जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

बिर्तामोड:  झापाको गौरादह नगरपालिका वडा न.१ जनता माध्यमिक विद्यालयस्थित भित्री बाटोमा भएको सवारी दुर्घटनामा घाइते भएका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ ।  बसले दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे.१ ख २६७६ न.को माउन्ट एभरेस्ट बोर्डिङ स्कुलको बसले पैदल यात्री सोही स्थानकी ७२ बर्षीया तुलसा दाहाललाई बिहीबार दिउसो ३ बजे ठक्कर दिएको थियो ।  ठक्करबाट घाइते भएकी दाहाललाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा बिहीबार राती ९ बजेर १५ मिनेटमा  मृत्यु भएको हो ।  बस र बस चालक गौरादह नगरपालिका वडा न २ का ३७ वर्षीय अमरलाल ताजपुरिया प्रहरीको नियन्त्रणमा रहेको र उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

रुपन्देही:  लुम्बिनी प्रदेशमा एउटा मन्त्रालय घटाइएको छ ।  पहिलो मन्त्रिपरिषद बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो । माओवादी केन्द्रका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएपछि मन्त्रालयको संख्या बढाएर १३ पु¥याएका थिए । नवनियुक्त मुख्यमन्त्री लिला गिरीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले एक मन्त्रालय घटाएर अब १२ बटा मन्त्रालय मात्र बनाउने निर्णय गरेको हो । अब लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, ग्रामिण, सहरी विकास तथा खानेपानी मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन तथा संस्कृती मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कृषि तथा सहकारी मन्त्रालय र श्रम, यातायात तथा भूमि व्यवस्था मन्त्रालय रहनेछन् । मन्त्रिपरिषद्को पहिलो बैठकले सरकारको प्रवक्तामा मन्त्री चेतनारायण आचार्यलाई तोक्ने निर्णय गरेको छ । उनी नेकपा एमाले संसदीय दलका उपनेता हुन् । बैठकले समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेशको दीर्घकालीन सोच र लक्ष्य प्राप्तिलाई केन्द्रविन्दुमा राखेर प्रदेश र जनताको बृहत्तर हितमा सरकारको सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ । संघीय शासन प्रणालीको मर्म अनुसार प्रदेशबाट प्रवाह गर्नुपर्ने सेवा र सम्पादन गर्नुपर्ने कार्यहरुमा सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्त अवलम्बन गरी कानुनी शासनको प्रत्याभूति गर्ने निर्णय सरकारले गरेको छ । 

हेटौँडा:  मकवानपुरको मनहरी गाउँपालिका ९ ज्यामिरे भलादमी चोकस्थित पूर्वपश्चिम सडक खण्डमा सवारी साधन दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । गए राति ना ३९ प १४३९ न।को स्कुटर दुर्घटना भएपछि गम्भीर घाइते भएका तीन जनालाई उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  विपरीत तर्फबाट आइ रहेको गाडीले ठक्कर दिएर फरार भएपछि खोजी गर्न माग गर्दै स्थानीयले सडक अवरुद्ध गरेको थियो । चार घण्टा पछि सहमति हुँदा सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।  स्कुटर दुर्घटना अवस्थामा रहेको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मनहरिबाट गएको प्रहरी टोलीले तीन जना गम्भीर घाइते अवस्थामा फेला पारी उपचारको लागी चितवन पठाइएको थियो । दुर्घटनामा परी घाइते भएका मनहरी गाउँपालिका ८ सिमपानी  बस्ने वर्ष करिब ३२ का मिलन मोक्तान र मकवानपुर राक्सिराङ गाउँपालिका ३ लावतीका वर्ष करिब ३२ का  रुपेश तामाङलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएकोमा अस्पताल पुग्नासाथ डाक्टरले मृत घोषणा गरेका थिए । यस्तै मनहरी गाउँपालिका ८ सिमपानी  बस्ने वर्ष करिब ३२ का धर्मराज मोक्तान पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको अवस्था गम्भीर रहेकोमा शुक्रवार बिहान ३ः३५ मा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त घट्नापछि ठक्कर दिने सवारीको पहिचान गरी नियन्त्रणमा लिन माग गर्दै स्थानीय करिब ४०÷५० जना भेलाले राजमार्ग अवरोध गरेका थिए । प्रहरीले दुर्घटनाको कारण नखुलेको, स्कुटर पूर्ण रूपमा क्षति भएका र घटनास्थल हेर्दा कुनै सवारी साधनले ठक्कर दिएको जस्तो देखिएको भन्दै अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

