पोखरा:    १३ औं संस्करणको पोखरा महोत्सव आगामी पुष २५ देखि माघ ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने भएको छ ।   महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि विभिन्न ३० वटा उपसमिति गठन गर...

पोखरा :  मृर्गौला फेल भएपछि उपचाररत पुराना कम्युनिस्ट कार्यकर्ता फणीन्द्र भण्डारी बिहीबार बिहान रानीपौवा पुगे । कास्की प्रेदश सभा २ ‘ख’की एमाले उम्मेदवार मीना गुरुङलाई चुनावी परिचालनका उपाय सुझाउन र आशीर्वाद दिन उनी आएका थिए ।   उनले युगको आकांक्षा, पार्टीको सिद्धान्त र युवाको अपेक्षा पूरा गर्ने गरी लाग्न सुझाव दिए । अर्का ज्येष्ठ नागरिक ईश्वरी आचार्यले कहिलेकाँही देशको कायाकल्प गर्ने राजनीतिमा पैसाकै चलखेल हाबी हुनसक्ने भन्दै सतर्क बन्न आग्रह गरे । उनले भने, ‘राजनीति पैसाको होइन, विचारको खेल हो । अचेल कौडा जस्तो बनाउन खोजिँदै छ ।’   आफूलाई आशीर्वाद र सुझाव दिन जम्मा भएका आफ्नै टोलका ज्येष्ठ नागरिकसँग उम्मेदवार गुरुङले अग्रजको आशीर्वाद, सम्मान र युवाको साथ नै आफ्नो जितको आधार भएको बताइन् । उनले भनिन्, ‘ज्येष्ठ नागरिकको इच्छा भनेको अग्रजको निर्देशन हो, लामो अनुभवको उपज हो । उहाँहरुको आशीर्वाद, सम्मान गर्दै युवाको आकांक्षा सम्बोधन गर्नु हाम्रो मुख्य जिम्मेवारी हो ।’   गुरुङ गण्डकी प्रदेशसभाकी निवर्तमान सांसद हुन् । गएको कार्यकालमा समानुपातिकबाट सांसद बनेकी आफूलाई पार्टी प्रत्यक्षका लागि योग्य ठह¥याएको जनाउँदै जनताले मंसिर ४ मा उत्कृष्ट तवरले अनुमोदन गर्ने अपेक्षा गरिन् ।    एमाले पोखरा ११ का कार्यवाहक अध्यक्ष डा बुद्धिबहादुर थापाले गएको कार्यकालमा गरेको उत्कृष्ट काम र पार्टीका एजेन्डाले आफूहरुको जित पक्का भइसकेको बताए ।    कास्की २ ‘खमा उनका मुख्य प्रतिश्पर्धी कांग्रेसका विन्दुकुमार थापा छन् । कास्की २ प्रतिनिधिसभामा एमालेले विद्या भट्टराई र सत्ता गठबन्धनबाट श्रीनाथ बराल मैदानमा छन् । 

पोखरा:   पोखरामा आगामी कार्तिक १७ देखि १९ गते सम्म वडास्तरीय फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल उद्योग व्यवसायी महासंघ पोखरा महानगर कमिटीले आयोजना गर्ने सो प्रतियोगिताबारे बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।   उद्योगी व्यवसायीबीचको आपसी सम्बन्ध सुमधुर बनाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको खेल संयोजक तुलबहादुर थापाले बताए ।    उनका अनुसार उक्त प्रतियोगिताको विजेता टोलीले १ लाख शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।   सो प्रतियोगितामा एउटा टिममा ३ जना मात्रै राष्ट्रिय खेलाडी समावेश गर्न पाइने संस्थाका महासचिव हेमराज भण्डारीले बताए । ‘हाम्रो सस्ंथाहरु धेरै वडामा सक्रिय छन्, जुन वडा समितिबाट पनि खेलाडीले सहभागिता जनाउन पाउँनेछन्, उनले भने, ‘एउटा टिममा ३ जना मात्र राष्ट्रिय खेलाडी समावेश गर्न पाउने प्रावधान बनाएका छौ ।’   सो प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाल उद्योग व्यवसायी महासंघको कुनै एक वडाको सिफारिस गर्नैपर्ने बताए ।   उनले उक्त प्रतियोगिता फिफाको नियमानुसार सञ्चालन गरिने भण्डारीले बताउदै देशभरबाट करि ७० टिम बढीको सहभागिता रहने बताए ।    पोखरा रंगशालाको कभर्डहलमा ३ दिनसम्म सञ्चालन हुने प्रतियोगिता सम्पन् गर्न करिब ७ लाख खर्च हुने आयोजकले जनाएको छ ।  

