काठमाडौं:  राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माकाअनुसार परीक्षामा सहभागीमध्ये ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । उहाँकाअन...

भक्तपुर:   माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा गत शुक्रबार सार्वजनिक हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठ स्थानीय किसानको धान रोपाइँको मेला गएर भर्खर फर्किएकी थिइन् ।  चाँगुनारायण–८ सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसइई दिनुभएकी उनीलाई एसइईको नतिजा सार्वजनिक भयो भन्ने खबरले आफ्नो नतिजाबारे उत्सुक हुनु स्वाभाविकै हो  । हतारहतार अनलाइनमार्फत आफ्नो नतिजा खोज्न थाल्नुभयो । नतिजा आउँदा खुसीको सीमा रहेन । उहाँ सर्वोत्कृष्ट अङ्क ४ जिपिएसहित उत्तीर्ण हुनुभयो ।  सामुदायिक विद्यालयमा अध्ययन गरेर पनि ४ जिपिए हासिल गरेकी उहाँ भक्तपुरका ३० सर्वोत्कृष्ट विद्यार्थीमध्ये एक बन्न सफल हुनुभयो, भने चाँगुनारायण नगरपालिकाकै सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी बन्नुभयो ।  गोमाको थातथलो रामेछापको खनियाँपानी हो । उहाँ चार वर्षको उमेरमा अभिभावकसँग खनियापानीबाट भक्तपुर आउनुभएको हो । परिवारको आर्थिक कमजोर अवस्था र छोरी गोमाको पढाइप्रतिको रुचिका कारण खनियापानी छाडेर भक्तपुरको सुडाल आएको गोमाको बुबा मीनबहादुर श्रेष्ठले बताउनुभयो । “एकातर्फ कमजोर आर्थिक अवस्था अर्कोतर्फ छोरी गोमाले सानै बेलादेखि पढाइप्रति रुचि राख्ने भएकाले आफ्नो थातथलो छोडेर भक्तपुर आएँ, कामको खोजी गर्दै । त्यो बेला गोमा चार वर्षकी थिइन्,” मीनबहादुरले भन्नुभयो, “रामेछापको खनियाँपानीबाट भक्तपुर झर्नुको खास कारण छोरीको पढाइकै कारणले हो ।” भक्तपुर आएर इँटाभट्टामा काम सुरु गरेका मीनबहादुरले गोमालाई नजिकैको महेन्द्रग्राम माध्यमिक विद्यालयमा भर्ना गरिदिनुभयो ।  “खनियाँपानीको लेकबाट बेँसीसम्मको विद्यालय पुग्न एक घन्टा ओरालो लाग्नुपथ्र्यो । यसैले ज्याला मजदुरी गरेर, इँटा पारेर, भारी बोकेर भए पनि पढाउँला भनी भक्तपुर सरेका हौँ । भक्तपुरमा कामको सिलसिलामा इँटाभट्टामा काम गरेँ, इँटा पारे, छोरीलाई इँटा भट्टासँगैको विद्यालयमा भर्ना गरिदिएँ ।” दिउँसो विद्यालय जाने गोमा साँझ बिहान भने इँटाभट्टको खलामा खेल्दै हुर्कन थालिन् । उमेरसँगै गोमाले बुबाआमाको काममा सघाउन थाल्नुभयो । दिउँसो विद्यालय जाने, साँझ बिहान खलाको इँटा सुकाउन ओल्टाइपल्टाई गर्ने उहाँको दैनिकी बन्दै गयो । त्यसरी नै दैनिकी अघि बढेको गोमाले कक्षा ९ सम्म लगभग यही रुटिनमा दैनिकी बिताइन् । कक्षा १० पुगेपछि भने गोमाले आफ्नो दैनिकीलाई केही परिवर्तन गर्नुभयो । “बुबाआमाले पनि अबको एक वर्ष पढाइ ध्यान दिन भन्नुभयो । एसइई दिनुपर्ने भएकाले विद्यालयले पनि पढाईमा जोड दिन सुझाव दिनुभयो । त्यसैले मैले आफ्नो दैनिकीलाई केही परिमार्जन गरेर पढाइमा ध्यान दिन थालेंँ । यसैको परिणाम आज मैले एसइईमा राम्रो नतिजा पाएँ,” उहाँले भन्नुभयो । गोमाले भविष्यको लक्ष्य डाक्टर बन्ने रहेको बताउनुभयो । तर त्यसको लागि कडा मेहनतका साथ पढेर छात्रवृत्तिमा नाम निकाल्नुको विकल्प नभएको उहाँले बताउनुभयो ।  “विज्ञान सङ्कायमा प्लस टु गरी नेपालको कुनै पनि मेडिकल कलेजमा छात्रवृत्तिमा नाम निकालेर एमबिबिएस पढ्ने लक्ष्य छ । एक असल डाक्टर बनेर मेरो जन्मदाता, देश र जनताको निःस्वार्थ रुपमा सेवा गर्नु नै मेरो मुख्य लक्ष्य हो । यसका लागि कडा मेहनत चाहिन्छ भन्ने ज्ञान छ । सोही अनुसार तयारी गर्छु,” उहाँले भन्नुभयो ।

पोखरा:  काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशन अन्तर्गतको शिक्षा विभागले दक्षिण एसियामा नै पहिलो र पृथक कार्यक्रम, आदिवासी शिक्षा र विकास सम्बन्धि एक वर्षे स्नातकोत्तर कार्यक्रम गत दुई वर्ष देखि सञ्चालन गर्दै आएको छ ।  कुनैपनि विद्यामा स्नातकोत्तर गरिसकेकाहरुको लागि ल्याईएको उक्त कार्यक्रममा आदिवासी ज्ञान, सिप, संस्कृति, भाषा, मुल्य, मान्यता, विकास र समग्र शिक्षा प्रणालीको सन्दर्भमा समालोचक सोच, चिन्तन र विचार निर्माण गर्ने र एक्काइसौँ सताब्दिमा आवश्यक सिप र क्षमताको विकास गर्ने उद्देश्य रहेको छ । आदिवासी शिक्षा र विकास विषयको एक वर्षे स्नातकोत्तर कार्यक्रम, विकास शिक्षा विभाग, स्कूल अफ एजुकेशन काठमाण्डौ विश्वविद्यालयले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि आदिवासी शिक्षा र विकास सम्बन्धि एक वर्षे स्नातकोत्तर कार्यक्रमको बारेमा जानकारी दिएको हो । सो अवसरमा बोल्दै आदिवासी शिक्षा र विकास विषयको एक वर्षे स्नातकोत्तर कार्यक्रम संयोजक उप प्रध्यापक डा. लिना गुरुङले  विश्व परिवेशमा विकसित भएको औपचारिक र आधुनिक शिक्षाको परम्पराले परिस्थिति जन्य र सन्दर्भ अनुसारको आदिवासी तथा स्थानिय ज्ञान, विश्वास, विश्वदृष्टिकोण, प्रविधि, कला, भाष, मूल्य मान्यता र संस्कृतिलाई कहिल्यै पनि शिक्षाको विषयवस्तुको रुपमा ग्रहण गर्न नसकेका कारण उक्त ज्ञानहरु लोपन्मुख अवस्थामा पुगेको वताउदै नेपालको परिवेशमा पाश्चात्य ज्ञान प्रणाली र शैक्षिक अभ्यासले सिर्जना गरेको बौद्धिक तथा मिमांसिय अन्याय भोग्नुपरिरहेको अवस्थामा काठमाण्डौ विश्वविद्यालयले उक्त तथ्य र परिस्थितिलाई मनन गरेर नेपालमा आदिवासी शिक्षा र विकासमा एक वर्षे स्नातकोत्तर कार्यक्रम ल्याएको बताइन । जलवायु परिवर्तनले प्राकृतिक वातावरणमा ल्याइरहेको संकटसँग जुध्न पनि आदिवासी ज्ञानको प्रवर्धन गर्न विज्ञानको सिमितताको विकल्पमा आदिवासीय तथा स्थानिय ज्ञान तथा परम्पराले जलवायु अनुकुलन तथा न्युनिकरणको लागी महत्वपूर्ण भूमिका खेल्ने भएकाले त्यसलाई मध्यनजर गरी आदिवासीय ज्ञानलाई प्रवद्र्धन गर्न समेत उक्त कार्यक्रमले योगदान पु¥याउने उप प्रध्यापक गुरुङले बताइन ।   