कुस्मा । कर्णाली प्रदेशका एथ्लेटिक्स प्रशिक्षक हरिबहादुर रोकाया नवौँ राष्ट्रिय खेलकुदबाट त्यति धेरै सन्तुष्ट छैनन् । कर्णालीका दुई खेलाडीले मात्र यसपाली स्वर्णपदक जिते । पुरुष तीन हजार मिटर दौडमा दुर्गाबहादुर बुढाले आफ्नो प्रदेशका लागि स्वर्ण जिते । बुढा पाँच हजार मिटर दौडमा सेकेण्डले मात्र स्वर्णबाट चुके । यस्तै पुरुष उसुतर्फ नान छ्वान अलराउण्डमा कर्णालीका लागि दीपक हमालले स्वर्णपदक जिते । उनी १८ दशमलव ५४ स्कोर गर्दै च्याम्पियन बने । हमालले पुलिस क्लबका शनी श्रेष्ठलाई पछि पारेका थिए । प्रशिक्षक रोकायाले अझ धेरै स्वर्ण पदकको आश गरेका थिए । उनी खेलाडीभन्दा पनि बढी बेचैन भेटिए । मधेस–प्रदेशका सहायक कराते प्रशिक्षक राजेश गुप्ता भने आफ्ना खेलाडीबाट सन्तुष्ट छन् । नवौँ राष्ट्रियमा उनले रजत पदकसम्मको आश गरेका थिए । तर एउटा मात्र कास्यपदक प्राप्त भयो । पुरुष ६७ किलो तौल समूहमा मधेसका कृष्ण महतोले कास्य प्राप्त गर्न सफल भए । महतो सिरहाबाट छनोट भएर नवौँ राष्ट्रिय खेल्न पर्वत आएका थिए । उनी प्रशिक्षक गुप्ताका उत्पादन हुन । खासमा गुप्ता सिरहाका कराते प्रशिक्षक हुन् । उनी मधेस प्रदेशको कराते टोली ल्याएर कुस्मा आएका थिए । “मधेस प्रदेशबाट २९ खेलाडी सहभागी भएका थिए”, प्रशिक्षक गुप्ताले भने, “एउटा खेलाडी मात्र पदक प्राप्त गर्न सफल भए, म सन्तुष्ट छु ।” सहभागी खेलाडीमा पुरुष १६ र महिला १३ जना थिए । विभागीय टोलीको दबदबा रहेको नवौँ राष्ट्रिय मधेस मात्र होइन अन्य प्रदेशले पनि धेरै पदक जित्न सकेनन् । “मधेसका सबै जिल्लामा प्रशिक्षण छैन, केही ठाउँमा प्रशिक्षण दिने गरे पनि नियमित भने छैन”, प्रशिक्षक गुप्ताले भने, “समग्रमा करातेमा प्रदेशको अवस्था कमजोर छ ।” गुप्ताले देशका अरु धेरै सहायक प्रशिक्षक जस्तै २०५२ सालमा करार जागिर खाएका हुन् । उनी २०६१ सालमा स्थायी भए । उनी २७ वर्षदेखि सहायक प्रशिक्षकका रुपमा कराते खेलाडी उत्पादन गरिरहेका छन् । सिरहाको लहान नगरपालिका–७ घर भएका गुप्ताले २०४६ देखि कराते खेल्न थालेका हुन् । त्यतिबेला उनी कक्षा १० मा पढ्थे । उनले ६० किलो तौल समूहमा राष्ट्रिय, क्षेत्रीय र जिल्लास्तरीय प्रतियोगिता खेले । करार प्रशिक्षकमा कार्यरत छँदा पनि २०५७ सालसम्म गुप्ताले कराते प्रतियोगिता खेले । “चप्पलमै खेले, जुत्ता किन्न पैसो थिएन”, गुप्ताले विगत सुनाए । उनले कराते सिकेको खेलको खुला मैदानमै हो । कभर्डहलको त कल्पना नै गर्न सकिन्नथ्यो । “अहिले लहानमा मात्र कभर्डहल छ, कराते अभ्यास गराउन पालो नै आउदैन’’, उनले भने, ‘‘ब्याडमिन्टन खेल्नेको भीड हुन्छ, हामीभित्र पस्नै सक्दैनौँ ।” यसपाली नवौँ राष्ट्रियमा सिरहाबाट मात्रै १७ कराते खेलाडी छनोट भए । छनोट हुनेमा सात महिला र १० पुरुष थिए । सिरहा वरपरका जिल्लाबाट न्यून सङ्ख्यामा खेलाडी छनोटमा परे । ती जिल्लामा प्रशिक्षक नभएर खेलाडी छनोट हुन सकेका भने होइनन् । “सप्तरी र सर्लाहीमा चार चार, महोत्तरीमा तीन, धनुषा र बारामा दुई÷दुई तथा पर्सामा एक प्रशिक्षक छन्”, गुप्ताले जानकारी दिए । रौतहटमा भने कराते प्रशिक्षक छैनन् । यसपाली नवौँ राष्ट्रियमा सप्तरीबाट दुई, धनुषाबाट एक, महोत्तरीबाट एक, सर्लाहीबाट चार, रौतहटबाट दुई तथा बारा र पर्साबाट एक एक खेलाडी छानिएका थिए । गुप्ताले साँझ बिहान नियमित प्रशिक्षण गराउँछन् । उनलाई अर्की सहायक प्रशिक्षक दुर्गाा धामीले साथ दिएकी छिन् । सिरहाको लहानमा दुई, मिर्चैयामा एउटा र गोलबजारमा दुई वटा कराते डोजो सञ्चालनमा छन् । ती सबै डोजोमा गरी झण्डै चार सय खेलाडी कराते सिक्दै आएको प्रशिक्षक गुप्ताले बताए । “खेलाडी कराते सिक्न आउँछन् तर भविष्य खोज्न अन्यत्र लाग्छन्”, उनले भने । गुप्ताले सिकाएका एक सयभन्दा बढी खेलाडी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीमा कार्यरत छन् । धेरैजसोले कराते खेल्नकै लागि विभागीय टोली रोजेका हुन् । त्यहाँ खेलेर आर्थिकरुपमा मजबुदका साथै पदोन्नति पनि हुन्छ । “प्रदेशमा खेलेर भविष्य बन्दैन भन्छन् र कराते सिकेर अन्यत्र लाग्छन्”, उनले भने, “भारतीय सेना र बेलायती सेनामासम्म मैले सिकाएका खेलाडी भर्ना भएका छन्, अन्यत्र गएर भविष्य बनाएकामा म धेरै खुशी छुँ ।” गाउँमै खेलेर भविष्य बन्छ भन्ने सन्देश खेलाडीको परिवारमा नगएसम्म प्रदेशको पदक तालिकामा सुधार हुन नसक्ने गुप्ताको ठम्याइ छ । “राष्ट्रिय प्रतियोगितामा सहभागितासम्म मात्र सीमित बन्ने अवस्थाको अन्त्य चाँडै होला जस्तो छैन”, उनले भने, “खेलाडीको भविष्य सुनिश्चित गर्न पालिका, प्रदेश र सङ्घीय सरकार जिम्मेवार बन्नै पर्छ ।” मोफसलका खेलाडीलाई सधैँ आर्थिक अभावले पिरोल्छ । कराते मात्र होइन अन्य खेलमा पनि आकर्षित गर्नै सकिएको छैन । खेलमा लागे पढाइ बिग्रिन्छ भन्ने अभिभावकको बुझाइ छ । लामो समयसम्म खेलमा टिकाउन सहज पनि छैन । खानपिनमा उत्तिक्कै ध्यान दिनुपर्छ । लगानी जुटाउन नसके बीचमै खेल छाड्नुपर्ने अवस्था छ । “हामी कराते निःशुल्क सिकाउँछौँ, शुल्कको कुरा गरे खेलाडी खेल्नै आउँदैनन्”, प्रशिक्षक गुप्ताले भने, “न्यून शुल्कसमेत लिएका छैनौँ, अरु धेरै ठाउँमा शुल्कसमेत लिने गरेको सुनेका छौँ ।” कोही प्रशिक्षकले अभ्यास गराएको नगराएको हेर्ने बुझ्न कोही नआउने उनले बताए । अनुगमन नै नभएको १० वर्षभन्दा बढी भएको गुप्ताको भनाइ छ । “खेलाएको नखेलाएको हेर्न कोही पनि आउँदैनन्, अभ्यास गराए नि ठिक, नगराए नि ठिक जस्तै छ”, उनले भने । गुप्ता भने २७ वर्षदेखि कराते खेलाडी उत्पादनमै समर्पित छन् ।
काठमाडौं । लजको कोठामा गोप्य क्यामेरा राखेर अश्लील भिडियो खिचेको आरोपमा प्रहरीले काठमाडौंमा एक जना होटल म्यानेजर पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको बाँसबारीस्थित बाँसबारी रेष्ट्रो क्याफे एण्ड लजका म्यानेजर चन्द्रागिरि घर भएका ४२ वर्षका मुकेश माली रहेका प्रहरीले जनाएको छ । उनले लजमा बस्न आउने पाहुनाहरुको गोप्य रुपमा अश्लील भिडियो रेकर्ड गर्ने गरेको भन्ने सूचना प्राप्त हुन आएपछि प्रहरी वृत्त महाराजगञ्जबाट टोली खटिएको थियो । त्यो टोलीले होटलमा पुगेर पालको मोबाइल जाँच गर्दा मोबाइलमा होटलमा बसेका विभिन्न व्यक्तिहरुको भिडियो फेला पारेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथमा रहेको आइफोन १२ प्रो म्याक्स पनि बरामद गरेको छ । मालीमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद(५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट ५ दिनको म्याद थप गरी प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