पोखरा : पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा बुधबार नेपाल पुलिस क्लव र लुम्बिनी प्रदेश विजयी भएका छन् ।   जितसंगै पुलिस क्लव समुहको शिर्षस्थानमा पुगेको छ । समुहमा सम्पन्न दुई खेलमध्य पुलिसले दुवैमा जित हाँसिल गर्दै ४ अंक जोडेको छ । बुधबारको खेलमा पुलिसले प्रदेश १ माथि १ सय १८ रनको फराकिलो जित निकाल्यो ।    पहिला व्याटिङ गरेको पुलिसले २० ओभरमा १ सय ५८ रनको योगफल तयार पार्दा प्लेयर अफ द म्यान समेत चुनिएकी सम्झना खड्काले प्रतियोगिताकै पहिलो अर्धशतक हानिन् । ४३ बलको सामना गरेकी सम्झनाले १० चौका प्रहार गर्दै ६० रन जोडेकी हुन् । पुलिसको तर्फबाट कविता कुँवरले ३७, अप्सरी बेगमले २१ कप्तान रुविना क्षेत्रीले १६ रन बनाए ।   प्रदेश १ को वलिङमा निशा शाहले १ विकेट लिइन भने पुलिसका दुई खेलाडी रनआउट भएका थिए । जितका लागि १ सय ५९ रन पछ्याउने क्रममा पुरै २० ओभर खेलेको प्रदेश १ ले ८ विकेटको क्षतिमा ४० रन मात्रै बनाउन सक्यो । जसमा क्याप्टेन सनु राजबंशिले ११ रनको पारी खेलिन् । पुलिसको बलिङतर्फ हिरनामयी रोयले ३, सबनम राई, कविता कँुवर र कविता जोशिले समान एक एक विकेट लिए ।    बुधबारको अर्को खेलमा लुम्बिनीले कर्णालीलाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित ग¥यो । पहिला व्याटिङ गरेको लुम्बिनीले पुरा २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय २७ रन बनायो । लुम्बिनीको व्याटिङमा लक्ष्मी चौधरीले ३ चौकाको मद्धतमा ३१, सरस्वती घर्ती मगरले ३० तथा सुस्मिता बजगाईले १२, मधु डिसीले १२ रन जोडिन् । कर्णालीको बलिङमा अन्जु गुरुङले २ र अन्जिला क्षेत्रीले १ विकेट लिइन् ।   जितका लागि १ सय  २८ रन पछ्याएको कर्णाली मात्रै २३ रनमा समेटियो । कर्णालीले ८.३ ओभरमै सबै विकेट गुमाउँदा किरण कुँवरको ५ रन सर्वाधिक बन्न पुग्यो । लम्बिनीको बलिङमा प्लेयर अफ द म्याच मधु डिसीले आफ्नों स्पेलमा ११ रन खर्चिएर ४ विकेट लिइन् । त्यस्तै, कृतिका मरासिनीले २ र सुस्मिता भुषालले १ विकेट लिइन् । जितसंगै लुम्बिनी ३ अंकका साथ दोश्रो स्थानमा रहेको छ ।    प्रतियोगिता अन्तर्गत बिहीबार नेपाल एपीएफ क्लव र गण्डकी प्रदेशविच पहिलो तथा मधेश प्रदेश र सुदुर पश्चिम प्रदेशविच दोश्रो खेल हुनेछ ।   

