गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

तनहुँ:    नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसलाई चौतर्फी आक्रमण भइरहेको बताउनुभएको छ ।  आज दमौलीस्थित बीपी स्मृति भवनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले यस्ता आक्रमणलाई परास्त गर्न सबै एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिनुभयो । डा। कोइरालाले भन्नुभयो, “सबै तवरबाट भएको आक्रमणलाई परास्त गर्न आवश्यक छ, त्यसैले अब कांग्रेस एकढिक्का हुनुपर्छ ।” उपनिर्वाचनमा विजयी हुन नसके पनि निराश हुनुपर्ने अवस्था नरहेको चर्चा गर्दै उहाँले  तनहुँ कांग्रेसको गढ हो चिन्ता लिनुपर्ने अवस्था छैन तर नेतृत्वले एक ढिक्का बनाउन प्रयत्नरत हुनुपर्नेमा जोड दिनुभयो  ।  डा कोइरालाले भन्नुभयो, “देशको आर्थिक, धार्मिक, सांस्कृतिक र अब  कूटनीतिक क्षेत्रमा  समेत कतै ठीक देखिँदैन, यसको समाधानका लागि जबसम्म कांग्रेसको नेतृत्व हुँदैन तवसम्म कठिन हुन्छ ।” आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिने गरी नेतृत्वले भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो ।  तनहुँमा कांग्रेस बलियो भए यससँग जोडिएका छिमेकी जिल्लालाई समेत प्रभाव पर्ने भएकाले यहाँको नेतृत्व निराश नभई सशक्त बन्नुपर्नेमा डा। कोइरालाले सुझाव दिनुभयो ।   नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले लोकतान्त्रिक सरकार निर्माणमा कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेसलाई सशक्त बनाउनु नै अहिलेको आवश्यकता हो ।” जिल्ला बनाउनुका साथै देश बनाउने जिम्मेवारी अहिले तनहुँको नेतृत्वको काँधमा आएको उल्लेख गर्दै सदस्य भण्डारी कांग्रेस संवेदनशील भएर अगाडि बढ्नुको विकल्प नरहेको बनाउनुभयोे । 

काठमाडौं:     असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै कोशी सरकारविरुद्ध परेको रिटमा आज शुक्रवार हुने भनेको सुनुवाइ स्थगित भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सर्वोच्च अदालतमा दायर गर्नुभएको रिट निवेदन न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेको थियो । तर न्यायाधीश खतिवडाले हेर्न नमानेपछि सुनुवाइ स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ । विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका प्रदेशसभा सदस्यले समेत मत दिएपछि रिट परेको हो । यही भदौ ७ गते खतिवडाको इजलासले प्रदेशसभा बैठकको अध्यक्षता गरेको व्यक्तिले विश्वासको प्रस्तावमा मत दिनु असंवैधानिक भएको भन्दै कोशी सरकारलाई दीर्घकालीन र नीतिगत निर्णय नगर्न आदेश दिएको थियो । अन्तरिम आदेशसँगै आजका लागि पेसी तोकिएको थियो ।

पोखरा:  समाजवादी मोर्चा, नेपाल गण्डकी प्रदेशको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी( माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आउने भएका छन् ।    प्रधानमन्त्री प्रचण्डसहित एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सभालाई सम्बोधन गर्न पोखरा आउने लागेका हुन् ।    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश ईन्चार्ज एवम् पार्टी सचिव देवेन्द्र पौडेलले समाजवाद स्थापना गर्ने मूल उद्धेश्यसहित मोर्चा गठन गरेको बताए ।    ‘संघीयता, लोकतान्त्रिक गणतन्त्र, सुशासन, आर्थिक र सामाजिक न्याय सहितको नेपाली विशेषताको समाजवाद स्थापना गर्ने मुल उद्धेश्य हो’, पौडेलले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको मौलिक विशेषताहरुको पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने प्रतिवद्धतासहित समाजवादी मोर्चा गठन भएको हो ।’   उनले समाजवादी मोर्चा नेपाल गण्डकी प्रदेशको संयोजन समितिमा हरेक दलबाट तीन–तीन जना प्रतिनिधि हुने बताए ।    समितिमा माओवादी केन्द्रबाट गायत्री गुरुङ, ज्ञामनाथ गैरे, जगन्नाथ खनाल, एकीकृत समाजवादीबाट केशवलाल श्रेष्ठ, श्रीनाथ बराल, प्रतापलाल श्रेष्ठ, जनता समाजवादी पार्टी, नेपालबाट गोपाल गुरुङ, निर्मल जिसी,रमेश नेपाली, नेपाल कम्युनिष्ट पार्टीबाट राजन सी, दिपा सी र काजी सी रहेका छन् ।    मोर्चाको अध्यक्षता आलोपालो प्रणाली अन्तर्गत अहिले नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले समाल्दै  आएकी छिन् ।    समाजवादी मोर्चा, नेपाल केन्द्रीय संयोजन समितिले तय गरेको कार्यक्रम अनुसार भोलि भदौं १५ गते पोखरामा सभा आयोजना गरेको अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन् ।

