काठमाडौं: छैटौं संस्करणको आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता अन्तर्गत पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार भएको अन्तिम खेलमा हेल्प नेपाललाई ३-१ को सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो । रोमान्चक खेलमा आर्मीले हेल्प नेपालमाथि २५-१५, २५-१८, २६-२८ र २८-२६ को सेटमा जित निकाल्यो । यस जितसँगै आर्मी लिगको शीर्ष स्थानमा रहदै च्याम्पियन बनेको हो । आर्मीले ६ खेलमा १८ अंक जोड्यो । हेल्प नेपालले ६ खेलमा १४ अंक जोड्यो । हेल्प नेपाल दोस्रो स्थानमा रह्यो । उपाधिसँगै आर्मीले ६ लाख नगद प्राप्त गरेको छ । हेल्प नेपालले ३ लाख प्राप्त गर्यो । तेस्रो भएको नेपाल पुलिसले १ लाख ५० हजार र चौंथो एपीएफले ७५ हजार प्राप्त गर्यो । महिलातर्फको उपाधि पनि आर्मीले जित्यो । अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो । विभागीय डर्बीमा आर्मीले पुलिसमाथि २५-१८, २५-२३ र २५-२० को सेटमा जित निकाल्यो । आर्मी पहिलो पटक च्याम्पियन बनेको हो । महिलातर्फ उपाधि विजेता आर्मीले पनि नगद ६ लाख प्राप्त गरेको छ । उपविजेता पुलिसले ३ लाख प्राप्त गर्दा तेस्रो बनेको एपीएफले १ लाख ५० हजार र चौंथो एभरेस्टले ७५ हजार प्राप्त गरेको छ । नेपाल भलिबल संघले आयोजना गरेको लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको थियो । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लबले प्रतिस्पर्धा गरेका थिए । महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट भलिबल क्लब रहेको थियो ।
नुवाकोटः नुवाकोटको लिखु गापास्थित सिन्दुरे खोलको बगरमा पुरिएको अवस्थामा सरकारी नम्बरप्लेटको मोटरसाइकल फेला परेको छ । सशस्त्र प्रहरी बलको १९ नम्बर गुल्मले उक्त मोटरसाइकल फेला पारेको हो । गुल्मका प्रहरी नायब निरीक्षक भाइमान राउतको टोलीले बगरमा मोटरसाइकलको ह्याण्डिल जस्तो वस्तु देखेर हिलो पन्छाई हेर्दा मोटरसाइकल फेला परेको जनाइएको छ । प्रदेश ३–०२–००१ ब २५५ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाईकल फेला परेपछि सशस्त्रले नेपाल प्रहरीलाई बुझाएको छ । हाल उक्त मोटरसाइकलबारे अनुसन्धान सुरु गरेको जिप्रका नुवाकोटले जनाएको छ ।
कास्कीः नेपाली काँग्रेसका तर्फबाट माछापुच्छ्रे गाउँपालिकाका उम्मेदवारहरुले मतदातामाझ पारदर्शीताको प्रतिबद्धता गरेका छन् । अहिलेको स्थानीय सरकारले विभिन्न क्षेत्रमा हिनामिना गरेको आरोप लगाउँदै काँग्रेसले पालिकाको नेतृत्व लिइरहँदा हरेक कुरामा पारदर्शीता रहने बताए । माछापुच्छ्रे ६ धितालमा आयोजित सभामा बोल्दै पालिका अध्यक्ष उम्मेदवार मिन बहादुर गुरुङले हरेक कार्यक्रम, आयोजना लगायत सबै क्षेत्रमा पारदर्शीता महत्वपुर्ण भएको बताए । उनले भने ‘अहिले नेतृत्व गरिरहेकाहरुले कति हिनामिना गरे त्यसको हिसाबकिताब छैन । कहाँ कति के भयो रु केही पारदर्शीता अपनाइएन । हामी यो कुरामा सचेत छौँ । म प्रतिबद्धता ब्यक्त गर्दछु, हाम्रा सबै कुराहरु पारदर्शी हुनेछन् ।’ गाउँपालिका उपाध्यक्ष उम्मेदवार सिता अधिकारीले पनि पारदर्शी हुनुपर्ने कुरामा प्रतिबद्धता जनाइन् । हालको नेतृत्वले गर्नुपर्ने महत्वपुर्ण कार्यहरुपनि नगरेको बताउँदै उनले व्यवहारतः गर्न सकिने कार्यहरु नेतृत्व सम्हालेको पहिलो दिनदेखि नै गरिने विश्वास दिलाइन् । भनिन् , ‘यहाँ कति हुनुपर्ने थियो, कति भयो । बोलिरहनै पदैन, तपाईहरुले नै देख्न सक्नुहुन्छ । हामी आएपछि यो अवस्था रहिरहँदैन । बोल्नै मात्रै भन्दापनि पहिलो दिनदेखि नै हामीले गर्नुपर्ने कामहरु सुरु गरिहाल्छौँ ।’ , माछापुच्छ्रे वडा नं ६का अध्यक्ष उम्मेदवार उदयकुमार नेपालीले युवा नेतृत्वका लागि अवसर प्रदान गर्न आग्रह गरे । पालिकाको विकासकालागि पार्टीले युवा नेतृत्वलाई अघि सारेको बेला मतदाताहरुलाई अवसर खेर जान नदिन आह्वान गरे । ‘युवा नेतृत्व स्थापीत गर्न पार्टीले हामीलाई अघि सारेको छ । यो महत्वपुर्ण अवसर हो । हामीलाई स्थापीत गराउने जिम्मा तपाईहरुलाई छ’ उनले भने‘यो अवसरलाई खेर जान नदिनुस् । अवसरलाई सदुपयोग गर्दै हामीलाई विजयी गराउनुहुनेछ भन्नेमा हामी ढुक्क छौँ।’ वडा नं ६मा वडाध्यक्षमा नेपालीसँगै महिला सदस्यमा चिजा तामाङ, दलित महिला सदस्यमा सपना सुनार, वडा सदस्यमा भिमराज पौडेल‘बिशाल’ र अनिल गुरुङ उम्मेदवार छन् । कार्यक्रममा पार्टीका प्रदेश कोषाध्यक्ष गिता क्षेत्री, जिल्ला सदस्य सुदिप गौतम, महासमिति सदस्य विष्णु क्षेत्री, टेकनशोभा गुरुङ, गाउँपालिका सभापति बिरेन्द्र गुरुङ, युवा नेता राजाराम पौडेल, धिताल शिक्षक संघका रुद्र अधिकारी लयागतले मन्तब्य राखेका थिए । काँग्रेसको पक्षमा माहौल बढेको उल्लेख गर्दै उनिहरुले जित सुनिश्चित रहेको बताए । पार्टीका कार्यकर्ता, नेता एवं शुभेच्छुकहरुको उल्लेख्य सहभागितामा माछापुच्छ्रे काँग्रेसले बिहीबार वडा नं ६ का अन्तर्गत अस्ताम, भिडाबारी, ओखरी, ढुलो ढुङ्गा लगायतका क्षेत्रमा घरदैलो तथा सभाहरु सम्पन्न गरेको हो ।
पाेखराः पाेखरा महानगरपालिकामा नेकपा एमालेका मेयर प्रत्यासी कृष्णबहादुर थापाले अप्ठेराे अवस्थामा पाेखरामा विकासकाे सुरुवात गरेकाे बताउँदै साढे ४ अर्ब रुपैयाँ लागतकाे खानेपानी याेजना साक्षी बसेर ल्याएकाे बताएका छन् । नेकपा एमाले पोखरा -१५ ले मेयर र उपमेयरका उम्मेदवारसहित घरदैलो कार्यक्रममा थापाले पोखरामा झन्डै साढे ४ अर्वको खानेपानीको योजना आफू स्वयं साक्षी बसेर ल्याएको र यसै योजनाको तेस्रो फेजको