पोखरा : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने पोखरा महानगरपालिकाका खेलाडीहरूलाई बुधवार एक कार्यक्रमका बिच सम्मान सहित जितको शुभकामना व्यक्त गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य सहित उपमेयर मन्जुदेवी गुरुङ, कार्यपालिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत वीरेन्द्रदेव भारती, महानगरका खेल पदाधिकारी, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज बहादुर गुरुङ लगायतको उपस्थितिमा १५० बढी खेलाडीहरूलाई सम्मान सहित शुभकामना व्यक्त गरिएको हो ।   महानगर खेलकुद विकास समितिले आयोजनामा गरेको उक्त कार्यक्रममा खेलाडीहरूलाई शुभकामना दिँदै प्रमुख आचार्यले प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी १५ हजार नगद सहित सम्मान गरिने जानकारी दिनुभयो ।    “यस प्रतियोगितामा सहभागी हुने खेलाडी साथीहरूलाई जितको अग्रिम शुभकामना छ, ‘उच्च मनोबलका साथ आफ्नो खेल कौशल अनुशासन पूर्वक प्रस्तुत गर्नुहोला, उहाँले भन्नुभयो, तपाँईहरुले कुनै पनि खेल वा विद्यामा पदक प्राप्त गर्ने बित्तिकै महानगरपालिकाको तर्फबाट विशेष पुरस्कार प्रदान गर्ने व्यवस्था समेत हामीले गरेका छौँ ।” पोखरा महानगरपालिका खेलाडीहरूको साथमा रहेको उहाँले बताउनुभयो ।    पोखरा महानगरवासी खेलाडीहरूको नेतृत्वमा गण्डकी प्रदेशले प्रतियोगिताको ऐतिहासिक ट्रफी माथि आफ्नो नामको इतिहास कोर्ने विश्वास समेत प्रमुख आचार्यले व्यक्त गर्नुभयो । “नेपाली खेलकुदको इतिहासमा पहिलो पटक राष्ट्रिय खेलकुद परिषद्ले १० किलो चाँदी र २ टोला सुनको सुन्दर ट्रफी निर्माण गरेको छ, हाल त्यो नेपाल प्रहरीको सुरक्षामा प्रदेश प्रहरी कार्यालयमा राखिएको छ, उहाँले भन्नुभयो, ‘प्रतियोगिताको समापनमा प्रधानमन्त्रीको हातबाट यो ट्रफी विजेता प्रदेशलाई प्रदान गरिने छ, त्यो प्रदेश गण्डकी बनोस्, मेरो शुभकामना छ ।” गण्डकी प्रदेशको तर्फबाट प्रतियोगितामा सहभागी हुने पोखरा महानगरपालिकाका खेलाडीहरूले सबैभन्दा धेरै पदकहरू हत पार्नेमा आफू विश्वस्त रहेको प्रमुख आचार्यले बताउनुभयो ।    ३९ वर्ष पछि पोखरामा हुन गइरहेको यस प्रतियोगितामा पोखरा महानगरपालिकाका २ सय बढी खेलाडीहरूको सहभागिता रहने महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ती खेलाडीहरूले २६ बढी खेलहरूमा प्रतिस्पर्धा गर्नेछन् । यसअघि २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेश (तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्र) मा भएको थियो ।  

पोखरा :  पोखरा महानगरपालिकाको नेतृत्वमा शुभारम्भ गरिएको फेवाताल सरसफाइ महाअभियानमा हजारौँ स्वयंसेवी अभियान्ताहरुले सक्रियता पूर्वक सहभागिता जनाएका छन् ।   विभिन्न ३३ स्थानबाट शुभारम्भ गरिएको यस महाअभियानमा पोखरा महानगरपालिकाका ३३ वटै वडाका जनप्रतिनिधि सहित ५ हजार बढी अभियान्ताहरुले सक्रिय सहभागिता जनाएका हुन् । यो फेवाताल सरसफाइका क्रममा भएको नागरिक सहभागिता मध्ये अहिले सम्म कै सबैभन्दा धेरै हो ।    “सबै ठाउँमा हेर्दा ५ हजार बढीको सहभागिता रहेको देखिन्छ, प्रमुख धनराज आचार्यले भन्नुभयो, ‘सुरुमा ३५ ट्रक फोहोर जम्मा गर्न सकिन्छ कि भन्ने थियो, तर अन्तिमसम्म आइपुग्दा २ सय बढी ट्रक फोहोर सङ्कलन भएको छ ।” महाअभियानको पहिलो दिन २ सय बढी ट्रक जलकुम्भी झार लगायतको फोहोर फेवातालबाट बाहिर निकालिएको उहाँले बताउनुभयो । तालको करिब ७५ प्रतिशत क्षेत्रमा फैलिएको झार मङ्गलवार को अभियानका क्रममा निकालिएको छ ।    