चितवन । रौतहटका उपेन्द्र पटेल प्रत्येक वर्ष यो सिजनमा धान काट्न चितवन आउनुहुन्छ । उहाँ यसरी नियमित आउन थालेको नौँ वर्ष भयो । धान काट्न मात्र होइन, धान रोप्न र गोड्न समेत उहाँ चितवन आउने गर्नुभएको छ । “यो वर्ष मात्रै तीन पटक चितवन आएँ”, उहाँले भन्नुभयो, “काम सहजै पाइन्छ पैसा पनि राम्रै छ”, उहाँले भन्नुभयो । उहाँले रौतहटमा रहँदा उखु छिन्ने र आफ्नो घरायसी काम गर्दै आएको बताउनुभयो । बिहीबार भरतपुर महानगरपालिका–१५ मङ्गलपुरमा धान काटिरहेको अवस्थामा भेटिनुभएका उहाँले आफूहरु समूह नै बनाएर यहाँ आउने गरेको बताउनुभयो । यसपटक आठ जनाको टोली आएको भन्दै उहाँले ठेक्कामा काम लिने र आएको पैसा बराबर बाँडफाँट गर्ने गरेको जानकारी दिनुभयो । “आजमात्रै एक बिघा जग्गाको रु २२ हजारमा ठेक्का लिएका छौँ । धान काट्ने, चुट्नेदेखि घर भित्र्याइ दिनेसम्मको जिम्मा हाम्रो हो”, उहाँले भन्नुभयो । आठ जनाले दुई दिनमा एक बिघाको सबै काम सक्ने उहाँको भनाइ छ । पटेलसँगै आउनुभएका सर्लाहीका लालबाबु झा पहिलोपटक धान काट्नका लागि चितवन आएको बताउनुभयो । उहाँले काठमाडौँमा श्रमिकको काम गर्दै आएको र धान काट्ने यो समयमा पैसा राम्रो कमाइ हुने साथीहरुले भनेका कारण आएको बताउनुभयो । उहाँले छठपर्वका लागि पैसाको जोहो हुने भएकाले पनि धान काट्न आउनुपरेको जानकारी दिनुभयो । उहाँले दुई÷चारदिन छठ मनाएपछि पुनः यहाँ आएर काम गर्ने बताउनुभयो । यस्तै रौतहटका कृष्ण पाण्डे पनि आठ वर्षदेखि नियमितरुपमा चितवनमा धान काट्न आइरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “यहाँ काम जति पनि पाइन्छ, कहिलेकाहीँ त काम धेरै भएका कारण भ्याइँदैन भन्नुपर्ने हुन्छ ।” धेरै काम हुँदा कहिलेकाहीँ रातभर काम गरेरसमेत सक्ने गरेको अनुभव उहाँले सुनाउनुभयो । पाण्डेले एक महिनाको अवधिमा खाने बस्ने खर्चबाहेक रु २५ देखि ३० हजार जम्मा गरेर घर लैजाने गरेको बताउनुभयो । चितवनमा तराईसँगै भारतबाट पनि ठूलो सङ्ख्यामा श्रमिक धान रोप्ने र काट्ने सिजनमा आउने गरेका छन् । पूर्वी चितवनको भण्डाराका किसान रामशरण काफ्लेले प्रत्येक वर्ष तराईबाट आउने श्रमिकलाई काम लगाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ भएकाले काम गर्दैनन्, उनीहरुलाई ठेक्कामा दिएपछि हाइसन्चो हुन्छ ।” काफ्लेले यस वर्ष पनि आफूले धान राप्नेदेखि काट्नेसम्म सबै जिम्मा तराईका श्रमिकलाई दिएको बताउनुभयो । “गाउँमा अधिकांश चालिस÷पचास कटेका मान्छेमात्र छन्”, उहाँले भन्नुभयो, “काम गर्ने युवा कोही अष्ट्रेलिया, अमेरिका त कोही खाडीमुलुकमा गए, गाउँमा काम गर्ने मान्छे भएन ।” यही अवस्था रहिरहे नेपालमा काम गरेरसमेत खाना नसक्ने अवस्था आउने उहाँको भनाइ छ । राज्यले कृषि क्षेत्रलाई प्राथमिकता राखेर काम गरेको बताउँदै आए पनि श्रमिकदेखि बीउ मलसम्म अरुकै भर पर्नुपरेको गुनासो गर्नुभयो । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले जिल्लामा धान काट्नेदेखि थन्काउनेसम्म भारतीय र तराईका श्रमिकको भर पर्नुपर्ने अवस्था रहेको बताउनुभयो । “व्यावसायिक र निर्वाहमुखी दुवै खेतीमा उनीहरुकै भर पनुपर्छ, यहाँ स्थानीयस्तरमा श्रमिक पाइन छाडेको छ”, उहाँले भन्नुभयो । युवाहरु रोजगारीका लागि विदेश पलायन हुँदा र अध्ययनका लागि बाहिर जाँदा काम गर्ने मान्छेको अभाव रहेको उहाँले बताउनुभयो । “हामीमा काम गर्ने बानीसमेत हराइसकेको छ, उहाँले भन्नुभयो”, सबै कुरामा परनिर्भर छ, कसरी कृषि क्षेत्रमा समृद्धि हासिल गर्न सकिन्छ ?” कृषि काम गर्न दुःख मान्ने परिपाटीले हाम्रो कृषि प्रणालिमा नै ह्रास आउन थालेको उहाँको बुझाइ छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत विभिन्न क्षेत्रमा यन्त्रिकरणमार्फत धान रोप्ने र काट्ने काम भए पनि त्यो पर्याप्त नभएको उहाँले बताउनुभयो । चितवनमा रु ३० हजार पाँच सय हेक्टरमा धान खेती गर्ने गरिएको छ । त्यसमध्ये २२ हजार नौ सय २७ हेक्टरमा बर्खेधान र सात हजार पाँच सय ७३ हेक्टरमा चैतेधान लगाउने गरिएको छ । चैतेधान पाँच दशमलव दुई मेट्रिकटन प्रतिहेक्टर उत्पादन हुने गरेको छ भने तीन दशमलव ७९ मेट्रिकटन प्रतिहेक्टर बर्खे धान उत्पादन हुने गरेको छ । चितवनमा रहेको १९ प्रतिशत जमिनमा मात्रै खेती हुने गरेको छ ।
