काठमाडाैं: नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सा...

काठमाडौंः   राष्ट्रपति, सभामुख कसलाई बनाउने र कुन पार्टीले पाउने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाउनु भएको छ । सभामुखको चुनाव नजिकिँदै गर्दा प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाउनु भएको हो । पर्सि हुने सभामुखको चुनावका लागि भोलि मनोनयन दर्ता गर्ने कार्यतालिका छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुखमा उम्मेदवारी दिनेरनदिने निर्णय सर्वदलीय बैठकपछि मात्रै लिनुपर्ने बताउनु भएको छ । गएको पुस १०  गतेको समझदारीअनुसार राष्ट्रपति पाउनेमा एमाले निश्चित भए पनि देउवा राष्ट्रपति पद कांग्रेसमा आउनेमा आशावादी हुनुहुन्छ । यही पृष्ठभूमि बनाउन कांग्रेसले गएको २६ गतो प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको थियो । अघिल्लो संसदीय चुनावमा सहकार्य र पार्टी एकीकरण गरे पनि तिक्त सम्बन्धले अलग भएका दाहाल र ओलीको पुनर्मिलन भए पनि विश्वासको वातावरण बन्न सकेको छैन । हिजो ओलीसँग लामो छलफल गरेका प्रचण्डले विश्वासको मत दिने सबै पार्टीलाई सरकारमा समेट्न खोज्नु भएको छ । यसले एमालेमा शंसय उत्पन्न भएको छ । सर्वदलीय बैठक अघि आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । 

काठमाडौंः   सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई  उपप्रधानमन्त्रीसँगै उर्जामन्त्रीको बनाउने निर्णय गरेको छ ।   उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकको सहमति अनुसार एमालेले ८ मन्त्रालय, माओवादीलाई प्रधानमन्त्रीबाहेक ४ मन्त्री र १ राज्यमन्त्री दिने सहमति भएको छ ।    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जामन्त्री । साथमा सहरी विकास र खेलकूद मन्त्रालय राप्रपाको भागमा परेको छ भने, जसपालाई २ मन्त्रालय दिने निर्णय भए पनि जसपा सहमत भएको छैन। रास्वपाले उपप्रधान तथा गृहबाहेक शिक्षा र श्रम मन्त्रालय पाउने निर्णय भएको छ । नयाँ मन्त्रीहरुको सपथ ग्रहण भोलि १ बजे हुनेछ । 

काठमाडौंः    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ ।       बालकोटस्थित ओली निवासमा आज बिहान १०ः२० बजे पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच वर्तमान राजनीतिक परिवेश र मन्त्रिपरिषद् विस्तारबारे छलफल जारी रहेको बताइएको छ ।       पुस २६ मा प्रतिनिधि सभाबाट विश्वासको मत लिएपछि प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा हुनुहुन्छ । आइतबार साँझ पनि उहाँहरुबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।      आजको भेटमा ओली–प्रचण्डबीच मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति र सभामुख निर्वाचनलगायत विषयमा छलफल भइरहेको ओलीको सचिवालयले जानकारी दिएको छ । आउँदो बुधबार हुने सभामुख निर्वाचन नजिकिएसँगै भेटवार्ता पनि बाक्लिएको देखिएको छ ।

पोखरा:     गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  प्रदेश प्रमुख पृथ्वीमान गुरुङले धिताललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।     आज भएको गण्डकी प्रदेश सभाको  सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभाबाट बहुमतले पारित भएसँगै निर्वाचित भएका थिए।    

