपय माग बोर्डको कार्यक्षेत्रभन्दा बाहिरका विषय भएको स्पष्ट पारेको छ । धितोपत्र बजारको सुधारको माग राख्दै विगत केही दिनदेखि जारी आन्दोलनप्रति आज धारणा सार्वजनिक गर्दै कर्मचारी युनियनले वित्तीय बजारका अन्य नियमनकारी निकाय र नेपाल सरकार अर्थ मन्त्रालयको पहलकदमीमा मात्रै माग सम्बोधन हुनसक्ने स्पष्ट पारेको छ । युनियनका अध्यक्ष राजुबहादुर जिसी र वरिष्ठ उपाध्यक्ष गौरव विष्टले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिअनुसार बोर्ड आफैले पूरा गर्न सक्ने लगानीकर्ताका यथोचित माग यथाशीघ्र सम्बोधन गर्न बोर्ड नेतृत्व समक्ष र अन्य माग सम्बोधन गर्न नेपाल सरकार समक्ष माग गर्दै कार्यालय परिसरको सुरक्षा एवं बोर्डका कर्मचारीलाई सुरक्षित कार्यस्थललको प्रत्याभूति गराउन माग गरेको छ । बोर्डमा नयाँ नेतृत्व भर्खरै आएको र देखिएका समस्या समाधानका लागि प्रयास गरिरहेको उल्लेख गर्दै यूनियनले कार्यालय परिसरमा जारी राखिएको आमरण अनशनलाई बोर्डको कर्मचारी यूनियनले गम्भीरताका साथ लिएको विज्ञप्तिमा उल्लेख छ ।
काठमाण्डौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३७.२७ अङ्कले ओरालो लागेर एक हजार ९३४.११ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२९ अङ्कले ओरालो लागेर ३७३.८५ मा ओर्लेको छ । कूल २२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर रु एक अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ मूल्यमा खरिद बिक्री भए । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएलगत्तैदेखि ओरालो लागेको नेप्से परिसूचक थामिने कुनै लक्षण देखाएको छैन । बजारले ‘बियरिस ट्रेण्ड’ समातिरहेको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ १२.६, व्यापार ३०.८२, होटल तथा पर्यटन ४७.५, विकास बैंक १२४.१२, जलविद्युत् ८७.४७, वित्त ५१.७३, निर्जीवन बीमा १५४.८३, उत्पादन ३२.१८, अन्य ५३.६९, लघुवित्त ६५.०२, जीवन बीमा १२२.६८, सामूहिक लगानी कोष ०.४५ र लगानी १.४३ अङ्कले ओरालो लागेका छन् । आइतबारको कारोबारपछि बजार पुँजीकरण रु २७ खर्ब ५७ अर्ब ५६ करोड १३ लाख ५२ हजार ३४३ बराबर रहेको छ । कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड २९ लाख ८९ हजार ७६१ बराबरको कारोबार भयो । यस्तै एनसिसी बैंक रु पाँच करोड ६४ लाख ६३ हजार ८८५, सेञ्चुरी बैंक रु चार करोड ८२ लाख २८ हजार, नवील बैंक रु चार करोड सात लाख ३९ हजार ३८२ र एनआइसी एशिया बैंक रु चीन करोड २४ लाख १४ हजार ३९० बराबरको कारोबार भयो । नेप्सेका अनुसार आँधीखोला लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । प्रभु लाइफ ४.०५, सिवाइसी नेपाल लघुवित्त ४.०२, राष्ट्र उत्थान लघुवित्त २.१५ र इमर्जिङ नेपालका लगानीकर्ताले २.०१ प्रतिशतले उकालो लाग्यो । त्यस्तै रिभर फल्स पावर ९.५६, बलेफी हाइड्रोपावर ८.१९, मितेरी डेभलपमेन्ट बैंक ७.६८, माउण्टेन हाइड्रो नेपाल ७.३३ र हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७.२४ प्रतिशतले गुमाए ।