खजुरा । काठमाडौँपछि सबैभन्दा बढी उडान भर्ने विमानस्थल नेपालगञ्ज हुनु, भारतसँग जोडिएको सिमाना हुनु, तीनवटा प्रदेशको केन्द्रबिन्दुमा पर्नुले यहाँ उद्योग स्थापनामा व्यवसायी आकर्षित हुन थालेका छन् । यहाँ २०३० मा भारतको सहयोगमा स्थापना भएको नेपालगञ्ज औद्योगिक क्षेत्रमा ३६ वटा उद्योग सञ्चालनमा रहेका छन् । दुई सय ३३ रोपनीमा सञ्चालित नेपालगञ्ज औद्योगिक क्षेत्रमा भएका उद्योगले करिब एक हजार बढीलाई रोजगारी र वार्षिक रु २५ करोड राजस्वमा योगदान दिने गरेका छन् । त्यस्तै नौबस्ता औद्योगिक क्षेत्र सञ्चालनको तयारीमा रहेको छ । उद्योग सञ्चालनमा आएपछि करिब २० हजार जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ । साविकको मध्य तथा सुदूरपश्चिम क्षेत्रको प्रवेशद्वारको रुपमा रहेका कारण बाँके जिल्लामा सरकारले व्यवसायीलाई विभिन्न सुविधा दिएर औद्योगिक क्षेत्र स्थापना गरे पनि धेरै व्यवसायीले आफ्नै जमिन खरिद गरेर उद्योग स्थापना गरिरहेका छन् । राजनीतिक स्थिरतासँगै देशभर लगानीको वातावरण बन्दै जाँदा त्यसको लाभ बाँकेले लिन थालेको छ । पछिल्लो समय यहाँ एकपछि अर्को नयाँ उद्योगधन्दा, होटल व्यवसाय खुल्नेक्रम बढेको छ । वर्षौंअघि नेपालगञ्जले आर्थिक विकासमा जुन पहिचान बनाएको थियो त्यो पहिचान विस्तारै फराकिलो हुन थालेको छ । देश सङ्घीय शासन प्रणालीमा गएपश्चात् यतिबेला देशमा समृद्धिको चर्चा चलिरहेको छ । समृद्धिको मूल आधार भनेकै तीव्ररुपमा आर्थिक विकास हुनु भएकाले नेपालगञ्जको पर्यटन र औद्योगिक क्षेत्रको विकासमा जोड दिइएको नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ बताउनुहुन्छ । यहाँ भारतबाट कच्चापदार्थ आयात गर्न सहज हुनुका साथै पश्चिमका विभिन्न जिल्लामा सामग्री निर्यात गर्न पायक पर्ने भएपछि व्यवसायीको आकर्षण बढेको नेपालगन्जका उद्योगी चम्पालाल बोथ्रा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सबै कुरा सहज भएकाले बाँकेमा उद्योग क्षेत्रमा ठुलो सम्भावना छ ।” सञ्चालनको तयारीमा नौबस्ता औद्योगिक क्षेत्र सरकारले २०७२ चैत १ गते घोषणा गरेको बाँकेको नौबस्ता औद्योगिक क्षेत्र सञ्चालनको तयारीमा रहेको छ । सरकारको प्रत्येक प्रदेशमा एक–एकवटा औद्योगिक क्षेत्र स्थापना गर्ने नीति अनुरुप बैजनाथ गाउँपालिका–३ नौबस्तामा औद्योगिक क्षेत्रको काम अघि बढेको र पूर्वाधार निर्माणको काम तीव्र गतिमा भइरहेको नौवस्ता औद्योगिक क्षेत्र व्यवस्थापन परियोजना कार्यालयका प्रमुख कृष्णबहादुर पुनले जानकारी दिनुभयो । “अबको केही साताभित्रै संरचना निर्माणको काम सुरु हुन्छ”, उहाँले भन्नुभयो, “त्यहाँ देखिएको विवाद समेत समाधान भइसकेकाले अहिले वातावरण सहज छ ।” सरकारले करिब रु आठ अर्बको लागतमा निर्माण गर्न थालेको औद्योगिक क्षेत्रमा तीन सय ३८ बिघा क्षेत्रफल जग्गा छुट्याएको छ । जसमा एक सय ११ प्लटमा उद्योग निर्माण गरिनेछ । डिपिआर स्वीकृत भएसँगै परियोजनाले उद्योग सञ्चालनबारे उद्योगीसँग गतवर्ष पूर्वआशयपत्र माग गरेको थियो । त्यसका लागि इच्छुक देशका धेरै उद्योगीले विभिन्न उद्योग सञ्चालनका लागि आशयपत्र बुझाएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड जनाएको छ । परियोजनाअन्तर्गत वातावरणीय प्रभाव, सरसफाइ, चार लेन