काठमाडौंः    नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको छ। लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौं आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप थियो । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

म्याग्दी:  प्रमुख राजनीतिक दलका नेताहरुले आफ्नो प्रतिवद्धताअनुसार काम गरे देश बन्ने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनुभएको छ । सातौं म्याग्दी महोत्सव–२०७९ को उदघाटन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “गएको स्थानीयतह निर्वाचन र आम निर्वाचनमा राजनैतिक दलहरुले जारी गरेको प्रतिबद्धता मात्रै पूरा गरेमा मुलुक समृद्ध बन्छ ।” अहिले मुलुक विकास र समृद्धिको मार्गमा अगाडि बढेको बताउँदै तिमिल्सिनाले दलहरुको प्रतिवद्धता व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।  देशमा सुशासन, पारदर्शीता, बिधिको सासन र भ्रष्टाचार अन्त्य हुनु पर्ने उहाँको भनाइ छ । संविधानसभाबाट संविधान बनेको र त्यसपछिका बिधिहरु अगाडि बढेकाले मुलुकको नेतृत्व गर्नेले कार्यान्वयनमा लानु पर्ने उहाँले बताउनुभयो ।  उद्योग ब्यापार र कलाको विकास गरौं संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवर्धन गरौं भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव उदघाटन गर्दै अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘विदेशमा रोजगार गर्नेलाई स्वदेशमै रोजगारी गर्ने वातावरण बनाउन राजनीतिक दलको प्रतिबद्धता पूरा हुन आवश्यक छ ।’ कालिगण्डकी करिडोर देशभरीकै महत्वपूर्ण योजना भएकाले सबैले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । मालढुङ्गा बेनी १३ किलोमिटर सडक ९९ करोड बजेटको कार्यक्रम भएको उहाँले चर्चा गर्नुभयो । टेण्डर प्रक्रिया पूरा भएर अगाडि बढेको भए पनि काम चुस्त हुन नसकेको उहाँको गुनासो छ ।  कालिगण्डकी करिडोर सडक आयोजनाको कोरला नाकासम्म पनि पुगेको बताउँदै तिमिल्सिनाले कोरला नाका सञ्चालनका लागि पहल गरिनु पर्ने बताउनुभयो । अपर मुस्ताङको नाका खुल्दा अन्तरदेशीय ब्यापार हुने बताउँदै नेपाल र चीन मात्रै नभएर नेपाल भारत र चीनको त्रिदेशीय नाकाको रुपमा कोरलाको बिस्तार भइरहेको बताउनुभयो । भन्सारका लागि सरकारले जग्गा पाएकाले अब काम चाँडै हुने विश्वास व्यक्त गर्नुभयो ।   बेनी–जोमसोम–कोरला कालिगण्डकी सडक आयोजनाको प्रमुखलाई नै सँगै लिएर आफू कोरला नाकासम्म पुगेकाले सडकले तिब्रता पाउने उहाँको भनाइ छ । अध्यक्ष तिमिल्सिनाले करिडोरको म्याग्दी खण्डमा भौगोलिक कारणले केही समस्या भएको बताउनुभयो । 