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखराका मानवअधिकारवादी तथा वामपन्थी नेता टेकनाथ बरालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत पोखरेलीका अभिभावक बरालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुमा समवेदना व्यक्त गर्नुभएको हो ।   प्रधानमन्त्री दाहालले भन्नुभएको छ, “सामाजिक–सांस्कृतिक आन्दोलनको अग्रज व्यक्तित्व, पोखराको वाम–प्रजातान्त्रिक आन्दोलनका अगुवा टेकनाथ बरालको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दछु । पोखरेलीका अभिभावक बरालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु ।”   राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण मञ्चको संस्थापक बराल लामो समय नेपालको मानवअधिकार तथा लोकतान्त्रिक आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । बरालको मङ्गलबार दिउँसो पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ८४ वर्षको उमेरमा निधन भएको थियो । मङ्गलबार साँझ नै बरालको सेतीनदी तुलसीघाटमा अन्त्येष्टि गरिएको छ ।   अन्त्येष्टिमा राजनीतिक दलका नेता, अधिकारकर्मीलगायत सयौँको उपस्थिति थियो ।   रासस

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव इसला रुवान विराकुनले बिदाइ भेट गरेका छन्।   प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच सार्कका विविध विषयमा कुराकानी भएको छ।   सो अवसरमा प्रधानमन्त्री दाहालले महासचिवका रुपमा विराकुनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रसंशा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

पोखरा:    पोखरामा यही भदौ १६ र १७ गते हुने भनिएको नेपाली कांग्रेसका सातवटै प्रदेशका सभापतिसहितको पदाधिकारीहरुको भेला स्थगित भएको छ ।    नेपाली कांग्रेसको आगामी मङ्सिर ११, १२ र १३ गते हुने महासमितिको बैठकमा पार्टी सङ्गठनलाई सुधार गर्नका लागि सामूहिक धारणा तय गर्ने गरी भेला आयोजना गरिएको थियो । भेला हालका लागि स्थगित भएको र आगामी कार्यक्रम अर्को सूचना प्रकाशन गरी जानकारी गराइने नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले जानकारी दिए ।  नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको व्यवस्थापनमा गर्न लागिएको भेलाको पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम थियो ।

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आए पनि भने छोड्न आवश्यक नभएको बताएका छन् ।   संसदमा मंगलबार भएको प्रश्नोत्तरमा असिम शाहले सोधेको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्रीले सरकार गठन भएदेखि सुशासनलाई प्राथमिकतामा राखेका बताए । त्यही कारण राजनीतिक प्रणालीप्रति जनतामा छाएको वितिष्णालाई चिर्न सफल भएको उनको दाबी छ । दबाबरहित निष्पक्ष छानबिन अगाडि बढाएकै कारण सुशासन सम्भव छ भन्ने जनतामा परेको भन्दै उनले भने, ‘कसैलाई बचाउने वा अफ्ठ्यारोमा पार्ने नियतले काम गरेका छैन ।’   दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस् भनेर आफूले भनेको भन्दै प्रधानमन्त्रीले भने, ‘यदि अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आउँछ भने छोड्न आवश्यक छैन मेरो पार्टीको त के कुरा ।’ आफ्नो या पराय भनेर विभेद नगरेको भन्दै उनले सबै भ्रष्टाचारमा संलग्नहरुलाई तथ्य र प्रमाणका आधारमा करबाही गर्ने बताएका छन् ।

पोखरा:     समाजवादी मोर्चा नेपालले यही भदौ १५ गते पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्ने भएको छ । पोखरा सभागृहमा हुने सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा ‘माओवादी केन्द्रेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मोर्चामा आबद्ध विभिन्न दलका शीर्षनेताले सम्बोधन गर्नुहुने जनाइएको छ । माओवादी केन्द्रका  सचिव एवं गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले सन्देशसभामा प्रधानमन्त्री प्रचण्डसहित नेकपा एकीकृत समाजवादीेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेता सहभागी हुनुहुने जानकारी दिनुभयो । “प्रधानमन्त्रीलगायत मोर्चाका शीर्षनेता सन्देशसभामा वक्ताका रूपमा उपस्थित रहनुहुनेछ, मोर्चा गठनको उद्देश्यबारे जनसाधारणलाई जानकारी दिने उद्देश्यले सन्देशसभा आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “पोखरामा हुने कार्यक्रमको व्यवस्थापन गर्ने जिम्मा माओवादी केन्द्रले नै पाएको छ, हामी तयारीमा जुटिसकेका छौँ ।” 

काठमाण्डौ:  आज प्रतिनिधि सभा बैठक बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तरको कार्यसूची रहेको छ ।   आज १२ जना सांसदहरूले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोध्ने संसद् सचिवालयले जानकारी दिएको छ ।   आजको बैठकमा  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भनेर प्रस्ताव गर्ने पनि कार्यसूची रहेको छ ।