निर्माण तथा विस्तार कार्य अहिले चलिरहेको उनले दाबी गरे। अप्ठेरो अवस्थामा हिजो पोखरामा विकासका कार्यहरुको थालनी गरेको बताउँदै उनले पोखरा महानगरको मेयरमा मान बहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङको नेतृत्वले पनि विगतमा गरेका कामलाई निरन्तरता दिएको बताए। घरदैलो कार्यक्रममा वडावासीले देखाएको माया र विश्वासले विगतमा जस्तै आगामी निर्वाचनमा पनि एमालेले अत्याधिक मत पाएर बिजयी हुने बताए। थापाले ३४ वर्षको उमेरमै आफू मेयर हुने अवसर प्राप्त गरेको भन्दै यो बीचमा धेरै अनुभवहरु सँगालेको बताए। २०५२ सालदेखि शुरु भएको माओवादी युद्ध र त्यसले निम्त्याएको ध्वंस अनि २०५९ साल असार ३१ गते तत्कालिन गठबन्धनका प्रधानमन्त्री शेर बहादुर देउवाले जननिर्वाचित संस्थाहरुलाई अपदस्त गरेको स्मरण गर्दै त्यसपछि लगातार १५ वर्ष स्थानीय तहमा कुनैपनि निर्वाचन नभएको र उक्त भयावह अवस्था आफूहरुले नजिकबाट देखेको बताए । थापाले अमरसिंहचोकदेखि तल झर्न अत्यन्त विकट रहेको अवस्थामा बाच्छेबुडुवामा ल्याण्डफिल्ड साइटको निर्माण गरेपछि यस क्षेत्रमा पहिलो पटक बाटो बनाएको बताए । उनले फेरी एउटा सुखद सौभाग्य मिलेको भन्दै देशकै उत्कृष्ट उपमेयरको निरन्तरता, २०५४ सालदेखि काम र अनुभवले खारिएको आफू र आशा गरिएका युवा नेतृत्व तोरण बानियाँ र उनको टीमले काम गर्नेमा विश्वस्त हुन वडावासीलाई आग्रह गरे। उनले भने - "यो वडाको बाँकी रहेका सम्पूर्ण विकास हामीलाई गर्ने मौका दिनुहोस्, हामी गरेर देखाउँछौँ।" यस्तै, उपमेयर पदकी मञ्जुदेवी गुरुङले आफूहरु निर्वाचित भएर आइसकेपछि यस वडामा धेरै कामहरु भएको बताइन्। उनले वडाका नागरिकहरुले सुरक्षाको अनुभूति गर्न पाउनुपर्छ भनेर सबैभन्दा पहिले यसै वडामा सिसिटिभी क्यामेरा जडान गरिएको बताइन्। उनले अझ कतिपय कामहरु गर्न बाँकी रहेको र कतिपय कामहरु प्रक्रियामा रहेकोले ती कामलाई पूर्णता दिँदै अन्य कामलाई द्रुत गतिमा अगाडि बढाउने प्रतिवद्धता जनाइन्। नेकपा एमाले ज्येष्ठ नागरिकको सम्मान गर्ने पार्टी भएकाले यो बीचमा गठबन्धन या परमादेशको सरकार नआएको भए अहिलेसम्म वृद्धभत्ता सम्भवतः ५ हजार पुग्ने उनको बताइन्। उनले गठबन्धनको टोलीमा धेरै चिन्ह अंकित झन्डाहरु रहेकोले मतदान गर्न गाह्रो र झन्झटिलो हुने भन्दै नेकपा एमालेको सूर्य चिन्ह सिङ्गो एउटा मात्र भएकाले मतदान गर्न सजिलो हुने बताइन्। यस्तै, वडा नं -१५ का अध्यक्ष पदका उम्मेदवार तोरण बानियाँले यहाँको समाज, यहाँका जनता र यस क्षेत्रको विकासका लागि हर समय तल्लिन भएर समस्यालाई समाधान गर्न अग्रसर हुने बताए। बानियाँले एकैचोटी यो समाजको नेतृत्व गर्छौं भनेर आएको नभै धेरै अगाडिबाट मेहेनत गर्दै संघर्ष गरेर सामाजिक