काठमाडौं:  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्व व्यापीरुपमा देखा परेको समस्या समाधान गर्न सामूहिक पहल जरुरी रहेको बताउनु भएको छ।  भ्वाइस अफ साउथ समिटअन्तर्गत अर्थमन्त्रीहरुको सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै उपप्रधान तथा अर्थमन्त्री पौडेलले  यस्तो विचार व्यक्त गर्नुभएको हो।  उहाँले कोभिड–१९ को महामारीपछि विश्वव्यापी रुपमा आर्थिक मन्दीको संकेत देखिराखेको र त्यससँग जुध्न सामूहिक पहल गर्ने यो उपयुक्त समय भएको बताउनु भएको हो। मानव विकास र आर्थिक वृद्धि सँगसँगै हुने उल्लेख गर्नु हुँदै अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘‘नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने बाटोमा छ। हामी समुद्ध नेपाल, सुखी नेपालीको मुद्दालाई अगाडि बढाउन केन्द्रित छौं।’’ आर्थिक रुपान्तरणका लागि नेपालले पूर्वाधार, शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाजस्ता क्षेत्रलाई प्राथमिकता दिएको  र  दिगो विकास लक्ष्य हासिल गर्न सन् २०१६ देखि २०३० सम्मको अवधिमा वार्षिक ५८५ रुपियाँ अर्ब वित्तीय अभाव भएको उहाँको भनाइ छ। ‘‘सन् २०१९ लाई आधार वर्ष मान्दा यो कुल गार्हस्थ्य उत्पादनको १२।८ प्रतिशत हुन्छ। यो  कोभिड१९ महामारी पूर्वको अनुमान भएकाले हाल यो वित्तीय अभाव बढ्न सक्छ, उपप्रधान तथा अर्थमन्त्रीले भन्नुभयो।  उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘‘वित्तीय अभावलाई सम्बोधन गर्न हामीले उपयोगी उपकरणका रुपमा वित्तीय स्रोतका विभिन्न स्वरुपको समिश्रण गर्नुपर्दछ। नेपालले द्विपक्षीय र बहुपक्षीय  विकास साझेदारसँग सहयोगात्मक  सम्बन्ध  राखेको छ।’’ उपप्रधान तथा अर्थमन्त्री पौडेलले नेपालका विकास योजना र कार्यक्रम कार्यान्वयन गर्न पुर्‍याएको सहयोगप्रति आभार व्यक्त  गर्नुभयो।  नेपाल विकास वित्तका दायरा विस्तार गर्न दक्षिण–दक्षिण र त्रिकोणीय सहयोगबाट लाभ  प्राप्त गर्न इच्छुक रहेको बताउनुहुँदै उहाँले आर्थिक तथा सामाजिक विकासमा निरन्तर सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिनुभयो। नेपालमा हामी वित्तीय सेवामा पहुँच फराकिलो बनाउने काम गरिराखेका जानकारी गराउनुहुँदै उपप्रधान पौडेलले विद्युतीय वित्तीय सेवाको प्रयोगमा उत्प्रेरित गर्नका लागि कार्यक्रम लागू गरेको जानकारी दिनुभयो।  नेपालको राष्ट्रिय वित्तीय समावेशीकरण रणनीति तयार हुँदै गरेको जानकारी गराउनुहुँदै उहाँले वित्तीय समावेशिकरण तथा डिजिटलाइजेशनमा भारतले ठूलो सफलता हासिल गरेको  र भारतको सफलताको कथाबाट सिक्न र नेपालको सन्दर्भमा कार्यान्वयन गर्न इच्छुक रहेको धारणा व्यक्त गर्नुभयो।  समिटमा नेपाल, भारत, श्रीलंका, कोलम्बियालगायत १५ देशका अर्थमन्त्रीको सहभागिता छ।

