काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘भिजिट भिसा’ प्रकरणमा छानबिन गर्न सामान्य प्रशासनिक समिति बनाएर आफूहरुको माग बेवास्ता गरेको जनाउँदै प्रतिनिस...

काठमाण्डौ:  निर्वाचन आयोगले विभिन्न ५ वटा विषयमा छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको छ ।   प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई भोलि बिहान साढे ११ बजे  छलफलका लागि बोलाइएको निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।   राजनीतिक दलहरूसँगको बैठकमा गएको जेठ १५ गते प्रस्तुत आउँदो आर्थिक वर्षको बजेटमा भएको सबै जिल्ला निर्वाचन कार्यालय खारेजीको विषयसहित नयाँ निर्वाचन कानुन विधेयक, स्थानीय सरकारबाट मतदाता नामावली सङ्कलन तथा दलहरुको लेखा परीक्षणबारे छलफल हुनेछ ।   यसअघि आयोगले गएको २२ गते विज्ञप्ति निकालेर अहिले सञ्चालनमा रहेका संरचना खारेज गर्ने निर्णयले संवैधानिक निकायको स्वतन्त्रता, स्वायत्तता र समक्षतामा गम्भीर प्रश्न उठ्न सक्ने अवस्था भएको जनाकारी गराएको थियो । 

काठमाण्डौ:  सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ ।   आज बसेको मन्त्रिपरिषद् बैठकमा सम्बन्धित मन्त्रालयलाई यो विधेयक संसदमा पेश गर्न अनुमति दिने निर्णय भएको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्किएको केही दिनमै मन्त्रिपरिषद्ले विद्युत् व्यापार सम्बन्धी नयाँ विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको हो । भारत भ्रमणका क्रममा नेपालको विद्युत् बंगलादेश लैजान दिने सम्बन्धमा भारतीय पक्षसँग नेपाली पक्षले प्रस्ताव राखेको थियो ।   यस्तै, बैठकले काभ्रेको पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रुपान्तरण गर्ने निर्णय पनि गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।   बैठकले आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ बमोजिम आवश्यक सेवामा हड्ताल गर्न निषेध गरी आदेश जारी गर्ने र त्यस बारेको सूचना नेपाल राजपत्रमा प्रकाशन निर्णय पनि गरेको छ ।   यस्तै, मन्त्रीपरिषद्ले माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडलाई आयोजनाको टावर टाइट अफ वे का लागि रसुवा र नुवाकोट जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने तथा त्यो वन क्षेत्रमा रहेका रुख काट्न स्वीकृत दिने निर्णय पनि गरेको छ ।   त्यस्तै, बैठले आउँदो २९ गतेदेखि ३२ सम्म हुने काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहको बेल्जियम भ्रमण पनि स्वीकृत गरेको छ । यसैगरी कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेललाई तोक्ने निर्णय पनि बैठकले गरेको छ ।   

काठमाण्डौ:  नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।   आज बसेको प्रदेश कमिटी बैठकले कोशी प्रदेश सरकारबाट बाहिरिएर एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले जानकारी दिएका छन् ।   कोशी प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईँ भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री हुनुहुन्छ । एमाले, माओवादी केन्द्र र जसपासहितको गठबन्धन बनेपछि एमालेका मुख्यमन्त्री कार्की नेतृत्वमा सरकार गठन भएको थियो । जसपाले यसअघि नै मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।   माओवादीले समर्थन फिर्ता लिएपछि अब मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई राप्रपाको मात्रै समर्थन रहने छ । ९३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री कार्की नेतृत्वको सरकारसँग एमालेको ४० र राप्रपाको ६ गरी ४६ प्रदेश सांसदको मात्रै समर्थन हुँदा अल्पमतमा परेको छ ।   अब कांग्रेसका २९, माओवादीको १३, नेकपा एकीकृत समाजवादी को ४ र जसपाको १ गरी ४७ सांसद प्रतिपक्षमा आउने भएका छन् । .