सडक निर्माण, साइकल लेन, पैदल लेन, चौबिसै घण्टा पानीको आपूर्ति, फोहरपानी प्रसोधन, ४० मेघावाट जलविद्युत्को छुट्टै विद्युत् फिडर, दुई सय जना सशस्त्र प्रहरी बल बस्ने व्यवस्था, उद्योग सङ्घ, बैंक, टेलिकम्युनिकेसन टावर, एकीकृत भन्सार चेकपोष्टलगायत विभिन्न पूर्वाधार निर्माण हुने परियोजना कार्यालयका प्रमुख कृष्णबहादुर पुनले बताउनुभयो । अन्तर्राष्ट्रिय मापदण्डसहितको औद्योगिक क्षेत्र भएकोले औद्योगिक क्षेत्र निर्माण हुन थालेपछि पछिल्लो समय स्वदेशी तथा विदेशी उद्योगी व्यवसायीहरू उद्योग सञ्चालनका लागि इच्छुक रहेका छन । सम्पूर्ण पूर्वाधारसहितको औद्योगिक क्षेत्रभित्र प्लाष्टिक, रबर, पेन्ट, डेरी, खाद्यान्न, स्टिल, टेक्सटाइल, इलेक्ट्रिक मेकानिकल, छाला, खानेपानी, काष्ठ उद्योगलगायत विभिन्न उद्योग स्थापना हुने बताइएको छ । नौबस्ता औद्योगिक क्षेत्र सञ्चालनमा आए मुलुकको अर्थतन्त्रका साथै हजारौँले रोजगारी पाउने परियोजना प्रमुख पुन बताउनुहुन्छ । “बाँकेको समृद्धिको प्रमुख आधार यो आयोजना बन्न सक्छ”, उहाँले भन्नुभयो । स्वत:स्फूर्त उद्योग खुल्दै बाँकेको नेपालगञ्ज र नौबस्तामा सरकारी योजनाअनुसार औद्योगिक क्षेत्र स्थापना गरी उद्योग सञ्चालन भइरहेको छ । त्यहाँ उद्योग गर्न चाहने उद्योगीहरूले सहुलियत दरमा सरकारबाट जग्गा भाडामा लिएर उद्योग सञ्चालन गर्दछन् । औद्योगिक क्षेत्रमा विभिन्न संरचना सरकारले निर्माण गरिदिने भएका कारण व्यवसायीहरूलाई व्ययभार निकै कम पर्न जान्छ । जिल्लाको उत्तर पश्चिमी क्षेत्र नौबस्तामा उद्योग स्थापनाको प्रकृया सुरु भएको छ । पश्चिमका विभिन्न जिल्लाको केन्द्रविन्दुमा पर्ने भएपछि लगानीकर्ताहरू सरकारको मुख नताकेर यहाँ स्वतःस्फूर्त रूपमा उद्योगमा लगानी गर्न आकर्षित भएका छन् । जिल्लाको जानकी गाउँपालिका–६ स्थित गनापुरमा पर्दछ । यहाँ उद्योग स्थापना गर्ने सरकारको कुनै योजना र सहयोग नभएपनि आन्तरिक खपत र निर्यातमा महत्व राख्ने दोब्बर ठूला उद्योगहरू सञ्चालनमा छन् । जयमङ्गलम सिमेन्ट, जयबागेश्वरी सिमेन्ट उद्योग, जयअम्बे स्टिल प्रालि, बागेश्वरी स्टिल एण्ड आइरन उद्योग, सगरमाथा स्टिल उद्योग, बाहुबली हर्बल उद्योग, गङ्गा रोजिन एण्ड टर्पेन्टाइन, पानस फर्मास्युटिकल्स जस्ता करिब पाँच दर्जन बढी उद्योग यही वडामा रहेका छन । नेपालगञ्ज औद्योगिक क्षेत्रका प्रमुख पुनका अनुसार औद्योगिक क्षेत्रमा भन्दा छुट्टै उद्योग स्थापना गर्नेहरूले करिब ६० प्रतिशत बढी लगानी गर्नुपर्छ । यहाँ यतिधेरै सम्भावना भएका कारण व्यवसायी विभिन्न जोखिम मोलेर आफैँ उद्योगमा लगानी गरिरहेका छन् ।
काठमाडौं । आसन्न मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ मा तीन पदका लागि ५६ जनाको प्रतिस्पर्धा हुने भएको छ । काठमाडौँ–५ स्थित संसदीय निर्वाचन कार्यालयमा विभिन्न राजनीतिक दलबाट २९ र स्वतन्त्रबाट २७ गरी ५६ जनाको उम्मेदवारी परेको कार्यालयका प्रवक्ता कमलकान्त जोशीले जानकारी दिनुभयो । प्रवक्ता जोशीका अनुसार निर्वाचन क्षेत्र नं ५ प्रदेशसभा १ तर्फ दलगतरुपमा सात र स्वतन्त्र उम्मेदवार सात गरी १४ उम्मेदवार रहनुभएको छ । त्यसैगरी प्रदेशसभा दुईतर्फ दलगत उम्मेदवारी सात र स्वतन्त्र छ गरी कूल १३ जनाको उम्मेदवारी रहेको छ । प्रदेश १ मा २७ हजार पाँच सय ६७ र प्रदेश २ मा ४३ हजार तीन सय ५२ गरी यो क्षेत्रमा ७० हजार नौ सय १९ मतदाता रहेको प्रवक्ता जोशीले जानकारी दिनुभयो । जम्मा ३१ मतदान केन्द्र र ५० मतदान उपकेन्द्र रहेको निर्वाचन क्षेत्र नं ५ भित्रका केन्द्रमा स्थलगत अवलोकन गर्ने काम भइरहेको छ । निर्वाचन क्षेत्रभित्रका मतदान केन्द्र केकस्ता छन् भनी अवलोकन मूल्याङ्कन भइरहेको सहायक निर्वाचन अधिकृत रितबहादुर पुलामीले जानकारी दिनुभयो । निर्वाचन नजिकिएसँगै यस क्षेत्रभित्रका मतदानस्थल अवलोकन गर्ने कामलाई तिब्रता दिइएको छ । यस निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिका चार, टोखा नगरपालिकाको छ र बूढानीलकण्ठ नगरपालिका पाँच गरी १५ वडा समेटिएका छन् । जसमा प्रदेशसभा १ तर्फ काठमाडौँ महानगरका वडा नं २, ४ र ५ पर्दछन् । प्रदेशसभा दुईतर्फ काठमाडौँ महानगरको वडा नं ३, बूढानीलकण्ठ नगरभित्रका वडा नं ३, ४, ५, ६ र ७ तथा टोखा नगरपालिकाभित्रका वडा नं २, ३, ४, ५, ६ र ७ समेटिएका छन् ।
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति आउन ठीक एक महिना बाँकी रहेको छ । निर्वाचनको तयारीका लागि निर्वाचन आयोग र नेपाल सरकार तथा सम्बन्धित पक्षले आवश्यक कार्य गरिरहेका छन् । नेपालको संविधानले प्रतिनिधिसभा सदस्य दुई सय ७५ मध्ये एक सय ६५ र प्रदेशसभा सदस्य पाँच सय ५० मध्ये तीन सय ३० स्थान (कूल सदस्य सङ्ख्याको ६० प्रतिशत) हुन आउने सदस्यका लागि यो समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचन हुने व्यवस्था गरेको छ । अन्य सदस्य पहिलो निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)बाट हुन्छ । आयोगले प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताको अन्तिम विवरण प्रकाशन गरिसकेको छ भने समानुपातिकतर्फ कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिमरुपमा प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ । आगामी मङ्सिर ४ गते हुने मतदानका लागि मतदाता नामावलीमा नाम दर्ता भई विसं २०७९ मङ्सिर ३ गतेसम्ममा १८ वर्ष उमेर पूरा हुने तथा आयोगको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिक मतदान गर्न योग्य हुनेछन् । निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता रहेका छन् । यसमा ८८ लाख ४७ हजार पाँच सय ७९ महिला र ९१ लाख ४० हजार आठ सय छ पुरुष तथा एक सय ८५ जना अन्य रहेका छन् । देशभर कूल १० हजार आठ सय ९१ र २२ हजार दुई सय २६ मतदानस्थल तोकिएको छ ।
कञ्चनपुर । कञ्चनपुरमा किसान धान भित्र्याउनमा व्यस्त छन् । खेतमा लगाएको बाली तयार भएपछि काटेर भित्र्याउन उनीहरु जुटेका हुन् । “धान पाकिसक्यो, वर्षाले भिजाउला कि भन्ने पिरले धान काटेर भित्र्याइरहेका छौँ”, कृष्णपुर नगरपालिका–७ का किसान मोहन भट्टले भन्नुभयो, “पानीले अब क्षति नगरेमा बाली राम्रै लागेको छ, किरा पनि नलागेकाले यस वर्ष उब्जाउ विगतभन्दा राम्रै हुन्छ ।” कञ्चनपुरमा उन्नत जातका बीउको प्रयोग र समयमै भएको वर्षाका कारण यस वर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । “गत वर्षभन्दा यस वर्ष धानको उत्पादनमा २५ देखि ३० प्रतिशतले वृद्धि हुने अनुमान गरेका छौँ”, कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले भन्नुभयो, “यसपटक नयाँ जातको बीउको प्रयोग र समयमै वर्षा भएकाले पर्याप्त सिँचाइ पुगेको छ, त्यसैले धानको उत्पादन बढ्ने अनुमान गरेका छौँ ।” दुई/तीन वर्षको अन्तरालमा धानको बीउ बदलेर खेती गरेमा उत्पादन वृद्धि हुने गरेको उहाँले बताउनुभयो । “विगतमा चार/पाँच वर्षसम्म एउटै बीउ लगाउने गरिन्थ्यो, अहिले कृषकमा नियमितरूपमा उन्नत जातको बीउ प्रयोग गर्नेक्रम बढेको छ”, उहाँले भन्नुभयो, “यसले किरा लाग्न दिँदैन, त्यसले गर्दा