पोखरा:    १३ औं संस्करणको पोखरा महोत्सव आगामी पुष २५ देखि माघ ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने भएको छ ।   महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि विभिन्न ३० वटा उपसमिति गठन गर...

  पोखरा । बैंक तथा वित्तिय संस्थाका कारण आफूहरुले निकै समस्या झेल्नुपरेको व्यवसायीहरुले गुनासो गरेका छन् । रेडियो अन्नपूर्ण पोखरा र नेपाल उद्योग बाणिज्य महासंघ गण्डकीले सोमबार आयोजना गरेको ‘आर्थिक अन्योल र समाधान’ बिषयक अन्तक्र्रियामा बोल्दै उनिहरुले कर्जा र ब्याजको समय सीमा बढाउन सरोकारवालासँग आग्रह गरेका हुन् । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अध्यक्ष एवं रेडियो अन्नपूर्णका अध्यक्ष विश्वशंंकर पालिखेले आफू अस्वस्थ भएर अस्पताल वेडमा उपचारारत हुँदा समेत बैंकको फोनले पीडा दिएको सुनाए । व्यवसायीहरुलाई प्रताडित नबनाउन समेत उनले बैंक तथा वित्तिय संस्थालाई आग्रह गरे । महानगरपालिकाले जग्गाको बर्गीकरण नगर्दा सम्पत्ति हुँदापनि बेचबिखन गर्न समस्या भएको उनको भनाइ छ । पोखरा पर्र्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बैंकबाट लिएको कर्जा आफूहरुले पर्यटन क्षेत्रमा नै लगानी गरेको स्पष्ट पारे । ब्याजदरमा भएको वृद्धिका कारण पर्यटन व्यवसायी बढी मारमा परेको उनले बताए । नेपालको प्रमुख आयस्रोत पर्यटन क्षेत्र भएकाले यसको संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिडका समयमा राष्ट्रबैंंकले दिएको सुविधा समेत निजी बैंकहरुले नदिएको गुनासो गरे । उनले पर्यटन व्यवसायीलाई व्यवसाय पुनरुत्थानका लागि दिएको रकम समेत पर्यटन व्यवसायीहरुले नपाएको भन्दै असन्तुष्टि जनाए । नेपाल राष्ट्रबैंक गण्डकीका निर्देशक रामशरण खरेलले निर्यातमा कडाई, बढ्दो रेमिटयान्स तथा पर्यटकहरुको आगमनमा भएको वृद्धिका कारण केही सहजता आउने विश्वास व्यक्त गरे । राष्ट्रबैंकले विभिन्न बैंक तथा बित्तिय संस्थाहरुमा निमयन गरिरहेको उनको भनाइ छ । बैंंकहरुले प्रिमियम बढाउन नहुने उनको भनाइ छ । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नेपाल राष्ट्रबैंक र अर्थमन्त्रालयलबिच नै सामञ्जस्यताको अभाव हुँदाको परिणाम उद्योगी व्यवसायीहरुले पीडा भोग्नु परेको बताए । राष्ट्रबैंक दलहरुको भर्तीकेन्द्र जस्तो भएको भन्दै उनले सुधारको खाँचो औंल्याए । राष्ट्रबैंकले पूँजी पलायनलाई रोक्न कुनै ध्यान नदिँदा वित्तिय क्षेत्रमा तरलता देखा परेको उनको भनाइ छ । व्यवसाय चलायमान नहुँदा कर्जा प्रवाहमा कठिनाइ हुने भएकाले संरचनामा नै सुधान हुनुपर्ने उनको जोड छ । नेपाल बित्त कम्पनी बैंकर्श एसोसिएसनका उपाध्यक्ष रवि गुरुङले बित्तिय पार्टनरबिना व्यवसायीहरुलाई अगाडी बढ्न समस्या हुने बताए । उनले बैंकहरुले विभिन्न शिर्षकमा चार्ज नलिएको दाबी गरे ।  