काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।  पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री ...

पोखराः  पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरू गरेको छ। दुर्घटना जाँच आयोगले आजदेखि काम सुरू गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। उनका अनुसार विमानको ‘ब्ल्याक बक्स’ आज बिहान भेटिएको छ। ब्ल्याक बक्स आयोगलाई बुझाइसकिएको छ। ब्ल्याक बक्स विमान दुर्घटनाका कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ। ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइस रेकर्ड’ हुन्छ। सरकारले आइतबार दुर्घटनामा परेको यती एयरलाइन्सको विमानको दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो। आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे छन्।  साथै सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला ९अवकाशप्राप्त उपरथी० र सुनिल थापा ९अवकाशप्राप्त क्याप्टेन० तथा हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापा छन्। आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्। दुर्घटनाका कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरिएको हो। आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ।  आयोगले दुर्घटनाका कारण पहिचान गर्नुका साथै आगामी दिनमा त्यस्ता दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ। गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गरिएको हो।

पोखराः   पोखरामा आइतबार विमान दुर्घटनामा ज्यान गुमाएका ३८ जनाको सनाखत भएको छ । पोखरामा आइतबार यती एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको परिवार तथा आफन्तको सहयोगमा सनाखत गरिएको हो ।  सनाखतमा हुनेमा १६ महिला र २२ पुरुष रहेका छन् । फेला परेकामध्ये सनाखत भइसकेका शवको पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तयार छन् ।  पोर्टमार्टमका लागि ७ सदस्यीय राष्ट्रिय टोली गठन गरिएको छ डाक्टर भरत खत्रीका अनुसार सो टोलीमा पोखराका ५ जना र काठमाडौंका २  जना डाक्टर रहेका छन् ।  काठमाडौंका २ जना डाक्टर पोखरा आइपुगेकाले आवश्यक प्रक्रिया पुरा भइसकेको डाक्टर भरत खत्रीले बताए । उनले काठमाडौंका २ जना डाक्टर पोखरा आइपुगेकाले अब पोष्टमार्टम गर्ने बताए ।  ‘काठमाडौंबाट आउनुहुने २ जना डाक्टर पोखरा आइपुग्नु भएको छ । सबै प्रक्रिया पुरा भइसकेका छन्’, डाक्टर खत्रीले भने, ‘पोष्टमार्टम गर्न मिल्ने जति गरेर आफ्ना आफन्तलाई बुझाउन तयार छौं ।’  उनले हालसम्म फेला परेका शवलाइ नम्बर किटान गरेर राखिएको बताए ।  ‘हामीले सुरुदेखि ल्याएका शवलाई नम्बरिङ गरेका छौं, त्यो मध्ये पहिचान गर्न  सक्ने जतिलाई यहि गर्छाै र आफन्तलाई जिम्मा लगाउँछौ’, उनले भने, ‘बाँकी सबैलाई हेलीमार्फत काठमाडौं पठाउने व्यवस्था गरेका छौं ।’ उनका अनुसार सनाखत हुन नसकेका शव, चालकदलका सदस्यहरु र विदेशी नागरिकका शवलाई पोष्टमार्टम र डिएनए परिक्षणका लागि काठमाडौं पठाइने छ ।     

पोखराः  पोखरामा आइतबार दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज विहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिए । ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ । प्रवक्ता निरौलाका अनुसार ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइएको छ । उक्त ब्ल्याक बक्स आजै काठमाडौँ ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको भनाइ छ ।

काठमाडौंः    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ ।       बालकोटस्थित ओली निवासमा आज बिहान १०ः२० बजे पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच वर्तमान राजनीतिक परिवेश र मन्त्रिपरिषद् विस्तारबारे छलफल जारी रहेको बताइएको छ ।       पुस २६ मा प्रतिनिधि सभाबाट विश्वासको मत लिएपछि प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा हुनुहुन्छ । आइतबार साँझ पनि उहाँहरुबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।      आजको भेटमा ओली–प्रचण्डबीच मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति र सभामुख निर्वाचनलगायत विषयमा छलफल भइरहेको ओलीको सचिवालयले जानकारी दिएको छ । आउँदो बुधबार हुने सभामुख निर्वाचन नजिकिएसँगै भेटवार्ता पनि बाक्लिएको देखिएको छ ।

पोखराः   पोखरामा आइतबार बिहान भएको विमान दुर्घटनाको आज पनि बिहानैदेखि उद्धार तथा बेपत्ताको खोजी कार्य सुरु भएको छगरेको । सुरक्षाकर्मीको टोली बिहानैदेखि उद्धार कार्यमा लागेको हो ।  आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन–एन एएनसी एटीआर ७२–५०० विमान अवतरणअघि दुर्घटना भएको थियो । विमानमा चालक दलका चार जना सदस्यसहित ७२ जना सवार रहेकोमा आइतबार साँझसम्म ६८ जनाको मृत्यु  भएको पुष्टि भएको छ भने अन्य बेपत्ता छन् । दुर्घटना स्थलमा केही शव जस्तो देखिए पनि भौगोलिक कठिनाइका कारण निकाल्न नसकिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले बताए ।  

