मुस्ताङ: गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले मुस्ताङको तीनवटै सुरक्षा निकायलाई हिमाली क्षेत्रमा विपद् उद्धारका विभिन्न सामग्रीहरु सहयोग गरेको छ । हिमाली क्षेत्रमा आकस्मिक उद्धारका लागि आवश्यक पर्ने सामग्रीहरु मुस्ताङमा कार्यरत नेपाली सेना, सशत्र प्रहरी बल र नेपाल प्रहरीलाई सहयोग गरेको हो । सो सामग्रीहरु गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री तथा प्रदेश सरकारका प्रवक्ता रोशन बहादुर गाहा थापाले जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्रनाथ पौडेल, सशत्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङका सशत्र प्रहरी नायब उपरीक्षक यज्ञमान साउद र नेपाली सेनाका प्रमुख सेनानी इन्द्रराज गुरुङलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्नुहुदै हिमाल पारीको जिल्ला मुस्ताङका नागरिकहरुलाई शान्ति सुरक्षा एवम् प्राकृतिक विपद्मा उद्धार गर्न सो सामग्रीहरुले सघाउ पुग्ने बताउनुभयो । उहाँले वितरण गरिएको सहयोग सामग्री पर्याप्त नहुने बताउदै आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको धारणा राख्नुभयो । मन्त्री गाहामगरले सुरक्षाकर्मीहरु उच्च मनोबलका साथ देश र जनताप्रति ज्यूधनको शान्ति सुरक्षा कायम गर्न इमान्दारिताकासाथ अहोरात्र लाग्नेमा विश्वास व्यक्त गर्नुभएको थियो । तीनवटै सुरक्षा निकायलाई विपद् उद्धारमा आवश्यक पर्ने पोलोराइज चस्मा, गिरगिरी बेली डिभाइस, एयर फोर्स एट, एरो क्लासिक हर्नेस, बि लक कार्बिनर, ट्रान्स एयर वान पुली, ह्याण्डस अप, डोरी (रोप), रक स्टार हेल्मेट, पञ्जा, ज्याकेट, सेफ्टी जुत्ता लगायत गरी १० लाख बराबरको सामग्रीहरु प्रदान गरिएको थियो । सो समारोहमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, गण्डकी प्रदेश प्रहरीका प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङ, मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसी, राष्ट्रिय अनुसन्धान व्यूरो मुस्ताङका प्रमुख मदन पौडेलको सहभागिता रहेको थियो ।
पोखरा: शनिबारदेखि बेपत्ता भएका पोखरा महानगरपालिका ३३ खुदीका अर्जुन पौडेल मृत भेतिएका छन् । हाल पोखरा महानगरपालिका ७ घारीपाटन बस्दै आएका ३३ वर्षिय अर्जुन पौडेलेको शव हिजो (शनिबार) तुलसीघाटमा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काले जानकारी दिए । उनका अनुसार पौडेल हिजो (शनिबार) बिहानको १ बजेबाटै बेपत्ता थिए । तुलसीघाटमा हाम फालेर देह त्याग गरेको पौडेलको शव कास्की प्रहरीले परिवारलाई जिम्मा लगाइसकेको छ ।