नेपाल डेभलपमेन्ट बैंकर्श एसोसिएसनका पूर्व अध्यक्ष गोबिन्द ढकालले ब्याजदर आन्दोलनले नभइ बजारको अवस्थाले घटबढ हुने बताए । राष्ट्रबैंकको नीतिलाई अवलम्बन गर्दै आफूहरु व्यवसायीकै पक्षमा रहेको उनको भनाइ छ । नेपाल बैंकर्श एसोसिएसन गण्डकीका कार्यवाहक संयोजक सूर्य रोकाले व्यवसायको नाममा लिएको कर्जा व्यवसायीहरुले अन्य क्षेत्रमा लगानी गरेको बताए । नेपाल उद्योग बाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजीवबहादुर कोइरालाले बैंक तथा वित्तिय संस्थाहरु सामाजिक उत्तरदायित्व बहन गर्न चुकेकाले ब्जाजदर बृद्धि मात्र भन्दापनि यसतर्फपनि ध्यान दिनुपर्ने बताए । गलत काम गर्नेहरुलाई व्यवसायीहरुले उजुरी नगरेपनि राष्ट्रबैंकले कारबाही गर्नुपर्ने उनको माग छ । नेपाल उद्योग परिसंघ गण्डकीका अध्यक्ष विनोद शर्माले बैंकहरुले अनुत्पादक क्षेत्रमा लगानी गर्दा सबै क्षेत्रमा समस्या उत्पन्न भएको बताए । निक्षेपमा ब्याजदर बढाउने प्रवृत्ति नरोकिँदा धेरै व्यवसायीहरु पलायन हुनुपरेको उनले बताए । पोखरा उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले व्यवसायीहरुको मर्काप्रति बैंक तथा बित्तिय संस्था अनुदार भएको र आफूहरुको आवाज सरकारलेपनि नसुनेका कारण बाध्य भएर सडकमा उत्रनुपरेको बताए । यो समस्या व्यवसायीहरुको मात्र नभएर सबैको साझा समस्या भएको उनको भनाइ छ । ब्याजदर वृद्धिको असर नागरिकको चुल्हो सम्म पुग्ने कार्कीले बताए । होटल संघ गण्डकीका अध्यक्ष एवं पर्यटन व्यवसायी हरी शर्मा गैहो, पोखरा हस्तकला संघका अध्यक्ष रामकली खड्का, उद्योगी टिकाराम सुवेदी र नविन श्रेष्ठले व्यवसाय उत्थानका लागि बैंकहरुले ध्यान दिनुपर्ने बताए । बैंक तथा बित्तिय संस्थाहरुले मनोमानी ढंगले ब्याजदर बढाएको भन्दै पछिल्लो समय व्यवसायीहरुले आन्दोलन गर्दै आइरहेका छन् । कार्यक्रमको सहजीकरण अन्नपूर्णकर्मी बासुदेव मिश्रले गरेका थिए । कार्यक्रमको रेडियोले प्रत्यक्ष प्रशारण गरेको थियो । पोखरा उद्योग बाणिज्य संघ र पब्लिक फोरके टेलिभिजनले कार्र्यक्रम सहकार्य गरेका थिए ।

पोखरा : पोखरा रंगशालामा आयोजना हुने तेस्रो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल’ प्रतियोगिता आगामी माघमा हुने भएको छ ।    टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालाको भलिबल कोर्टमा आयोजना हुने तेश्रो संस्करणको उक्त प्रतियोगिता माघ ८ देखि १४ गते सम्म सञ्चालन हुनेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगिताका लागि नेपाली भलिबल संघहरुको छाता संस्था नेपाल भलिबल संघले स्वीकृती प्रदान गरेको संस्थाका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।    माघ ८ देखि १४ गतेसम्म सञ्चालन हुने टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनशिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा विभागिय महिला तथा पुरुष टोलीसहित विभिन्न क्लबहरुको सहभागिता रहने छ । प्रतियोगिता फिव, काभा र एनभिएको नियमनुसार सञ्चालन गर्ने गरी स्वीकृती प्रदान गरिएको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जनाएका छन् ।   पहिलो संस्करणमा पुरषतर्फ गण्डकी प्रदेश र महिला तर्फ नेपाल पुलिस क्लबले उपाधि जितेका थिए भने दोस्रो संस्करणमा पुरष तर्फ त्रिभुवन आर्मी क्लब र महिला तर्फ सशस्त्र प्रहरी बलको नेपाल एफिएफ क्लबले उपाधि जितेका थिए ।  

पोखरा : पोखरा महानगरपालिकाले भोलिदेखि (मंगलबार) भूमिगत पार्किङ खाली गर्ने भएको छ ।    महानगरले आज एक सूचना प्रकाशित गर्दै महानगरभित्र रहेका भूमिगत पार्किङहरुलाई सोही प्रयोजनका लागि प्रयोग गराउन भोलिदेखि दलबलसहित लाग्ने बताएको छ ।    महानगरले दशै अगाडी महानगरबाट भूमिगत पार्किङको अनुमति लिएर ब्यापारी प्रयोजनमा लगाएको सटरहरु ३५ दिनभित्र खाली गराउन निर्देशन दिएको थियो । तर नेपालीहरुको ठुला चाडपर्वको कारण देखाउँदै तिहार र छठपछि एक्सनमा उत्रने पोखरा महानगरका प्रमुख धनराज आचार्यले बताएका थिए ।  

पोखरा : ड्याम साइड क्लवको आयोजनामा तिहार विशेष साँस्कृतिक साँझ-२०७९ सम्पन्न भएको छ । पोखरा -१७ स्थित कल्बले आइतबार ‘संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रर्वद्धनमा टेवा पु¥याऔं’ भन्ने नाराका साथ नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको अवसर पारेर कार्यक्रम आयोजना गरेको हो ।    साँझ ९ बजेसम्म सञ्चालन भएको कार्यक्रममा गायक कर्णदास, हाँस्य कलाकार सुमन कार्की, पोखरेली उदयमान कलाकार सौगात गुरुङ, ब्लु डायमण्ड सोसाइटी तथा लोक नृत्य कलाकार संघका कलाकारहरुको बेजोड प्रस्तुतीमा दर्शकहरु झुमेका थिए ।    २०५९ सालमा स्थापना भएको क्लवले विद्यालयमा अध्ययनरत आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुलाई निःशुल्क फुटबलसम्बन्धी प्रशिक्षण दिनुका साथै फुटबललाई केन्द्रमा राखेर विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको क्लवका अध्यक्ष अध्यक्ष प्रताप गुरुङले बताए ।   पत्रकार श्रेष्ठ ड्यामसाइड बर्ष पुरस्कार-२०७९ द्वारा सम्मानित   पत्रकार दीपेन्द्र श्रेष्ठ ड्यामसाइड बर्ष पुरस्कार– २०७९ द्वारा सम्मानित भएका छन् ।    ड्यामसाइड क्लव पोखरा– १७ ले नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष तथा एभरेस्ट आवाज डटकमका सम्पादक एवं एभरेस्ट एफएमका कार्यकारी निर्देशक समेत रहेका श्रेष्ठलार्ई पत्रकारिताको माध्यमबाट सामाजिक उत्तरदायित्व वहन गर्दै सत्यतथ्य समाचार सम्प्रेषण गरी विभिन्न कालखण्डमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो ।    आइतबार साँझ क्लवले तिहारको अवसरमा आयोजना गरेको तिहार विशेष साँस्कृतिक साँझका अवसरमा पत्रकार श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथी पोखरा–१७ का वडाध्यक्ष राधिका कुमारी शाही योगी, क्लवका अध्यक्ष प्रताप गुरुङ, कार्यक्रम संयोजक एवं पूर्व अध्यक्ष केशवराज बराल र क्लवका महासचिव राकेश श्रेष्ठले नगद रु १५ हजार ५५५ सहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेका हुन् । यसअघि सो सम्मानबाट पर्यटनविज्ञ हरिध्वज तुलाचन सम्मानित भइसकेका छन् ।   

