काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

काठमाडौं:    सरकारले देशभरि भिडियो शेयरिङ एप टिकटक चल्न नदिने भएको छ । आज सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । टिकटकमा पछिल्लो समय सामाजिक सद्भाव बिथोलिने गतिविधिहरू बढ्दै गएपछि टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयमा सरकार पुगेको उहाँले बताउनुभयो । मन्त्री शर्माले तत्काल टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिँदै कार्यान्वयनमा जान प्राविधिक रूपमा केही समय लाग्ने बताउनुभयो । यसअघि सरकारले टिकटक मुख्यालयका प्रतिनिधिसँग सामाजिक सद्भाव भड्काउने सामग्री स्वतः हट्ने र त्यस्ता प्रयोगकर्तालाई कारबाही गर्ने विषयमा छलफल गरेको थियो । भारत, अस्ट्रेलिया, बेल्जियम, फ्रान्स, डेनमार्क, क्यानडा, अफगानिस्तान, ताइवान, नेदरल्यान्ड्सलगायतका देशमा पनि टिकटकमाथि प्रतिबन्ध लगाइएको छ ।

बर्दिया:   बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ। गुलरिया नगरपालिका–५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया–६ का २३ वर्षीय बरुण घिमिरेको हत्या भएको हो।  गम्भीर घाइते घिमिरेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए। गएराति दुई समूहबीच झडप भएको थियो। त्यसक्रममा उनीमाथि खुकुरी प्रहार भएको हो। झडपमा संलग्न व्यक्ति फरार रहेका र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पोखरा:   लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीले तनहुँको घिरिङका गीता श्रेष्ठको घर निर्माणका लागी जस्तापाता हस्तान्तरण गरेको छ । घिरिङ गाउँपालिका वडा नम्बर ३ अर्चलकोट का गीता श्रेष्ठको घरको छानो जीर्ण बन्दै गएपछि लायन्स क्लब युनाइटेड चौतारीले घरको छानो पुननिर्माणका लागि जस्तापाता हस्तान्तरण गरेको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथी जोन चियर पर्सन लायन जयराम आचार्यले लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीले सामाजिक काम अन्तर्गत तनहुको घिरिङ गाउँपालिका अर्चलबोट स्थित गीता श्रेष्ठको घरको छानो निर्माणका लागी जस्तापाता हस्तान्तरण गरेकोमा धन्यवाद ब्यक्त गरे । लायन्स क्लबहरुले गर्ने सानो सहयोगले कोही कसैलाई टेवा पुग्ने वताउदै आचार्यले आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । त्यस्तै घरधनी गीता श्रेष्ठले लायन्यस क्लब अफ पोखरा युनाइटेड चौतारीको सहयोगले आफ्नो घरको छानो निर्माण गरिदिएकोमा धन्यवाद ब्यक्त गरे । ढुंगाको छानो रहेको आफ्नो घरको छानो जीर्ण अवस्थामा रहेकोमा लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीको सहयोगमा जस्तापाता हस्तान्तरण गरेर आफुलाई ठूलो गुण लगाएको श्रेष्ठको भनाइ रहेको थियो । सो अवसरमा बोल्दै लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीका अध्यक्ष लायन एक नारायण गौतमले युनाइटेड चौतारीले सामाजिक कार्य अन्तर्गत यसपटक जस्तापाता हस्तान्तरण गरिएको वताए । आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने उनको भनाइ रहेको थियो । क्लबका पूर्व अध्यक्ष तथा डिष्ट्रिक जीएसटी कोअडिनेटर लायन राजु श्रेष्ठको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा डिष्ट्रिक को चिफ लायन सुक बहादुर गुरुङ, घिरिङ गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविका जुनमाया थापा, क्लबका प्रथम उपाध्यक्ष लायन शुसिल बहादुर थापा, सचिव लायन इश्वर शर्मा, सह कोषाध्यक्ष लायन सूर्य उप्रेती, लायन गणेश बहादुर खड्का, सर्भिस चियरपर्सन लायन सिद्धिकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।  

मोरङ:  मोरङको उर्लाबारीमा राती भएको आगलागीमा परि २० जना भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये चार जना प्रहरीहरू पनि छन् ।   राती १० बजेतिर स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी हुँदा घाइते भएकाहरूको विराटनगर र बिर्तामोडका विभिन्न अस्पतालमा उपचार भई रहेको छ ।   लक्ष्मी पूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा प्रहरीसहित घाइते भएको प्रहरीले जनाएको छ ।   घाइतेहरूमध्ये ९ जनालाई विराटनगर, र १० जनfलाई झापाको बिर्तामोडमा उपचारका लागि पठाइएको छ ।   सुन पसलभित्र आगलागी भएपछि घटनास्थल पुगेका सुरक्षाकर्मी र स्थानीयले सटर खोल्दा आगोले पोलेर घाइते उनीहरू घाइते भएका थिए । घाइते मध्य केहीको अवस्था गम्भीर छ ।   घटनाबारे विस्तृत विवरण आउन समय लाग्ने मोरङ प्रहरीले जनाएको छ । आगो लागेको करिब ३ घण्टापछि मध्यरात १२ बजे नियन्त्रणमा आएको छ ।

नवलपुर:   नवलपुरको देवचुली नगरपालिका-८ मुण्डेमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ । घाइते एक जनाको पनि चितवनमा उपचारको क्रममा केहीबेर अघि मृत्यु भएपछि मृतकको सङ्ख्या सात पुगेको नवलपुर प्रहरीले जनाएको छ । बिहान बुलिङटारबाट कावासोतीका लागि छुटेको ग १ ज ३२७० नम्बरको जीप एसमोडको एउटा घरमा ठोक्किएर दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृतकमध्ये ६ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा बौदीकाली गाउँपालिका –६ का जिपचालक २९ वर्षीय छनबहादुर आले, सोही ठाउँका ५२ वर्षीया कुमारी राना, ५५ वर्षीया टेकमान वानटक्की, ४५ वर्षीया कमला वानटक्की, बुलिङटार गाउँपालिका –४ का १२ वर्षीया करिश्मा ठाडा र मध्यविन्दु नगरपालिका २ मदनपुरका १८ वर्षीय चिरन अर्याल रहेको नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए । अन्य एक जनाको अझै पहिचान खुलेको छैन ।   

नवलपुर:    नवलपुरको देवचुली नगरपालिका –८ मुण्डेमा जीप दुर्घटना हुँदा मृत्यु भएका ६ मध्ये चार जनाको पहिचान खुलेको छ । बिहान बुलिङटारबाट कावासोतीका लागि छुटेको ग १ ज ३२७० नम्बरको जीप एसमोडको एउटा घरमा ठोक्किएर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा बौदीकाली गाउँपालिका –६ का जिपचालक २९ वर्षीय छनबहादुर आले, सोही ठाउँका ५२ वर्षीया कुमारी राना, ५५ वर्षीया टेकमान वानटक्की, बुलिङटार गाउँपालिका ४ का १२ वर्षीया करिश्मा ठाडा रहेको नवलपुरका प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।  अन्य दुई जनाको अझै पहिचान खुलेको छैन । मध्यविन्दु नगरपालिका –२ मदनपुरका १८ वर्षीय चिरन अर्यालको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीपमा ७ जना सवार रहेकोमा एक जना गम्भीर घाइते भएको पौडेलले बताए । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डण्डा लगिएको छ । 