काममा समर्पित रहँदै आएकाले हिजो गरेका कामको कारणले पनि यहाँका जनताले विश्वास गरेर भारी मतले बिजयी गराउने आशा व्यक्त गरे। उनले घरदैलोका क्रममा जनतासँग धेरै वाचाहरु गरेकाले आउँदो ५ वर्ष भित्र आवश्यकता र औचित्यका आधारमा एकपछि अर्को गर्दै सबै वाचाहरु पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे। कार्यक्रमको संचालन वडा कमिटि सचिव तथा न्यायिक समिति सदस्य पार्वती कार्कीले गरेकी थिइन् । सभामा जिल्ला कमिटि कास्कीका इन्चार्ज भिम कार्की, वर्तमान वडा अध्यक्ष तथा इन्चार्ज प्रकाश पौडेल, पूर्व अध्यक्ष तथा निर्वाचालन परिचालन कमिटिका संयोजक शिव बहादुर भण्डारी, शिव बहादुर बानियाँ, पूर्व सदस्य ललित बहादुर भण्डारीलगायतको उपस्थिति रहेको थियो।
भक्तपुर: आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–८ लिवालीमा गए राति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएकामा उपचारको क्रममा कुसाथाको मृत्यु भएको उहाँले बताउनुभयो ।
पोखरा: आसन्न स्थानीय तह निर्वाचन सफल पार्न मादी गाउँपालिकाको गठबन्धनले विभिन्न ९ समिति गठन गरेको छ । सत्तापक्ष कांग्रेस, माओवादी र एकिकृत समाजवादीसहितको संयुक्त चुनावी गठबन्धनले पोखरा १३ शितलादेवीमा बसेको बैठकले चुनावी प्रचार प्रसारका लागि मादी गाउँपालिका स्तरिय समिति गठन गरेको हो । नेपाली कांग्रेस मादी गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार यामबहादुर गुरुङ, नेकपा माओवादी केन्द्रका मादी गाउँपालिका अध्यक्ष तोरण गुरुङ, एकिकृत समाजवादी मादी गाउँपालिका अध्यक्ष घननाथ सापकोटाको अध्यक्षतमा बसेको बैठक बसेको थियो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सोमति गुरुङ, नेका कास्की एकका सचिव सरोज केसी लगायतका गठबन्धनका नेताहरुको उपस्थितिमा बसेको बैठकले समिति उप समिति गठन गरेको हो । स्थानीय निर्वाचन २०७९ लाई व्यवस्थित सशक्त र उत्साहपूर्ण र विजयउन्मुख बनाउनका लागि गठबन्धनको मादी गाउँपालिकास्तरिय बैठक बसेको हो । निर्वाचनलाई परिणाममुखी बनाउन विभिन्न उपसमिति र उपसमितिको पनि बैठक राखी पूर्णता दिने संयुक्त रुपमा निर्णय भएको छ । प्रशिक्षण बुद्धिजिवी परिचालन एवम घोषणापत्र तयारी समिति, कार्यालय सञ्चालन व्यवस्थापन उपसमिसिति, बुथ संरक्षण तथा मत सर्वेक्षण उपसमिति, बुथ संरक्षण तथा मत सर्वेक्षण उपसमिति, यातायात व्यवस्थापन उप समिति, पार्टी सञ्चालन भातृ तथा शुभेच्छुक संस्था परिचालन उपसमिति, आर्थिक समिति, गठबन्धन दल समन्वय समिति, युवा परिचालन उपसमिति, प्रचारप्रसार उपसमिति गठन गरेको हो । सोमबार बिहान ७ बजे पोखरा १२ शितलादेवीमा गठबन्धनको सम्पर्क कार्यालय स्थापन गरिने नेपाली कांग्रेस कास्की १ का सचिव सरोज केसीले जानकारी दिए ।
पोखरा: कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीले इमोस्नल ईन्टेलीजेन्स वर्कसप सम्पन्न गरेको छ । कास्की जिल्लका सहकारी संस्थाका व्यवस्थापकहरुलाई लक्षित गरि मनोदर्शन साइकोलोजिकल कन्सर्नको प्राविधिक सहयोगमा एक दिने कार्यशाला सम्पन्न गरेको हो । कुल ३२ जनाको उपस्थिती रहेको सो कार्यशालामा मनोदर्शन साइकोलोजिकल कन्सर्नका प्रमुख प्रशिक्षक प्रज्वल आचार्य र प्रशिक्षक दिलिप श्रेष्ठले प्रशिक्षण दिएको मित्रमिलन वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक किरण अधिकारीले जानकारी दिए । उनका अुनसार सो कार्यक्रम वार्षिक कार्यतालिका अनुसार आयोजना गरिएको हो । उक्त कार्यशालाबाट वित्तिय क्षेत्रमा काम गर्न थप उर्जा मिलेको कार्यक्रममा सहभागीहरुले बताएका थिए । क्लबका सचिव मोहन प्रसाद अधिकारीले कार्यक्रम सञ्चमलन गरेका थिए भने रियल ईभेन्ट म्यानेजमेन्टका व्यवस्थापक सुशिल पोख्रेल तथा पहल ग्रुपका निर्देशक अशोक पौडेलले कार्यशालाको समन्वयन गरेका थिए ।
पोखरा: पूर्व राष्ट्रिय फुटसल प्रशिक्षक विष्णु गुरुङले नेपाली फुटबलको क्षेत्रमा भएको विवादको विषयलाई लिएर चिन्ता व्यक्त गरेका छन् । गुरुङले मुख्य प्रशिक्षक अब्दुल्ला अलमुटाइरी र खेलाडीहरु बिचको तक्राबलाई यथाशिघ्र निष्कर्ष दिएर एसियन कपको तयारीमा जुट्नुपर्ने धारणा राखेका हुन् । प्रशिक्षक गुरुङले (सामाजिक सञ्जाल) फेसबुकमा स्टाटस लेखेका छन्, ‘नेपाली राष्ट्रिय फुटबल टोलीका हेड कोचले दिनुभएको रिजल्टमा हामी एकदम आभारी छौं । तर रिजल्टमा समान रूपमा खेलाडीको पनि उच्च प्रदर्शन, मिहिनेत र त्यागको कदर छ । तसर्थ दुवै पाटो एकै रथका दुई पांग्रा हुन् । आशा गर्छु समसामयिक विषयमा सम्बन्धित निकाय र व्यक्तिले छिटो भन्दा छिटो निष्कर्ष निकालेर, आगामी एसियन कपको तयारीमा जुट्नुपर्छ । हामी फुटबल विकास भएको हेर्न चाहन्छौं । अन्त्यमा फुटबलको विकास हुनुपर्छ, व्यक्ति र समूहको हैन ।’ जय नेपाल, जय नेपाली फुटबल’ । यतिबेला नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक अब्दुल्ला अलमुटाइरी र खेलाडीहरु विच तक्राब भैरहेको छ । यस विषयमा प्रत्यक्ष सरोकार राख्ने अखिल नेपाल फुुटबल संघ (एन्फा) भने मुखदर्शक बनिरहेको छ ।
पोखरा: आगामी ३० गते हुने स्थानीय निर्वाचनको लागि पोखरा महानगरको मेयर र उपमेयर पदमा विभिन्न दलको तर्फबाट मनोनयन दर्ता गरेका छन् । नेकपा एमाले, पाँच दलीय गठबन्धन, राप्रपा, राप्रपा नेपाल, मंगोल अर्गनाइजेशन तथा स्वतन्त्र उम्मेदवारले दलबलसहित उम्मेदवारी दर्ता गराएका थिए । तस्बिरमा हेरौ पोखरा ६ सहिद चोकस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा देखिएको माहोल ।