अभियानलाई निरन्तर गर्ने सम्बन्धमा महानगरपालिकाले स्थायी संयन्त्र बनाएर अगाडी बढ्ने उहाँले बताउनुभयो । “यो सुरुवात मात्र हो, यसलाई आगामी दिनमा निरन्तरता दिने सन्दर्भमा महानगरपालिकाले स्थायी संयन्त्र निर्माण गरेर अगाडी बढ्ने छ, उहाँले भन्नुभयो, यसमा स्थानीय पर्यटन व्यवसायी तथा होटेल व्यवसायीहरूको साथ सहयोग पनि जरुरी छ ।” तालको छेउमा ठुलो व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूको ताल संरक्षण तथा सरसफाइमा कम चासो देखिएको प्रति प्रमुख आचार्यले चिन्ता व्यक्त गर्नुभयो । आफ्नो आसपासको क्षेत्रमा नियमित सरसफाइ गर्ने कार्यमा उनीहरूको ध्यानाकर्षण समेत गराउनुभयो ।    फेवाताल सफाइका लागि ल्याइएको मेसिनमा पटक पटक खराबी आएका कारण नियमित सञ्चालन गर्न नसकिएको भए पनि हाल भने त्यसलाई मर्मतसंभार गरी आजदेखि मेसिनको क्षमता अनुसार सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । ‘फेवाताल संरक्षण गर्नु तपाई हामी सबैको ड्युटी हो, प्रमुख आचार्यले भन्नुभयो ।’ पोखरा महानगरपालिका फेवातालको संरक्षण, विकास र प्रवर्द्धन प्रति प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताउनु भएको छ ।    मङ्गलवार सञ्चालन गरिएको फेवाताल सरसफाइ महाअभियानमा सहभागी आमा समूह, टोल विकास संस्था, युवा क्लब, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरू, सहकारी, बैङ्क तथा वित्तीय संस्थाहरू, राजनीतिक दल, सुरक्षा निकाय, जनप्रतिनिधि, उद्योगी व्यवसायी, पर्यटन सम्बद्ध सङ्घसंस्था, संचारकर्र्मी लगायत सम्पूर्ण सरोकारवालाहरूमा प्रमुख आचार्यले आभार सहित धन्यवाद ज्ञापन गर्नुभएको छ ।   सरसफाईका लागि फेवाड्याम, ड्यामसाईड पार्क, केदारेश्वर घाट १, २, फिस्टेल घाट १,२, अम्बोट घाट १,२, नयाँघाट, गौरी घाट १, २, बाराही घाट १, २, नेपाल ट्रष्ट, पाहारी घाट १, २, माछा सेक्सन १, २, फेवाघाट १, २, सुइमिङ्पुल हल्लनचोक १, २, क्याम्पीङ चोक १, २, खहरे घाट, बंगलादी घाट, गैरी चौतारा, वाटर फ्रन्ट, रातेमाटो डाँडा, फ्याउरे घाट दुनाटपरी, क्यारोनोभा खपौदी र इन्द अफ दि लेक गरि ३३ वडा पोइन्टहरु निर्धारण गरिएको थियो ।  

अविरल वर्षाकाकारण कास्कीका ४ गाउँपालिकाको जनजीवन धेरथोर असमान्य भएको छ ।    हालसम्मको जानकारी अनुसार अन्नपूर्ण गाउँपालिकाअन्तरगत घान्द्रुक जाने बाटो अवरुद्ध भएको छ । यस सडकखण्डको घाम्लेबाट केही तल पहिरोकाकारण सडक अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए ।    त्यस क्षेत्रमा बाटो खुलाउन गाउँपालिका र स्थानीयवासी जुटिरहेका छन् । तर अविरल वर्षाले कठिनाई भएको अध्यक्ष केसीले जनाए ।    हरसम्भव प्रयास भइँरहे पनि आज बाटो खुलाउन सम्भव नहुने उनको भनाई छ ।    घान्द्रुकमा हाल पर्यटक नभएपनि स्थानीयलाई भने असहज भएको उनले बताए ।    त्यस्तै, बनठाँटी जाने बाटोमा पनि माथिबाट पहिरो आएकाले अवरुद्ध भएको छ । पदमार्ग क्षेत्रमा क्षति भएपनि पर्यटकहरु नभएको उनको भनाई छ ।    