गोरखा:    गोरखामा आगलागीमा परेर दुई जनाको मृत्यु भएको छ ।  धार्चे गाउँपालिका वडा नम्बर १ केरौंजास्थित हुल्चुकमा आगलागीमा परेर आमा छोराको मृत्यु भएको हो। ७८ वर्षीया कान्छी गुरूङ र उनका छोरा ५३ वर्षीय चनारसिंङ गुरूङको आगलागीमा परेर मृत्यु भएको वडाध्यक्ष राम सिंङ गुरूङले सेतोपाटीलाई बताए। शनिबार बेलुकी करिब १० बजेतिर कान्छीको घर आगलागी भएको थियो। ‘अगेनामा आगो बालेर सुतेका कारण घर जलेको हुन सक्ने अनुमान गरिएको छ,’ उनले भने, ‘दुवैको शव घरभित्रै फेला परेको छ।’ घटनास्थलमा प्रहरीहरू पुगिसकेको उनले बताए। आगलागीले घर पूर्ण रूपमा क्षति भएको छ।

नवलपुर:    नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ८ मुण्डेमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।  बिहान बुलिङटारबाट कावासोती आउँदै गरेको जीप गोरे घुम्तीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए । मृतकमध्ये तीन महिला तीन पुरुष छन् । जीपमा ७ जना सवार रहेकोमा एक जना गम्भीर घाइते भएको पौडेलले बताए । मृतकको पहिचान खुलेको छैन । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल डण्डा पठाइएको छ । 

मुगु: एउटै परिवारका ४ जनाको हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा छायाँनाथ रारा नगरपालिका–७ पिना घर भई हाल बाँके बैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने ३१ वर्षीय काले भन्ने गोर्ख राज शाही र छायाँनाथ रारा नगरपालिका–६ मन्दु बस्ने ३१ वर्षीय गोपाल बहादुर बोहोरा रहेका छन् ।    छायाँनाथ रारा नगरपालिका–६ मन्दु बस्ने श्रीदेवी बोहोरा, उनकै छोराहरू ११ वर्षीय मनोज बोहोरा, ५ महिनाको रहर बोहोरा र उनकै छोरी ७ वर्षीया अप्सरा बोहोराको कात्तिक ८ गते राति आफ्नै घरमा हत्या भएको थियो ।   केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंज काठमाडौं, कर्णाली प्रदेश प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेत र जिल्ला प्रहरी कार्यालय मुगुबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले गोर्ख राज शाहीलाई लुकीछिपी बसेको अवस्थामा सोमबार दिउँसो सुर्खेत वीरेन्द्रनगर नगरपालिका–५ पञ्चकोशी टोल र गोपाल बोहरालाई गत शुक्रबार उनकै घरबाट पक्राउ गरेको हो ।    गोपाल बोहोरा बैदेशिक रोजगारीको लागि कतार गएकोमा राम्रो काम नपाई २ वर्ष बसेर नेपाल फर्किएको र श्रीदेवी बोहोराको श्रीमान दीपक बोहोराले कतारमा राम्रो कम्पनीमा काम गरेको उक्त कम्पनीमा काम गर्ने गरी आफूलाई समेत भिषा पठाइदिन आग्रह गरेको तर दीपकले सो कुरा अस्वीकार गरेकोले रिसइबीका कारण दीपकको परिवारको हत्या गर्ने योजना बनाएको खुल्न आएको छ ।     प्रहरीका अनुसार गोपालले गोर्ख शाहीलाई भेटी श्रीदेवी बोहोरासँग भएको सुन तथा नगद लुटपाट गर्ने सल्लाह गरी श्रीदेवी आफ्नो छोराछोरीसहित माइतीघरबाट फर्केर घरमा आई खाना खाई बसेकोका थिए ।   त्यसपछि गोपाल र गोर्खले घरबाहिरबाट ढोका खोल्न लगाई घरभित्र प्रवेश गरी धारिलो हतियार खुकुरीले टाउको र घाँटीमा प्रहारी गरी उनीहरूको हत्या गरी श्रीदेवीले कानमा लगाएको २.५ तोलाको सुनको रिङ, २५ लालको सुनको तिलहरी र मोबाइल १ थान लुटेर भागेका थिए ।    पक्राउ परेका दवैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।