पोखराः   गण्डकी प्रदेश सभामा सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल निर्वाचित भएका छन् । सभामुखमा धिताललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभाबाट बहुमतले पारित भएसँगै निर्वाचित भएका हुन् ।  सभामुखमा धिताललाई फणिन्द्र देवकोटाले प्रस्ताव राखेका थिए भने एमालेका प्रमुख सचेतक रोशनबहादुर गाहा मगरले समर्थन गरेका थिए । सभामुख पदका लागि नेपाली कांग्रेसकी सरस्वती अर्यालले उम्मेदवारी दिएकी थिइन् । तुलसीराम सुवेदीले प्रस्ताव पेस गरेका थिए भने डा. टकराज गुरुङले प्रस्तावमा समर्थन गरेका थिए ।  प्रस्तावमाथि मतदान हुँदा धितालको पक्षमा ३२ र विपक्षमा २६ मत परेको छ । प्रदेशसभा बैठकमा ५८ जना सांसद उपस्थित थिए ।  

सुर्खेत:   कर्णाली प्रदेशको सभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सभामुखका लागि नेकपा (एमाले)का नन्दा गुरुङ र नेपाली कांग्रेसका खड्ग पोखरेलको उम्मेदवारी दर्ता भएको हो । शनिबार बसेको एमाले संसदीय दलको बैठकले सभामुखमा गुरुङलाई उठाउने निणर्य गरेको हो । प्रदेश अध्यक्ष विनोदकुमार शाहले सभामुखमा गुरुङलाई उठाउने निणर्य भएको जानकारी दिनुभयो । सुर्खेतबाट समानुपातिक सांसद एमालेकी गुरुङले उम्मेदवारी दर्ता गर्नुभएको हो । यस्तै, कांग्रेसका पोखरेलले शनिबार प्रदेशसभामा पुगेर सभामुखमा उम्मेदवारी दिनुभएको हो । प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले बिहान करिब ११ बजे कांग्रेसका नेता पोखरेलले उम्मेदवारी दर्ता गराएको जानकारी दिनुभयो । पोखरेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेशसभा (१) बाट निर्वाचित हुनुभएको हो । सभामुखको निर्वाचन भोली (आइतबार) हुँदैछ ।

धनगढी:  सुदूरपश्चिम प्रदेशको सभामुखका लागि आज साँझ पुनः मतदान हुने भएको छ । यसअघि बिहीबार भएको मतादानमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि आज साँझ ६ बजे पुनः मतदान हुन लागेको हो । आज बिहान बसेको सर्बदलीय बैठकमा सबै दल सहमत भएपछि चुनावको मिति तोकिएको हो । बुधबार सत्ता गठबन्धनबाट एमालेका नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावल मुख्यमन्त्री बने पनि त्यसकै भोलिपल्ट बिहीबार सभामुखमा भने गठबन्धनले बहुमत पुर्‍याउन सकेको थिएन ।   सभामुखका लाथगि सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत चाहिन्छ । तर, बिहीबारको चुनावमा गठबन्धनका उम्मेदवार भण्डारीले २६ मत पाए भने कांग्रेसका रावलले २३ मत पाएका थिए ।   सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक प्रदेशसभा सदस्य छन् ।   प्रदेशसभाको सबभन्दा ठूलो दल कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

कास्कीः गण्डकी प्रदेश सभाको सभामुखका लागि आज (शनिबार) निर्वाचन हुँदैछ । त्यसका लागि संसद् सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता र साढे १ बजे उम्मेदवार नामावली सार्वजनिक गरिनेछ । त्यस्तै, अपराह्न ३ बजे सभामुखका लागि निर्वाचन हुने सचिवालयद्वारा सूचनामा उल्लेख छ । सभामुखका लागि नेकपा (माओवादी केन्द्र)ले कृष्ण धिताललाई र प्रतिपक्ष दल नेपाली कांग्रेसले सरस्वती अर्याललाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

काठमाडौं:   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (शनिबार) बिहान भएको सो भेटमा सरकार विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रचण्ड यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । सोही दिन उहाँले सानो आकारको मन्त्रिमण्डल बनाउनुभएको थियो ।    आगामी माघ ५ गते प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुँदैछ । नेपालको संविधानको धारा ९१ को उपधारा (१) मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ ।