पोखरा: गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारी गाडी फिर्ता नगरेको भन्दै अनेरास्ववियुले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको ध्यानाकर्षण गराएको छ । अनेरास्ववियुले बिहीबार मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री पाण्डेलाई ध्यानाकर्षण गराएको हो । गण्डकीका पूर्व मुख्यमन्त्री पोखरेलले ५ महिनासम्म पनि सरकारी गाडी फिर्ता नगरेको भन्दै सरकारी साधनको कुनै पनि बाहानामा दुरूपयोग गर्न नहुने भन्दै एक हप्ताभित्रमा दुरूपयोग गरिएका सबै सरकारी साधन फिर्ता लिन अनेरास्ववियुले माग गरेको गण्डकी प्रदेश सह संयोजक सुशन घिमिरेले बताए । ‘यसै सन्दर्भमा संघियता भनेको लुटको थलो हो भन्ने भ्रम जवर्जस्त स्थापित गर्न खोजीरहेको बेला गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल ज्यूले हालसम्म पनि सरकारी सवारी साधन फिर्ता नगर्नुले यसलाई थप पुष्टि गरेको छ । अनेरास्ववियु सरकारी साधनको कुनै पनि बाहानामा दुरूपयोग भएको हेरेर बस्न सक्दैन । गण्डकी प्रदेश सरकारलाई एक हप्ता भित्रमा दुरूपयोग गरिएका सबै सरकारी साधनको फिर्ता ल्याउन जोडदार माग गर्दछौ’, ध्यानाकर्षण पत्रमा भनिएको छ । पूर्व मुख्यमन्त्री पोखरेलले पद मुक्त भएको ५ महिना वितिसक्दा पनि सरकारी सवारी फिर्ता गरेका छैनन् ।
पोखरा: गण्डकी प्रदेश सभा सदस्य प्रकाश बहादुर केसीले गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन क्षेत्रलाई चासो नदिएको बताएका छन् । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०÷०८१ को नीति तथा कार्यक्रममा प्रदेश सरकारले अघिल्लो सरकारकै वितरणमुखी कार्यक्रमलाई थपघट गर्दा प्रदेशको समृद्धिको मुख्य आधार पर्यटनलाई चासो नदिएको बताएका हुन् । ‘नीति तथा कार्यक्रम बजेटको मार्गदर्शकसँगै आगामी वर्षको कार्ययोजना पनि हो, यसपालिको नीति तथा कार्यक्रममा संघीयताको कार्यान्वयनका लागि प्रष्ट मार्गचित्र छैन,’ सांसद केसीले भने, ‘ वितरणमुख कार्यक्रमलाई थपघट बाहेक अ? कुनै नयाँ कुरा देखिएन, प्रदेश समृद्धिको मुख्य आधार पर्यटनलाई चासो दिएन ।’ उनले प्रदेशमा अवस्थित अन्नपूर्ण, मनास्लु, धौलागिरी, माछापुच्छ«े आदि हिमालको ब्रान्डिङ, प्रचारप्रचार, पदयात्रा र साहासिक पर्यटन प्रवद्र्धनमा नीति तथा कार्यक्रममा चासो नदिएको बताए । उनले पुरानै कार्यक्रमलाई निरन्तरता दिँदा प्रदेश सरकारकै औचित्य माथि प्रश्न उठ्ने गरी संघीय सरकारलाई पच्छ्याएको आरोप समेत लगाए । ‘समृद्ध पूर्वाधार बिना गाउँको विकास कल्पना गर्न सकिदैन, बसाइसराइले गाउँह? रित्तिदै गएका छन्, उत्पादनमा आत्मनिर्भर बन्न गाउँह?लाई जोगाउने एजेन्डा नीति तथा कार्यक्रममा देखिदैन, उनले भने, ‘प्रदेश सरकारले संघीय सरकारलाई पच्छ्याउँदा प्रदेश सरकारकै ओचित्य माथि प्रश्न उठाएको छ ।’ उनले नीति कार्यक्रममा आम जनताको स्वास्थ्य बिमा हराएको भन्दै प्रदेश सरकारलाई प्रश्न गरेका छन् । ‘पत्रकारको स्वास्थ्य बिमा कार्यक्रम आएको छ, यो राम्रो हो, तर आम जनताको स्वास्थ्य बिमा कार्यक्रम कहाँ हरायो ?’ उनले भने, ‘बिमा गरिसकेका नागरिकले पनि सहज तवरले सेवा पाएका छैनन् यो विषय बजेटमा समावेश गर्नु उचित हुन्छ’ सांसद केसीले पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनसँगै विमानस्थलको प्रवद्र्धनसँगै अर्थतन्त्रको सवलीकरणको दायित्वबाट प्रदेश सरकार पन्छिन नमिल्ने बताए । उनले सरकारी कार्यालयका समुचित तवरले चलाउन चाहिने भवन निर्माणको विषय यो नीति तथा कार्यक्रममा छायाँमा परेको बताए । ‘पोखराको पुरानो एयरपोर्टका जग्गालाई प्रदेश सरकारको मातहत ल्याउनुपर्छ, प्रदेशका सम्पूर्ण सरकारी निकायका संरचना जनतालाई सहज हुने तवरले एकै ठाउँमा निर्माण गर्न आवश्यक छ ।’ उनले भने । नेपालमा वन क्षेत्रको नीति परम्परागत र संरक्षणमुखी भएको बताउँदै उनले,‘उपभोग र संरक्षणबीच सन्तुलन मिलाएर रोजगारी सिर्जना, देशमै काठको उपलब्धता, वातावरण संरक्षण, जडिबुटी खेती जस्ता विषय अहिलेको नीति तथा कार्यक्रममा समेट्नु पर्दथ्यो ।’
पोखरा: गण्डकी प्रदेश सभा सदस्य कृष्ण पाठकले प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समर्थन गर्न नसकिने भन्दै फेवातालको क्षेत्रफल कति हो ? भनेर प्रश्न गरेका छन् । गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम माथि छलफलकाक्रममा सरकारले पर्यटन क्षेत्रको प्रर्वद्धन विकास गर्ने कुरा उल्लेख गरेको भन्दै फेवातालको क्षेत्रफल सोधेका हुन् । उनले फेवातालको जग्गा अतिक्रमण गरेर बनाइएका संरचनाको यकिन गर्न चुनौती समेत पेश गरेका छन् । ‘फेवातालको जग्गा अतिक्रमण गरेर गरेर बनाइएका घर टहरा कति छन्, अतिक्रमण गरेर कति संरचना बनाइए प्रदेश सरकारले यकिन गरोस्’ उनले भने, ‘अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सकोस्, क्षेत्रफल कायम गर्न सकोस् ।’ सांसद पाठकले भने, ‘फेवाताललाई वास्तविक क्षेत्रफलमा फर्काउन सके प्रदेशवासी र पोखरावासीले सरकारको पक्षमा दिपावली मनाउनेछन् ।’
पोखरा: पवन कुमार प्रजापतीको अध्यक्षतामा गण्डकी प्रदेशस्तरिय कब्बडी संंघ गठन भएको छ । पोखरामा मंगलबार सम्पन्न प्रथम अधिवेशनले प्रजापतीको अध्यक्षतामा १२ सदस्यिय कार्यसमिति गठन गरेको हो । नवगठित समितिका अध्यक्ष प्रजापती पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष समेत हुन् । समितिको उपाध्यक्षमा भरत कुमार श्रेष्ठ र निराजन श्रेष्ठ रहेका छन् । कार्यसमितको सचिवमा हरि जिसी र कोषाध्यक्षमा विन्दु थापा मगर रहेका छन् । नवगठित कार्यसमितिको सदस्यमा सन्दिप पन्त, हरि सिग्देल, युवराज श्रेष्ठ, रविन्द्र खाती क्षेत्री, विज्ञान नेपाली, विकास बाँनिया र तेज बहादुर विष्ट रहेका छन् । खेलकुद विकास ऐन २०७७ अनुसार पहिलो पटक उक्त समिति गठन भएको हो । प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य ऋषीराम गौतम र नेपाल कब्बडी संघका राष्ट्रिय उपाध्यक्ष विरेन्द्र कुमार यादवको विशेष उपस्थितीमा सम्पन्न भेलामा कास्की, तनहुँ, गोर्खा, बागलुङ र म्याग्दी जिल्लाको सहभागिता रहेको थियो ।