पोखराः   पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परेका पाइलट कमल केसीको निधनले यतिखेर कास्कीको रुपा गाउँपालिका शोकमा डुबेको छ । केसीको निधनले परिवारजन त साह्रै पीडामा छन् नै आफ्नो गौरव गुमाउनु पर्दा उहाँको जन्मस्थान पोल्याङवासी र गाउँपालिकावासी मर्माहत भएका छन् । केसीको रुपाको पोल्याङमा २०१९ सालमा जन्म भएको थियो । कमललाई विद्यालयमा प्राथमिक शिक्षा प्रदान गर्नुभएका उहाँका गुरु अग्रज पत्रकारसमेत रहनुभएका बद्रीविनोद प्रतीक आफूलाई आजको दिनमा कमलको दुःखद निधन सुन्नुपर्दा मर्माहत बनाएको बताउनुभयो । कमलले हालको रुपा गाउँपालिका–१ को जटेश्वर माविमा कक्षा ५ सम्मको अध्ययन गर्नुभएको प्रतीकले बताउनुभयो । उहाँले भन्नुभयो, “कमल कक्षामा जहिले पनि प्रथम हुन्थे । सानैदेखि मेहनती र अनुशासित थिए । आफूले प्राथमिक शिक्षा प्रदान गरेको एकजना शिष्य र देशकै कुशल पाइलट गुमाउँदा असाध्यै पीडा भएको छ ।”  पाइलट बनेपछि समेत केसीसँग पटक पटक भेटघाट हुने गरेको प्रतीकले सुनाउनुभयो । “भेट्दाखेरि जहिले पनि सम्मान र आदर गर्थे । सञ्चो बिसन्चो सोधपुछ गर्ने गर्दथ्यौँ । उनले चलाएको जहाज दुर्घटनामा परेको सुनेदेखि नै दिनभरि कसैसँग बोल्न पनि सकिनँ ।” उमेरले छ दशक पुगेका केसी अनुभवी पाइलटका रूपमा परिचित हुनुहुन्थ्यो । पछिल्लो समयमा सन् २०२३ को जनवरी १ देखि सञ्चालनमा आएको पोखराको नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान अन्तर्गतको पहिलो विमान अवतरण गराएका केसीसँगसँगै यात्रा गरेका पोखरेली पर्यटन व्यवसायी एवं सञ्चारकर्मी यतिखेर झलझली सम्झिएका छन् ।  केसी रुपा गाउँपालिकाबाट पहिलो पाइलट बन्नुभएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो । “उहाँकै प्रेरणाबाट पछि रुपाबाट अरू पनि पाइलट बन्नुभएको छ”, उहाँले भन्नुभयो, “केसीको निधन हाम्रा लागि अपूरणीय क्षति हो ।”  

काठमाडौंः   माघ महिनाको पहिलो दिन आज बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यू, चाकु खाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति अर्थात् माघ १ गते मकर ९माघे० सङ्क्रान्तिका नाममा वैदिक सनातन हिन्दू धर्मावलम्बीले सनातनदेखि कुल परम्परामा चलेको चलनअनुसार यो पर्व मनाउँदै आएका छन् । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा क्रमशः रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लागेको थियो ।  तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । वर्षभर ननुहाउनेले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् ।  धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताउनुभयो । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित  पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।  जाडो महीनामा घ्यू, चाकु, चरुल, लड्डु, तिलौरी जस्ता परिकार खाँदा न्यानो हुनाका साथै स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले यो पर्वलाई मानव स्वास्थ्यसँग समेत जोडेर हेर्ने गरिन्छ । घ्यू, चाकु, तरुल, लड्डु, तिलौरी जस्ता परिकारले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन पनि सहयोग गर्ने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहुन्छ । 

काठमाडौं:  सोमबार राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह मनाउन लागिएकामा पोखरामा विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिइएकाले स्थगित गरिएको छ । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा भोलि (सोमबार) देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरिएको थियो । सरकारले राष्ट्रिय शोक घोषणा गरी बिदा दिएकाले प्रधानमन्त्री, गृहमन्त्रीलगायत आउने कार्यक्रम स्थागित गरिएको प्रचारप्रसार उपसमितिको सदस्यसचिवसमेत रहनुभएका भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले  जानकारी दिनुभयो । ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नाराका साथ दिवस मनाउने तयारी भएको थियो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भविष्यमा आउनसक्ने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको थियो । सोमबार स्थगित गरिएको कार्यक्रम एक हप्ताभित्र गरिने जनाइएको छ । दिवसका अवसरमा मूल समारोह समितिले सोमबार कमलपोखरी क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा गृह मन्त्रालय, विभाग, काठमाडौं महानगरपालिका, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट), नेपाल रेडक्रस सोसाइटीलगायत संस्थाको सक्रियतामा जनचेतनामूलक कार्यक्रम गरी मनाउन लागेका थिए ।  यस अवसरमा भूकम्पबाट सुरक्षित हुन जागरण फैलाउने उद्देश्यले प्रदर्शनीको समेत आयोजना गरिने जनाइएको छ । प्रदर्शनी भने मङ्गलबारदेखि गरिने जनाइएको छ । दिवसका अवसरमा विभिन्न संस्थाले पुस १५ गतेदेखि नै जनचेतना जगाउने किसिमका कार्यक्रमको आयोजना गरिरहेका छन् ।   विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले करिब नौ हजार मानिसको ज्यान लियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए । नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्‍यायो । अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो ।

पोखराः यति एयसलाइन्सको दुर्घटनामा परि मृत्यु भएकाहरुको शव पहिचान गरी भोली परिवारजनलाई बुझाइने भएको छ ।    जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार पहिचान भएका शवहरु पोखराबाटै परिवारजनको जिम्मा लगाइनेछ ।    त्यस्तै, पहिचान हुन नसकेका शव काठमाण्डौं लगेर डीएनए परीक्षण गर्ने कार्यालयबाट जानकारी दिइएको छ । हाल शवहरु पोखरा विज्ञान प्रतिष्ठानमा राखिएकाे छ ।     जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको सूचना अनुसार ६९ शव भेटिएको छ भने बाँकी ३ शवको खोजी कार्य जारी छ ।