पोखरा:   पोखरा महानगरपालिका ६ लेकसाइडमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि बिजिबी कोरियन रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।    आज (सोमबार) नेपालका क्याप्टेन विजय लामाले बिजीबी कोरियन रेष्टुरेन्टको उद्घाटन गरेका हुन् ।    २०४५ सालबाट पोखराको लेकसाइडमा बिजिबी रेष्टुरेन्ट सञ्चालन गर्दै आएका ज्याक तामाङले कोरियन रेष्टुरेन्ट सञ्चालनमा ल्याएको तामाङले जानकारी दिए ।    उनका अनुसार अहिले बिम बिम रेष्टुरेन्ट क्याफे प्रा.लिमा परिणत भइ बिजीबी समुहले सञ्चालन गर्दै आएको छ । बिजीबी कोरियन रेष्टुरेन्टको अर्काे शाखा काठमाण्डौंको ठमेलमा बिस्तार गरिने तयारी भइरहेको सञ्चालक तामाङले बताए ।    रेष्टुरेन्टमा तयार हुने कोरियन परिकार तथा आवश्यक पर्ने मलासजन्य समाग्रीहरु सबै कोरियाबाट नै आयात गरिने उनले बताए । साथै खानाको लागि आवश्यक पर्ने भाँडाकुँडा तथा टेबल कुर्चीको व्यवस्था कोरियाको शैलीमा नै तयार गरिएको छ ।   आजबाट औपचारिक रुपमा सञ्चालन गरिएपछि विगत ३ महिनादेखि रेष्टुरेन्ट सञ्चालन रहेको थियो ।   उक्त रेष्टुरेन्टमा ४५ प्रकारका कोरियन खाना तयार हुनेछ भने रेष्टुरेन्ट बिहान ११ः३० देखि बेलुका १० बजेसम्म खुल्ने बताइएको छ ।    

पोखरा : युनाईटेड क्लवको आयोजनामा विपद व्यवस्थापन कोष सहयोगार्थ शुभकामना देउसीभैलो सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।   स्थापना कालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका  लागि खुल्ला चिडियाखाना निर्माण संगै सेती नदी संरक्षणमा काम गर्दै आएको युनाईटेड क्लबले हरेक वर्ष तिहारमा देउसीभैलो कार्यक्रमको आयोजना गरि विपद कोषमा सहयोग रकम संकलन गर्दै आईरहेको छ ।    जसअनुरुप यो वर्ष तिहारको अवसरमा सोमवार देउसीभैलो कार्यक्रम आयोजना गर्न लागिएको युनाईटेड क्लबका कार्यसमिति सदस्य तथा देउसीभैलो कार्यक्रमका संयोजक शिव थापाले जानकारि दिए ।    संयोजक थापाका अनुसार भोलि (सोमबार) सांझ ५ बजेदेखि राति ९ बजे सम्म अमरसिंहचोक स्थित प्रभुबैंक अगाडि देउसीभैलो कार्यक्रम हुनेछ । देउसीभैलोमा राष्ट्रिय तथा स्थानीय लोकदोहोरि कलाकारहरु प्रजापति पराजुलि, शरला पाण्डे , शिवहरि ढुंगाना, तुलसा जिसि, कमला सुनार लगायतका कलाकारहरुद्वारा मनोरञ्जन तथा तरेलि परिवारका कलाकारहरुको सांस्कृतिक कार्यक्रम रहने छ ।   विपद व्यवस्थापन कोष मार्फत क्लवले हाल सम्म कैलालीको हावाहुरि प्रभावित र सराङकोट पहिरो पिडितलाई आर्थिक सहयोग गरेको छ । भने कोभिड कोषमा प्रदेश सरकार र पोखरा महानगरपालिकालाई सहयोग रकम प्रदान गरिसकेको छ । क्लबले आयोजना गर्ने पोखरा महोत्सव तथा देउसीभैलो कार्यक्रममा संकलित रकम सामाजिक काममानै खर्च गरिने भएकाले एघारौं संस्करणको पोखरा महोत्सवको संघारमा आयोजना गर्न लागिएको देउसीभैलो कार्यक्रममा सहभागीता जनाई सहयोग गरि सामाजिक काममा सहकार्य गर्न समेत युनाईटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले आग्रह गरेका छन ।  

पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीले चाडपर्वलक्षित विशेष सुरक्षा योजना अघि सारेको छ ।   कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले तिहार तथा छठ पर्वमा हुन सक्ने आपराधिक क्रियाकलाप रोक्नका लागि विशेष रणनीति तयार पारेको बताए ।    ‘चाडपर्व तथा निर्वाचनको सरगर्मी बढेकाले कुनै पनि अप्रिय घटना हुन नदिन हामीले विशेष योजना बनाएका छौ, सुनगाभा न्यूजसँग भने, ‘संभावित घटना हुन नदिन सादा पोसाकका प्रहरीदेखि गस्तीलाई बाक्लो बनाएका छौं ।’   डिएसपी तिवारीले पर्वको समयमा आपराधिक क्रियाकलापमा संलग्न हुदै आएका व्यक्तिहरुलाई विशेष निगरानीमा राखेको बताए ।    ‘नेपालीहरुको चाडपर्वसँगै निर्वाचनको मिति नजिकिएको छ । चाडपर्व तथा निर्वाचनको समयमा कुनै पनि अप्रिय घटना हुन नदिन सादा पोसाकका प्रहरी परिचालन, गस्ती बाक्लो बनाएका छौ, उनले भने, ‘यस्तो समयमा बहुमूल्य पसल तथा वित्तिय सेवा क्षेत्रमा हुने चोरी डकैटी हुन सक्ने कुरालाई मध्यनजर गरेर त्यसतर्फ विशेष टोली परिचालन नै गरेका छौं ।’ चाडपर्वहरुमा ठुला सुनचाँदी पसलमा जनताले बहुमूल्यको गहना किनबेच गर्ने भएकाले त्यहाँ चोरी डकैटी हुन सक्ने भएकाले त्यसलाई रोक्न सादा पोसाकदेखि निरन्तर गस्तीलाई तिव्रता दिइएको हो ।    कास्कीमा शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै चाडपर्वको अवसरमा पटका, आतिजबाजी  झिरझिरे, भुइचम्पा जस्ता विष्फोटकजन्य पदार्थको प्रयोग कानून विपरित रहेकाले प्रयोग गर्न नहुने बताए । ‘पर्वको बहानामा पटका लगायत विष्फोटकजन्य पदार्थको प्रयोग तथाओसारपोसार र विक्रीवितरण कानून विपरित हो, उनले भने, ‘त्यसैले त्यस्तो क्रियाकलापमा संलग्न भए कानून अनुसार कारवाही गर्छौ ।’   देउसी भैलो राति ९ बजेपछि खेल्न नपाइने   जिल्ला प्रशासन कार्यालय कास्कीले राति ९ बजेपछि  देउसी भैलो खेल्न नपाउने बताएको छ ।   जिल्ला प्रकाशन कार्यालय कास्कीका सूचना अधिकारी गुरुदत्त ढकालले कास्कीमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने जानकारी दिए ।   ‘जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै हामीले देउसी, भैलो, नाचगान जस्ता कार्यहरु राति ९ बजेसम्म मात्र सञ्चालन गर्न भनेर सुचना जारी गरेका छौं, उनले भने ‘आगामी चुनाव  तथा शान्ति सुरक्षालाई मध्यनजर गरेर राती ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाउने निर्णय गरेको हौ ।’   देउसी भैलोको नाममा आपराधिक क्रियाकलाप हुन सक्ने भन्दै राती ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न अनुमति दिएको ।   गतवर्ष भने राती १० बजेसम्म देउसी भैलो खेल्न अनुमति दिइएको थियो ।    