धनगढी:  नेपाल प्रेस युनियनको सुदूरपश्चिम प्रदेश समिति अध्यक्षमा  पत्रकार मनमोहन स्वाँर निर्विरोध निर्वाचित हुनुभएको छ । धनगढीमा भएको प्रदेश समितिको प्रथम अधिवेशनबाट उहाँ अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो ।  यसैगरी, युनियनको खुला उपाध्यक्षमा टेकेन्द्र देउवा, महिला उपाध्यक्षमा गीता कुँवर, समावेशी उपाध्यक्षमा जगत खड्का निर्विरोध निर्वाचित हुनुभएको छ । महासचिवमा हरिश भट्ट, खुला सचिवमा राजेन्द्रबहादुर रोकाया, महिला सचिवमा बन्दना बम, समावेशी सचिवमा भीमबहादुर चौधरी र कोषाध्यक्षमा वीरबहादुर गडाल निर्विरोध चयन हुनुभएको छ ।  खुला सदस्यमा टेकबहादुर कुँवर, दीपक भण्डारी, हर्कबहादुर विष्ट, केशवदत्त भट्ट र चन्द्रप्रसाद खनाल चयन हुनुभएको छ । यसैगरी, महिला सदस्यमा कुमारी लक्ष्मी बम, सरस्वती भाट, करुणा जोशी, डालीकुमारी पाण्डेय निर्विरोध निर्वाचित हुनुभएको छ ।  दलित सदस्यमा लक्ष्मण विक, आदिवासी जनजाति सदस्यमा विनिता चौधरी, प्रेमकुमार चौधरी, मधेसी सदस्यमा रामदास राना, सागर कुश्मी, यौनिक अल्पसङ्ख्यक अपाङ सदस्यमा धनबहादुर बोहरा र पदम भाट गाउँले निर्विरोध निर्वाचित हुनुभएको छ । यसैगरी, लेखा समिति संयोजकमा कृतबहादुर विष्ट, सदस्यमा नवराज पनेरु र गगन अयडी निर्विरोध निर्वाचित हुनुभएको छ । 

सप्तरी:  सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या तीन पुगेको छ । राजविराज नगरपालिका(११ झल्लहीमा आज रामजानकी मन्दिरका ९२ वर्षीय महन्थ बालगोविन्द दासको चिसोका कारण कठ्याग्रिएर मृत्यु भएको हो । राति खाना खाएर सुतेका उनको चिसोले कठ्याग्रिएर मृत्यु भएको राजविराज नगरपालिका वडा नम्वर ११ का वडाध्यक्ष उदित यादवले जानकारी दिनुभयो । यसैगरी सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ बेल्हामा सोमबार चिसोले कठ्यांग्रिएर ६५ बर्षीय कपलेश्वर सदा रहेको मृत्यु भएको छ । यसअघि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षिय देवु सदाको चिसोले कठ्याग्रिएर मृत्यु भएको थियो । बिगत केही समय यता सप्तरी सहित तराईका जिल्लाहरुमा बढेको अत्यधिक चिसोका कारणले यहाँको जनजीवन निकै कष्टकर बन्दै गइरहेको छ । चिसो बढेपछि जिल्लाका अधिकाश पालिकाहरुले केही दिनको लागि सामुदायिक तथा संस्थागत विद्यालय समेत बन्द गरेका छन् ।(

बुटवल:  लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोेपनियताको शपथ लिएका छन् । प्रदेश राजधानी दाङको देउखुरीस्थित प्रदेश प्रमुखको सम्पर्क कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई शपथ दिलाएका हुन् । लगत्तै शेरनले २ जना बिना विभागीय मन्त्रीलाई पनि शपथ गराएका छन् । मुख्यमन्त्री गिरीले नेकपा एमालेबाट अर्घाखाँचीका चेतनारायण आचार्य र सत्ता साझेदार माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसीलाई मन्त्री नियुक्त गरेका थिए । यसअघि माओवादी केन्द्रबाट संसदीय दलका नेता जोखबहादुर महरा मन्त्री नियुक्त हुने चर्चा भए पनि मन्त्रालय टुंगो नलागेपछि उनले बिना विभागीय मन्त्री बन्न इन्कार गरेका छन् । रुपन्देही २ को प्रदेश सभा १ बाट निर्वाचित नेकपा एमालेका गिरी प्रदेश सभाका १० मध्ये ७ दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा संविधानको धारा १६८ को २ अनुसार बुधबार मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री गिरीले मन्त्री परिषद विस्तार गर्न थप समय लाग्ने बताएका छन् ।