बीउ बदलेर खेती गर्दा २० देखि २५ प्रतिशत उत्पादन बढ्छ ।” उक्त केन्द्रका अनुसार केही वर्षयता उन्नत जातको बीउको प्रयोग बढेको छ । अहिले कृषकले हर्दीनाथ, सुक्खाको एकदेखि चारसम्म, राधा चार, साँवा मन्सुलीलगायत उन्नत जातका बीउ प्रयोग गरिरहेका छन् । गत वर्ष कात्तिकमा आएको बाढीले कञ्चनपुरमा धान बालीमा ठूलो क्षति गरेकाले गत वर्ष दुई दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर अर्थात् एक लाख २१ हजार दुई सय ४० मेट्रिकटन मात्रै धान उत्पादन भएको थियो । “अहिले गत वर्षको जस्तो बाढी र वर्षाले धानमा क्षति पु¥याएको छैन, करिब पाँच÷सात प्रतिशत धानमा मात्रै क्षति पुगेको छ, पूर्वसूचनाले किसानले यसपटक धान काटेनन्”, सूचना अधिकारी जोशीले भन्नुभयो, “बेलौरी, लालझाडीतिर बढी क्षति छ तर गत वर्षभन्दा धान उत्पादन बढ्छ ।” यस वर्ष कञ्चनपुरमा तीन दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन हुने कृषि ज्ञान केन्द्रको अनुमान छ । यस वर्ष किसानले मलखाद पनि समयमै पाएको सूचना अधिकारी जोशीको जिकिर छ । विसं २०७७ मा कञ्चनपुरमा धानको उत्पादन तीन दशमलव नौ मेट्रिकटन प्रतिहेक्टर थियो । कञ्चनपुरको बेलौरी, पुर्नर्वास, भीमदत्त, बेदकोट, कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, दोधाराचाँदनी, लालझाडीलगायत क्षेत्रमा गरेर ४८ हजार चार सय ९६ हेक्टर जमिनमा धान खेती गरिन्छ ।
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु छ सयले घटेर रु ९२ हजार पाँच सय तोकिएको छ । सुन अघिल्लो दिन प्रतितोला रु ९३ हजार एक सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९२ हजार छ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार एक सय ७० कायम रहेको महासङ्घले जनाएको छ ।
काठमाडौँ । काठमाडौँको उत्तर–पश्चिम क्षेत्रमा अवस्थित क्षेत्र नं ७ को प्रतिनिधिसभा निर्वाचनका लागि १६ स्वतन्त्रसहित २९ जनाले उम्मेदवारी दिनुभएको छ । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रतिनिधिसभामा १६ स्वतन्त्र र १३ राजनीतिक दलको सहभागिता रहेको छ । यस्तै सोही क्षेत्रको प्रदेशसभा (क)मा चार स्वतन्त्रसहित १२ र प्रदेशसभा (ख)मा तीन स्वतन्त्रसहित नौ जनाले उम्मेदवारी दिएको काठमाडौँ क्षेत्र नं ७ का प्रमुख निर्वाचन अधिकृत उषा श्रेष्ठले राससलाई जानकारी दिनुभयो । कुल ६१ हजार दुई सय ९१ मतदाता रहेको उक्त क्षेत्रमा प्रमुख राजनीतिक दलका नेताबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । काठमाडौँ महानगरपालिकाको १६, १७, १८ र २५, नागार्जुन नगरपालिकाको १, २ र ३ वडाका साथै तारकेश्वर नगरपालिकाको ३, ४ र ५ वडा उक्त क्षेत्रमा रहेको छ । को को छन् उम्मेदवार रु तेह्र राजनीतिक दल र १६ स्वतन्त्रसहित २९ उम्मेदवारले भाग लिएको उक्त क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट मानुषी यमी भट्टराई र नेकपा (एमाले)को तर्फबाट श्यामकुमार घिमिरे उम्मेदवार हुनुहुन्छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट धुव्रविक्रम मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली, हाम्रो नेपाल पार्टीका प्रवेन्द्र पोखरेल, नेपालका लागि नेपाली पार्टीका राम नेपाली, नेपाल मजदुर किसान पार्टीका किरण महर्जन, नेपाली कांग्रेस (विपी)का कमलाकुमारी शर्मा भुसाल, नेपाल आमा पार्टीका कृष्णप्रसाद दबाडी, राप्रपा नेपालका कुमार श्रेष्ठ, जनसमाजवादी पार्टी नेपालका राजेन्द्रप्रसाद श्रेष्ठ, जनसमाजवादी पार्टीका शैलेशराज श्रेष्ठले