एक वर्षे स्नातकोत्तर कार्यक्रम मार्फत आदिवासीहरुको भाषा, संस्कृति ज्ञान, परम्परालाई अध्ययन अनुसन्धान गर्ने दस्तावेजीकरण गर्ने, साँस्कृतिक संवेदनशीलतालाई बुझ्न सक्ने, सचेत निर्णय गर्न सक्ने, पैरवी गर्न सक्ने, नीति तथा कार्यक्रमहरुको विश्लेषण गर्न सक्ने क्षमताको विकास र विद्यार्थीहरुमा यस अनुरुपको क्षमता विकास गर्न सहयोग पुग्ने समेत गुरुङको भनाइ छ । विश्व परिवेशमा उठिरहेको दिगो विकासको अभियानमा नेपाल पनि सहभागी भइरहेको सन्दर्भमा आदिवासी तथा स्थानिय ज्ञानले दिगो प्राकृतिक स्रोत साधनको व्यवस्थापन र जैविक विविधताको संरक्षण गर्न समेत सहयोग पुग्ने बताउदै गुरुङले दिगो वातावरणीय, सामाजिक, साँस्कृतिक तथा आर्थिक विकासको लागि पनि आदिवासी तथा स्थानीय ज्ञानको प्रवर्धन र विकास गर्न आवश्यक रहेको बताइन ।  स्नातकोत्तर कार्यक्रमले तात्कालिन तथा दुरगामी महत्वलाई मध्य नजर गरेर नेपालको शिक्षा तथा विकासको क्षेत्रमा वैकल्पिक ज्ञान र परम्परालाई अगाडि बढाउन टेवा पुग्ने उनको भनाइ छ । त्यस्तै अर्का सह–प्राध्यापक डा. इन्द्रमणी राइले आदिवासी शिक्षा र विकास सम्बन्धि एक वर्षे स्नातकोत्तर कार्यक्रमले विद्यार्थीहरुलाई विभिन्न करियरका सम्भावनाहरुको ढोका खोल्ने बताए ।   कार्यक्रम मार्फत अनुसन्धानको पद्धति, विधि र सिपमा जोड दिने भएकोले विद्यार्थीहरु आदिवासी तथा स्थानिय परिवेशमा साँस्कृतिक सम्वेदनसिलताको साथ अनुसन्धान गर्ने अनुसन्धानकर्ताको रुपमा विकसित हुन सक्ने, शिक्षण सिप र क्षमता पाठ्यक्रम निर्माण तथा मुल्याङकन विधि र प्रकृयाको बारेमा दक्षता प्राप्त हुने हुनाले शिक्षक वा पाठ्यक्रम निर्माताको रुपमा आफुलाई विकास गर्न सक्ने, संयुक्त राष्ट्र संघिय निकायहरु सरकारी तथा गैर सरकारी निकाय, वित्तिय संस्थाहरु, बहुराष्ट्रिय निकायहरु आदिमा आदिवासी विज्ञको रुपमा कार्य गर्न सक्ने राइले बताए ।   नेपाल र विश्व परिवेशमा आदिवासीय मानव अधिकारका सवालहरुमा सचेत निर्णय गर्न सक्ने र अर्थपूर्ण नीतिगत परिवर्तनका लागि सचेत सामाजिक अभियान्ताको रुपमा स्थापित भई सामुदायिक विकास, संरक्षित क्षेत्र, साँस्कृतिक सम्पदाको संरक्षणको क्षेत्र, कानुनी लगायतका क्षेत्रहरुमा रोजगारी प्राप्त गर्ने वा सृजना गर्ने सक्ने सम्भावनाहरु रहेको राइको भनाइ थियो । सेमेष्टर प्रणाली अन्तर्गत अनलाईन मार्फत कक्षाहरु सञ्चालन हुने भएकाले उक्त कार्यक्रममा सहभागी हुन चाहलेले काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशन वेबसाइट (जततउकः÷÷कयभम.पग.भमग.लउ÷बउउथि–लयध–दबअजभयिच–उमनभ–mबकतभच) मार्फत समेत जानकारी लिन सक्ने उप प्रध्यापक राइले बताए ।

काठमाडौं:  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म हुने जानकारी बोर्डले गराएको हो । परीक्षा बिहान ८ देखि  ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । शक्रबार प्रकाशित नतिजामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुस्थित  भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छ । एसइईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । नियमित परीक्षामा सहभागी भएका चार लाख ३८ हजार आठ सय ९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार एक सय ७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार तीन सय ५५, २.८ देखि ३.२ जीपीएसम्म ८९ हजार एक सय २४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार चार सय ७९, २ देखि २.४ सम्म ल्याउने चार हजार एक सय २६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् । बोर्डका अध्यक्ष महाश्रम शर्माले एक सय २६ जना परीक्षार्थीको परीक्षा भने रद्द भएको बताउनुभयो । वर्गीकृत परीक्षार्थीको सङ्ख्या भने एक लाख ६७ हजार पाँच सय ९७ रहेको छ ।   यो वर्ष २०८१ को चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए ।  

काठमाडौं:  एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।  राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । बोर्डले शुक्रबार साँझ २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गरेको हो ।   यो पनि पढ्नुहोस   एसईईको नतिजा सार्वजनिक

काठमाडौं:  २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार नतिजा प्रकाशित गरेको हो ।  गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।  नतिजासम्बन्धी विवरणहरू एसएमएस, आईभीआर र वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जनाएको छ ।  एसएमएस र आईभीआरमा नेपाल टेलिकम, जानकी टेक्नोलोजी, आकाश टेक, स्विफ्ट टेक्नोलोजी, अल स्टार आईटी सोलुसन्समार्फत हेर्न सकिनेछ ।  यस्तै राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, इडियु सञ्जाल, इसेवा, खल्ती, स्मार्टकार्ड नेपाललगायतको वेबसाइटमार्फत पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । 

भक्तपुर:  यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा गणेशप्रसाद भट्टराईले एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीका साथ तीव्र गतिमा काम भइरहेको बताउनुभयो । उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम सकेर प्राप्ताङ्क इन्ट्री गर्ने काम भइरहेको बताउँदै उहाँले भन्नुभयो, “हामीले असारको तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी डेटलाइन तयार गरेका हौँ, कर्मचारी साथीहरूले डबल सिफ्टमा तीव्र गतिले काम गरिरहनुभएको छ । अहिले नम्बर इन्ट्रि गर्ने र रुजु गर्ने काम भइरहेको छ । काम छिटो सकियो, प्रविधिले साथ दियो भने तेस्रो सातादेखि अगाडि तानेर एक साताभित्र नतिजा सार्वजनिक गर्न सकिन्छ, त्यसैका लागि दिनरात काम भइरहेको छ ।” असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्नेगरी कार्यतालिका बने पनि गत २०८१ सालको चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौँमा सडक आन्दोलन गरेको सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो । गत २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।