पोखराः पूँजीबजार सुधारको १९ बुँदे मागसहित पोखराका लगानीकर्ताहरु राजधानीमा अनशनरत आन्दोलदनकर्मीलाई ऐक्यबद्धता जनाउन आज त्यसतर्फ निस्किएका छन् । लगानीकर्ताहरुले यसअघि जिल्ला प्रशासन कार्यालय कास्कीमा यही विषयबारे ध्यानाकर्षण गराएका थिए । राजधानीमा तिलक कोइरालाको अगुवाइमा पूँजीबजारको नीतिगत सुधारको लागि आन्दोलन जारी छ । शेयरबजारका लगानीकर्ताहरु नेपाल राष्ट्र बैँक नियमक निकाय धितोपत्र बोर्ड तथा नेप्सेको गलत नीतिका कारण पूँजी बजार प्रभावित भएकाले आफ्नो नीति सच्चाउनका लागि संघर्षमा उत्रनु परेको लगानिकर्ता लोकेन्द्र ढकालले बताए । शेयर धितो कर्जामा लगाएको ४ र १२ को सिमालाई संशोधन गर्नुपर्ने, सिडि रेशियो हटाएर सिसिडि रेशियो कायम गर्नुपर्ने, शेयर धितो कर्जाको जोखिम भार घटाउनुपर्ने, ब्रोकर कमिशन घटाउनु पर्ने, बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने लगायतका १९ बुँदे माग राखेर देशभर आन्दोलन भइरहेको छ ।
काठमाडौं: पेट्रोलियम पदार्थको मुल्य फेरि वृद्धि भएको छ । नेपाल आयल निगमलाई भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको लागत लिटरमै २०९ रुपैयाँ २८ पैसा पुगेको हो । भने डिजेलको लागत मूल्य २०२ रुपैयाँ १६ पैसा पुगेको छ । यसैगरि अनुसार मट्टितेलमा १४७ रुपैयाँ ९९ पैसा पुगेको छ । खाना पकाउने ग्याँसको लागत २५ सय ५१ रुपैयाँ १५ पैसा पुगेको छ । बढेर आएको मूल्य अनुसार निगमले बजार मूल्य समायोजन गर्न बाँकी रहेको निगमले जनाएको छ ।
काठमाण्डौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.५७ अङ्कले वृद्धि भई एक हजार ९७८.९४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९३ अङ्कले उकालो लागेर ३८१.८३ मा पुगेको छ । कूल २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर रु एक अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१९ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर उकालो लाग्यो भने लगानी उपसमूहको शेयर मूल्य भने ओरालो लाग्यो । बैंकिङ ६.३८, व्यापार २३.५७, होटल तथा पर्यटन १२.२५, विकास बैंक २२.८, जलविद्युत् ८.५२, वित्त १४.०४, निर्जीवन बीमा ३४, उत्पादन २५.४१, अन्य ३६.६९, लघुवित्त ३९.१५, जीवन बीमा ५.०९ र सामूहिक लगानी कोष ०.१ अङ्कले उकालो लागेको छ । यस्तै, लगानी उपसमूह ०.०६ अङ्कले ओरालो लागेको छ । कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीले रु १३ करोड ८८ लाख ९७ हजार १५१ बराबरको कारोबार गर्यो । त्यस्तै, एनसिसी बैंक रु १० करोड ३५ लाख चार हजार ७१५, सिभिल बैंक रु चार करोड ७१ लाख १९ हजार ७८५, एनआइसी एशिया बैंक रु तीन करोड ५७ लाख २३ हजार ३८३ र नबिल बैंक रु दुई करोड ५० लाख ४६ हजार ३५२ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहे । नेप्सेका अनुसार आँधीखोला लघुवित्तको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । रिभर फल्स पावर ९.९७, सामुदायिक लघुवित्त ९.९६, कालिका लघुवित्त ७.६९ र एनसिसी बैंकका लगानीकर्ताले ६.६५ प्रतिशतले कमाए । त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स ३.८०, राष्ट्र उत्थान लघुवित्त ३.४१, माउण्टेन इनर्जी नेपाल २.७२, कुमारी इक्विटी फण्ड २.१९ र हिमालयन पावर पार्टनर कम्पनीका लगानीकर्ता २.०६ प्रतिशतले ओरालो लागे ।