काठमाडौं:  राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले मंगलबारका लागि तय भएको राष्ट्रिय सभाको बैठक स्थगित गरिदिएका छन् ।   अध्यक्ष तिमिल्सनाले विशेष कारणवश मंगलबार बोलाइएको बैठक बुधबारका लागि निर्धारण गरेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना निकालेर जानकारी दिए ।   राष्ट्रिय सभाको बैठक ११ बजेर ११ मिनेटका लागि बोलाइएको थियो र आजको बैठकममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा केन्द्रित रही सार्वजनिक महत्वको विषयमा बोल्ने सम्भावित कार्यसूची थियो ।

पोखरा:  कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दामोदर पौडल (बैरागी) ले सरकारले ल्याएको नीति, कार्यक्रम तथा बजेट समाजवाद उन्मुख नभएको बताएका छन् ।   बैरागीको सदन अनुभव र कामबारे जानकारी दिने उद्देश्यले पोखरामा आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले  जनमुखी नभएको बताएका हुन् । उनले सरकारको निति, कार्यक्रम तथा बजेट समाजवाद उन्मुख नभएको दोहोर्याएका थिए ।    सांसद बैरागीले सदमा शुन्य समयमा बोल्दै कास्केली जनताको समस्याको बारेमा आवज उठाउँदै आएका थिए ।     बैरागीको सदन इन्ट्रिलाई फर्केर हेर्दा...    

पोखरा:    पोखरामा करिब दुई दशकदेखि पत्रकारिता गरिरहेका उत्तम पौडेल कलम बिसाएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिमा प्रवेश गरेका छन् ।    पौडेलले पार्टी सभापति लामिछानेको हातबाट सदस्यता ग्रहण गरेका हुन् ।   उनले यसअघि सम्हाल्दै आएको ग्यालेक्सी फोर के टिभीको गण्डकी प्रदेशको प्रमुखको जिम्मेवारीबाट पछि हटेको गत सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।   पौडेलले अब पत्रकारितालाई बिट मार्दै सक्रिय राजनीतिमा होमिएकोसमेत बताए ।   सदस्यता लिएपछि सुनगाभा न्यूजसँग पौडेलले भने ‘औपचारिकरुपमा राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएको छु । समाज रुपान्तरणको लागि पहिला आफु रुपान्तरित हुन जरुरी छ, यस अभियानमा जोडिन सम्पूर्णमा अनुरोध गर्दछु ।’   रास्वपाबाट राजनीति सुरु थालेका पौडेले पोखरा एफ एम, रेडियो अन्नपूर्ण, सुनौलो एफ एम, न्युज २४ टिभी र ग्यालेक्सी फोरकेमा कार्यरत थिए ।

काठमाडौँ:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउने बताएका छन् ।   मंगलबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ठुला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्ड लगायतका हत्याकाण्डहरूको अनुसन्धान गरी निचोडमा पुग्ने बताएका हुन् ।   प्रचण्डले २०४६ सालको जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणको बारेमा खोजी नीति गर्ने पनि प्रतिबद्धता व्यक्त गरे ।   उनले भने, ‘मैले सदनमा पनि भनेको छु अब भ्रष्टाचारका सबै फाइलहरू खोलिनेछन् । क्रमशः खुल्छन् । खुलाइन्छन् । मैले भनेको छु, २०४६ सालको ऐतिहासिक जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणको बारेमा खोजीनिती गरिन्छ । ठूलाठूला भ्रष्टाचारका काण्ड भनेर जो स्थापित छन्, तिनको खोजीनिती गरिन्छ । ठूलाठूला भयानक हत्याकाण्डहरू छन्, ती हत्याकाण्डहरूको खोजीनिती गर्नुछ । चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड । त्यसको छिनोफानो भएको छैन । नेपाली जनताको मनमा धेरै ठूलाठूला शङ्काहरू छन् । के भएको हो भन्ने कुराको सत्यतथ्य आएको छैन । यी सबै कुराहरू पनि हामीले क्रमशः लगेर नयाँ विश्वास जनतामा जगाउनु छ ।’   प्रधानमन्त्रीले आफ्नो बुधवारबाट हुने भारत भ्रमणका क्रममा विद्युत्को बजार क्षमताको ग्यारेन्टी हुने गरी छलफल गर्ने प्रतिबद्धता जनाए । 