काठमाडौं: शिक्षा मन्त्रालयले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ। मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ प्रमाणिकरण भएको मितिलाई आधार मानेर असोज २ गते प्रत्येक वर्ष राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको जनाएको छ। मन्त्रालयले सोही अनुसार असोज २ गते प्रत्येक वर्ष राष्ट्रिय शिक्षा दिवस मनाउन प्रदेश तथा समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ, गाउँपालिका महासंघ, सबै स्थानीय तहहरुलाई पत्राचार गरेको छ । राष्ट्रिय शिक्षा दिवस २०३१ सालदेखि फागुन १२ गतेको दिन मनाउन थालिएको हो र विभिन्न आधारमा फरक फरक मितिमा २०७६ सालसम्म मनाइएको राष्ट्रिय शिक्षा दिवस २०७७ सालदेखि मनाइएको छैन।
पोखरा: गण्डकी प्रदेश सरकारले ‘सामुदायिक क्याम्पससँग प्रदेश सरकार’ कार्यक्रम अन्र्तगत प्रदेशमा रहेका सबै सामुदायिक क्याम्पसलाई क्षमता तथा कार्यसम्पादनका आधारणमा अनुदान दिने व्यवस्था मिलाउने भएको छ । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले यस्तो बताएका हुन् । उनले बौद्धिक अपाङ्गता भएका बालबालिकाको शिक्षा सम्बन्धी अधिकार सुनिश्चिताका लागि संघ सरकार र स्थानीय तहसँगको साझेदारीमा सुविधा सम्पन्न आवासीय विद्यालय निर्माण एव सञ्चालन ल्याउने बताएका छन् ।
पोखरा: गण्डकी प्रदेश सरकारले गर्ववती, सुत्केरी महिला तथा नवजात शिशुहरुलाई आपत्कालिन स्वास्थ्य अवस्थामा उद्धारका लागि ‘एयर एम्बुलेन्स’को व्यवस्था गर्ने भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा उक्त व्यवस्था गर्ने बताएका हुन् । ‘प्रदेश सरकारले गर्ववती, सुत्केरी महिला तथा नवजात शिशुहरुलाई आपत्कालिन स्वास्थ्य अवस्थामा उद्धारका लागि ‘एयर एम्बुलेन्स’को व्यवस्था गर्नेछ, गुरुङले भने, ‘ स्वास्थ्य संस्था बाहिर सुत्केरी हुने दरलाई शून्यमा झार्दै संस्थागत सुत्केरी प्रदेश बनाउ विशेष अभियानको थालनी गर्नेछौं ।’ उनले स्थानीय तहसँगको समन्वयमा ग्रामीण अल्ट्रा साउण्ड सेवालाई विस्तार गर्ने समेत बताएका छन् ।
पाेखरा: गण्डकी प्रदेश सरकारले प्रदेशका पत्रकारलाई स्वास्थ्य बीमाको व्यवस्था गर्ने नीति ल्याएको छ । आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको नीति तथा कार्यक्रममा भनिएको छ, ‘गण्डकी प्रदेश भित्रका पत्रकारको स्वास्थ्य बीमा कार्यक्रम लागू गरिनेछ ।' साथै ‘पत्रकार लेखनवृत्ति (फेलोसिप) कार्यक्रम’ सञ्चालन गरिनेछ । सञ्चारकर्मीको क्षमता विकासका लागि पत्रकार महासंघ लगायत सञ्चार क्षेत्रका संघसंस्थाहरुको सहकार्यमा मागमा आधारित कार्यक्रम अघि बढाइनेछ ।’
पोखरा: गण्डकी प्रदेश सरकारले दश वर्षमुनिका बालबालिका र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई प्रदेश सरकार मातहतका अस्पताल तथा आयुर्वेद्ध अस्पतालहरमा ओपिडी र प्रयोगशाला परिक्षण निशुल्क गर्ने भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा प्रदेश सरकार मातहतका अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्रहरुमा १० वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई ओपिडी सेवा र प्रयोगशाला परिक्षण निशुल्क गर्ने बताएका हुन् । उनले ‘गण्डकीमा डायलायसिस सेवाः नागरिकको स्वास्थ्यमा टेवा’ भन्ने अवधारणा अनुसार डायलायसिस सेवालाई झन्झटमुक्त बनाउँदै पालो कुर्नुपर्ने अवस्थालाई शून्यमा झार्ने बताएका हुन् ।