यसबाहेक अन्य कुनै क्षति नभएको र विपद् परिहाले यथाशक्य चाँडो उद्धार र राहतकालागि पालिका सदस्य र स्थानीय तयारी अवस्थामा रहेको अध्यक्ष केसीले बताएका छन् ।    त्यस्तै, माछापुच्छ्रे गाउँपालिकाअन्तरगत मर्दी पदमार्गमा पर्ने चोरखोल्सा भन्ने स्थानमा बाटो अवरुद्ध भएपनि अहिले स्थानीयको प्रयासमा खुलाइएको छ ।    यसबाहेक पालिकामा अन्य कुनै घटना नघटेको अध्यक्ष मिनबहादुर गुरुङले जनाएका छन् ।   गुरुङका अनुसार पालिकाभित्र जनजीवन सामान्य छ भने मर्दी पदयात्रामा पर्यटक नभएकाकारण कुनै विपद्को खबर छैन ।    ‘बाटोघाटो, मान्छे, वस्तुभाउ र खेतिपातीमा अहिलेसम्म कुनै क्षति भएको छैन’ अध्यक्ष गुरुङले भने ‘हामी सूचना संकलन र सहायताकालागि निरन्तर अपडेटमा छौं ।   यसैगरी, रुपा गाउँपालिकाको बेगनास–भोर्लेटार सडक खण्डमा क्षति भएको छ ।    उक्त क्षेत्रमा सडक खुलाउन स्थानीयवासीको पहलमा भर्खरै एकतर्फी सवारीसाधन सञ्चालन हुनेगरी बाटो खुलाइएको छ । तरपनि निरन्तरको वर्षाले पुनः अवरोध हुनसक्ने गापा अध्यक्ष नवराज ओझाले बताएका छन् ।    यसबाहेक हालसम्म रुपा क्षेत्रको जनजीवन सामान्य रहेको उनले जनाए ।    यता, मादीमा भने मध्यपहाडी लोकमार्गअन्तरगत मिजुरेमा पहिरो जाँदा त्यहाँ सवारीसाधन चल्न सकेको छैन । यातायात ठप्पै नभएपनि बाटो खुलाउँदै सवारी चलाउने काम भने भइरहेको छ ।      गापा अध्यक्ष देविजंग गुरुङका अनुसार निरन्तरको पानी र चाडले गर्दा काम गर्ने मान्छेको अभाव हुँदा सडक खुलाउन अप्ठेरो परेको छ ।    ‘अहिले लोकमार्गका कामदार पनि छैनन्, हामीले सकेको प्रयास गरिरहेका छौं’ अध्यक्ष गुरुङले भने ।    त्यस्तै, मादीको वडानम्बर ३ मा २ तले पक्कीघर भत्किएको छ । घर भत्किएर पूर्ण क्षति भएको बताउँदै अध्यक्ष गुरुङले मानवीय क्षति भने नभएको बताएका छन् ।      गापाकै वडा ५ मा एक कटेरोमा आगलागी भएको छ । वस्तुभाउ राख्ने कटेरोमा आगो लागेको जानकारी गराउँदै गुरुङले अन्य क्षति हुन नपाएको बताए ।    ‘यहाँ प्रतिकुल मौसम छ, हामी सकेसम्म सबै वडाको जानकारी लिइरहेका छौं’ गुरुङ भन्छन् ‘हामीले गापा, स्थानीयवासी र जिल्लामा समेत सम्पर्कमा छौं, केही भइहाले राहत र उद्धारमा केन्द्रीत हुन सबैलाई सूचना पठाएका छौं ।   

पोखरा : पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको लक्ष्मी आदर्श यूवा क्लवले दोस्रो म्याराथन दौड प्रतियोगिता सम्पन्न गरेको छ ।   प्रतियोगितामा पुरुष तर्फ रोहन गुरुङ्ग १५.४० मिनेट निर्धारीत दुरि पार गरि प्रथम, अनिल गुरुङ्गले १६.२७ मिनेट र कविर पौडेल १६.५६ मिनेटमा निर्धारीत दुरि पार गरि क्रमश दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका छन् ।    महिला तर्फ सृष्टि रेग्मीले ३६.२८ निर्धारीत दुरि पार गरि प्रथम रुविना बास्तोलाले ३६.२९ मिनेट र सर्मिला कार्कीले ४३.५२ मिनेटमा निर्धारीत दुरि पार गरि क्रमश दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका छन ।   रचित पौडेलको संयोजकत्वमा आयोजित दोस्रो म्याराथन दौड प्रतियोगितामा पुरुष र महिला गरि ४० प्रतियोगी सहभागि रहेका थिए ।   दोस्रो म्याराथन दौड प्रतियोगिता ४.३ कि.मि. कच्ची सडकमा गरिएको क्लवका अध्यक्ष निर्मान देवानले जानकारी दिएका छन् ।