पोखरा:    संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले आज पोखराको लेकसाइडस्थित रत्नमन्दिर खुल्ला गरिएको घोषणा गर्दै राजाको ठाँटबाँठ हेर्न आग्रह गरे ।  २०१३-०१५ को भौतिक विकास र राजारानी बस्ने दरबारको इतिहास हेर्न सुझाव दिँदै मन्त्री किरातीले त्यसबखतको राजकीय शान र रैतीको अवस्था दाँज्न आग्रह गरे ।  ‘हिजोको पोखरा र आजको पोखरा हेर्नुहोस्, २०१३ देखि ०१५ सम्मको भौतिक विकास कस्तो थियो, राजारानी बस्ने दरबार त राम्रै थियो, मन्त्री किरातीले भने, ‘रत्न मन्दिर दरबार हेर्दा लाग्न सक्छ राजा रानी साधारण थिए, तर इतिहास हेर्नुपर्छ, समयसँगै परिवर्तन आएको छ, संरचनामा परिवर्तन आएको छ ।’ उनले ऐतिहासिक स्थलहरुको संरक्षण गर्ने दायित्व आम नेपालीहरुको काँधमा आएको बताए । ‘राजाले के गरे भन्ने विषय इतिहास भइसकेको छ, ऐतिहासिक स्थलहरुको संरक्षण गर्ने जिम्मा नेपाली सबैको हो, उनले भने, ‘पर्यटन क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड हो पोखरास्थित रत्नमन्दिर दरबार, ताल, सांस्कृतिक सम्पदाहरुको संरक्षण र प्रचारप्रसार गर्नु सबैको कर्तव्य हो ।’ यस्तै कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रेशम जुग्जालीले रत्नमन्दिर दरबारको संरक्षण गर्ने दायित्व स्थानीय सरकारलाई दिन आग्रह गरे ।  नेपाल ट्रष्टको मातहतमा रहेको तत्कालीन राजा महेन्द्र शाहले रानी रत्नका लागि उपहारस्वरुप २०१५ सालमा फेवाताल किनारमा बनाएको रत्न मन्दिर हाल नेपाल ट्रष्टको मातहतमा रहेको छ ।  २०६५ सालमा गणतन्त्र स्थापना भएपछि १७४-४-२-० रोपनी क्षेत्रफलमा फैलिएको  पोखरास्थित दरबार नेपाल ट्रष्टको कार्यालय मातहत राखिएको थियो । नेपाल ट्रष्टको कार्यालयले रत्नमन्दिरको सम्पत्ति उपभोगका स्थिति अनुसार पाँच वटा क्षेत्रमा विभाजन गरेको छ, आज गणतन्त्र दिवसको अवसरमा पाँच क्षेत्र मध्ये क्षेत्र नं १ र २ मात्र सर्वसाधारणको लागि खुलेको छ ।   

काठमाडौं:    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकका भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन् ।  सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसङ्ग उठाउँदै भ्रष्टहरूलाई देशलाई नलखेटेसम्म आफूहरूले विश्राम नलिने बताएका हुन् ।  शनिबार पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूमाथि जतिसुकै मुद्दा लगाइए पनि, घेराबन्दी गरे पनि भ्रष्टाचारविरुद्धको पार्टीको अभियान नरोकिने बताए । नेपाली जनताले आफ्नो पार्टीलाई भ्रष्टाचार नियन्त्रणका लागि मत दिएको जिकिर गर्दै उनले सो कामलाई पहिलो प्राथमिकता दिएर अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।  ‘‘कुनै पनि भ्रष्टहरूको विषयमा हामी निर्मम भएर अगाडि बढछौं । यति भन्दै गर्दा अझ कति धेरै घेराबन्दी होला । कत्रो सजाय भोग्नु पर्छ होला । मलाई थाहा छैन । तर मलाई मतलब छैन । किन मतलब छैन भने नेपाली जनताले त्यसै भोट हालेका होइन । भोट हाल्न नेता नभएर होइन । नेपाली जनतालाई जिन्दाबाद भन्न अरू कुनै पार्टी नभएर होइन । नेपाली जनतालाई भोट हाल्नका लागि अरू कुनै चिन्ह नभएर होइन ।,’’ सभापति लामिछानेले भने, ‘‘नेपाली जनताले यो भ्रष्टाचार चाहिँ निर्मूल पार्नु प¥यो भनेर घण्टी बजाएका हुन । नेता नभएर होइन । पार्टी नभएर होइन । झण्डा नभएर होइन, चुनाव चिह्न नभएर होइन । यो कुरा हामीले बुझेका छौँ । त्यसकारणले जतिसुकै घेराबन्दी हुन । जतिसुकै मुद्दा चल्दै गरुन् । भ्रष्टहरूलाई यो देशबाट नलखेटेसम्म र भ्रष्टाचारको जरो नउखालेसम्म हामी विश्राम लिँदैनौँ । अरू विवाद हामी गर्दै गरौँला । अरू छलफल हामी गर्दै गरौँला ।’’ सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीको अनुसन्धानमाथि पनि आफूहरूलाई शङ्का लागेकाले संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गर्नु परेको स्पष्ट पारे। उनले संसदीय विशेष समिति बनाएर सो प्रकरणमा संलग्नहरूलाई कारबाही गर्नका लागि आफ्नो पार्टीले सक्दो पहल गर्ने समेत बताए ।