काठमाडौं:  माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा सहभागी हुन चाहने विद्यार्थीका लागि रजिस्ट्रेसन फाराम भर्ने म्याद पुनः थप गरिएको छ।  परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी, भक्तपुरले यसअघि वैशाख १२ गते गोरखापत्र दैनिकमा प्रकाशित सूचनामार्फत जेठ ११ गतेलाई अन्तिम म्याद तोकेको थियो। तर विद्यालय, विद्यार्थी तथा अभिभावकहरूबाट आएको मागको सम्बोधनस्वरूप उक्त म्यादलाई  जेठ ३० गतेसम्म कायम हुने गरी थप गरिएको छ।  यस अन्तर्गत विद्यालयहरूले विद्यार्थीको फाराम संकलन गरी तोकिएको शुल्क बुझाएर प्राप्त भौचरसहित असार ८ गते आइतबारसम्म सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा पेश गर्नु पर्नेछ। यसका अतिरिक्त, रजिस्ट्रेसन फारामसम्बन्धी अन्य कार्यतालिका भने अघिल्लो सूचनाअनुसार नै यथावत् रहने सोमबार बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।   

पोखरा वडा नं. ५, पर्स्याङस्थित शान्ति निकेतन स्कूलले सुविधासम्पन्न भवन निर्माण गर्ने भएको छ ।   आफ्नै जग्गामा १५ करोड लागतमा अत्याधुनिक प्रविधिमैत्री भवन निर्माण गर्न लागेको विद्यालयले जानकारी दिएको छ । ६० करोड बजार मूल्यको जग्गामा बन्ने ५ तले भवनमा ४० कोठा रहनेछ ।   उक्त भवनको विद्यालयका संस्थापक प्राचार्य डा.महेश्वर पराजुली, वडाध्यक्ष विष्णुप्रसाद बराल, संस्थापकका माताहरू कलावती र भद्रकली पराजुलीले नयाँ वर्षकै दिन सोमबार संयुक्त शिलान्यास गरे । भवन यही वर्षभित्र निर्माण सक्ने लक्ष्य छ ।   वडाध्यक्ष बरालले वडा नं. ५ को गर्वलायक शैक्षिक संस्था शान्ति निकेतन वडाको सम्पति भएको र शैक्षिक सेवा विस्तार गर्ने उद्देश्यका साथ भौतिक संरचना निर्माणतर्फ केन्द्रीत रहेकोमा खुशी व्यक्त गरे ।   उनले सामुदायिक तथा संस्थागत विद्यालयका असल अभ्यास आदानप्रदान हुनुपर्ने भन्दै त्यसले शैक्षिक गुणस्तर वृद्धिमा भूमिका खेल्ने औँल्याए ।     शिक्षासेवी हेरम्बप्रसाद कोइरालाले भवन निर्माणसँगै पोखराको शिक्षा क्षेत्रमा योगदान पुग्ने औंल्याए ।   गण्डकी बोर्डिङका पूर्व प्राचार्य रविप्रसाद बरालले पोखराको शैक्षिक इतिहासमा शान्ति निकेतनले महत्वपूर्ण भूमिका खेलेको बताउँदै शिक्षा साझा विषयवस्तु रहेको उल्लेख गरे ।   हिसान कास्कीका सचिव एवं प्रतिभा माविका प्राचार्य किरण सापकोटाले शान्ति निकेतनलाई पोखराको अब्बल शैक्षिक संस्थाको संज्ञा दिए । त्यस अवसरमा कास्की जिल्ला खेलकुद विकास समितिका सचिव एवं पूर्व जनप्रतिनिधि अञ्जु केसी, पोखरा महानगरकार्यपालिका सदस्य हरिमाया विश्वकर्मालगायतले पनि धारणा राखे ।   विद्यालयका संस्थापक प्राचार्य डा. पराजुलीले सर्वसुलभ गुणस्तरीय शिक्षा प्रदान गर्ने मान्यतामा साथ विद्यालय अगाडि बढिरहेको चर्चा गर्दै अभिभावकको सुझाव ग्रहण गरी भवन निर्माण थालिएको स्पष्ट पारे । विद्यालय अध्यक्ष कृष्णमणि भुर्त्यालको अध्यक्षतामा भएको कार्यक्रम समाजसेवी पुरुषोत्तम पराजुलीले संचालन गरेका थिए ।   सोमबार शिलान्यासपछि पत्रकार सम्मेलन गर्दै विद्यालयले आगामी शैक्षिक रणनीतिका बारेमा पनि जानकारी दिएको छ । संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले विद्यालयको २० वर्षको गौरवमय शैक्षिक यात्राबारे जानकारी गराए ।   ‘२०६२ सालमा युवाहरूको पहलमा स्थापित यस विद्यालयको शैक्षिक गुणस्तरीयताबारे हामी गर्वका साथ भन्न सक्छौं कि पोखरा क्षेत्रका साढे दुई सय विद्यालयमध्ये विभिन्न परीक्षामा उत्कृष्ट स्थान हासिल गरी हामी पटक पटक सम्मानित भएका छौँ । ४ जिपिए प्राप्त गर्ने विद्यार्थी उत्पादन भइसकेको छ ।’ – डा. पराजुलीले भने ।   प्राचार्य पराजुलीले विद्यालयले आफ्नो गौरवमय इतिहास र विरासतलाई निरन्तरता दिँदै समावेशी, समतामूलक समाज निर्माणमा विद्यार्थी केन्द्रीत शिक्षा प्रणालीमा विश्वास राख्ने उल्लेख गरे ।   ‘अत्याधुनिक भौतिक संरचना भित्र रहेर नवीनतम् प्रविधिको प्रयोगमा जोड दिँदै अघि बढ्ने क्रममा हामी केवल पाठ्यक्रम र परीक्षा आधारित शिक्षामा मात्र केन्द्रीत रहनेछैनौँ ।  शिक्षण पद्धति अनुसन्धानमूलक र खोज  विधिमा आधारित रहनेछ ।’ उनले थपे – ‘विद्यार्थीलाई जीवनका विभिन्न पक्षमा सक्षम बनाउने हाम्रो मूलभूत उद्देश्य रहनेछ । विश्व बजारमा प्रभुत्व जमाउने गरी भविष्यमा पेशागत हिसाबले सक्षम नागरिक उत्पादन गर्नु मुख्य ध्येय रहनेछ ।’   शान्ति निकेतन स्कुलको नयाँ भवन बागलुङ राजमार्गबाट १०० मिटर भित्र पोखरा ५ को धारापानीमार्गमा निर्माण हुने जनाइएको छ ।     पूरानो भवनमा मन्टेश्वरी तहदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूका लागि पठनपाठन सञ्चालन भइरहेको छ भने नयाँ भवनमा कक्षा ४ देखि कक्षा १२ सम्म पठनपाठन गराउने उनले सुनाए ।   उनले आगामी २०८३ सालदेखि कक्षा १२ सम्मको पाठ्यक्रम विस्तार गरिने सुनाए ।   पराजुलीले भने, ‘लागत बढ्दैमा हामीले शुल्क वृद्धि नगर्ने र समय सापेक्ष शुल्क निर्धारण गर्ने प्रतिबद्धता जनाएका छौं । भूकम्पप्रतिरोधी नयाँ भवनमा अपांगता मैत्री सुविधाहरू, लिफ्ट, अण्डरग्राउण्ड पार्किङ, स्मार्ट क्लासरूम, डिजिटल उपकरणहरू, कम्प्युटर ल्याब, साइन्स ल्याब र वल्र्ड क्लास डिजिटल लाइब्रेरीको व्यवस्था हुनेछ ।’   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमणि भुर्त्यालले पनि विद्यालयका सबै प्रगतिको पक्षमा उल्लेख गर्दै सबैलाई शुभकामना दिएका छन् ।  उनले नयाँ संरचनाले विद्यार्थीलाई जीवनका विभिन्न पक्षमा सक्षम बनाउने र भविष्यमा पेशागत हिसाबले सक्षम नागरिक उत्पादन गर्ने उद्देश्यका साथ शान्ति निकेतन स्कूल अघि बढ्ने बताए ।

चितवन:   नयाँ शैक्षिकसत्र सुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको छ ।   कार्यालय प्रमुख धनबहादुर केसीका अनुसार कक्षा ३ देखि १२ सम्मका ३१ लाख ३४ हजार १०८ थान पुस्तक मौज्दात छन् ।   केन्द्रबाट चितवनसहित छ जिल्लामा पुस्तक जाने गरेको छ । केन्द्रले पूर्वी तनहुँ (देवघाट र खैरहनी गाउँपालिका), रौतहट, बारा, पर्सा मकवानपुर, नवलपरासी (वर्दघाट सुस्तापूर्व) र चितवनमा बिक्री गर्दै आएको छ ।   प्रमुख केसीले भने, “शैक्षिकसत्र सुरु हुनुअघि नै पाठ्यपुस्तक विद्यार्थीको हातहातमा पुर्याउने गरी बिक्री सुरु भएको छ ।” गत वर्ष १४ लाख ७६ हजार ३५९ थान पुस्तक बिक्री भएका थिए ।   गत वर्ष कक्षा ३, ४ र ५ को पाठ्यपुस्तक निजी क्षेत्रले पनि बिक्री गरेका थिए । यो वर्ष कक्षा ३ देखि नै केन्द्रले पाठ्यपुस्तक बिक्री गरेको छ ।