पोखरा :  अधिकारी समाज कास्की इकाई समिति पस्र्याङले आज खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा ६८ युनिट रगत संकलन भएको थियो ।    पोखरा–५ पस्र्याङमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि अधिकारी समाज कास्कीका जिल्ला अध्यक्ष लिलाधर अधिकारीले रक्तदातालाई ब्लडब्याग हस्तान्तरण गर्दै रक्तदान शुरु गरिएको थियो ।    कार्यक्रमको सभापतित्व इकाई अध्यक्ष एवं जिल्ला महासचिव हरिश्चन्द्र अधिकारी, स्वागत मन्तव्य कोषाध्यक्ष रुद्रप्रसाद अधिकारी, अधिकारी समाज कास्कीका जिल्ला वरिष्ठ उपाध्यक्ष हेमन्त अधिकारी, उपाध्यक्ष पूर्णभद्र अधिकारी र क्षेत्रीय रक्तसञ्चारका प्रमुख अर्जुन ज्ञवाली लगायतले सामाजिक कार्यमा अधिकारी समाज कास्की इकाई समितिको भूमिकाको प्रशंसा गरेका थिए । 

पोखरा : सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका रजिष्ट्रार रमेश घर्तिले सहकारीका सिद्धान्तलाई बाचन गरेर मात्रै हैन आत्मसात गरेर काम गर्नु पर्ने बताएका छन् । पामे बचत तथा ऋण सहकारी संस्थाको १२ औ बार्षिक साधारण सभाको उद्घाटन गर्दै सहकारीलाई सक्षम  बनाउन सन्चित कोष रकम बढि जम्मा गर्नु पर्ने बताए ।   कार्यक्रममा पोखरा महानगरपालिका २४ का वडा अध्यक्ष भरतबहादुर अधिकारीले पामे बचत तथा ऋण सहकारी संस्थाले जनतामा आर्थिक जागरण ल्याउने काम गरेको बताए । त्यसै गरी पोखरा १८ का वडा अध्यक्ष शिवप्रसाद तिमिल्सिना, सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका प्रशासन अधिकृत चोलकान्त वाग्ले, कास्की बचत तथा ऋण सहकारीका शेरबहादुर कार्की लगाएतले सहकारीले गाउँ गाउँमा वित्तिय साक्षरता जगाउन सहयोग गरेको बताए ।   कार्यक्रममा पामे सहकारीका संस्थापक अध्यक्ष प्रेमराज दवाडी, पोखरा २४ का वडा सदस्य रेशम सुबेदी, सृजनसिल आमा अमुह पामेकी अध्यक्ष लक्ष्मी सुबेदी, जनजनगरण महिला विकास सहकारीकी सचिब लक्ष्मी सुबेदी त्रिपाठी, पामे सहकारीका उपाध्यक्ष नवराज पराजुली, सहसचिब गिताकुमारी पौडेल लगाएतले सहकारीले गाउँमा रहेकालाई घर दैलोमा नै पुगेर सहकारीले सेवा प्रदान गर्दै आएको बताए ।   कार्यक्रममा सहकारीका शेयर सदस्यका एइई दिएका यस वर्ष उत्कृष्ट नतिजा ल्याउने चार जनालाई समान गरेका थिए । त्यसै गरी सबै भन्दा बढि उमेर पुगेका बृद्धबृद्धा, उत्कृष्ट कर्मचारी, उत्कृष्ट ऋणी, उत्कृष्ट बचत कर्ता र सहकारीका सस्थापक अध्यक्ष प्रेमराज दवाडी लगाएतलाई सम्मान गरेका थिए । उनीहरुलाई पामे सहकारीका अध्यक्ष अग्निधर त्रिपाठी, सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका रजिष्ट्रार रमेश घर्ति लगाएतले माला र नगद र प्रशंसापदले समान गरेका थिए ।   साधारण सभाले अध्यक्ष अग्निधर त्रिपाठी, कोषाध्यक्ष लेखनाथ पराजुली प्रतिबेदन पास गरेको छ । सहकरीमा १ हजार १० जना शेयर सदस्य, अधिकृत पुँजी १५ करोड, चुक्ता पुँजी १० करोड १० लाख रहको छ । आर्थिक वर्ष २०७८/७९ मा १७ करोड ५४ हजार निक्षेप संकलन गरी २५ करोड ८७ लाख कर्जा प्रवाह गरेको छ ।