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको तेस्रो पूर्ण बैठक पोखरामा सम्पन्न भएको छ । फोनिज संघीय समितिका सल्लाहकार हुम गुरुङ फोनिज संघीय समिति संगठन विभाग सदस्य आशिफ गुरुङ, संघीय सदस्य मिला दरै, फोनिज गण्डकीका इन्चार्ज एमबी आस्थामगर तथा गण्डकी प्रदेशका विभिन्न जिल्लाका अध्यक्षहरुको सहभागितामा पोखरामा तेस्रो पूर्ण बैठक सम्पन्न भएको हो । सो बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको बताउदै ७ सदस्यीय सल्लाहकार चयन गरेको महासचिव धन बहादुर गुरुङ (सुमन) ले जानकारी दिए । उनका अनुसार सल्लाहकारमा अधिवक्ता सुरेन्द्र थापामगर, अधिवक्ता जुनाकुमारी गुरुङ, अधिवक्ता मनोज घर्तीमगर, अग्रज पत्रकार दीपेन्द्र श्रेष्ठ, पत्रकार शान्ती गुरुङ, रुद्र बहादुर हितानमगर र राज बहादुर गुरुङलाई चयन गरिएको हो । यस्तै सो बैठकले विभिन्न ६ विषयगत समिति गठन गरि विभिन्न पदाधिकारीलाई नेतृत्वको जिम्मेवारी दिएको गुरुङले बताए । उनले संगठन विभाग प्रमुख सचिव विजय रानालाई चयन गरेको जानकारी दिए । महासचिव गुरुङका अनुसार प्रशिक्षण विभाग प्रमुखमा उपाध्यक्ष खिमा गुरुङ, महिला विभाग प्रमुखमा उपाध्यक्ष सूर्य कुमारी महतो, अनुशासन विभाग प्रमुखमा सदस्य मणिलाल गुरुङ, जनसम्पर्क तथा प्रकाशन विभाग प्रमुखमा सचिव अर्जुन गाहा (सुशान्त) मगर र आर्थिक विभाग प्रमुखमा कोषाध्यक्ष रत्ना गुरुङलाई चयन गरिएको थियो । जिल्ला समितिलाई सुदृढिकरण गर्न जोड पोखरामा सम्पन्न फोनिज गण्डकीको तेस्रो पूर्ण बैठकले जिल्ला समितिहरुलाई क्रियाशिल बनाउनुपर्नेमा जोड दिएको छ । संघीय सल्लाहकार हुम गुरुङले फोनिज गण्डकीको गतिविधिसँगै जिल्ला स्तरीय समितिहरुपनि सक्रिय हुनुपर्ने बताए । उनले ‘फोजिनको अभियान, सञ्चारमा पहिचान’ भन्ने नारालाई सार्थक बनाउनका लागि जिल्ला स्तरिय समितिलाई सुदृढिकरण गर्न आवश्यक रहेको बताए । गुरुङले समितिहरुलाई पुर्नताजकिकरण गर्नका लागि अभियान सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए । यस्तै फोनिज केन्द्रीय समितिका संगठन विभाग सदस्य आशिफ गुरुङले स्थानीय तहका सरकारलाई समन्वय गर्दै कार्यक्रम गर्न सकिने बताए । ‘स्थानीय सरकारसँग समन्वय गरेर विभिन्न कार्यक्रम गर्न सकिन्छ, उनले भने, ‘आदिवासी जनजाति पत्रकारहरुकै क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रम गर्न सकिन्छ । जिल्लाका नेताहरुले त्यता पनि ध्यान दिन आवश्यक छ ।’ उनले जिल्ला समितिलाई सक्रिय बनाउका लागि केन्द्रीय समिति सधै तत्पर रहेको बताएका थिए । यसैगरी फोनिज गण्डकीका इन्चार्ज एमबी आस्थामगरले फोनिज गण्डकीले अन्य पत्रकार समुह भन्दा क्रियाशिल रहेको उल्लेख गरे । उनले गण्डकी प्रदेशमा विभिन्न पत्रकारहरुको संगठन रहेको बताउदै फोनिजले प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर विभिन्न कार्यक्रम सम्पन्न गरिसेको बताए । ‘अहिलेसम्म हामीले करिब आधा दर्जन कार्यक्रम जो पत्रकारकै क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न पर्यटकीय गाउँमा सम्पन्न गरिसकेका छौं, उनले भने, ‘यसले हामी फोनिजकर्मी पत्रकारको मात्रै होइन गैर फोनिजकर्मी साथीहरुपनि लाभांवित हुनुहुन्छ । त्यसैले यो गण्डकीको टिमले जस्तै जिल्लाले पनि रचनात्मक काम गर्न सकिन्छ । त्यसको लागि हामी जे पनि सहयोग गर्न तयार छौ ।’ इन्चार्थ मगरले जिल्ला समितिलाई सक्रिय बनाउनका लागि छिटै संगठन सुदृढिकरण अभियान सञ्चालन गर्ने धारणा राखे । उनले प्रदेशको समिति र संघीय समितिका प्रतिनिधिहरुको टिमले विभिन्न जिल्लामा पुगेर प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम आयोजना गर्ने बताएका थिए । सो पूर्ण बैठकमा गण्डकी प्रदेशका विभिन्न जिल्ला समितिका अध्यक्षहरुले विभिन्न समस्याका कारण अन्य पत्रकार समुहको तुलनामा काम गर्न कठिन हुने गरेको टिप्पणी दिएका दिए । सोही टिप्पणी र गुनासोका आधारमा फोनिज गण्डकीले जिल्लागत समितिलाई सक्रिय बनाउनका लागि फोनिज संगठन सुदृढिकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । फोनिज गण्कडीका अध्यक्ष रुद्र बहादुर श्रीसमगरको सभापतित्वमा सम्पन्न बैठककको सञ्चालन महासचिव धन बहादुर गुरुङ (सुमन) ले सञ्चालन गरेका थिए ।
गण्डकी प्रदेशको आर्थिक वर्ष ०७८÷८० को बजेटमा राष्ट्रिय आविष्कार केन्द्रलाई अनुदानस्वरुप उपलब्ध गराउन १० करोड रुपैयाँ छुट्याइएको छ । बजेटमा छुट्याइए पनि हालसम्म अनुदान उपलब्ध नभएपछि केन्द्रका अध्यक्ष महावीर पुनले रोष प्रकट गरेका छन् । अध्यक्ष पुनले हालसम्म उक्त रकम नपाएपछि त्यसको दोष कर्मचारीको ढिलासुस्ती र अस्थिर सरकारलाई लगाएका छन् । सुनगाभा न्यूजसँग कुरा गर्दै पुनले मुख्यतः मन्त्रालयकै कर्मचारीको ढिलासुस्तीकाकारण हालसम्म रकम उपलब्ध हुन नसकेको बताए । ‘पहिलो ३ महिना कार्यविधि र मापदण्ड बनाउनै समय खर्च भयो’ पुन भन्छन् ‘त्यसपछि कर्मचारीहरुले केन्द्रको बुझाएको कागजातमा अड्को थापिरहेका छन् ।’ पुनले हालै पोखरा आएर मुख्यमन्त्री खगराज अधिकारी र सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङलाई पनि भेटे तर केन्द्रलाई दिइने रकम पाउन अझै कसरत गर्नुपर्ने उनले ठम्याए । पुन भन्छन्, ‘मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीलाई कर्मचारीले रनभुल्ल पारिरहेका छन्, बजेट उपलब्ध नभएकोमा उहाँहरु नै छक्क पर्नुभएको छ ।’ मन्त्रालय स्रोतका अनुसार बित्तीय टोलीको प्रतिवेदन अझै आइसकेको छैन । त्यस्तै, सामाजिक विकास मन्त्रालयका प्रवक्ता तोयनाथ लम्सालले आविष्कार केन्द्रका सबै कागजात आइसकेको र अब अन्तिम प्रक्रियामा रहेको बताए । तर कहिलेसम्म रकम उपलब्ध हुन्छ भन्ने प्रश्नको उत्तर भने दिन चाहेनन् वा सकेनन् । ‘मैले कसरी समय दिने, उहाँको काम प्रक्रियामा गइसकेको छ, थप कुरा सचिवज्यूलाई थाहा होला’ प्रवक्ता लम्सालले भने । उनका अनुसार सरकार फेरिइहँदा प्रक्रिया रोकिएको हो । लम्लास भन्छन् ‘मन्त्रीज्यू अत्यन्त व्यस्त हुनुभयो, उहाँहरुको व्यस्तताकै कारण केन्द्रले पाउनुपर्नै बजेटमा थप छलफल र निर्णय हुन सकेको छैन ।’ लम्साले यससम्बन्धी बैठक बसेर केही निर्णय गर्न बाँकी रहेको तर बैठक बोलाउन नसकेको जनाए । यता, अध्यक्ष पुन भने मन्त्रालयका कर्मचारीहरुले पेश गरेको कागजात र प्रस्तावमा अझै विधि नपुगेको भन्दै अल्झाइहेको बताउँछन् । ‘मैले बुझाउनु पर्ने कागजात, प्रस्ताव सबै बुझाइसके, सबै मन्त्रीलाई भेटेर अवगत गराइसके तर अझै किन काम हुँदैन’ आक्रोश पोख्दै पुन भन्छन् ‘कर्मचारीले चाहे भने रातारात काम गरेर नतीजा दिन सक्छन् तर उनीहरुले चाहिरहेका छैनन् ।’ मन्त्रालय स्रोतका अनुसार भने अब नयाँ सरकारपछि मात्रै रोकिएका र बाँकी रहेका काम सुचारु हुनेछन् । उक्त रकम छुट्याइने बेला प्रदेशमा विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ रहेका थिए । मन्त्री श्रेष्ठकै कार्यकक्षमा प्रपोजल पेश गरेका पुनले तत्कालिन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेटेरै धन्यवाद दिएका थिए । २०७९/८० को बजेटमा अनुसन्धान र नवप्रवर्तनका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई १० करोड रुपैयाँ छुट्याइएको हो । पुन गण्डकी प्रदेशमा आईसीटी इनोभेसन सेन्टर खोल्ने योजनामा छन् । उक्त योजना पुरा गर्न पुनले केही अघि सामाजिक सञ्जालमा आफ्नो नाममा रहेको २८ रोपनी जग्गा बेच्ने सार्वजनिक सूचना जारी गरेका थिए । उक्त अनुदान रकमबाट केन्द्रले गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा समाजिक मन्त्रालयसँग मिलेर विभिन्न दीर्घकालीन महत्वका कामहरु गर्नेछ।
पोखरा: गण्डकी प्रदेश सरकारले नेपाललाई १९ वर्षमुनिको विश्वकप क्रिकेट र आइसिसी लिग टुको छनोट चरणमा पु¥याउन सफल प्रदेशका चार जना खेलाडीलाई सम्मान गरेको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले आज कार्यक्रम आयोजना गरी प्रदेशबाट प्रतिनिधित्व गर्ने क्रिकेट खेलाडीलाई नगद रु ५० हजारसहित सम्मान गरेको हो । प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र सामाजिक तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङलगायतले खेलाडीलाई सम्मान गर्नुभयो । यही चैत २ गते सम्पन्न लिग टु क्रिकेटमा नेपाललाई छनोट चरणमा पु¥याउन भूमिका खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी (बागलुङ) सरकारबाट सम्मानित हुनुभयो । यसैगरी नेपाललाई १९ वर्षमुनिको विश्वकप क्रिकेटको विश्वकपमा पु¥याउन टोलीमा रहेर खेल्ने गण्डकी प्रदेशका सुभाष भण्डारी (बागलुङ), अर्जुन कुमाल (कास्की) र दीपकराज डुम्रे (नवलपुर)लाई जनही रु ५० हजार र सम्मानपत्रले सम्मान गरिएको हो । कार्यक्रममा मुख्यमन्त्री अधिकारीले प्रदेशबाट सहभागी खेलाडीलाई हौसला दिँदै प्रोत्साहन गर्नका लागि नगदसहित सम्मान गरिएको बताउनुभयो । उहाँले खेलाडीले मेहनतपूर्वक अनुशासित भएर खेल खेलेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो कम रकम हो तर हौसला र प्रोत्साहनका लागि थोरै रकमले मात्रै भए पनि सम्मान गरेका हौँ । खेलाडी राष्ट्रका गहना होइनन् । गहना त टल्किन्छ र सुरक्षा गर्न लुकाएर राख्नुपर्ने हुन्छ । बरु खेलाडी त सम्पत्ति हुन् ।” सामाजिक विकास तथा स्वास्थ्यमन्त्री गुरुङले प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला बनाउने तयारीस्वरूप जमिनको खोजी भइरहेको बताउनुभयो । मन्त्रालयका सचिव हेमराज सुवेदीले गण्डकीबाट सहभागी भएर देशका लागि खेल्दै अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउन खेलाडीलाई हौसला दिन सम्मान गरिएको बताउनुभयो । सम्मानित राष्ट्रिय क्रिकेट खेलाडी करण केसीले सरकारले गरेको सम्मानले आगामी खेलमा थप राम्रो खेल्ने हौसला मिलेको बताउनुभयो । घरेलु क्रिकेटका लागि सरकारले पूर्वाधार निर्माणका लागि लगानी गर्न उहाँले आग्रह गर्नुभयो । नेपाल क्रिकेट सङ्घ गण्डकीका अध्यक्ष देवेन्द्रबहादुर प्रजुले क्रिकेटको विकासका लागि पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदानको स्तरोन्नति र वैकल्पिक क्रिकेट मैदान आवश्यक भएको बताउनुभयो ।
नवलपुर: नवलपुरको विनयी त्रिवेणीगाउँपालिकाको सर्दीमा आज (शनिबार) बिहान बेवारिसे अवस्थामा बम फेला परेको छ । विनयी त्रिवेणी गाउँपालिकाको वडा ५ धुर्कोट भेडी गाउँको बारीमा ९ वटा बम फेला परेको हो । बारीमा गाडिएको अवस्थामा बम देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बालबालिकाले खेल्ने क्रममा बम देखेपछि खबर गरेको र हेर्न जाँदा बम भेटिएको थियाे । प्रहरीका अनुसार याे बम शक्तिशाली मानिन्छ ।
पोखरा: नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकारलाई दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न ध्यानाकर्षण गराउनुभएको छ । संसदीय दलका तर्फबाट आज आयोजित पत्रकार सम्मेलनमा उहाँले माओवादीले समर्थन फिर्ता लिएसँगै वर्तमान गण्डकी प्रदेश सरकार अल्पमतमा परेको भन्दै कुनै पनि दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न ध्यानाकर्षण गराउनुभएको हो । एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रले शुक्रबार सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो । निर्वाचनका समयमा राजनीतिक दलहरूबीच भएको तालमेल तथा त्यसपछि बनेको सरकारमा भएको समीकरण बदलीएको छ । नयाँ गठबन्धन निर्माण भएसँगै देशको राजनीति पुनः सही ‘लिक’ मा प्रवेश गरेको दलका नेता पाण्डेको दाबी छ । अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि न्यून रहेको अवस्थामा वर्तमान सरकारले आर्थिक दायित्व सिर्जना गर्न, कर्मचारी नियुक्ति, सरुवा–बढुवा लगायतको काम गर्नु न्याय सङ्गत नहुने उहाँले बताउनुभयो । अब सरकारको नेतृत्व कांग्रेसले गर्ने दाबी गर्दै नेता पाण्डेले गठबन्धनका दलबीच छलफल गरेर अघि बढ्ने बताउनुभयो ।
पोखरा: गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले लोक सेवा आयोग र न्यायपालिकाले निष्पक्ष रुपमा काम गरेका बताएका छन् । प्रदेश लोक सेवा आयोग गण्डकीको दोस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख गुरुङले यस्तो धारणा राखेका हुन् । ‘लोकसेवा आयोगमा जनताले विश्वास गरेका छन्, लोक सेवा र न्यायपालिकाले निष्पक्ष रुपमा काम गरेको छ, गुरुङले भने, ‘अहिले अन्य क्षेत्र भन्दा लोक सेवा आयोगमा जनताले बढी विश्वास गरेका छन्, लोक सेवाले राम्रो काम गर्दै आएको छ ।’ उनले संघीयतालाई कार्यान्वयन गर्न संघले प्रदेश र स्थानीय तहलाई अधिकार दिन आवश्यक रहेको समेत बताए । ‘संघीयताप्रति केहीले विश्वास नभएको अभिव्यक्त गर्न थालेका छन्, संघीयता आवश्यक छ भनेर विश्वास दिलाउन संघले प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्छ, उनले भने, ‘संघले प्रदेश र स्थानीय तहलाई अधिकार नदिनु संघीयता विपरित हो ।’ प्रदेश प्रमुख गुरुङले संघले प्रदेश सरकारलाई अपाङ्ग बनाउँदा जनताले चाहे अनुसार काम गर्न नसकेको समेत बताए । यस्तै कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लोक सेवाले निष्पक्ष कर्मचारी निर्माण गर्न सफल भएको बताए । ‘लोकसेवामा राजनीतिको प्रभाव हुन्छ भन्ने नकारात्मक सन्देश आमजनतामा हुन सक्छ, अधिकारीले भने, ‘लोक सेवा राजनीतिक भागबन्दामा चल्दैन, निष्पक्ष तरिकाले लोक सेवा आयोग चलिरहेको छ ।’ गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले लोकसेवामा अहिले आर्कषण घटेको भन्दै चिन्ता व्यक्त गरे । ‘लोक सेवाको तथ्याङ्क अनुसार महिलाको भन्दा पुरुषको तथ्याङ्कमा घटेको छ, समर्गमा महिलाको बढेपनि पुरुषको घटेको छ, गुरुङले भने, ‘वैदेशिक यात्रा र अन्य क्षेत्रमा आर्कषण बढेर जाँदा लोक सेवामा युवाहरुको आर्कषण घट्न थालेको छ ।’ उनले पछिल्लो समय आशा लाग्दो तथ्याङ्क नभएकाले यसमा अनुसन्धान गर्न आवश्यक रहेको कुलपति गुरुङले धारणा राखे । प्रदेश लोकसेवा आयोग गण्डकीको दोर्सो वार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, उच्च अदालत पोखराका न्यायधिस इन्द्रराज आचार्य, नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता सुरेन्द्र पाण्डे लगायतले बोलेका थिए । कार्यक्रममा प्रदेश लोक सेवा आयोग गण्डकीमा कार्यरत कम्प्युटर अधिकृत लक्ष्मीप्रसाद पोखरेललाई नगदसहित सम्मान गरेको थियो ।
पोखरा: नेकपा माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा सहभागी भएका दुई मन्त्रीले मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा बुझाएका छन् । गण्डकी प्रदेश नेकपा माओवादी केन्द्रका दलका नेता एवम् भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रेशम जुग्जालीले ै मुख्यमन्त्री अधिकारीलाई आज राजीनामा बुझाएका हुन् । आज बिहान (शुक्रबार) माओवादी केन्द्रको संसदीय दलको बैठकले मुख्यमन्त्री अधिकारीलाई राजीनामा बुझाउँने निर्णय गरेको थियो । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिदैं मुख्यमन्त्रीलाई दुई मन्त्रीले राजीनामा बुझाएका हुन् । माओवादी केन्द्र गण्डकी प्रदेश सरकारबाट बाहिरिए नेकपा एमालेका नेता खगराज अधिकारीले नेतृत्व गरेको प्रदेश सरकार अल्पमतमा परेको छ । गण्डकी नेपाली कांग्रेसका २७, एमालेको २२, माओवादी केन्द्रको ७ (सभामुखबाहेक), राप्रपाको २ र स्वतन्त्र सांसद हाल एकिकृत समाजवादी प्रवेश गरेका एक सांसद छन् । ६० सदस्य रहेको गण्डकीमा बहुमतका लागि ३१ सांसद चाहिन्छ ।