कास्की । मर्दी पदमार्ग चिनाउने माछापुच्छ्रे गाउँपालिका ९ का युवा पर्यटन व्यवसायी सुदीप गौतमको निधन भएको छ । हाइक्याम्प नजिकै शुक्रबार पानी जोड्न गएको समयमा लडेर ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको वडा ८ का वडाध्यक्ष राम गुरुङले जानकारी दिए । ‘अहिले प्रहरीको टोलीले शबलाई तल ल्याइसकेको छ, उनले भने, ‘पानीको पाइप जोड्न जादा लडेर ज्यान गएको भनिएको छ ।’   वडाध्यक्ष गुरुङका अनुसार हिजो (शुक्रबार) बेलुकीपख गौतम मृत भेटिएका थिए । मृतक गौतमले हाइक्याम्पमा होटल ट्रेकर इन र सिदिङमा ट्रेकर प्याराडाइज सञ्चालन गर्दै आएका थिए ।    उनी नेपाल पर्वतारोहण संघ गण्डकीका संस्थापक सचिव समेत हुन् भने उनी नेपाल ट्रेकिङ एजेन्सिज अफ नेपाल  (टान) मा समेत आवद्ध दिए ।    उक्त घटनाबारे आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

पोखरा: नेपाल पत्रकार महासंघ कास्कीमा इ–लाइब्रेरी तथा स्रोत केन्द्रको शुभारम्भ भएको छ । कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा शुक्रबारदेखि लाइबे्ररीको शुभारम्भ भएको हो ।    इ–लाइब्रेरीको गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले शुभारम्भ गरे ।   थापाले इ–लाइब्रेरीबाट पत्रकारलाई अध्ययन गरेर समाचार लेख्न सहज हुने बताए । ‘पत्रकारलाई अध्ययन गरेर लेख्ने बानीको विकास र रिखापन ल्याउनेछ,’ उनले भने, ‘डिजिटल प्रविधिको विकास गराउनको लागि लाइब्रेरी लगायत अन्य काममा प्रदेश सरकार सधै साथमा रहनेछ ।’ उहाँका अनुसार ई–लाइबे्ररीको लागि २५ लाख रुपैयाँ मन्त्रालयबाट विनियोजन भएको छ ।    नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलले पत्रकारलाई लाइब्रेरीको महत्व अति नै हुने गरेको बताए । ‘पत्रकार पुस्तक पढ्नै पर्छ । पुस्तक पढ्ने बानीको विकास ग¥यौ भने लेख्न सहज हुन्छ,’ उनले भने, ‘सबैको मेहनतले आज पुस्तकालय राख्न सफल भयौं । अब यसलाई सदुपयोग गरौं ।’ नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार दिपेन्द्र श्रेष्ठले लामो समयदेखिको सपना बल्ल पूरा भएको बताए । ‘म अध्यक्ष हुँदा खेरी सुरु भएको पहल यो कार्यसमितिले मूर्त रुप दिएको छ । यसको सदुपयोग गरौं, ’ उनले भने ।   पत्रकार महासंघका पूर्व अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पुराना तथ्यांकहरु पाइने हुँदा समाचारको मुख्य स्रोत पुस्तकालय रहेको बताए ।   महासंघ कास्कीका पूर्वअध्यक्ष रवीन्द्र बास्तोलाइ बजारमा बिकेका र रुचाइएका पुस्तकहरु समावेश गर्नुपर्ने सुझाव दिए ।   महासंघका सल्लाहकार केशवशरण लामिछानेले पत्रकारलाई चाहिने पुस्तक सबै समावेश गर्न नसकिएको बताए ।   उनका अनुसार इ–लाइब्रेरीमा ७ सय थरीका पुस्तकहरु छन् । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।