उम्मेदवारी दिनुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवारका रूपमा रामवीर मानन्धर, यादवलाल कायस्थ, प्रशन्नकुमार अवाले, किरण केसी, रवीन्द्रकुमार श्रेष्ठ, ईश्वर अर्याल, प्रकाश कुँवर, भरत तामाङ, लक्ष्मणप्रसाद गजुरेल, लोकप्रसाद सिंखडा, रोजिना अवाले, राजकुमार कोइराला, मन्जुमाया तामाङ, सुजनरत्न बज्राचार्य, हेमबहादुर ढुङ्गेल र जानुका पौडेलले उम्मेदवारी दिनुभएको छ । प्रदेशसभा (क)मा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट वसन्तप्रसाद मानन्धर र एमालेको तर्फबाट जीवन मानन्धरले उम्मेदवारी दिनुभएको छ । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीबाट जगदीशमान राजभण्डारी, नेपाल मजदुर किसान पार्टीबाट धर्मसेन महर्जन, राप्रपाबाट रोजिन गुरुङ, हाम्रो नेपाल पार्टीबाट रवीन्द्र मोइन श्रेष्ठ, राप्रपा नेपालबाट रत्नाकुमारी श्रेष्ठ प्रधान र जनसमाजवादी पार्टी नेपालबाट बाबुराजा प्रजापतिले उम्मेदवारी दिनुभएको छ । यस्तै प्रदेशसभा ९क०मा स्वतन्त्र उम्मेदवार प्रधुमान महर्जन, सर्वज्ञ बज्राचार्य, गोपालप्रसाद माली र रवीन्द्र महर्जनले उम्मेदवारी दिनुभएको प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो । काठमाडौँ क्षेत्र नं ७ को प्रदेशसभा (ख)मा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट सविन तामाङ र एमालेको तर्फबाट प्रकाश श्रेष्ठले उम्मेदवारी दिनुभएको छ । यस्तै राप्रपाबाट लालकुमार लामा, नेपाल मजदुर किसान पार्टीबाट इन्द्रकुमार बज्राचार्य, राप्रपा नेपालबाट राजन महर्जन, जनसमाजवादी पार्टी नेपालबाट शङ्करदेव लामाले उम्मेदवारी दिनुभएको छ । यस्तै प्रदेशसभा (ख)मा शिवकुमार तामाङ, दिनेश लामा र साजन केसीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । के भन्छन् उम्मेदवारहरू ? अब पालो नयाँ पुस्ताको भन्ने मूल अभियानका साथ वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बन्नुभएकी भट्टराई काठमाडौँभित्रको संस्कृति तथा सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमार्फत क्षेत्रको विकास गर्ने आफ्नो प्रमुख योजना रहेको बताउनुहुन्छ । “सहरी क्षेत्रमा संस्कृति तथा सम्पदाको संरक्षण, बस्ती क्षेत्रमा खानेपानी, ढल र विद्युत्को समस्या समाधान र काठ क्षेत्रमा कृषि र घरेलु उद्योगको विकास गर्नु मेरो प्रमुख योजना हो”, उहाँ भन्नुहुन्छ । एमालेका उम्मेदवार घिमिरे काठमाडौँभित्रको संस्कृति, सम्पदा, संस्कार र परम्परा जगेर्ना आफ्नो मुख्य प्राथमिकता भएको बताउनुहुन्छ । “नेवारी संस्कृतिको संरक्षण गर्दै नैतिक शिक्षामा आधारित प्राविधिक शिक्षालाई जोड दिने मेरो प्रमुख एजेन्डा हो”, उहाँ भन्नुहुन्छ । नगर क्षेत्रमा कौशीखेतीलाई प्राथमिकता दिने उहाँको भनाइ छ । सोही क्षेत्रका निवर्तमान सांसद एवं स्वतन्त्र उम्मेदवार रामवीर मानन्धर काठमाडौँ क्षेत्र नं ७ को विकासलाई पूरा गर्नका लागि आफू पुनः उम्मेदवार बनेको बताउनुहुन्छ । “म विसं २०४९ देखि यस क्षेत्रको स्थानीय जनप्रतिनिधि हुँ, यस क्षेत्रको सबै समस्या मैले बुझेको छु, विकासका अधुरा कामलाई पूरा गर्न मैले उम्मेदवारी दिएको हुँ”, उहाँ भन्नुहुन्छ । उक्त क्षेत्रमा क्षेत्रपाटी, ठमेल, बालाजु, नयाँबजार, सोह्रखुट्टे, म्हैपी, टौडोल, माछापोखरी, वनस्थली, ढल्को, धोबीचौर, ठैँटी, नरदेवी, भुरुञ्खेल, ढोकाटोल, मच्छिन्द्रटोल, न्ह्यौखा, तीनपिप्ले, पुरानो गुह्येश्वरी, भैरवथान, गोलढुङ्गा, रानीवन, ठूलो भ¥याङ, इचङ्गु, गैरीगाउँलगायतका क्षेत्र पर्दछन् ।

